यति एयरको जहाज जोगियो दुर्घनाहुनबाट
काठमाडौं । यति एयरको जहाज भैरवा स्थित गौतमवुद्ध विमानस्थलमा ठूलो दुर्घटना हुनबाट जोगिएको छ । काठमाडौंबाट भैरहवाका लागि उडेको यति एयरको जहाज अवतरणका क्रममा चक्का ‘जाम’ हुँदा रनवेमा रोकिएको थियो । बेलुका करिब ५ बजे भैरहवा विमानस्थलमा अवतरण गर्ने क्रममा चक्का ‘जाम’ भएको हाे। जहाज अवतरण हुने क्रममा चक्का जाम भएर रोकिएको थियो । काठमाडौंबाट प्राविधिक टाेली पुगेपछि मात्रै रनवेमा रहेको जहाज मर्मत गरिने बताइएको छ । विमानमा २६ यात्रु सवार थिए । सबै सकुशल रहेको जनााइएको छ । विमानस्थल भने अहिले बन्द गरिएको छ ।
प्रधानमन्त्रीसँग एफएनसीसीआईका अध्यक्ष राणाको भेटवार्ता
काडमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली समक्ष नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र नेपाल भ्रमणमा आएकी भारतीय उद्योग परिसंघ (कन्फेडेरेशन आफ इण्डीयन इन्डस्ट्रिज)का अध्यक्ष एवं अपोलो हस्पिटल इन्टरप्राइजेज लिमिटेडका कार्यकारी उपाध्यक्ष सोबना कामिनेनीको प्रतिनिधिमण्डलले आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेका छन् । भेटमा प्रधानमन्त्री ओलीले नेपाल समृद्धिको मार्गमा अगाडी बढेकाले नेपालमा भारतीय संयुक्त लगानी विस्तारका लागि सहयोग गर्न सीआईआईका अध्यक्ष कामिनेनीलाई आग्रह गरेका थिए । उनले मुलुकको समृद्धिनै आफ्नो प्रमुख प्राथमिकता रहेको भन्दै दुवै देशका निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थालाई लागनी गर्नका लागि अनुरोध गरेका थिए । सो अवसरमा महासंघका अध्यक्ष राणाले आगामी अप्रिलमा दुवै महासंघको संयुक्त आयोजनामा काठमाडौंमा नेपाल भारत लगानी सम्मेलनको गृहकार्य भैइरहेको जानकारी गराइन् । नेपालमा भारतीय लगानी विस्तारको लागि सम्मेलन महत्वपूर्ण हुने उनको भनाइ छ । त्यस्तै सीआईआईका अध्यक्ष कामिनेनीले प्रधानमन्त्री ओलीलाई भारतीय निजी क्षेत्रकातर्फबाट बधाई दिदै नेपालको आर्थिक विकासको अभियानमा सहभागी हुन भारतीय निजी क्षेत्र उत्साहित रहेको बताइन् । उनले संयुक्त लगानी विस्तार गर्न पर्नेमा जोड दिएकी थिइन् । लगानीका क्षेत्रको पहिचान लगायतको लागि आगामी दिनमा ठोस गृहकार्यसहित अगाडी बढ्नु पर्ने उनको धारणा छ ।
डेढ अर्ब घोटला काण्ड: १४ जनामाथी अनुसन्धान हुदैं, बिगो असुलीसहित ५ वर्ष जेल सजाय हुनसक्ने
काठमाडौं । डेढ अर्ब घोटाला काण्डमा पक्राउ परेका तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकका १४ जना कर्मचारीमाथी बैंकिङ कसुर अन्तर्गत मुद्दा अघि बढेको छ । चैत २ गते १३ जना र ३ गते १ जना गरी १४ जना काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका थिए । अहिले उनीहरुमथी केद्रिय अनुसन्धान ब्युरोमा मुद्दा दायार गरिएको अनुसन्धान विभागसि (आइबी)का प्रवक्ता जीवन श्रेष्ठले बताए । ‘पहिले उनीहरुमाथी अनुसन्धान केन्द्रमै उजुरी दर्ता हुन्छ, प्रहरीको अनुसन्धान सकिएपछि सरकारी वकिलले विशेष अदालतमा मुद्दा दायार गर्नेछ’, श्रेष्ठले विकासन्युजसँग भने । उनीहरुमाथी थप अनुसन्धान भैरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । यस्तो छ कानूनी प्रावधान उनीहरूमाथी १ अर्ब ५० करोड ९६ लाख ३३ हजार ९ सय चौरासी रुपैंया घाटला गरेकाे अाराेप लागेकाे छ । बैंकिङ कसुर ऐन २०६४ को दफा ७, ८, ९, १३ र १४ सम्मको दफा अनुसार उनीहरु दोसी देखिन सक्छन् । जसअन्तर्गत दफा ७ मा अनधिकृत रुपमा कर्जा लिन वा दिन नहुने, दफा ८ मा कर्जाको दुरुपयोग गर्न नहुने, दफा ९ मा बैंकिङ स्रोत साधन र सम्पतीको दरुपयोग गर्न नहुने, दफा १३ मा बढी कम या गलत मूल्यांकन गर्न नहुने र दफा १४ मा अनियमित तथा वित्तिय कारोबार गर्न गराउन नहुने भनि उल्लेख गरिएको छ । पक्राउ परेका व्यक्तिहरु यस्तो छ उनीहरुमाथीको आरोप १ .कमशल धितो भिरालो पाखोबारी , बाटो नपुगेको जग्गाहरुको अधिक मुल्यांकन गरी कर्जा लगानी गरेको २. कृतिम ऋणीहरु खडा गरिएको ३. निश्चित क्षेत्रको कमशल जमिनहरुमा विभिन्न ऋणीहरु खडा गरी कर्जा अधिकेन्द्रित गरेको ४. ऋणीको नक्कली आयस्रोत सम्बन्धी विवरणहरूलाई स्वीकृत गर्ने गरेको ५. मोटरबाटो नभएको भिरालो पाखो बारीहरु खेत वन क्षेत्र भएको जग्गाहरुमा बाटो भएको प्रमाणित गरेको ६. धितो निरीक्षण कर्जा निर्णय जग्गा किनबेच,रोक्का, कर्जा तमसुक,कर्जा प्रवाह एकै दिनमा गरेको ७. कमशल जग्गाहरु धेरै टुक्रा पार्ने र धेरै ऋणीहरुको नाममा धेरै कर्जा दिने गरेको ८. कर्जा तमसुकहरुमा एकल ऋणीको मात्र सहीछाप गराई साक्षीहरु समेत नराखी कर्जा दिएको ९. सावा र ब्याज नियमित रुपमा भुक्तान नगरेका ऋणीहरुलाई पून दोस्रो कर्जा प्रवाह गरेको १०. एउटै व्यक्तिहरु संचालक हुने र पुराना खराब ऋणीहरूलाई संरक्षण गरेको ११. सर्वसाधारण निक्षेप कर्ताको निक्षेपको सुरक्षालाई भन्दा ऋणीको सुविधालाई ध्यान दिई कर्जा दुरुपयोग गरेको १२। अधिकांश धितो मुल्यांकन प्रतिवेदनहरु यथार्थपरक नरहेको माथी उल्लेखित आरोपहरु प्रमाणित भएमा ऐनको परिच्छेद ३ अन्तर्गत दफा १५ खण्ड (घ) अनुसार बिगो जरिवाना सहित ३ वर्ष देखि ५ वर्षसम्म जेल सयाय हुनेछ ।