सेम्टेम्बरमा अाउन लागेको आईफोन ७ मा के छ ? यस्ता छन् मनै लोभ्याउने फिचर

काठमाडौं, ११ साउन। आउँदो सेम्टेम्बरमा एप्पलको बहुप्रतिक्षित फोन आईफोन ७ र आईफोन ७ प्लस बजार आउँदैछ। निकै व्यग्रताकासाथ प्रतिक्षा गरिएको यी फोनमा हुन सक्ने फिचरका बारेमा पनि बजारमा अनेक चर्चा र अडकलबाजी चलिरहेको छ। के कस्ता फिचर सहित आईफोन ७ आऊला ? यसका बारेमा केही जो कोही जान्न चाहन्छ। यहाँ आईफोन ७ मा हुनसक्ने सम्भावित फिचरका विषयमा चर्चा गरिएको छ।   सेम्टेम्बरमा एप्पलले आईफोन ७ र अलि ठुलो आकार र क्षमताको आईफोन ७ प्लस एकसाथ बजारमा उतार्ने सम्भावना छ। आईफोन ७ मा ४.७ इन्चरको स्क्रिनमा सहित ३डी डिस्प्ले हुनेछ भने आईफोन ७ प्लसको स्क्रिन ५.५ इन्च हुनेछ। तर दुबै फोनमा रिसोलुसन भने थपिने सम्भावना छ।   आईफोन ७ मा एप्पल ए१० प्रोसेसर र २ जिबीको र्याम हुनेछ। आईफोन ७ प्लसमा भने ४ जिबी सम्मको र्याम र प्रोसेसर उही तर क्लक स्पिड बढि राखिने चर्चा छ। यसै गरि अबदेखी १६ जिबीको इन्टरनल स्टोरेजलाई बढाएर न्युनत ३२ जिबी पुर्याइने र २५६ जिबी क्षमता सम्मको इन्टरनल स्टोरेज क्षमताका आईफोन समेत उपलब्ध हुने बजारमा अडकल काटिएको छ। यसैगरि आईफोन ७ मा १२एमपीको रियर क्यामेरा र ५एमपीको फ्रन्ट क्यामेरा हुने संभावना छ। आईफोन ७ प्लसमा भने थप शक्तिशाली क्यामेरा समावेश हुनेछ जसमा १६एमपीको रियर क्यामेरा र ८ एमपीको फ्रन्ट क्यामेरा हुने चर्चा छ। आईफोन ७ मा लेटेस्ट आईओस १० हुनेछ । इन्टेलिजेन्ट सजेसन दिन सक्ने समार्टर भर्चुअल किवोर्ड समावेश हुनेछ। नयाँ आईओसमा फोटोमा एपमा पनि धेरै सुधार हुनेछ।   एप्पलले आईफोन ७ मा धेरै क्षमताका ब्याट्री राख्ने बताइएको छ। आईफोन ७ मा ३ हजार एमएएच र आईफोन ७ प्लसमा ४ हजार एमएएच क्षमताका ब्याट्री राखिनेछ। आईफोन ७ मा तीब्र गतिमा हुने चार्ज (फास्ट चार्जिङ) टेक्नोलिजी आउने सम्भावन पनि रहेको बताइन्छ। एन्ड्रोइड फोनमा पहिले आइसकेको वाटर रेसिस्टेन्ट फिचर पनि आईफोन ७ मा आउने सम्भावाना छ।

