युवालाई स्वरोजगार बनाउने प्रयासमा जुटेका छौंः अध्यक्ष सावा

प्रदेश नं १ को ताप्लेजुङ्ग जिल्लामा पर्ने एउटा सुन्दर गाँउपालिका हो मिक्वाखोला । यो गाउँपालिका भौगेलिक रुपमा बिकट र दुर्गम भएता पनि मिक्वाखोला गाँउपालिकाले पर्यटकीय, व्यावसायिक, वातावरणीय लगायतका विभिन्न बहुआयामिक पहिचान बोकेको छ । मिक्वाखोला गाँउपालिका अलैंची खेति, पर्वतारोहण, अवलोकन भ्रमण र जडिबुटी संकलनको द्धष्टिकोणले महत्वपूर्ण सम्भावना बोकेको क्षेत्र हो । कोरोनाको समयपछि गाँउपालिकाले विकास निर्माणका कामहरु कसरी अगाडि बढाइरहेको छ ? कोरोनाले शैक्षिक क्षेत्रमा कस्तो असर पु¥यायो ? युवाको लागि रोजगारी अवसर कसरी सिर्जना भइरहेको छ भन्नेलगायतका विषयमा सो गाँउपालिकाका अध्यक्ष राम कुमार सावासँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीः गाँउपालिकामा कोरोनाले के–कस्ता असर पु¥याएको छ ? हालको अवस्था कस्तो छ ? हाम्रो गाँउपालिकामा कोरोनाको खासै प्रभाव परको छैन । कोरोनाको समयमा सरकारको नीति अनुसार हामीले आफनो गाँउपालिकामा १८ बेडका क्वारेन्टिनहरु बनाएका थियौं । गाउँपालिकामा खासै त्यस्तो असर छैन । कोरोनाको समय पछि गाँउपालिकाले विकास निमार्णको कामहरु कसरी अगाडि बढाइरहेको छ ? गाँउपालिका खासै कोरोनाको त्रास छैन । विकास निमार्णका कामहरु कोरोनाको मापदण्डहरु अपनाएर काम सुरु गरिरहेका छाैं । कोरोनाको समयमा पनि केहि विकासको काम भएको छन् । गाँउपालिका बिद्युत, खानेपानी, सडकको मर्मत लगायत कामहरु हामीले गर्यां । गत आर्थिक वर्षको बजेटमा प्रस्तुत भएका कार्यक्रम र योजनाहरु हामीले सम्पन्न गर्यौं । स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनुभएको छ ? हामीले गाँउपालिकाले स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय एकदमै राम्रोसँग गरिरेका छौं । हाम्रो समन्वय विकास कार्यक्रमसँग सम्बन्धित रहेर हुन्छ । पहिला–पहिला भेटघाट हुने काम हुन्थ्यो तर अहिले तालिम र परिक्षण हुने गरेको छैनन् । प्रदेश सरकारकारले गाँउपालिकालाई बिभिन्न परिक्षण दिँदै आएको थियो तर लकडाउनको समयपछि कार्यक्रमहरु पनि सञ्चालन भएका छैनन् । स्थानीय तहमा काम गर्दाका चुनौती र समस्याहरु के–के छन् ? त्यस्तो ठूलै समस्या त छैन । गाँउपालिकामा विकास निर्माणको काम गर्दा प्रायः पहाडी भुभाग हुँदा समस्या त हुन्छ नै । विशेष गरेर हामी निर्माण काममा बढी स्काभेटरको प्रयोग गर्छौं । प्रदेश सरकारको योजना कार्यक्रम भएपनि संघीय सरकारको योजना पनि स्थानीय तहमा हुने भएकाले केहि कार्यक्रमहरुमा समस्या रहेको हुन्छ । आफ्नो गाँउपालिका भित्रका पर्यटकिय क्षेत्रहरुको प्रचार–प्रसार कसरी गरिरहनु भएको छ ? हामीले पर्यटकिय क्षेत्रको प्रचार–प्रसार गरिरहेका छाैं । गाँउपालिका भित्र पर्यटकलाई आकषर्ण गर्ने फुंगफुगे झरना रहेको छ । हाम्रो गाँउपालिका भित्र नै सिमसार क्षेत्र छ । गाँउपालिका क्षेत्रभित्र