सेवाग्राहीहरुलाई मुस्कान सहितको सेवा दिने निती बनाएका छौं – फेदाप गाउँपालिकाका अध्यक्षसँगको कुराकानी

नेपालको प्रदेश १ अन्तर्गत तेह्रथुम जिल्लाको मध्यपूर्वी भागमा अवस्थित प्राकृतिक रूपमा सुन्दर एवं रमणीय गाउँपालिका हो फेदाप गाउँपालिका । यो गाउँपालिका कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रूपमा चर्चित त छ नै साथै ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक रूपले पनि फरक विशेषता बोक्न सफल मानिन्छ । ११ दशमलव ८३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो गाउँपालिकामा ५ ओटा वडा रहेका छन् । बि.सं. २०६८ को जनगणना अनुसार यस गाउँपालिकामा १७ हजार ६ सय जनाको बसोबास रहेको छ । गाउँपालिकाको अधिकांश भाग पहाडी भूभागले ढाकेको छ भने यहाँ मिश्रित जातजातिको बसोबास रहेको पाइन्छ । गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरू के–के छन्, गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेल्दै आइरहेको छ भन्ने लगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष हरी प्रसाद चोङवाङसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ? कृषि विकासको लागि हामीले गाउँपालिकामा धेरै काम गर्दै आएका छौं । कृषि केद्रबाट नै कृषिका कामहरू अगाडि बढाइरहेका छौं । कृषि विकासको लागि हामीले गाउँपालिकामा ब्लक र पकेट क्षेत्रहरू पनि छुट्याएका छौं । गाउँपालिकामा प्याज, लसुन आदि तरकारीको पकेट क्षेत्रहरू छुट्याएका छौं । हामीले कृषिमा अनुदान दिने व्यवस्था पनि मिलाएका छौं । धेरैजसो विउहरु कृषकहरुलाई ५० प्रतिशत अनुदानमा वितरण गर्ने गरेका छौं । कृषकहरुले व्यवसायिक खेतिको पनि सुरुवात गरेका छन् । यहाँका धेरै नागरिकहरूले कृषि पेशा नै अँगालेका छन् । गाउँपालिकामा पशुपालन गर्ने किसानहरू पनि धेरै रहेका छन् । हामी कृषकलाई कृषि औजार वितरण गर्ने तयारीमा छौं । कृषकलाई बेला बेलामा कृषि सम्बन्धी तालिम पनि दिँदै आएका छौं । हाम्रो गाउँपालिकाको प्रत्येक वडामा कृषक समुहहरुको गठन भएका छन् । किसानहरूले यहाँ गाई, भैँसी, बङगुर तथा कुखुराफर्महरू पनि सञ्चालन गर्दै आएका छन् । कृषि विकासका लागि हामीले विभिन्न किसिमका कार्यक्रमहरू पनि गर्दै आएका छौं । कृषिको लागि मलको व्यवस्थापन गर्ने काम हामीले गरिरहेका छौं । सिँचाई सम्बन्धी काम पनि गाउँपालिकामा भइरहको छ । कृषिका योजनाहरू पनि हामीले तयार पारेका छौं । गाउँपालिकाका कति नागरिकहरू कृषि पेशामा आवद्ध रहेका छन् होला ? यहाँका धेरैजसो नागरिकहरू कृषि पेशामा नै आवद्ध छन् । कतिपय युवाहरु भने वैदेशिक रोजगारीमा गएका छन् । आधुनिक कृषि प्रणालीलाई विशेष जोड दिइरहेका छौं । प्रतिशतमै भन्नुपर्दा करिब ८५ प्रतिशत मानिसहरू कृषि पेशामा आबद्ध छन् भन्न सकिन्छ । गाउँपालिकामा रहेका ठूला योजना तथा परियोजनाहरू के–के छन् ? ठुला योजनाको रुपमा त सडक सञ्जाल नै रहेको छ । सडक विकासको कामहरुमा नै धेरै बजेट पनि छुट्याएका