अब खल्ती एपबाट क्युएफएक्स सिनेमाको टिकट काट्न सकिने
काठमाडौं । खल्ती एपबाट क्युएफएक्समा चल्ने सिनेमाको टिकट काट्न सकिने भएको छ । बुधबार दुई कम्पनीबीच सम्झौता भएसँगै खल्ती एपबाट क्युएफएक्सको टिकट काट्न सकिने भएको हो । खल्तीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) विनय खड्काले ५० सकेण्डमा टिकट काट्न सकिने बताए । उनले चलचित्र उद्योगमा यस साझेदारले ठुलो सहयोग पुग्ने विश्वास लिएको पनि बताए । ‘खल्तीले विगत ६ वर्षदेखि देशलाई नै डिजीटलाइजेशन गर्ने लक्ष्य लिएर अगाडि बढी रहेको छ, नेपालमा पनि दिनहुँ भूमि कल्चरको विकास बढ्दो छ, त्यसलाई समर्थन गर्ने हिसाबले र हामी आफै पनि माससम्म पुग्न क्युएफएक्स सिनेमासँग साझेदारी गरेका हौं,’ उनले भने । थ्रिएटरसँग मात्र नभई चलचित्र लेबलसम्म नै साझेदारी गरेर अगाडी बढ्ने योजना रहेको पनि खड्काले बताए । यस्तै, क्युएफएक्समा सिनेमा घर देशका विभिन्न ११ ठाउँमा रहेको क्युएफएक्समा सिनेमाकी महाप्रबन्धक प्रशंसा पाण्डेले बताइन् । सो हाल काठमाडौं उपत्यका भित्र सिभिल मल, लबिङ मल, छाया सेन्टर, भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्स रहेका छन् । यस्तै, भाटभटेनी विराटनगर, जल्मा नारायणगढ, बागेश्वरी नेपालगन्ज, वान स्टप मल बिर्तामोड, भाटभटेनी बुटवल क्युएफएक्सका सिनेमा हलहरू छन् । ‘आफूलाई मन परेको चलचित्र हेर्नको लागि घण्टौं कुर्नु पर्छ, लाइनमा नै बसर अब टिक काट्नु पर्दैन, अब खल्ती एप बाट सजिलै मनपरको सिट सहित जुन सुकै चलत्रिको पनि टिकट काट्न सकिन्छ,’ उलने भनिन् । १२औं क्युएफएक्स हल वीरगन्जमा खुली सञ्चालनमा आउने पनि पाण्डेले जानकारी दिइन् । खल्तीको करिब ६ वर्षको अवधिमा खल्ती डिजिटल वालेटको ५० हजार भन्दा बढी एजेन्ट नेटवर्कको साथमा देशभर २३ लाखभन्दा बढी प्रयोगकर्ताहरू रहेका छन् ।
चलचित्र राधाको प्रदर्शनी रोकियो
काठमाडौं । गत शुक्रवारबाट नेपालभर प्रदर्शनीमा आएको नेपाली चलचित्र राधाले आफ्नो प्रदर्शनी रोकेको छ । मंगलवार ललितपुरमा पत्रकार सम्मेलन गर्दै चलचित्र निर्माण टिमले प्रदर्शन रोक्ने घोषणा गरेको हो । चलचित्रलाई सिनेमा हलहरुले शोजमा अन्याय गरेको उनीहरुको आरोप छ । शुक्रवार ४५ शो पाएको चलचित्रले शनिवार ५० शो र तिजको दिन ५५ शो भन्दा माथि पाउने आश गरेपनि अपेक्षाकृत रुपमा हलहरुले शो नदिएको उनीहरुको आरोप छ । नेपाली फिल्म राधाले दर्शकको राम्रो प्रतिक्रिया पाएको तर हलहरुले प्रदर्शनको समय नदिएको उनीहरुको गुनासो छ । पत्रकार सम्मेलनमा बोल्दै फिल्मका निर्देशक सुवर्ण थापाले हलहरुले दर्शक जाँदाजाँदै पनि शो घटाएर अन्याय गरेको बताए । उनले फिल्म लामो समयसम्म चल्ने अपेक्षा राखेको र दर्शकहरु आइरहेको बेलामा शो नै नदिनु नेपाली चलचित्र क्षेत्रमै