सांस्कृतिक, धार्मिक पर्यटन क्षेत्रमा प्रारम्भिक चरणको काम सकिएको छैन । यो गाँउपालिका आफैमा एक पर्यटकीय क्षेत्र पनि हो । पर्यटकिय क्षेत्रहरुको प्रचार–प्रसार गर्र्नेको लागि गाँउपालिकाले बजेट २ लाख रुपैयाँ छुटाएको छ कोरोना भाइसकले शैक्षिक क्षेत्रमा कस्तो असर पु¥यायो, हालको शैक्षिक अवस्था कस्तो छ ? कोरोनको त्रास र नेपालमा लकडाउन भएको समयमा गाँउपालिकाका विद्यालयहरु लामो समयसमम बन्द अवस्थामै रहे । तर, पनि गाउँमा त्यति लामो समयसम्म भने विद्यालय बन्द गर्नु पर्ने अवस्था आएन । हामीले केही महिना मात्रै विद्यालय बन्द गर्यौं। अहिले भने नियमित रुपमा विद्यालय सञ्चालन भइरहेका छन् । अहिले विद्यार्थीलाई पनि त्यस्तो कुनै समस्या छैन । गाँउपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? गाँउपालिकाले युवाहरुलाई रोजगारीका लागिको लागि प्रधानमन्त्री स्वरोजगार कार्यक्रम ल्याएको छ । युवाहरुलाई विकास निमार्णको कामहरुमा लगाएर रोजगारी दिने गरेका छौं । अन्य त्यस्ता कुनै कार्यक्रमहरु भने छैन । तर, हामीले गाउँपालिकामा हुने विकासका काममा युवाहरुलाई लगाउने गरेका छौं । युवा लक्षित गरेर हामीले वार्षिक बजेटमा ४ लाख रुपैयाँ छुट्याउँदै आएका छौैं । गाँउपालिकाले कृषि क्षेत्रको विकासका लागि के–कसरी काम गर्दै आएको छ ? गाँउपालिका भित्र कृषि विकासको लागि धेरै काम गर्दै आएका छौं । कृषिको लागि विभिन्न अनुदानका कार्यक्रमहरु ल्याएका छौं । युवा लक्षित गरेर माछा पालन गर्ने व्यवसाय पनि रहेको छ । हाम्रो गाँउपालिकामा मुख्य उत्पादनमा प्रमुख नगदे वालीको रुपमा अलैँची उत्पादन हुन्छ । गाँउपालिकामा प्रमुख पेशाको रुपमा खेती नै हो । कृषकहरुको लागि गाँउपालिकाले बिउ विजनहरु निुःशुल्क रुपमा वितरण गर्दै आइरहेको पनि छ । तपाईको गाँउपालिकामा सर्वसाधरणहरुले गाउँपालिका समक्ष कस्ता खालका समस्याहरु लिएर आउँछन् ? गाँउपालिकामा सर्वसाधरणहरु प्रायः जटिल समस्याहरु लिएर आएका छैनन् । तर, कृषि, व्यापार सम्बन्धमा, सहकारीका समस्याहरु लिएर भने आउने गर्दाछन् । तपाइँको कार्यकालमा गाँउपालिकालाई कस्तो बनाउने योजना छ ? मेरो कार्यकालमा गाँउपालिकालाई अन्य गाँउपालिका भन्दा विकसित र उदारणीय बनाउने योजना रहेको छ । सबै वडाहरुको सडकलाई कालोपत्रे बनाउने मेरो योजना छ । हामीले भने जति र बाचा गरेजति काम हामी हाम्रो कार्यकालमा गर्छौं ।

मेरो कार्यकालमा सबै वडाका सडक कालोपत्रे गरिसक्छुः मेयर अर्याल

गण्डकी प्रदेशको लमजुङ जिल्लामा पर्ने एउटा सुन्दर नगरपालिका हो बेसीशहर । यो नगरपालिका कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यको रुपमा चर्चित छ । लमजुङका ८ वटा स्थानीय तहमध्ये अर्को जिल्लासँग सिमाना नजोडिएको एकमात्र नगरपालिका हो बेसीशहर । यो नगरपालिकामा ११ वटा वडा छन् । मनाङ तथा अन्नपूर्ण पदयात्राको प्रवेशद्वारको रुपमा यो नगरपालिकास चिनिन्छ । प्रथम शाहवंशीय