कला र संस्कृतिमा विकृति बढ्दै गयो : मदनकृष्ण श्रेष्ठ
काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नेपालको कला र संस्कृतिमा विकृति बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । शनिवार काठमाडौंमा आयोजित सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपालको कला र संस्कृति, परम्परा र रितिरिवाजमा पछिल्लो समय विकृति भित्रिएको भन्दै सबैले आफ्नो कला र संस्कृतिलाई जगेर्ना गर्नुपर्ने बताए । उनले कला र संस्कृतिको जगेर्ना गरे मात्रै हाम्रो पहिचान कालान्तरसम्म रही रहने बताए । उनले श्रष्टाहरुले आफ्ना सिर्जनाहरु कालजयी हुने गरेर सिर्जना प्रस्तुत गर्नुपर्ने बताए । ‘पहिलाको परम्परा, गीत, संगीत धेरै राम्रा थिए । तर अहिले त्यसमा विकृति र विसंगति बढीरहेको छ । यसलाई हामीले रोकेर आफ्नो मौलिक संस्कृति र पहिचान झल्कने परम्पार र रितिरिवाजमा लाग्नुपर्छ । हाम्रो मौलिक संस्कृति र सभ्यता जोगाउन सकेमात्रै हाम्रो पहिचान रहन्छ’, उनले भने । लुःजः इन्टरटेन्मेण्टले आयोजना गरेको कार्यक्रममा वरिष्ठ कलाकार श्रेष्ठसहित एक दर्जन बढी कलाकार र श्रष्टाहरुलाई सम्मान गरिएको थियो ।
डिशहोममा नयाँ नेपाली फिल्मको मेला, चलचित्र झिंगेदाउ प्रदर्शनमा
काठमाडौं । बर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्रहरु, डिशहोममा मात्र एक्सक्लुशिभ प्रदर्शन भइरहेको छ । विभिन्न कारणवस हल सम्म गएर मन परेको नयाँ चलचित्र हेर्न छुटाएका दर्शकहरुले अव डिशहोम मार्फत सपरिवार एकै साथ वसेर हेर्न सक्नेछन् । अहिले केकी अधिकारी, आँचल शर्मा, मुकुन भुसाल आदी कलाकारहरुको अभिनय रहेको सुपरहिट चलचित्र झिंगेदाउ डिशहोम सिनेमाघर च्यानल नं. १०८ मा असोज ५ गते देखि प्रदर्शन भईरहेको कम्पनीले जनाएकाे छ । छक्का पञ्जा ४, प्रकास, कृष्ण लिला, नाई नभन्नु ल ६, प्रसाद २, लाखे, घन चक्कर, मन्त्र, राधा, गुञ्जन, तिम्रो मेरो साथ, पासो, ह्यारिकी प्यारी, काँडेतार, गणपति जस्ता नयाँ चलचित्रहरु डिशहोम सिनेमाघर को साथै प्लस मुभि र रमाइलो टिभीमा प्रदर्शन हुनेछन् । सिनेमाघर च्यानल नं. १०८ मा चलचित्र हेर्न डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. १६६००१२२००० मा फोन गरेर, नजिकैको डिशहोम विक्रेता वा डिलरदाई मार्फत सेवा लिएर र आफ्नै मोवाईल वाट एसएमएस पठाएर चलचित्र हेर्न सकिन्छ । यस्तै डिशहोमको नियमित प्याकेज रिचार्ज गर्दा आकर्षक वोनस संगै नयाँ नयाँ नेपाली चलचित्र हेर्न सिनेमाघर च्यानल नं. १०८ को टिकट निशुल्क पनि पाउन सकिनेछ । ३ महिना अथवा रु एक हजार वा सो भन्दा माथिको रिचार्जमा रु ३२५ वरावरको एउटा मुभी टिकट, ६ महिना अथवा रु दुई हजार वा सो भन्दा माथिको रिचार्जमा रु ६५० वरावरको २ ओटा मुभी टिकट, १२ महिना अथवा रु पाँच हजार वा सो भन्दा माथिको रिचार्जमा रु १३ सय वरावरको ४ ओटा मुभी टिकट ग्राहकहरुले पाउन सकिन्छ । डिशहोमको नियमित प्याकेज रिचार्ज गरेको भोलिपल्ट विहान ६ बजे पछि ८ अंकको सिनेमाघर च्यानल नं. १०८ को टिकट कुपन नम्वर ग्राहकको रजिष्टर्ड मोवाईल नं. मा एसएमएस मार्फत प्राप्त हुनेछ ।
अब पालो कमेडी फेस्टको
पछिल्लो समयमा युवाहरूको प्रिय बन्दै गरेको कमेडीको बजार मध्यम नै देखिन्छ । हास्य टेलिशृखंला हेर्ने पुस्ताले हास्य क्षेत्रमा नयाँ खोजिरहेको अवस्थामा स्ट्याण्ड अप कमेडीको शुरूवातले युवाहरूलाई कमेडीमुखी बनाएता पनि पुरानो शैलीको कमेडी नरूचाइएका होइनन् । कमेडी च्याम्पियन, स्ट्यान्ड अप कमेडी युवाहरूको रोजाइ भइरहेको समयमा उता बुवा पुस्ता राजनीति व्यङ्ग र गाईजात्रा मै सन्तुष्ट देखिन्छ। हास्यव्याङ्य, क्यारीकेचर, रोस्टले युवाहरूमा स्थान पाएसंगै हसाउने काम अब मेला महोत्सवमा मात्रै छैन । तनाव, समस्या र व्यस्त जीवनमा मानिसहरू हास्न चाहन्छन् । हसाउने उदेश्यले नै नेपालमा पनि विभिन्न देशमा झै हास्य कार्यक्रमहरू संचालन हुन थालेको देखिन्छ । होटल, क्याफेदेखि कमेडीको मात्रै छुट्टै कार्यक्रम आयोजनाहरू हुन थालेका छन् । दशै फेस्ट, म्युजिक फेस्ट भनेझैं आजको दिनमा कमेडी फेस्ट पनि हुन लागिरहेको छ । असोज २० गतेका दिन कस्मोपोलिटन इभेन्ट्सले कमेडी फेस्ट गर्न लागिरहेको छ । उक्त फेस्ट ‘इम्पेरियल बिजनेस कलेज’ बानेश्वरमा हुने भएको छ । कमेडी फेस्टको विज्ञापनको लागि ‘हाम्रो पात्रो’ र टिकटको लागि ‘इ-सेवा’ले सहकार्य गर्ने भएको छ । साथै विभिन्न फुड स्टल, गिफ्ट पार्टनरहरूको पनि उपस्थिति रहनेछ । दशैको मुखमा आयोजना गरिएको फेस्टमा विद्यार्थी र युवाहरूलाई केन्द्रित गरेर कार्यक्रमको विज्ञापन भइरहेको छ । उक्त कार्यक्रममा युवा कलाकारहरू अपूर्व क्षितिज सिंह, आदर्श मिश्र र आयुष श्रेष्ठको उपस्थिति हुने छ । फेस्ट मुख्यतः विद्यार्थीहरूलाई रमाइलो गराउने उद्देश्यले आयोजना गरिएको हो । कमेडी फेस्टमा धेरै मात्रामा विद्यार्थीहरूको उपस्थिति हुने भएकाले धेरै भन्दा धेरै फुड स्टल, गेम स्टलको आवश्यकता पर्ने पनि देखिएको छ । त्यसकारण इच्छुक व्यक्ति र व्यवसायले फेस्टमा स्टल राख्न पनि सकिने छ ।