चलचित्र उद्योगमा ५ वर्षसम्म ५० प्रतिशत कर छुट
काठमाडौं । सरकारले चलचित्र उद्योगमा ५ वर्षसम्म ५० प्रतिशत कर छुट दिएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै ५ वर्षसम्मका लागि ५० प्रतिशत कर छुट दिएका हुन् ।
कबड्डी–४ को किर्तिमानी : पहिलो दिनमै कमायो २ करोड ९० लाख रूपैयाँ
काठमाडौं । ‘कबड्डी’को चौंथो श्रृंखलाले पहिलो दिनमै २ करोड ९० लाख रुपैयाँ कमाएको छ । पहिलो दिनमै २ करोड ९० लाख रुपैयाँ कमाउँदै सो सिनेमाले नेपाली बक्सअफिसमा ओपनिङ कीर्तिमान कायम गरेको छ । यो कमाइ कुनै नेपाली फिल्मले घरेलु बक्सअफिसमा कायम गरेको ओपनिङको व्यवसायिक कीर्तिमान हो । यसअघि ‘छक्कापञ्जा २’ ले फिल्म रिलिज भएको पहिलो दिन १ करोड ८० लाख रुपैयाँ कमाएको थियो । रामबाबु गुरुङ निर्देशित ‘कबड्डी ४’ ले मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सबाट मात्र १ करोड रुपैयाँभन्दा बढी कमाइ गरेको छ । दोस्रो दिन शनिबार पनि फिल्मको कमाइमा उछाल आउने देखिएको छ । बिहानैदेखि हलमा दर्शकहरु भरिभराउ छन् ।
वैशाख ६ गतेदेखि मन्चन हुँदै नाटक ‘उलार’
काठमाडौं । नाटक ‘उलार’ यही वैशाख ६ गतेबाट मन्चन हुने भएको छ । उक्त नाटक टेकुस्थित कथा घेरामा वैशाख १८ गते सम्म मन्चन हुन लागेको हो । लेखक नयनराज पाण्डेले २०५३ सालमा लेखेको किताबको नाटकको रुपान्तरण चे शंकरले गरेका हुन् । नेपालगंजमा टाँगा चलाउने प्रेम ललुवाको वरिपरी नै नाटक बनेको नाटकका निर्देशक चे शंकरले बताए । ‘कला भनेको सापेक्ष हुनुपर्छ, थिएटरले बोल्ने भाषा भनेको दृश्यात्मक हुन्छ, उलारले सामाजिक, आर्थिक, राजनितिक, वैचारिक र सांस्कृतिक भुइँमान्छेको कथा बोल्छ, यसैले हामीले यसलाई नाटकको शैली दिएका हौं । कला यस्तो टुल हो समाजको जसले प्रगातिशिल भावना र विचारलाई मान्छेको माध्यमबाट बोल्छ,’ उनले भने । गार्डेन थिएटर प्रडक्सनले कथा घेरसँगको सहकार्यमा निर्माण गरेको यस नाटकमा नविन चन्द्र अर्याल, सबिर चौराटे, विशाल केसी, विवेक नाथ कुवाँर, दुर संजय गुप्ता, बिम्ब अधिकारी गिता सोब एडन बत्री, मारुती सापकोटा, ऋषिकेश बस्याल, निर्भिक भट्टराई, ब्रिन्दा बस्नेत, रेवन चासुमहाङ्ग ताम्ला राई, कृति गजुरेल, सरिता गिरी, शेखर चापागाईं, अरुण पाैडेल लगायतका कलाकारको अभिनय हेर्न सकिनेछ । यस्ता लाइटस्मा धिरज थापा मगर र साउन्डमा मनोज महर्जन रहेका छन् । नाटकको मंगलबार बाहेक हरेक साँझ ५ बजे र शनिबार अतिरिक्त शो १ बजे पनि रहनेछ ।