राजा यशोब्रम्हा र त्यसपछिको शाहवंशीय राजाहरुले राज्य गरेको गाउँशहरको लमजुङ दरवार बेसीशहर नगरपालिकामा पर्दछ । कोरोना महामारीपछि नगरपालिकाले विकास निर्माणका कामहरु कसरी अगाडि बढाइरहेको छ ? कोरोनाले शैक्षिक क्षेत्रमा कस्तो असर पु¥यायो ? युवाका लागि रोजगारीका अवसर कसरी सिर्जना भइरहेको छ भन्नेलगायतका विषयमा सो नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन्ः कोरोना महामारीपछि नगरपालिकाले विकास निर्माणका कामहरु कसरी अगाडि बढाइरहेको छ ? अहिले यहाँ कोरोनाको त्रास छैन । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विकास निर्माणका कामहरु गरिरहेका छांै । कोरोनाको समयमा पनि केही काम भएको छन् । पछिल्लो समयमा निरन्तर कामहरु भइरहेको छ । हाल पर्यटन सम्बन्धि काम, टावरहरु निर्माण आदि काम भइरहेको छ । ४ करोड ८१ रुपैयाँमा लमजुङ दरवारको निर्माण भइरहेको छ । पार्क निमार्ण हुँदैछ । पार्कको लागि ६० लाख रुपैयाँ बराबरको काम भइरहेको छ । नगरपालिकाभित्रको सडकहरु पनि कालोपत्रे गरिरहेका छौं । युनिभर्सल चोकदेखि मकैडाँडा हुँदै पालिङ जाने बाटो २ करोड ६६ लाखको आव्हान गरेका छौं । रामचोक जाने बाटो पनि कालोपत्रे हुदैछ । नगरपालिकामा आउटर र आन्तरिक गरी २ वटा रिङरोड रहेका छन् । कोरोना भाइरसले शैक्षिक क्षेत्रमा कस्तो असर पु¥यायो, हालको शैक्षिक अवस्था कस्तो रहेको छ ? कोरोना भाइरसले शैक्षिक क्षेत्रमा ठुलो असर पु¥याएको छ । हामीले विद्यालयहरु पहिलाबाट नै खोलौं भनेका थियांै । संघका प्रशासकहरुले मान्नु भएन । जिल्ला प्रशासनलाई अधिकार दिएको कारण हामीले खोल्दा सिज बन्द गरे । हाल सबै विद्यालयहरु खुल्ला भएका छन् । कोरोनाको त्रास नभइकन नगरपालिकाभित्रका सबै विद्यालयहरुको पठन पाठन सञ्चालन भइरहेको छ । नगरपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? हामीले गत वर्ष रोजगारीका लागि ५० लाख रुपैयाँ बजेट छुट्टाएका थियौं । युवालाई लक्षित गरेका रोजगारीको केही कर्यक्रमहरु कोभिडका कारण रोकिएको थियो । कर्यक्रमा ७० जना सहभागी भएका थिए । यो कार्यक्रममा वेयरिङ्ग, सव ओभरसीयर , इलेक्ट्रक इन्जिनियर र सिपमुलक तलिमहरु रहेका थिए । युवा रोजगारीको लागि ३५ लाख रुपैयाँ बजेट छुट्टाएका छौं । गत बर्षकै युवालाई दिएको तालिम र रेकिएका तालिम अब सक्ने योजना छ । रोजगारीको लागि युवालाई ऋण दिनको लागि १७ लाख रुपैयाँ छुट्टाएका छौं । अहिले नगरपालिकाले अरु संस्थाहरुसँग मिलेर व्याजमा अनुदान दिने अरु संस्थाहरुले लगानी गर्ने योजनाहरुको छलफल गरिरहेको छौं तर यसको टुङगो भएको छैन । नगरपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ? कृषि विकासको लागि हामीले धेरै काम गर्दै आएका छौं । हामीले यस पटक ३० वटा बाख्राको खोरको लागि २० भन्दा बढी बाख्रा पाल्नेलाई ४० हजारको दरले रकम विनियोजन गरेको छांै । गाई, गोरु ल्याउनेलाई ढुवानी खर्च दिएका छौं । घास काट्ने