सिटी एक्सप्रेस मनी ट्रान्सफर मुन्द्रेको कमेडी क्लबको मुख्य प्रायोजक
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर लोकप्रिय कमेडि सो मुन्द्रेको कमेडी क्लबको मुख्य प्रायोजकको रूपमा रहने भएको छ । मुन्द्रेको कमेडी क्लबका निर्माता कि इन्टरटेन्मेन्ट र सिटी एक्सप्रेस मनि ट्रान्सफरबीच मुख्य प्रायोजकमा सिटी एक्सप्रेस मनि ट्रान्सफर रहने सम्झौतामा हस्ताक्षर भएको छ । सो कार्यक्रम यहि चैत्र २ गते देखि नियमित रुपमा सिटी एक्सप्रेस मुन्द्रेको कमेडि क्लबको नामबाट कान्तिपुर टेलिभिजनमा र युट्युबमा वाेएसआर डिजिटलबाट प्रसारण हुनेछ । हरेक बिहिबार बेलुकी ९ बजे कान्तिपुर टेलिभिजनमा प्रसारण गरिने यस कार्यक्रमका मुख्य पात्रको रुपमा चर्चित हाँस्य कलाकार जितु नेपाल र नायिका प्रियांका कार्की रहेका छन् भने कलाकारहरु दमन रुपाखेति, राजेन्द्र नेपाली ’लट्टे’, प्रभात लामा, दिनेश काफ्ले, श्याम राना, एलिना बास्कोटाको साथै अन्य कलाकारहरु पनि विभिन्न भागहरुमा उपस्थिति रहनेछ । कार्यक्रमको निर्देशन दिनेश डि.सि.ले गर्ने भएका छन् ।
राष्ट्रकवि घिमिरेको शब्दमा सीईओ गुरुङको ‘जान्दिन हे प्रियसी’ सार्वजनिक
काठमाडौं । कृषि विकास बैंकका प्रमुख कायर्काकारी अधिकृत (सीईओ) गोविन्द गुरुङको ‘जान्दिन हे प्रियसी’ गीत सार्वजनिक भएको छ । राष्ट्रकवि स्वर्गीय माधवप्रसाद घिमिरेको रचनामा सीईओ गुरुङले ‘जान्दिन हे प्रियसी’ गीत सार्वजनिक गरेका हुन् । किन्नर किन्नरी गीत संग्रह भित्र रहेको गीतलाई गायक तथा संगीतकार बिबि अनुरागीको संगीतमा रेर्कडिङ गरिएको हो । अनुरागीको युट्युब च्यानलमा नै उक्त भिडियो सार्वजनिक गरिएको हो । रेर्कडिङका लागि अनुमति लिने र सबै तारतम्य मिलाउने कार्य सीईओ गुरुङले गरेका हुन् । गुरुङ पेशाले बैंकर भएपनि एक कुशल गायक तथा सर्जक हुन् । राष्ट्रकवि घिमिरेका छोराहरु ईन्दिवर घिमिरे र राजीव घिमिरसँ समन्वय गरेर गीत रेर्कडिङ गरेको संगीतकार अनुरागीले बताए । स्वर्गीय राष्ट्रकवि घिमिरेको ईच्छा बमोजिम गीतलाई युगल भर्सन र महिला भर्सनमा लोकप्रिय गायिका रचना रिमालको आवाजमा रेकर्डिङ कार्य सम्पन्न भईसेको उनले बताए ।
नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड हुने, नि:शुल्क फारम भरिदैं
काठमाडौं । ‘तेस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड–२०२३ हुने भएको छ । जसमा गित संगीत दर्ता गर्न कुनै पनि शुल्क नलाग्ने र सबै प्रकारका गितहरु दर्ता गरिने अवार्डका अध्यक्ष सुर्य चन्दले बताए। नेपाली सांगीतिक क्षेत्रमा स्वस्थ प्रतिष्पर्धात्मक संस्कृतिको विकास गर्न अवार्ड आयोजना गरिने तथा नेपाली सांगीतिक क्षेत्रलाई चलायमान बनाउन र सांगीतिक क्षेत्र श्रीबृदीको लागि कला, संस्कृति र सांगीतिक क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गर्ने उदेश्यले संगीतका विभिन्न विधातर्फ ‘नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड’ गरिदैं आएको छ । आयोजक कमिटिका अनुसार ‘तेस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड–२०२३’ आगामी बैसाख(२०८० भित्र काठमाडौंमा गरिने भएको छ । साथै म्यूजिक अवार्ड आवेदनको लागि निशुल्क दर्ता फारम खुलिसकेको जानकारी गराएको छ । जसको लागि २०७८र७९ का गीत संगीतहरुलाई समाबेश गरिने भएको छ, भने नव प्रतिभाको हकमा २०७८ भित्र गीत निकालेको हुनुपर्नेछ । क्रियटिभ ईन्साइट मिडियाको प्रस्तुतिमा हुन लागेको उक्त अवार्डलाई शुभकामना मिडिया सोलुसन प्रालिले ब्यबस्थापन गर्ने भएको छ। सञ्चारकर्मी तथा कलाकार सूर्य चन्दको अध्यक्षतामा हुने यस अवार्ड कार्यक्रमको निर्देशक सुमन बैरागी पण्डित रहेका छन् । उत्कृष्ट नवप्रतिभा, रचनाकार, लोक तथा दोहोरी गायक–गायिका, पर्व विशेष गीत ९तिज, दशैँ तिहार, होली०, भजन, पप–आधुनिक गायक–गायिका, भाषा–भाषीका गीत, म्यूजिक भिडियो, आर्ट तथा सांस्कृतिक लगायत विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ । अवार्डमा समाजका विभिन्न प्रतिष्ठित व्यक्तिहरुलाइ सम्मान गरिने छ भने नेपाल कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने सूर्य चन्दले बताएका छन् ।