ब्रिटिस कलेजको नलेज पार्टनरमा मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपाल प्रतियोगिता हुँदै
काठमाडौं । ब्रिटिस कलेजको नलेज पार्टनरमा मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपालको दोस्रो संस्करण आयोजना हुने भएको छ । फोलिज् इन्टरनेशनलको आयोजनामा सन् २०२२ अन्तर्गत सो प्रतियोगिता सम्पन्न हुन लागेको आयोजकले आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । जुलाई १६ मा द ब्रिटिस कलेज थापाथलीमा सर्टलिस्टमार्फत प्रतियोगीहरु छनौट हुने आयोजकले जनाएको छ । प्रतियोगितामा १६ देखि २१ वर्षका युवायुवतीहरु सहभागी हुन पाउने आयोजकले जनाएको छ । प्रतिस्पर्धामा पहिलो हुनेले ब्रिटिस कलेजको तर्फबाट २० लाख बराबरको छात्रवृत्ति प्राप्त गर्ने र आयोजकको तर्फबाट १ लाख नगद पुरस्कार प्राप्त गर्ने आयोजकले बताएको छ । त्यस्तै प्रतिस्पर्धामा फर्स्ट रनर अप हुनेले बिृटिस कलेजको तर्फबाट १५ लाख सम्मको छात्रवृत्ति र सम्पूर्ण सहभागीहरुले बृटिस कलेजमा अध्ययन गर्दा पहिलो वर्षको लागि ५० प्रतिशत छात्रवृत्ति प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी हुन चाहनेहहरुले १५ हजार शुल्क बुझाएर सहभागी हुन सक्नेछन् । पहिलो चरणको अडिसनमा सहभागी हुन मिस्टर एण्ड मिस टिन नेपालको फेसबुक पेजमा गएर अनलाइन फाराम भर्नुपर्ने आयोजकले जनाएको छ । जुलाई १६ गते आयोजना हुने अडिसनबाट छनौट भएका प्रतियोगिहरुलाई विभिन्न तालिम, सेमिनार तथा प्रोजेक्ट वर्कमा सामेल गराई बैयक्तिक विकास गराइने छ । अन्तिम प्रतियोगितामा विजय हुनेले पुरस्कार र छात्रवृत्ति पाउनुको १० अक्टुबर २०२२ मा आयोजना हुने टप मोडल अफ युनिभर्समा सहभागी भएर प्रतिस्पर्धा गर्न पाउनेछन् । फोलिज इन्टरनेशनले मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपालको आयोजना पहिलोपटक सन् २०१७ मा आयोजना गरेको थियो । अहिले हुन लागेको उक्त कार्यक्रम दोस्रो संस्करण हो । सन् २०१७ मा सञ्चालन भएको प्रतियोगितामा मिस्टर टिन वर्ल्ड नेपाल शिर्षक बिजेता पंकज सिंह ठकुरी ब्राजिलमा फर्स्ट रनर अप भएका थिए भने मिस टिन वल्र्ड नेपाल शिर्षक विजेता स्वस्ती बैद्यले बेष्ट स्माइल तथा बेष्ट नेशनल कस्ट्युम हात पारेकी थिइन् ।
मध्यपूर्वको शीर्ष ३० शेफमा छनोट भए नेपाली युवा राहुल श्रेष्ठ
काठमाडौं । नेपाली युवा राहुल श्रेष्ठ मध्यपूर्व क्षेत्रमा ३० वर्ष मुनिका शीर्ष ३० शेफमा छनोट भएका छन् । क्याटरर मिडल इष्टले ३० वर्ष वा सोभन्दा कम उमेरका ३० माथि आउने शेफहरूको सूची सार्वजनिक गर्दा नेपाली युवा राहुल श्रेष्ठ पनि परेका हुन् । २८ वर्षीय राहुल चितवन कोइ प्रालिका सञ्चालक व्यवसायी राजेशबाबु श्रेष्ठका छोरा हुन् । उनी हाल ब्यागेटेल दुबईमा सु शेफका रुपमा कार्यरत छन् । क्याटरर मिडल इष्टका अनुसार यो सूचीले कनिष्ठ शेफहरूदेखि रेस्टुरेन्टहरू, महाप्रबन्धकहरू र यस क्षेत्रका केही सबैभन्दा सम्मानित प्रतिष्ठानहरूमा कार्यकारी शेफहरूसम्मका विभिन्न व्यक्तिहरूलाई समेट्ने गर्दछ । क्याटरर मिडल इष्टले प्रत्येक वर्ष छनोट गर्ने त्यस क्षेत्रका सबैभन्दा प्रतिभाशाली र कडा परिश्रम गर्ने एफ एन्ड बी पेशेवरहरूमध्ये उत्कृष्ठ ३० जनाको नाम छनोट गर्दै आएको छ ।
सागर बाबुको गिति संग्रह ‘तृष्णा’ लोकार्पण
काठमाडौं । बुद्धिसागर लामिछाने (सागर बाबु)को गिति संग्रह ‘तृष्णा’ लोकार्पण भएको छ । सागर बाबुको एकल शब्द रहेको गिति संग्रह ‘तृष्णा’ असार १६ गते बिहीबार सांस्कृतिक संस्थान, जमल काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी लोकार्पण गरिएको हो । गिति संग्रह तृष्णामा ९ वटा गितहरु रहेका छन् । गिति संग्रहमा शब्द सर्जक सागर बाबु, सत्यराज आचार्य, स्वरुपराज आचार्य, शिला बिष्ट, विपिन घिमिरे, सुगमा गौतम, ममता गुरुङ, शाम्भवी लामिछाने र विमर्श घिमिरेको स्वर रहेको छ । गिति संग्रहमा विपिन घिमिरेको संगित रहेको छ भने संगित संयोजनमा विकास सुनार, पुरुषोत्तम सुवेदी, विजय थापा र सञ्जय श्रीपाल रहेका छन् । टुकी आर्टस द्वारा प्रस्तुत गरिएको गिति संग्रहका गितहरु हाइलाइट्स नेपाल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ । संग्रहमा सामाजिक, पारिवारिक र राष्ट्रिय भावनाले ओतप्रोत गितहरु रहेका छन् । गिति संग्रहका सर्जक सागर बाबु नेपाल सरकारको सहसचिवको रुपमा कार्यरत समेत रहेका छन् । गित संगित क्षेत्रमा उनको यो पहिलो सार्वजनिक प्रस्तुती हो ।