मेसिन उपलव्ध गराएका छौं । पशुपालनमा बोयार जातिको बाख्राहरु वितरण गर्दै अएका छांै । विउ विजनको लागि हामीले हाइब्रिडमा अनुदान दिएका छौं । गत वर्ष हामीले १ सय ११ वटा हाते ट्याक्टर वितरण गरेका थियौं । यो वर्ष ९० वटा वितरण गर्न लागेका छौं । मौरी पालनका लागि गत वषै २ सय घारहरु वितरण गरेका थियौं । यो वर्ष पनि २ सय वटा नै वितरण गर्ने कार्यक्रम छ । गत वर्ष ४ सय वटा टनेल वितरण गर्यौं, यो वर्ष सयभन्दा बढी वितरण गर्न लागेको छौं । टनेलहरु, मौरीका घारहरु, अल्लो, धान काटने मोसिनहरु कृषकहरुलाई वितरण गरेका छौं । कृषिमा मानिस धेरै नआउने भएकाले लागत घटाउनु पर्ने अवस्था रहेको छ । विउविजनहरु हामीले पहिला निःशुल्क वितरण गर्यौं । तर, निःशुल्क वितरण गर्न नहुने रहेछ, किनकि विउ विजन धेरै लैजाने तर विउ नरोप्ने, फालिदिने जस्ता कार्य भएको पनि पाइयो । कृषि क्षेत्रको विकासका लागि नगरपालिकाले १ करोड रुपैयाँ बजेट छुट्टयाएको छ । स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनुभएको छ ? हाम्रो नगरपालिका र प्रदेश सरकारबीचको समन्वय एकदमै राम्रो छ । प्रदेश सरकारले आफ्नै तरिकाले काम, अनुगमन गर्नुहुन्छ । हाम्रो आफ्नै अनुगमन समिति रहेको छ । हाम्रो अनुगमनले बाख्राको खोर, भँैसी गोठ, टनेलका तरकारी खेती हेर्ने, माछा पालन, आदिको अनुगमन गर्ने टोली छ । स्थानीय तहमा काम गर्दा मुख्य समस्याहरु के–के आइपर्छन् ? स्थानीय तहमा धेरै समस्याहरु छन् । पहिला भवन थिएन, कर्मचारीहरु थिएनन् । ऐन कानुन थिएनन् । बजेटको शिर्षकहरु धेरै रहेका छन् । कतिपय कामहरु बजेटमा छुट्टयाउदा त्यो शिर्षकमा नहुने, आवश्यक परेको ठाँउमा बजेट नपुग्ने समस्याहरु रहेको छ । कर्मचारी र जनप्रतिनिधिबीचमा पुरा साथ पाइएको छैन । आर्थिक पारदर्शिता कायम गर्न धौ–धौ परेको छ । केन्द्र सरकारबाट कत्तिको सहयोग मिलेको छ ? केन्द्र सरकारबाट अलिअलि बजेट आउने गरेको छ । बजेट आउदा ८ देखि १० करोडसम्म आउने गरेको छ । तर यो लगानीले मात्र ठुला ठुला विकास निमार्णको काममा पुग्दो रहेनछ । हामीले पनि अलिअलि बजेट हाल्ने गरेका छौं । केन्द्र सरकारको र हाम्रो सहलगानी रहेको छ । जनताको चाहना अनुसारको कार्यक्रमहरु ल्याउन केन्द्र सरकारले सकेको छैन । आफ्नो नगरपालिका भित्रका पर्यटकीय क्षेत्रहरुको प्रचार–प्रसार कसरी गरिरहनु भएको छ ? हामीले पर्यटकीय क्षेत्रको प्रचार प्रसार गरिरहेका छांै । हाम्रो नगरपालिका आफैमा एक पर्यटकीय क्षेत्र पनि हो । नगरपालिका क्षेत्रभित्रको सांस्कृतिक, धार्मिक पर्यटन क्षेत्रमा प्रारम्भिक चरणको काम पनि हुन सकेको छैन । सांकृतिक, धार्मिक तथा व्यापारिक हिसावले यो नगरपालिका महत्वपूर्ण रहेको छ । जमजुङ दरवार करोडौ रुपैयाँमा बनिरहेको छ । तपाईको नगरपालिकामा सर्वसाधारणहरु प्रयाः कस्ता समस्याहरु धेरै लिएर आउने गर्दाछन् ? नगरपालिकामा फोहोर फाल्ने ठाँउको समस्या छ । फोहोर व्यवस्थापनको लागि