जियोनिले ल्यायो एफ १०३ प्रो, यस्तो छ मोवाईल सेटका फिचर

काठमाडौं, ११ साउन । जियोनिले नेपाली बजारमा नयाँ मोडेल जियोनि एफ १०३ प्रो ल्याएको छ । नेपालमा अत्यधिक रुचाईएको एफ १०३ को नयाँ संस्करण एफ १०३ प्रो सेल्फी खिच्न रुचाउने नेपाली युवा जमातमा लक्षित छ । एफ १०३ प्रोलाई “सेल्फी मास्टर“ भनी जियोनिले नेपाली बजारमा ल्याउँदैछ । एफ १०३ को तुलनामा एफ १०३ प्रोमा नयाँ फिचरहरु थपिएको छ । फोनमा २.५ डी ड्रागन टेल ग्लासले सुरक्षित ५ इन्चको एच डी (७२० पी) आइ पी एस ईन(सेल डिस्प्ले (२९४ पी पी आइ पिक्सेल डेन्सिटी) छ । अत्यन्त आकर्षक डिजाइन रहेको फोनमा जसको पनि नजर तुरुन्तै पर्छ । क्यामेराको हकमा एफ १०३ प्रोमा १३ मेगापिक्सेल्को फास्ट फोकस रियर क्यामेरा (टेक्स्ट रिकोगनिशन, टाइम ल्याप्स र अरु थुप्रै आकर्षक फिचर सहित) र फेस ब्युटी र स्क्रिन फ्लाश सहितको ५ मेगापिक्सेल्को फ्रन्ट क्यामेरा छ जसले मधुरो प्रकाशमा पनि उज्यालो सेल्फिहरु खिच्नेछ । एफ १०३ प्रो मा १.३ गिगाहर्जको क्वाडकोर मेडियाटेक एम टि ६७३५ प्रोसेसर छ । अन्य जियोनि मोडेल सरह एफ १०३ प्रोमा डी टि एस साउन्टड प्रविधि रहेको छ जसले उत्कृष्ट गुणस्तरको ध्वनि उत्पादन गर्छ । फोनमा ३ जी बि ¥याम र १६ जी बो रोम (कार्डबाट १२८ जी बि थप्न मिल्ने) छ र एन्ड्रोइडको सबैभन्दा नयाँ संस्करण ६.० मार्शमेलोमा आधारित जियोनिको आफ्नै सफ्टवेर अमिगो ३.२ छ । डुअल सिम डुअल स्टान्डबाई रहेको यो सेटमा २४०० एम ए एचको ब्याट्री छ जसले २० घण्टाको टक टाईम र ४७० घण्टाको स्टान्डबाई टाईम प्रदान गर्दछ । सी डी एम ए सेट पनि चल्ने यो सेट मा ओ टि जी प्रविधि पनि छ । केवल ८.५ मि मि पातलो र १४३ ग्राम तौलको फोनमा यी सबै आकर्षक फिचर रहेको छ । एफ १०३ प्रो गोल्डेन, सेतो र ग्रे गरी ३ रंगमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

अफ ग्रिड उर्जा प्रवद्र्धनका लागि एनसेलको सहकार्य, स्थानियलाई ऊर्जा, मोबाइल सेवाको सुनिश्चितता

