आम नागरिकमा हुनुपर्ने राजनीतिक चेतना छ : अभिनेत्री खड्का
काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गरेको चलचित्र ‘ऐँचो पैँचो’ राजनीतिक पृष्ठभूमिमा तयार गरिएको छ । उनले यस चलचित्रमा राजनीतिज्ञको भूमिका निर्वाह गरेकी छिन् । राजनीतिलाई पेसा बनाउनेप्रति व्यङ्ग्य गर्ने प्रवृत्ति रहेको भन्दै खड्काले चलचित्रले उठाएको विषयवस्तु समाजसँग जोडिएको बताइन् । उनले भनिन्, ‘एउटा आम नागरिकले राजनीतिबारे राख्नुपर्ने ज्ञान मसँग छ । कलेज जीवनमा नै यसलाई नजिकबाट नियालेकाले यससम्बन्धी केही ज्ञान छ ।’ उनले आफू कुनै पार्टीको विचारसँग नभई केही व्यक्तिसँग प्रभावित रहेको बताइन् । सामाजिक विषयको चलचित्रमा देखिँदै आएकी अभिनेत्री खड्काले आफू अभिनित चलचित्र ‘ऐँचो पैँचो’ पूर्णरूपमा व्यावसायिक रहेको बताइन् । आफूले अभिनय गरिरहेका चलचित्र एकै विधाका भएकाले यसपटक दर्शकले फरकरूपमा पाउने उनको भनाइ थियो । अभिनेत्री खड्काले भनिन्, ‘मैले कलाकात्मक चलचित्रमा केही समय अभिनय गरेँ । यो पूर्णरूपमा व्यावसायिक हो । त्यसैले यो मेरा लागि महत्वपूर्ण छ ।’ निर्देशक कृषा चौलागाईँले आफ्नो लगावका कारण चलचित्र निर्देशन यात्रा सुरु गरेको बताइन् । उनले भनिन्, ‘म यो क्षेत्रमा सानै उमेरदेखि निर्मात्रीका रूपमा जोडिए । त्यसपछि केही छोटा चलचित्र र विज्ञापनमा काम गरेको अनुभवका आधारमा निर्देशन गरेकी हुँ । यो म एक्लोभन्दा पनि सम्पूर्ण समूहकै प्रयासले सफल भएको हो ।’ केपी फिल्मस्को ब्यानरमा निर्माण भएको उक्त चलचित्रमा कोसिस क्षेत्री, सुशील सिटौला, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहारीलगायत कलाकारले अभिनय गरेका छन् । यसमा अभिमन्यू निरवीले कथा, पुरुषोत्तम प्रधानले छायाँङ्कन, कविराज गहतराजले नृत्य निर्देशन, सुजिल कर्माचार्यले पाश्र्व सङ्गीत, रेनिश फागोले रङ्ग संयोजन, विपिन मल्ल र भूपेन्द्र अधिकारीले सम्पादन गरेका छन् । रासस
डिशहोम गो एपमा प्रेम गीत ३ र चिसो मान्छे अब निशुल्क हेर्न पाईने
काठमाडौं । डिशहोम गो एपमा प्रेम गीत ३ र चिसो मान्छे निशुल्क हेर्न पाईने भएको छ । नेपाल सहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको सर्वाधिक सफल नेपाली चलचित्र ‘प्रेम गीत ३’ र सामाजिक कथामा आधारित चलचित्र ‘चिसो मान्छे’ अब डिशहोम गो एपमा उपलव्ध भएको छ । विभिन्न कारणवस हलसम्म गएर यी चलचित्र हेर्न छुटाएका दर्शकहरुले अब डिशहोम गो एपमा आफुले चाहेको समयमा निशुल्क हेर्न सकिने कम्पनीले जनाएको छ । गो एप प्ले स्टोर वा एप स्टोर वाट आफ्नो मोवाइलमा निशुल्क डाउनलोड गरेर चलाउन सकिन्छ । साथै, गोल्भ डट डिसहोम डट कम एनपीमा लगइन गरेर ल्यापटप तथा कमप्युटर मा समेत चलाउन सकिन्छ भने एनरोइड टिभिको एप स्टोरमा गएर गो एप डाउनलोड गरेर टिभिमा समेत गो एप चलाउन सकिन्छ । गो एपमा नेपाली चलचित्र, सिरियल, कोरियन सिरिज लगाएत अन्य विभिन्न एक्सकुल्सीप कन्टेन्टहरु पनि उपलव्ध रहेको छ ।