विश्व बैंकको सहयोगमा काम सुरु गर्ने भनिएको पनि हो । ठेक्का पाएको ठेकेदारले काम नगरेपछि पुनः अर्काे टेण्डर आव्हान गर्दैछौं । ढलको समस्या छ । सार्वजानिक जग्गा कम छ । सर्वसाधारणले विशेष गरेर यस्तै समस्या लिएर आउने गर्नुहुन्छ । तपाइको कार्यकालमा नगरपालिकालाई कस्तो बनाउने योजना छ ? मेरो कार्यकालमा नगरपालिकालाई अरुको नगरपालिकाभन्दा विकसित बनाउने योजना छ । बाटा घाटा, खानेपानी, विद्युत, सडक बत्तीहरु बलेको छ । ढल व्यवस्थित बनाउने योजना छ । खानेपानी व्यावस्थापन गर्ने हो । एक घर एक धारा अभियान २÷३ वटा वडामा सकिएको छ । बाँकी वडाहरुमा पनि यो कार्यक्रम सम्पन्न गर्दैछौं । कृषिलाई व्यावसायिक बनाउने हो । सबै वडाहरुको सडकलाई कालोपत्रे गर्ने योजना पनि रहेको छ । कस्तो किसिमको योजनालाई प्रथमिकता राखेर काम गरिरहनु भएको छ ? हामीले बिद्युत, खानेपानी, यातायात, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेका छौं । पूर्वाधार विकास पनि प्रथमिकता राखेका छौं । सामुदायिक भवनको निर्माण भइरहेको छ । विद्यालयको भवनहरु बनाउने र विभिन्न योजनालाई प्रथमिकता राखेर काम गरिरहका छौं ।

सबै वडामा विद्युत पुर्याएका छौं, महामारीको बेलामा रेडियोबाट पढायौंः अध्यक्ष बाेहाेरा

बागमती प्रदेशको सिन्धुली जिल्लामा पर्ने एउटा सुन्दर गाउँपालिका हो सुनकोशी गाँउपालिका । कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यका रुपमा चर्चित सुनकोशी गाउँपालिका प्राकृतिक रुपमा भित्री मधेशाको समथर भुमिदेखि पहाडी भुभाग पनि रहेको छ । यो गाँउपालिका प्रकृतिक सुन्दरता एवं एतिहासिक दृष्टिले महत्वपूर्ण स्थान हो । यो गाँउपालिका काठमाडाैंबाट करिब १५० किलेमिटर पूर्वमा रहेको छ । विश्वव्यापी महामारी कोरोना भाइरस सक्रमणबिरुद्ध लड्न के-कस्ता पहल भएको छ ? कोरोनाले शैक्षिक क्षेत्रमा कस्तो असर पु¥यायो ? रोजगारी अवसर युवालाई कसरी सिर्जना भइरहेको भन्नेलगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष दिपा बाेहोरासँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन्ः कोरोना भाइरसको संक्रमणविरुद्ध लड्न गाँउपालिकाले के-कस्ता पहलहरु गरेको थियो ? संक्रमण रोक्न गाँउपालिकाले सरोकारवाला पक्षहरुसँग मिलेर विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकार (संघीय सरकार) ले बनाएका स्वास्थ्य मापदण्ड बनाएर लागू गरियो । नेपालमा पनि संक्रमण फैलिन लागेपछि हामीले गाँउपालिकाको कार्यक्षेत्रभित्र विभिन्न सूचना प्रकाशन गर्नेलगायतका पहल गरेर जनचेता अभिबृद्धि गरेका थियौं । कोरोना भाइरस विरुद्ध लड्नको लागि गाँउपालिकाले क्वारेन्टिन, आइसोलेसन सेन्टरहरु बनाएका थियौं । तेस्रो मुलुक तथा भारतबाट आउनेहरुको तथ्यांक संकलन गरेर क्वारेनटाइनमा राखेर व्यावस्थापन गरेको थियो । गाँउपालिकामा रहेको सबै स्वास्थ्यकर्मीहरुलाई परिचालन गरका छांै । कोरोना भाइरस नियत्रणको लागि