छौं । सडक नै विकासको मूल आधार मानिएको कारण हमीले पनि सडकलाई नै प्राथमिकताको रूपमा राखेका छौं । गाउँपालिकामा केही गौरवका आयोजनाहरू पनि रहेका छन् । गाउँपालिकामा खानेपानीको आयोजनाहरू पनि रहेका छन् । कच्ची सडकहरु गाउँपालिकामा धेरै रहेका छन् । हाम्रो गाउँपालिकाको सबै वडामा सडक पुगिसकेको छ । गाउँपालिकाको सबै वडामा बिजुली पनि पुर्याएका छौं । शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आइरहेको छ त ? शैक्षिक क्षेत्रतर्फ पनि गाउँपालिकाले धेरै काम गर्दै आएको छ । हाम्रो गाउँपालिका भित्र जम्मा ४२ ओटा विद्यालयहरू छन् । ८ ओटा माध्यमिक विद्यालयहरूमा हामीले कम्प्युटर शिक्षकहरू राखेका छौं । विद्यालयलाई व्यवस्थित गर्ने तर्फ पनि जोड दिइरहेका छौं । यहाँका विद्यालयहरूको शैक्षिक तथा भौतिक सुधारको कार्यक्रमहरु पनि हामीले गरिरहेका छौं । गरिब, जेहेन्दार तथा विपन्न बालबालिकाका लागि छात्रवृत्ती दिने कार्यक्रम पनि रहेको छ । गाउँपालिकाले गुणस्तर र प्रविधि शिक्षामा हामीले विशेष जोड दिएका छौं । गुणस्तरीय शिक्षा विद्यार्थीलाई कसरी दिन सकिन्छ भन्ने विषयमा हामी विद्यालयको प्रधानाध्यापक र समितिसँग पनि समय–समयमा छलफल पनि गरिरहेका हुन्छौं । गाउँपालिकाले युवाहरूलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? युवाहरुलाई कृषि क्षेत्रमा जोडिनको लागि आग्रह गरेका छौं । केही युवाहरु गाईपालन, बाख्रापालन, कुखुरापालन लगायत गर्दै आएका छन् । युवालाई लक्षित गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रम पनि गाउँपालिकामा सञ्चालन भएको छ । १ सयजना युवाहरुले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगारी पाएका छन् । युवाहरुको सिप विकासको लागि तालिम पनि दिँदै आएका छौं । दलित महिलाहरुलाई मुढा बुनाई, ढाका टोपि, कपडा बुनाई, सिलाईकटाई आदिको पनि तालिम दिँदै आएका छौं । तपाईंहरु निर्वाचित भएर आएको करिब ३ वर्ष पुरा भयो, यो बिचमा जनता सामु गरेका बाचा के–कति पुरा भए अनि कति बाँकी छन् नि ? हामीले घोषणापत्रमा लेखेका कुरा तथा निर्वाचित हुँदा बोलेअनुसारका काम लगभग सकिसकेका छौं । फेदापको सदरमुकामदेखि मध्य पहाडीको बाटो जोड्ने भन्ने हाम्रो घोषणापत्रमा थियो । निर्वाचित भएर आएपछि यो काम पनि हामीले पुरा ग¥यौं । हाम्रो गाउँपालिकाका सुख्खा क्षेत्रहरुमा खानेपानी पुर्याउने भन्ने योजना रहेको थियो । सुख्खा क्षेत्रमा खानेपानी पुर्याउनको लागि डीपीआर गरेर ठेक्का प्रक्रियामा अगाडि बढ्ने र उपभोक्ताले पनि केही काम गर्ने भनेर बजेट विनियोजन भएको छ । यो काम पनि निरन्तर प्रक्रियामा अगाडि बढिरहेको छ । सुख्खा क्षेत्रहरूमा तम्मबर खोला बाट लिफ्ट सिस्टमले पानी ल्याउने काम गरिरहेका छौं । ३३ करोड रुपैयाँ बराबरको बजेटमा लिफ्ट सिस्टम योजनाको सर्भे भएको छ । २ ओटा डिप बोरिङ खानेपानी आयोजना पनि गाउँपालिकामा रहेको छ । कोरोनाको संक्रमण पुनः बढ्न थालेको छ, कोरोना संक्रमण दरलाई