अभिभावकहरुले एकपटक हेर्नैपर्ने चलचित्र ‘तारे जमीन पर’
काठमाडौं । जब अभिभावकहरुबीचमा आफ्ना बालबालिकाहरुको पढाइको बारेमा उत्प्रेरणामुखी चलचित्रको विषयमा कुराकानी हुन्छ तब अवश्य पनि हिन्दी चलचित्र ‘तारे जमीन पर’को अवश्य पनि नाम आउँछ । सन् २००७ मा प्रदर्शनमा आएको सो चलचित्र बलिवुडका नायक अमिर खानको उत्कृष्ट चलचित्र मध्येमा पर्छ । चलचित्र तारे जमीन पर करोडौं दर्शकहरुले हेरे तर सिमित व्यक्तिहरुले मात्रै सो चलचित्रको शन्देशलाई ग्रहण गरेको अनुमान गरिएको छ । सो चलचित्रमा संघर्ष, सफलता, जीवन र शिक्षकको जीवनको विषयमा निकै सन्देशमूलक विषय रहेका छन् । आफ्ना बालबालिका विद्यालयमा पढाउन शुरु गरेका वा पढाइरहेका अभिभावकहरुका लागि यो चलचित्र निकै उपयोगी एवं सन्देशमूलक रहेको छ । एक सही शिक्षकले विद्यार्थीको जीवन नै बदल्न सक्छ तारे जमीन पर चलचित्रले पहिलो सन्देश शिक्षकको महत्वको बारेमा दिएको छ । हामी धेरैले विद्यालय तथा कलेज जीवनमा शिक्षकको महत्वको विषयमा अवश्य पनि निवन्ध लेखेका छौं । सायद त्यो निवन्ध केवल परीक्षाको लागि मात्रै बनेको छ । विद्यार्थीसँग भएका हिनतावोधका भावनाको जिम्मेवार वास्तवमा शिक्षक नै हुन् । कतिपय विद्यार्थी शिक्षकको डरका कारणले विद्यालय जान नचाहने र शिक्षकबाट नै मुक्त हुन चाहेका हुन्छन् । सही शिक्षकको अर्थ निश्चित रुपमा फरक हुन्छ, शिक्षकहरुले यो मान्न अनिवार्य हुन्छ की उनीहरु विद्यार्थीको दोस्रो आमाबुवा हुन् । एक विद्यार्थीको समस्यालाई बुझेर समाधान गर्नुको सट्टा उसमा हिन भावना भर्ने व्यक्ति अवश्य पनि शिक्षक हुन सक्दैनन् । एक वास्तविक शिक्षक त्यो हो जसले विद्यार्थीको अद्वीतीय क्षमतालाई कमजोर नठानेर सम्मान गर्न सक्छ । चलचित्र तारे जमीन परले एक शिक्षकले विद्यार्थीलाई अँध्यारोबाट उज्यालोमा लैजान सक्षम हुन्छ, तर शिक्षकमा त्यो विषयमा सोच्ने इच्छा र क्षमता हुनुपर्छ भन्ने सन्देश दिएको छ । साथै चलचित्रले एक सही शिक्षकले आफ्ना सम्पूर्ण विद्यार्थीका फरक क्षमताहरुलाई सम्मानपूर्वक हेर्ने गर्छ भनेर सन्देश दिएको छ । हरेक बालबालिका खास हुन्छन् यो उपशिर्षक आफैँमा असाधारण रहेको छ ‘हरेक बालबालिका खास हुन्छन्’ । तर, यसको वास्तविकता हर कोही व्यक्तिले बुझ्न र ग्रहण गर्न सक्दैन । कोही बालबालिकाले विद्यालयको सिमित कक्षामा कति अंक प्राप्त गरेको छ भनेर उसलाई मूल्यांकन गर्नु अवश्य पनि न्यायसंगत हुँदैन । जस्तो ३० जना विद्यार्थी भएको एउटा कक्षाकोठाको एकजना विद्यार्थी भौतिक विज्ञानको शिक्षक हुनसक्छ, अर्को विद्यार्थी विश्वस्तरीय कलाकार हुनसक्छ भने अर्को विद्यार्थी उत्कृष्ट लेखक बन्न सक्छ । एकपटक विद्यार्थीमा भएको अन्तरनिहित रुचीको क्षेत्रमा अगाडि बढ्न अभिभावक, शिक्षक र समाजले साथ दिने हो भने सोचौं की विद्यार्थीले कति प्रगति गर्न सक्छ होला ? यस्तो वास्तविकता हाम्रो शैक्षिक क्षेत्रमा कार्यान्वयन हुन सकिरहेको छैन । तारे जमीन पर चलचित्रको मुख्य पात्र इशानलाई परम्परागत रुपमा पढ्न लेख्नमा कत्तिपनि रुची हुँदैन, तर उनी वास्तवमा निकै सिर्जनशील विद्यार्थी हुन् । रुचीलाई पेशा बनाउँदा नै सफल हुन सकिन्छ चलचित्र तारे जमीन परले हामीलाई आफ्नो रुचीलाई पछ्र्याउन सिकाएको छ । यदि हामीले हाम्रो रुची अनुसारको क्षेत्रलाई पेशा बनाउन खोज्यौं भने हामी निकै उत्कृष्ट हुन सक्छौं भन्ने विचार यो चलचित्रले दिएको छ । चलचित्रमा अभिनेता आमिर खानले पनि आफ्नो पढाउने रुची अनुसार शिक्षक पेशालाई रोजेर आफूलाई उत्कृष्ट शिक्षकको रुपमा प्रस्तुत गरेका छन् । रुचीलाई पेशा बनाउन खोज्दा कठिनाई पनि आइपर्छन्, कैयौंपटक आफैप्रति अविश्वास समेत पैदा हुन्छ । तर, यदि तपाईंले आइपर्ने समस्याहरुलाई हल गर्न सक्नुभयो भने तपाईंले ती सबै गर्न सक्नुहुन्छ, जो तपाईंले आफ्नो जीवनमा गर्न चाहनुभएको थियो । अभिभावकहरुले ‘ख्याल’को परिभाषा बुझ्न जरुरी चलचित्र तारे जमिन परले दिएको एउटा महत्पूर्ण सन्देश भनेको अभिभावकले बालबालिकालाई प्रदान गर्ने अभिभावकत्वको विषयमा हो । अभिभावकहरुले आफ्ना बालबालिकालाई दुई छाक खान दिएर कैयँन गाली दिइरहेका हुन्छन् । फेरि उनीहरुले भनिरहेका हुन्छन् की उनीहरु आफ्ना बालबालिकाहरुको ख्याल गरिरहेका छन् । दुई छाक खाना बालबालिकालाई दिनुभन्दा धेरै ठूलो विषय वास्तविक अभिभावकत्वको बारेमा बुझ्नु हो । जुन सन्देश चलचित्रले दर्शकलाई प्रदान गर्ने कोसिस गरेको छ । चलचित्रका मुख्य पात्र इशानका बुवाले उनको विषयमा वास्तविक ख्याल गर्दैनन् । बच्चाहरुबीचमा तुलना गर्नु निकै खराब काम हो कतिपयले आफ्ना बालबालिकालाई सचेत गराउन वा उत्प्रेरणा प्रदान गर्ने नाममा अरुसँग तुलना गरेर भन्ने गर्छन्, वास्तवमा यस्तो तुलनाले कुनै सकारात्मक काम गर्दैन । बरु बालबालिकामा हिनताबोध सिर्जना गर्ने काम गर्छ । साथै उनीहरुमा रिस र ईष्र्या पैदा गर्ने काम गर्छ । चलचित्रमा इशानका बुवाले उनलाई सँधै उनको दाजुसँग तुलना गरेको देखाएको छ । बुवालाई त्यो भनाइले इशानमा प्रोत्साहन हुनसक्ने सोचे तापनि उनीमा पहिलेदेखि नै अलग प्रकारको क्षमता भएकाले उनलाई बुवाको भनाइले हिनताबोध गराउने मात्रै काम गर्छ । बुवाको निरन्तर भनाइले इशानलाई उ दाजु भन्दा कम क्षमता भएको र केही गर्न नसक्ने भावना भर्न मात्रै सघाउने काम गर्छ । आवश्यक भन्दा बढी अपेक्षा राख्नु हानिकारक हाम्रो जीवनको धेरै समस्या भनेको आवश्यकता भन्दा बढी अपेक्षा राख्नु हो । अपेक्षा अनुसार नतिजा प्राप्त नभएपछि मन भावना एकदिन टुट्न पुग्छ । चलचित्रमा मुख्य पात्र इशानका बुवाले आफ्नो अपेक्षा पुरा गर्नको लागि उनीमाथि क्रुर व्यवहार समेत प्रदर्शन गर्छन् । कतिपय सम्बन्धहरु आवश्यक भन्दा अधिक अपेक्षा राखेका कारणले नै बिग्रेका हुन्छन् । चलचित्र तारे जमीन परले दोस्रो व्यक्तिबाट अधिक अपेक्षा कम गर्न प्रेरित गरेको छ ।