हामीले गाँउपालिकामा रहेका ४९ जाना स्वास्थ्यकर्मीहरु परिचालन गरेका थियौं । गाँउपालिकको क्वारेन्टाइनमा बस्ने लगभग २ सय जना थिए । क्वारेनटिनमा बस्ने ५ जनालाई कोरोना भाइरस संक्रमण पनि भएको थियो । अहिले सबै जना निको भइसकेका छन् । केही संक्रमितलाई भोन्टिलटरमा राख्नु पर्ने अवस्था थियो । गाँउपालिकामा भेन्टिलेटरको अभावले नजिकैको धुलिखोल अस्पताल पठाएका थियौं । गाँउपालिकामा २ वटा आइसोलेसन सेन्टर मात्रै थियो । आइसोलेसनको कमीले गर्दा हामीले नजिकैको जिल्लामा काभ्रेमा रहेको धुलिखेल अस्पताल पठाएका थियौं । कोरोना भाइसकले शैक्षिक क्षेत्रमा कस्तो असर पुर्यायो, हालको शैक्षिक अवस्था कस्तो रहेको छ ? कोरोना भाइरसले शैक्षिक क्षेत्रमा ठुलो असर पु¥याएको छ । हाम्रो गाँउपालिकामा जम्मा ६ हजार विद्यार्थी तथा ४ सयको हाराहारीमा शिक्षक छन् । गाँउपालिकामा इन्टरनेटको पहुच कमी भएकोले अनलाइन कक्षाहरु संचालन गर्न सकेनौं । तर, कोरोनाको समयमा विद्यार्थी स्कुल जान नपाए पनि रेडियो मार्फत सिकाई प्रक्रियालाई निरन्तरता दियौं । टोलटोलमा पढाउनको लागि शिक्षक परिचालन गर्यौं । शिक्षकहरुले टोल टोलमा गएर विद्यार्थीलाई जम्मा गराएर गृहकार्य दिने काम गरेका थिए । हाल गाँउपालिकामा सबै विद्यालयहरुको पठन पाठन सबै संचालन भइसकेको अवस्था छ । पालो पालो गरेर विद्यार्थी बोलाएर अहिले विद्यालय संचालन गरेको छाैं । विद्यालयमा धेरै विद्यार्थी हुने भएकोले र कोरोना भाइरस संक्रमण हुन सक्ने भएकाले विद्यार्थीलाई पालो पालो गरेर पढाइरहेका छाैं । अहिले सिकाई प्रक्रिया संचालन भइरहेको छ । गाँउपालिकाले युवालाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? युवाहरुलाई रोजगारी दिनको लागि विभिन्न कार्यक्रमहरुको योजना तर्जुमा गरी कार्यान्वयन गरेका छौं । कुनै पनि व्याक्तिले आफ्नै गाउँठाउँमा केही गरेर बस्छु रोजगारी बस्छु भन्छ भने गाँउपालिकाले उसको योजना अनुसारको सुलव व्याजमा ऋण दिने व्यवस्था मिलाएको छ । कुखुरा, बाख्रा पाल्नेहरुलाई २ देखि ४ लाख रुपैयाँसम्म रकम ऋण दिने गरेको छ । यसका लागि राष्ट्रिय वाणिज्य बैंकसँग बिनाधितो सहुलियत व्याजदरमा ऋण उपलव्ध गराउने सम्झौता भएको छ । महिलाहरुको लागि यो ऋण १.७८ प्रतिशत व्याजदर पर्ने छ भने पुरुषलाई २.७८ प्रतिशत छ । कृषि क्षेत्रको विकासका लागि के-कसरी काम गर्दै आउनु भएको छ ? हामीले कृषि र पशुपालन क्षेत्रको विकासका लागि धेरै काम गर्दै आएका छौं । कृषि पाठशालाबाट कृषकहरुलाई उन्नत खेती कसरी गर्ने, व्यावसायिक खेती कसरी गर्ने भन्ने विषयमा तालिम प्रदान गरिन्छ । हामीले अनुदानका विभिन्न कार्यक्रम ल्याएका छौं । सस्तो ब्याज दरमा ऋण उपलब्ध गराउने योजना छ । विशेष गरेर हामीले तरकारीे, पशुपालन, फलफूलको, अलैची, किवीखेती पकेट क्षेत्र छुट्याएर किसानहरुलाई सहयोग गर्ने कार्यक्रम ल्याएका छौं । गाँपालिकाले निःशुल्क विउ विजनहरु वितरण गर्दै आएको