अन्याय भएको बताए । आफूसँगै प्रतिस्पर्धामा रहेको प्रकाश चलचित्रले पनि पत्रकार सम्मेलन गरेपछि मात्रै केही शोहरु बढाएको बताए । त्यस्तै अभिनेता सौगात मल्लले हलहरुले शो नदिए वैकल्पिक उपाय सोच्नुपर्ने बताए अभिनेत्री श्रृष्टि श्रेष्ठले अब चाँडै अर्को विकल्प खोजेर दर्शकसामु पुग्ने बताए । उनले वैकल्पिक उपायबाट दर्शकसँग जोडिने बारेमा छलफल भइरहेको र अन्यायमा पर्ने अन्य फिल्महरुका बारेमा यसले सहयोग पुग्ने बताए । सुवर्ण थापाको निर्देशन रहेको फिल्ममा सौगात र श्रृष्टी बाहेक दयाहाङ राई, मेनुका प्रधान, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, बुद्धि तामाङ, दिव्यदेव पन्त, पुस्कर गुरुङ, पशुपति राई, लोकेन्द्र लेखक, राजन खतिवडा लगायतका कलाकारको अभिनय रहेको छ । फिल्म आदियोगी भिजन, महारानी इन्टरटेन्मेण्ट युके, मण्डला अनलाइन र एएमआइ फिल्मस्को प्रस्तुती र मन प्रोडक्शनको एशोसिएशनमा निर्माण भएको हो । फिल्म बिरजना इन्टरटेन्मेण्ट तथा विक्रमदास जोशी सह–निर्माता रहेका छन् । फिल्ममा सुवर्णको कथा, नरेन्द्र मैनालीको छायांकन, निमेश श्रेष्ठको सम्पादन र कालीप्रसाद बाँस्कोटाको संगीत छ ।
मिस नेसन नेपालको उपाधि अनिशा श्रेष्ठलाई
काठमाडौं । मिस नेसन नेपाल २०२२ को ताज अनिशा श्रेष्ठले पहिरिएकी छन् । आई डु इभेन्टसले आयोजना गरेको प्रतियोगितामा १४ जनालाई उछिन्दै श्रेष्ठले ताज पहिरिएकी हुन् । श्रेष्ठले मिस नेसन नेपालको ताज साथै नगद १ लाख पुरस्कार पाएकी हुन । प्रतियोगितामा फ्रस्ट रन्नर अप पुर्णिमा प्रजापती र सेकन्ड रन्नर अप दा लामु शेर्पा भएकी छन । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले गमलामा पानी हालेर कार्यक्रमको सुरुवात गरेका थिए । सजिलो पे ले प्रायोजन गरेको मिस नेसन नेपाल २०२२ को निर्णायक मण्डलमा धुर्ब बुढाथोकी, ज्वाला राज पोख्रेल, सुमित राणा, स्मारिका शर्मा रहेका थिए । मिस नेसन नेपालको यो पहिलो संस्करण हो । आयोजकको अनुसार हरेक बर्ष मिस नेसन नेपाल सन्चालन गरेर महिलाहरुलाई श्रृंगार, नृत्य, ब्यक्तित्व बिकास, भाषण कला, आत्मरक्षा र अभिनय सिकाउने लक्ष्य राखेको बताए । यस्तै प्रतियोगितामा भिवोर्स चोइस पेमा शेर्पा, बेस्ट वाल्क पुर्णिमा प्रजापती, मिस फ्रेन्डली मरिना ढुङ्गेल,मिस कन्फिदेन्स श्वेता शर्मा, मिस त्यालेन्ट कोमल पौडेल, मिस मल्टीमिडिया आरती स¥अफ, मिस डिसिप्लिन अन्जु थामी, बेस्ट पर्सनालिटी सँगम बस्नेत, मिस फोटोजेनिक मनिला राणालाई उपाधिसमेत दिइएको थियो । कार्यक्रम थापाथली स्थित ब्लुबर्ड मलमा आयोजना गरिएको थियो भने शो कोरियोग्राफर सुजित बश्यालले गरेका थिए । कार्यक्रम सन्चालन रोहित भट्टले गरेका हुन । विभिन्न फेशन डिजाइनरहरुले तयार पारेको पहिरनहरुमा सहभागीहरु स्टेजमा उत्रिएका थिए ।