काठमाडौं, ११ साउन । देशको अग्रणी मोबाइल सेवा प्रदायक एनसेलले अफ ग्रिड पावर प्रवद्र्धनका निमित्त नविन सहकार्यको शुरुवात गरको छ । यो सहकार्यले बिजुलीको राष्ट्रिय प्रसारण लाइन नपुगेका खोटाङ् र उदयपुर जिल्लाका दुर्गम गाउँहरुमा सौर्य लघु ग्रीड परियोजनाका माध्यामबाट त्यहाँका स्थानियबासीलाई उर्जा र संचारका लागि मोबाइल सेवा सुनिश्चित गरेकोे छ । यो सहकार्यका लागि, एनसेलले घाम पावर प्रा. लि.सँग एक सम्झौता गरेको छ । यो सम्झौता अनुसार, घाम पावरद्वारा ओखलढुङ्गा र खोटाङ्मा स्थापना गरिएको तीन सौर्य लघु ग्रिडहरुबाट उत्पादित सौर्य उर्जाको एङ्कर लोड लिन एनसेल प्रतिबद्ध छ । जसले गर्दा घाम पावरको यो अफ ग्रिड सिस्टमलाई लागु गर्न र दिगोपना दिन व्यावसायिक रुपमा संभव भएको हुनेछ । यी लघु ग्रिडहरुसंग सौर्य उर्जा आपुर्तिको थप क्षमता पनि भएको हुनाले यो सहकार्यले स्थानिय समुदायहरुको विद्युतीकरणमा योगदान बाहेक नयाँ आर्थिक र सामाजिक लाभका अवसरहरुको पनि सिर्जना गर्दछ । सरकारको वैकल्पिक उर्जा प्रवर्धन केन्द्रसँगको सहकार्यमा घाम पावरले एसियाली विकास बैंकको ईनर्जी फर अल प्रोग्राम अन्र्तगत अनुदान सहगोय प्राप्तगरी यो सौर्य लघु ग्रिडको निर्माण गरको हो । डिओइएन फाउन्डेशन र एनएमबि बैंकले पनि यो परियोजनामा सहयोग गरेका छन् । मोबाइल कम्पनीहरुको विश्वव्यापी संगठन जिएसएमएले पनि घाम पावरलाई मोबाइल टावर, स्थानिय समुदाय र व्यवसायीक गतिविधीहरुका लागि उर्जा आपुर्ति गर्न सहगोग गर्ने हेतुले सौर्य लघु ग्रिड स्थापनार्थ गत वर्ष ‘मोबाइल फर डेभलपमेन्ट युटिलिटिज् इनोभेसन्स् ग्रान्ट’ अर्थात बीउ पुँजी प्रदान गरेको थियो । यही सहकार्य अन्र्तगत, एनसेलले खोटाङ्को च्यास्मिटार गाविसको बनपालामा र उदयपुरको लेखानि गाविसको घुर्मिमा गरी दुईवटा सौर्य उर्जाबाट संचालन हुने मोबाइल टावर स्थापना गरिसकेको छ । यी टावरहरुले खोटाङ् र उदयपुर जिल्लाका ३१ गाविसहरुमा बसोबास गर्ने मानिसहरुलाई मोबाइल सेवाको पहुँच दिएको छ । “अग्रणी सेवा प्रदायक र जिम्मेवार कर्पोरेट नागरिक भएका नाताले, हामीले यसमा सबैलाई फाइदा हुने वातावरणको सिर्जना गर्दै विकट ग्रामीण समुदायको लाभका लागि यो अफ ग्रिड पावर सोलुसन्स्को प्रयास थालेको छौ,” एनसेलका आईसीटी निर्देशक आन्द्रास पालीले बताए । “हामीले एङ्कर लोड लिने सुनिश्चित गरेका छौ । बाँकी उर्जा घाम पावरले समुदायलाई घरेलु प्रयोजनका लागि तथा अन्य लाभदायी आर्थिक गतिविधिहरुका निमित्त वितरण गर्न सक्छ ।” घाम पावरसंगको यो सहकार्य एकदमै नौलो शुरुवात हो । एनसेलले अहिले सम्म राष्ट्रिय प्रसारण लाइन पुग्न नसकेका ठाँउहरुमा दुरसंचार सेवामा पहुँच पुर्याउनका लागि आफै सौर्य उर्जामा लगानी गर्दै आईरहेको छ । हाल सम्म, कम्पनीको नेटवर्कमा ५.७७ प्रतिशत पूर्णरुपमा सौर्य उर्जामा संचालन हुने टावर रहेको छ भने थप ८.५ प्रतिशतमा सोलार व्याकअफ सहितको हाइब्रिड पावर सोलुसन्स्बाट चल्ने टावर छ । “अर्को तर्फ, यो सहकार्यले समाजलाई लाभको साथ साथै, एनसेल र अफ ग्रिड पावर सेवा प्रदायक दुवैलाई फाइदा दिन्छ, ” पालीले भने । एनसेलले ग्रिड पावर पुग्न नसकेका भौगोलिक रुपमा गाह्रो क्षेत्रहरुमा यस्तै सहकार्य गर्दै टावरहरुको संख्यामा वृद्धि गर्न थप सम्भावनाहरू खोजि गर्ने छ । अहिले घाम पावरले आफ्नो तीन लघु ग्रिडहरुबाट ३५ किलोवाट सौर्य उर्जा उत्पादन गरिरहेको छ । एनसेलका दुई टावर र स्थानिय समुदायलार्ई आपुर्ति पश्चात पनि, घाम पावरले अझै दुई दर्जन भन्दा बढी आर्थिक गतिविधीका लागि सौर्य ऊर्जा आपूर्ति गर्न सक्छ । “एनसेलले एङ्कर लोड लिएको कारणले गर्दा, हाम्रो व्यापार संरचना आर्थिक रुपमा संभव भएको छ,” घाम पावरका महा प्रबन्धक अन्जल निरौलाले भने । “हामी यो साझेदारीको लागि एनसेललाई धेरै धेरै धन्यवाद दिन चाहन्छौ र यही व्यापार संरचना देशका अन्य ठाँउहरुमा जहाँ राष्ट्रिय ग्रिडको पहुँच कम्तिमा पाँच वर्ष भित्र पुग्दैन त्यस्तो क्षेत्रमा लागु गर्ने आशामा छौ ।” गत वर्ष, जिएसएमएले विकासका लागि मोवाइल उपयोगिता कार्यक्रम (मोबाइल फर डेभलपमेन्ट युटिलिटिज् प्रोग्राम) अन्तर्गत गरेको एक अध्ययनले पनि एनसेलले उर्जा सेवा प्रदायकसंग बिजुली आपूर्ति आउटसोर्सका लागि सम्झौता गरी आफ्नो नेटवर्क अपटाइम बढाउन, नेटवर्कको लागत कम गर्न र विजुली र मोबाइल सेवाका पहुँच बाहिर हरेका मानिसहरुलाई सेवा पुर्याउन सक्ने सुभाव दिएको थियो ।