छ । रासयनिक मलको अभावले अर्गानिक मलको प्रयोग गर्ने र रासायनिक मलको अन्त्य गर्ने कार्यक्रमहरु गाँउपालिकालले अगाडी बढाइरहेको छ । किसानहरुलाई सुलभ ऋण उलब्ध गराउनको लागि राष्ट्रिय बाणिज्य बैंकसँग सम्झौता गरेका छौं । कृषि र पशुपालनको लागि गाँउपालिकका वार्षक १/१ करोड रुपैयाँ बजेट पनि छुट्टयाएको छ । तपाईंको गाउँपालिकामा सर्वसाधारणहरु प्रायः कस्ता समस्याहरु धेरै लिएर आउने गरेका छन् ? हाम्रो गाँउपालिकाममा सिंचाईको अभाव धेरै छ । यस्ता समस्याहरु आउने गरेका छन् । यस्तै, महिलासँग सम्बन्धित मुद्दा धेरै आउने गरेको छन् । आएका समस्याहरुलाई गाउँपालिकाको स्तरबाट समाधान गर्न सकिने अवस्था भए तत्काल गर्ने र हाम्रो प्रयत्नबाट मात्रै सम्भव भएन भने सम्बन्धित निकायसँग समन्वय गर्ने गराउने काम गरिरहेका छौं । तपाइको कार्यकालमा गाँउपालिकालाई कस्तो बनाउने योजना छ ? मेरो कार्यकालमा गाँउपालिकालाई अरु गाँउपालिकाभन्दा विकसित बनाउने योजना छ । मेरै कार्यकालमा गाउँपालिकाको सबै वडाहरुमा विद्युत पुर्याउन सफल भइएको छ । सबै विद्यालय भवनहरु भुकम्प प्रतिरोधी बनाउने, गुणस्तरीय शिक्षाको प्रबन्ध गर्ने योजना मेरो छ । सबै वडाहरुको सडकलाई कालोपत्रे गर्ने योजना पनि बनाएका छौं । र, हामीले जनतासँग गरेको प्रतिवद्धता पूरा गरेरै छाड्ने छौं । कस्तो किसिमको योजानालाई प्रथमिकतामा राखेर काम गरिरहनु भएको छ ? हामीले बिद्युत, खानेपानी, यातायात, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेका छौं । विकास आयोजना र कार्यक्रमहरु छनोट र कार्यान्वयन गर्दा बढीभन्दा बढी जनतालाई कसरी लाभ दिन सकिन्छ भन्ने अवधारणालाई केन्द्रमा राखेर काम गर्छाैं । यस्तै, जनताका जनजिविकासँग सम्बन्धी र दैनिक समस्या समाधान नै हाम्रो पहिलो प्राथमिकता हो, त्यसै अनुसार काम गरिरहेका छौं । हामीले दीर्घकालिन महत्वका योजना र कार्यक्रमलाई पनि केन्द्रमा राखेर योजना तर्जुमा र कार्यान्वयन गरिरहेका छौं । आफ्नो गाँउपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचार प्रसार कसरी गरिरहनु भएको छ ? हामीले पर्यटकीय क्षेत्रको प्रचार प्रसार गरिरहेका छाैं । गाँउपालिका क्षेत्रभित्रको सांस्कृतिक, धार्मिक पर्यटन क्षेत्रमा प्रारम्भिक चरणको काम सकेको छांै । यो गाँउपालिका आफैमा एक पर्यटकीय क्षेत्र पनि हो । गाँउपालिकाको तलतिर सुनकोशी बगिरहेको छ । माथितिर महाभारत लेक छ । माहाभारतमको एउटा छुटै पहिचान र अस्तित्व छ । पर्यटनको लागि भनेर मात्र बजेट छुट्टयाइएको छैन । तर, पदयात्रा मार्ग बनाउनको लागि वडाहरुलाई नै जिम्मेवारी दिएको छ । पर्यटनको हिसावले महत्वपूर्ण हुने गन्तव्यहरु सुनकोशीमा र्याफटिङ्ग, गाँउपालिका भित्र रहेका विभिन्न धार्मिक क्षेत्र घुम्न पर्यटकहरुले बढि रुचाउने गरेका छन् । यस्ता क्षेत्रको विकास, प्रबद्र्धन र प्रचार प्रसारको लागि गाउँपालिकाले सक्दो र नेतृत्वदायी पहल गरिरहेको छ ।