संसदीय यात्रामा पाँच पूर्वप्रहरी, सबै रास्वपाबाट निर्वाचित

काठमाडौं । पूर्वप्रहरीहरूले संसदीय यात्राको सुनिश्चिता गरेका छन् । फागुन २१ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा केही पूर्वप्रहरीहहरू निर्वाचित भएका हुन् ।  पूर्व प्रहरीहरू विभिन्न जिल्लाका फरक–फरक क्षेत्रमा निर्वाचनमा होम्मिएका थिए । अधिकांश प्रहरीहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर विजय हासिल गरेका छन् । कानुन कार्यान्वय गरेकाहरू पुनः नीति बनाउने ठाउँमा पुगेका छन् । जागिरे जीवनमा रहँदा प्रहरीहरूले कानुनको पालना गरेर सेवा प्रवाह गरेका थिए । अब भने कानुन बनाउने ठाउँमा पूर्वप्रहरी अधिकारीहरू पुगेका छन् । ओखलढुंगाबाट रास्वपाबा उम्मेदवार पूर्व एआईजी विश्वराज पोख्रेल विजयी भएका छन् । उनले १३ हजार ९५३ मत ल्याएर विजयी भएका हुन् । उनी ५ मतले निर्वाचित भएका हुन् । झापा–४ बाट विजयी बन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शम्भुप्रसाद ढकालले संसद भवनतर्फ पाइला अगाडि बढाएका छन् । ढकालले ४३ हजार ६ सय ३१ मत पाएर निर्वाचित भएका हुन् । ढकाल २२ वर्ष नेपाल प्रहरीमा कार्यरत रहे । उनी सईको जिम्मेवारीबाट अवकाश भएका हुन् ।  नेपाल प्रहरीका पूर्वएसएसपी विक्रमसिंह थापाले कपिलवस्तु–२ बाट उनी २७ हजार ६३५ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्यले २१ हजार ५२७ मत प्राप्त गरे।  त्यस्तै, गुल्मी क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गोविन्द पन्थी विजयी भएका छन् । उनी डिएसपीबाट अवकाश भएका थिए । अन्तिम मत परिणाम अनुसार पन्थीले नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टलाई ५६१ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । यस्तै, काठमाडौं महानगरका प्रमुख रहेर काम गरिसकेका राजुनाथ पाण्डे पनि सांसद बनेका छन् । उनी काठमाडौं प्रहरीको प्रमुखबाट राजीनामा दिएर काठमाडौं–३ मा चुनावी मैदानमा उत्रएका थिए । उनले उज्यालो नेपाल पार्टीका कुलमान घिसिङलाई पराजित गरेका हुन् । रास्वपाका पाण्डेले १८ हजार ७५७ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी घिसिङले ११ हजार १७१ मत ल्याएका हुन् । राजुनाथ पाण्डेसँग कुलमान ७ हजार ५८६ मतले पराजित भएका हुन् ।   

सप्तरी–३ मा रास्वपाका अमरकान्त चौधरी विजयी

काठमाडौं । सप्तरी–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अमरकान्त चौधरी विजयी भएका छन् । उनी ३२ हजार ८७५ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव १५ हजार २३९ मत ल्याएर दोस्रो भए ।  नेपाली कांग्रेसका दिनेशकुमार गुप्ताले ८ हजार ४२४ मत ल्याएका छन् । त्यस्तै नेकपा एमालेका ताराकान्त चौधरीले ६ हजार ७१५ मत प्राप्त गरेका छन् । 

रास्वपाले हालसम्म १०४ सिट जित्यो, समानुपातिकमा पनि ५० प्रतिशतभन्दा बढी मत

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को पछिल्लो मतपरिणामले देशको राजनीतिक परिदृश्यमा आमूल परिवर्तनको संकेत गरेको छ । हालसम्मको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सानदार जित हासिल गर्दै दुई तिहाई बहुमत नजिक पुगेको छ । परम्परागत शक्ति मानिने दलहरू निकै पछि परेका छन् भने ‘घण्टी’ को लहरले देशभरका चुनावी नतिजालाई आफ्नो पक्षमा पारेको छ । प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १३५ सिटको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ । जसमा रास्वपा एक्लैले १०४ सिट जितेर इतिहास रचेको छ । बाँकी ३१ सिटको मतगणना जारी रहँदा पनि रास्वपाले नै अग्रता कायम राखेको छ । हालसम्मको नतिजाअनुसार रास्वपाले १०४ सिटमा विजयी भएको छ भने २० सिटमा अग्रता छ । यस्तै, नेपाली कांग्रेसले १५ सिटमा विजयी भएको छ । यस्तै, २ सिटमा अग्रता लिइरहेको छ ।  नेकपा एमालेले ७ सिट विजयी भएको छ भने ४ सिटमा अग्रता लिइरहेको छ । नेकपा ६ सिटमा विजयी भएको छ । २ सिटमा अग्रता लिइरहेको छ ।  राप्रपा १ सिटमा विजयी भएको छ । यस्तै, श्रम संस्कृति पार्टी १ सिटमा विजयी भएको छ भने २ सिटमा अग्रता लिइरहेको छ । स्वतन्त्रमा १ सिट विजयी भएको छ ।  प्रत्यक्षतर्फ मात्र नभई समानुपातिक निर्वाचन प्रणालीमा पनि रास्वपाले अप्रत्याशित जनमत प्राप्त गरेको छ । कुल २६ लाख ३० हजार मतगणना हुँदा रास्वपाले १३ लाख २१ हजारभन्दा बढी मत पाएको छ । यो कुल खसेको मतको ५० प्रतिशतभन्दा बढी हो ।  यही अनुपात कायम रहेमा समानुपातिकतर्फका ११० सिटमध्ये रास्वपाले ५५ देखि ६० सिटसम्म प्राप्त गर्ने देखिन्छ । यसले गर्दा सदनमा रास्वपाको उपस्थिति अत्यन्तै शक्तिशाली हुने निश्चित भएको छ ।  प्रतिनिधिसभाको कुल २७५ सिटमध्ये दुई तिहाई बहुमतका लागि १८४ सिट आवश्यक पर्दछ । हालको ट्रेन्डअनुसार रास्वपाले प्रत्यक्षतर्फ करिब १२४ सिट र समानुपातिकतर्फ ६० सिटसम्म जित्ने सम्भावना छ । यसरी हेर्दा रास्वपा १८४ सिटको दुई आँकडा पार गर्दै दुई तिहाई बहुमतको सरकार बनाउने दिशामा दृढताका साथ अघि बढेको देखिन्छ ।