लुम्बिनी जनरलका नवनियुक्त अध्यक्ष मुलले लिए शपथ
काठमाडौं । लुम्बिनी जनरलका नवनियुक्त अध्यक्ष मनोहर दास मुलले पद तथा गोपनियताको शपथ लिएका छन् । अध्यक्ष पदमा पुन निर्वाचित भएका मुलले आजै अर्थात असार २९ गते नै बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट शपथ लिएका हुन् । इन्स्योरेन्सको १७औं वार्षिक साधारण सभाले संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने गरी ४ जनालाई सञ्चालकमा निर्विरोध निर्वाचित गराएको थियो । जसमा विश्वराज रेग्मी, मनोहर दास मुल, अरुण राज श्रेष्ठ र उमेश रेग्मी (प्रतिनिधि-लुम्बिनी बिकास बैंक लि) रहेका छन् । त्यसपछि बसेको इन्स्योरेन्स सञ्चालक समितिको बैठकले कूल ४ सञ्चालकमध्ये मुललाई पुनः अध्यक्ष पदमा नियुक्त गराउने निर्णय गरेको हो । सपथ समारोहमा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, कम्पनीका प्रमुख कार्यकारी अधिकृत एन.पि. प्रधान र कम्पनी सचिव देवेन्द्र कोइरालाको उपस्थिति रहेको थियो । यो पनि पढ्नुहोस् लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश पारित, सञ्चालकमा ४ जना निर्वाचित
आइएमई जनरलको बोर्डमा इन्फो डेभलपर्सका सीईओ रघुवंशी नियुक्त
काठमाडौं । आइएमई जनरल इन्स्यारेन्सको बोर्ड सदस्यमा इन्फो डेभलपर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उमेश रघुवंशी नियुक्त भएका छन् । सोमबार कम्पनीका अध्यक्ष हेमराज ढकालले रघुवंशीलाई बोर्ड सदस्यको रुपमा नियुक्त गरेका हुन् । उमेश रघुवंशी नेपालको आइटी क्षेत्रको एक परिचित नाम हो । २० वर्षअघि उनको नेतृत्वले सुरु गरेको इन्फो डेभलपर्स कम्पनीले ३५० बढीलाई रोजगारी दिइरहेको छ । माइक्रोफाइनान्स, सहकारी र सरकारी सेवा र सुविधालाई प्रविधिमैत्री बनाउन यस कम्पनीले महत्वपुर्ण योगदान दिएको छ । आइएमई जनरल इन्स्यारेन्स कम्पनी सन् २००१ मा स्थापना भएको निर्जीवन बीमा कम्पनी हो । २ अर्बको चुक्ता पुँजी रहेको कम्पनीमा बैंकिङ, हाइड्रोपावर र ट्रेडिङ क्षेत्रका परिचत व्यक्ति तथा समुहरुको संलग्नता रहेको छ । कम्पनीका बोर्ड निर्देशकहरुमा अम्बिका प्रसाद पौडेल, राजेन्द्र सिंह भण्डारी, सिताराम थापा र कृष्णप्रसाद शर्मा रहेका छन् ।
आईएमई जनरल इन्स्योरेन्सका सीईओ श्रेष्ठले पाए निरन्तरता, संस्थालाई थप उचाईमा पुर्याउने
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा युगेशभक्त बादे श्रेष्ठले निरन्तरता पाएका छन् । कम्पनीमा पहिलो कार्यकाल सकिनु अघि नै बीमा समितिले उनलाई इन्स्योरेन्समा निरन्तरता दिन स्वीकृति दिएको हो । सीईओ श्रेष्ठको पहिलो कार्यकाल आगामी साउन २३ गते सकिँदै थियो । तर बीमा समितिले असार २२ गते नै सञ्चालक समितिको प्रस्ताव अनुसार उनलाई दोश्रो कार्यकालको लागि स्वीकृति दिएको हो । कम्पनी सञ्चालक समितिको बैठकले सीईओ बादेको कार्यकुशलता र व्यवस्थापकीय क्षमतालाई मुल्याङ्कन गर्दै पुनः नियुक्तिको लागि बीमा समितिमा प्रस्ताव गरेको थियो । बादेले २०७५ साउन २३ गतेदेखि नै कम्पनीको प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्दै आएका छन् । पुनः नियुक्ति पाएसँगै बादेले आगामी चार वर्षसम्म कम्पनीको सीईओ पदको कार्यभार सम्हाल्ने छन् । यो अवधिमा इन्स्योरेन्सलाई थप उचाईमा पुर्याउने उनको योजना रहेको छ । सीईओ श्रेष्ठ २०७८ चैतमा मात्रै ‘आउटस्ट्याण्डिङ म्यानेजमेन्ट अवार्ड २०२२’ बाट सम्मानित भएका थिए । नेपाल व्यवस्थापन संघ (म्यान) ले नेपालको व्यवस्थापन क्षेत्रमा पुर्याएको उत्कृष्ट योगदान र अनुकरणीय नेतृत्व कौशलताको कदर गर्दै श्रेष्ठलाई उक्त अवार्ड दिएको थियो । त्यस्तै, श्रेष्ठले हाल व्यवस्थापन गरिरहेको आईएमई जनरल इन्स्योरेन्स पनि एशियाकै ‘बेष्ट इम्प्लोएर ब्राण्ड अवार्ड २०२१’ बाट सम्मानित भएको थियो ।