चुणामणि शर्मासँग अख्तियारले माग्यो ३ अर्ब २ करोड धरौटी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन घर फरछ्यौट आयोगका सदस्य सविच तथा आन्तरिक राजश्व विभागका महानिर्देशक चुणामणि शर्मासँग ३ अर्ब २ करोड धरौटी मागेको छ । १२५ वटा फाइलको अध्ययन हुँदा ९ अर्ब १० करोड अनियमितता भएको देखिएको आयोगले जनाएको छ । तत्कालिन कर फरछ्यौट आयोगका तीन सदस्यलाई बराबर धरौटी मिलान गर्दा शर्माको भागमा ३ अर्ब २ करोड परेको हो । आयोगका अध्यक्ष लुम्बध्वज महत र उमेशप्रसाद ढकाल भने अझै परार छन् । शर्माले ३ अर्ब २ करोड रुपैंयाँ धरौटी बुझाएमा तारेखमा छोड्न सकिने आयोगले जनाएको छ । अख्तियारले शर्मालाई जेठ १९ गते पक्राउ गरी हिरासतमा राखेको छ ।

स्वीकृती नलिएका अवैध खानी प्रहरी सेटिङमा, स्थानीयको गुनासो सुन्ने कोही भएन

ललितपुर । लेले नल्लु क्षेत्रमा सञ्चालित अवैध खानी तथा क्रसर उद्योगहरुबाट उत्पादित ढुंगा तथा गिट्टी बोक्ने ट्रिपरहरु चापागाउँ प्रहरी वृत्त अगाडि नै भएर निर्वाध चलछन् । तर प्रहरीले तिनलाई देख्दैनन् । अवैध खानी र क्रसर उद्योगहरु टीका भैरव प्रहरी चौकीबाट ५ सय मिटरको दुरीमा छन् । बुरुन्चुली क्षेत्रमा सञ्चालित क्रसरहरुको आवाज चौकीमा पनि सुनिन्छ । विना स्वीकृति चलिरहेका यी उद्योगहरु रोक्न न चापागाँउ प्रहरीले प्रयास गरेको छ । न त टीकाभैरव प्रहरीले नै । यी दुई बृत्त र चौकीमात्रै होइन, महानगरिय प्रहरी परिसर जावलाखेल, जिल्ला खानी अनुगमन समिति पनि उस्तै मौन छन् । सेटिङमा खानी तथा क्रसर सञ्चालन भइरहेकोले सबै चुप लागेको नल्लु क्षेत्रका स्थानीयको आरोप छ । कान्तिपुर दैनिकबाट ।

मेलम्चीको पाइपमा वाग्मतीको पानी, सुन्दरीजलमा पनि यही पानी प्रयोग

काठमाडौं । राजधानीमा विछ्याइएका मेलम्ची खानेपानी आयोजनाका पाइपहरुको चेकजाँचका लागि वाग्मतीको पानी प्रयोग गरिने भएको छ । पाइप लाइनमा चुहावट छ कि छैन भनेर परीक्षणका लागि बर्षातको समयमा वाग्मतीमा बढ्ने पानीलाई प्रशोधन गरी प्रयोग गर्ने तयारी गरिएकोहो । मेलम्चीको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको परीक्षणमा पनि यही पानी प्रयोग गरिने छ । आयोजनका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले वाग्मतिबाट पानी ल्याई प्रशोधन गरेर प्रयोग गरिने बताए । त्यसको लागि नदीबाट ६० एमएमका २ वटा पाइपमा पानी ल्याई प्रशोधन केन्द्रमा पानी संकलन गरिनेछ । संकलनपछि प्रशोधन गरेर उक्त पानी विछ्याईका पाइपद्वारा विभिन्न स्थानमा रहेको पानी पोखरीमा पुर्याइने छ । पोखरीबाट विछ्याईका पाइपमा पानी पठाई वितरण गरिने उनले बताए । उक्त प्रक्रिया असारदेखि सुरु भएर कात्तिक मिहनासम्म जारी रहनेछ । कान्तिपुरमा दैनिकबाट ।