न्युनिकरण गर्नको लागि के–कस्तो भूमिका खेल्दै हुनुहुन्छ ? हालै हाम्रो पालिकाका नागरिकहरू कोरोनाका कारण त्रसित हुनु पर्ने अवस्था छैन । पहाडी भुभाग भएको कारण गाउँपालिकामा धेरै बाक्लो बस्ती छैन । हाम्रो गाउँपालिकामा एउटा वडामा जोगी समुदायको मानिसहरूको बढि मात्रामा बसोबास रहेको छ । चैत्र र वैशाख यस समुदायका मानिसहरू चाडपर्व मनाउन भारत जाने गरेका छन् । उनीहरूलाई कोरोना संक्रमण हुन सक्ने खतरा पनि छ । पोहोर गाउँपालिकामा कोरोनाको कारण धेरै नागरिकहरू त्रसित भएका थिए । हामीले पनि कोरोना नियन्त्रणको लागि विभिन्न सुरक्षाका मापदण्ड अपनाएको थियौं । हामीले क्वारेन्टिनमा र आइसोलेसन कक्षको पनि स्थापना गरेका थियौं । पोहेरनै हामीले कोरोना नियन्त्रणको लागि केही सामानहरु खरीद गरेर राखेका छौं । गाउँपालिकामा कोरोनाको संक्रमण बढ्न थाल्यो भने त्यसको व्यवस्थामा पनि हामी लागि पर्ने नै छौं । तर आजका दिनको कुरा गर्नुपर्दा भने यता कोरोनाको प्रभाव खासै रहेको छैन । नागरिकहरू पनि सामान्य रुपमा जीवन यापन गरिरहेका छन् । गाउँपालिकालाई समृद्ध बनाउनको लागि के–कस्ता योजनाहरू अगाडि बढाउनु भएको छ ? गाउँपालिकालाई समृद्ध बनाउनको लागि केही योजनाहरू अगाडि सारेका छौं । कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य आदिको विकासको लागि केही कार्यक्रहरु बनाएका छौं । राज्यले निर्णय गर्नुभन्दा अगाडिनै पालिका भित्र हामीले खरको छानो अन्त्य गर्ने भनेर घोषणा गरेका थियौं । हामीले ३ वर्ष अगाडि देखि टिनको छानो वितरण गर्दै आएका हौं । तर अहिले त राज्यले नै दिँदै आएको छ । त्यसैले हामीले गाउँपालिकालाई समृद्ध बनाउनको लागि जोड दिइरहेका छौं । सामाजिक विकृतीलाई नियन्त्रण गर्नको लागि के–कस्तो भुमिका खेल्दै हुनुहुन्छ ? सामाजिक विकृतीलाई नियन्त्रण गर्नको लागि पनि हामीले विशेष जोड दिएका छौं । अहिले बढि मात्रामा युवाहरू कुलतमा फसेका छन् । बालविवाह पनि समाजमा धेरै बढिरहेको छ । सामाजिक विकृती नियन्त्रणको लागि सबै मिलेर कम्मर कस्नु पर्छ । सरकारले पनि विकृती नियन्त्रण गर्न ठुलो भूमिका खेल्नु पर्छ । आफ्नो गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनुभएको छ ? हाम्रो गाउँपालिका पर्यटन क्षेत्रको लागि प्रचुर सम्भावना बोकेको ठाउँ हो । पर्यटन विकासको लागि पनि हामीले विशेष जोड दिइरहेका छौं । धार्मिक र पर्यटकीय हिसाबले हाम्रो गाउँपालिका महत्वपुर्ण मानिन्छ । हाम्रो गाउँपालिकाबाट कुम्भकर्ण हिमालको दृष्य पनि देख्न सकिन्छ । ह्यात्रुङ झरना पनि पर्यटकीय दृष्टिकोणले महत्वपुर्ण रहेको छ । गाउँपालिकामा आन्तरिक तथा वाह्य पर्यटक ल्याउन हामीले जोड दिइरहेका छौं । प्राकृतिक रूपले पनि हाम्रो गाउँपालिका निक्कै सुन्दर रहेको छ । देशका विभिन्न ठाउँबाट यहाँ मानिसहरू आउने गरेका छन् भने विदेशी नगरिकहरुको पनि उपस्थिति रहेको पाइन्छ । धार्मिक हिसाबले पनि हाम्रो गाउँपालिका निक्कै महत्वपूर्ण रहेको छ । कर्मचारी र जनप्रतिनिधिहरू बिचको सम्बन्ध कस्तो छ नि ? कर्मचारी र जनप्रतिनिधि बिचको सम्बन्ध सुमधुर र गाडा रहेको छ । सम्बन्ध राम्रो भएको कारण विकास निर्माणको कामले पनि तीव्रता लिएको छ । कर्मचारीको सहयोगमा नै विकास निर्माणको काम अगाडी बढाउने हो । म जनप्रतिनिधि भएको हिसाबले मैले कर्मचारीहरुलाई नेपाल सरकारले दिएको सबै सुविधाहरू लिनुहोस् तर जनताको काम भने राम्रो हुनुपर्छ भनेको छु । हामीले मुस्कान सहितको सेवा भनेर नीति तथा कार्यक्रम राखेका छौं । अब तपाईंको बाँकी रहेको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ ? अब हाम्रो कार्यकाल धेरै बाँकी छैन । यहाँका जनताले भोलिका दिनमा पनि मैले गरेका कामहरूबाट लाभ लिइरहन सकुन् भन्ने चाहना छ । यहाँका नागरिकले भोलिका दिनमा पनि मलाई खराब काम नगर्ने र एकदमै इमान्दार प्रतिनिधीको रूपमा सम्झिरहुन् भन्ने चाहेको छु । त्यसका लागि जनताको चाहना र आवश्यकता कम्मर कसेरै पूरा गर्ने लक्ष्य बनाएको छु । हामीले पालिकास्तरको योजना तयार पारेका छौं । यो योजना पुरा गर्नमा हामीले विशेष जोड दिएका छौं । हामीले दिर्घकालिन योजनाहरूको सुरुवात गरेका छौं । कतिपय योजनाको भने हामी अन्तिम चरणमा पुगिसकेका छौं । आर्थिक विकास, पर्यटन विकास आदिका कुरालाई दिर्घकालिन योजना बनाएर अगाडि बढ्नुपर्छ भन्ने तथ्यमा जोड दिएका छौं । शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासको कुरामा पनि हामीले ध्यान दिइरहेका छौं ।

बाँकी रहेको कार्यकालमा फिक्कललाई समृद्ध गाउँपालिकाको रुपमा चिनाउन चाहन्छु- अध्यक्ष कार्की

फिक्कल गाउँपालिका बागमती प्रदेशको सिन्धुली जिल्लामा पर्ने एउटा सुन्दर एवं रमणिय गाउँपालिका हो । कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यका रूपमा चर्चित फिक्कल गाउँपालिका प्राकृतिक सुन्दरता एवं ऐतिहासिक दृष्टिले महत्वपूर्ण स्थान हो । गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरू के–के छन्, गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेल्दै आइरहेको छ भन्ने लगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष धन बहादुर कार्कीसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । गाउँपालिकामा रहेका ठुला योजना तथा परियोजनाहरू के-के छन् ? ‘सडक, शिक्षा, बिजुली फिक्कल विकासका पूर्वाधार, कृषि, जडिबुटी वन र पर्यटन समृद्धिको मूल आधार’ भन्ने नारा तयार गरेका छौं । यो आर्थिक वर्षको कामहरू लगभग ७० प्रतिशत सम्पन्नहुन लागेका छन् । गाउँपालिकामा कृषि आयोजनाका कामहरू पनि रहेका छन् । कृषिको लागि बजेट पनि छुट्याएका छौं । हाम्रो गाउँपालिकामा सडक निर्माणको काम पनि भइरहेको छ । सदरमुकामका बस्तीहरुमा सडक पुगेको छ । गाउँपालिकाको कुनै पनि सडक पिच हुन सकेको छैन । बिजुलीको काम पनि हामीले अगाडि बढाई रहेका छौं । यसपालि घरघरमा बिजुली बाल्ने योजना छ । तरपनि कतिपय ठाउँमा बिजुली पुर्याउन केही समय लाग्न सक्छ । आफ्नो गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनुभएको छ ? हाम्रो गाउँपालिका पर्यटन क्षेत्रको लागि प्रचुर सम्भावना बोकेको ठाउँ हो । हाम्रो गाउँपालिकामा पर्यटकहरूलाई भित्र्याउनका लागि ७ तलाको भ्युटावर निर्माण भइरहेको छ । भ्युटावरको काम अन्तिम चरणमा पुगिसकेको छ । ३ करोड रुपैयाँको लागतमा भ्युटावरको निर्माण भएको हो । यो हामीले गौरवको आयोजनाको रूपमा पनि राखेका छौं । गाउँपालिकामा आन्तरिक तथा वाह्य पर्यटक ल्याउन हामीले जोड दिइरहेका छौं । हामी यस आर्थिक वर्षको अन्तिम चरणमा आइपुगेका छौं, यस अवधिमा बजेट के कति खर्च भयो ? खर्चअनुसार उपलब्धि प्राप्त भएको छ कि छैन होला ? हो हामी आर्थिक वर्षको अन्तिम चरणमा छौं । सडक पूर्वाधार, कृषि, पशुलगायतका क्षेत्रमा विकासका कामहरू राम्रो नै गरेका छौं । यो आर्थिक वर्षको कामहरू लगभग ७० प्रतिशत सम्पन्न हुन लागेका छन् भने बाँकी कामहरु पनि निरन्तर भइरहेको छ । हाल पनि हामीले विकास निर्माणका कामहरु अगाडि बढाइरहेका छौं । केही भुक्तानी हुन बाँकी नै छन् । विकास भएअनुसार खर्च पनि भइरहेको छ । हामीले गाउँपालिकामा बजेट विनियोजन गरेजति यो आर्थिक वर्ष भित्र खर्च हुन्छ होला भन्ने अनुमान गरेका छौं । जनताको आवश्यकता पुरा गर्नमा हामी खटिरहेका छौं । विकास निर्माणका कामहरू प्रभावकारी नै भइरहेको छ । विकास राम्रो भएकाले जनताहरू मसँग खुसी नै छन् जस्तो लाग्छ । विकास निर्माणको काम प्रभावकारी भएर जनताको आवश्यकता पुरा भयो भने त्यो नै मेरो लागि सन्तुष्टि पनि हो । तपाईंहरु निर्वाचित भएर आएको करिब ३ वर्ष पुरा भयो, यो बिचमा जनता सामु गरेका बाचा के-कति पुरा भए अनि कति बाँकी छन् नि ? हामीले घोषणापत्रमा लेखेका कुरा तथा निर्वाचित हुँदा बोलेअनुसारका काम लगभग सकिसकेका छौं । हामीले जनता सामु गरेका बाचा तथा प्रतिबद्धता धेरै पुरा गरी सकेका छौं । केही कामहरू बाँकी छन् तर ति पनि अब चाँडै पुरा हुँदैछन् । गाउँपालिकाले कृषि विकासका लागि के-कसरी काम गर्दै आएको छ ? कृषि विकासको लागि हामीले गाउँपालिकामा धेरै काम गर्दै आएका छौं । हामीले गाउँपालिकाको सबै वडामा १ जना कृषि जेटिए राखेका छौं । हाम्रो गाउँपालिकामा कृषि शाखा पनि रहेको छ । कृषि शाखा मार्फत सबै वडाका कृषि सम्बन्धी कामहरु हुने गरेको छ । गाउँपालिकामा कृषि पकेट क्षेत्र पनि छुट्याएका छौं । वडा नं. १ लाई आलस पकेट क्षेत्रको रूपमा छुट्याएका छौं । गाउँपालिकामा जुनार पकेट क्षेत्रहरू पनि रहेका छन् । विभिन्न पकेट क्षेत्र बनाउनको लागि हामी लागि परेका छौं । कृषकहरूलाई कृषिमा अनुदान दिने व्यवस्था पनि मिलाएका छौं । धेरै विउविजनहरु हामीले ५० प्रतिशत अनुदानमा वितरण गर्दै आएका छौं । सिन्धुली प्रदेश सरकारको सशर्त बजेट बाख्रा प्रवद्र्धन कार्यक्रम अन्तर्गत बाख्रा पालक कृषक तथा समूहहरूलाई निःशुल्क रुपमा क्रस ब्याडे बोका वितरण पनि गरेका थियौं । हामीले कृषकहरूलाई कृषि औजार पनि अनुदानमा वितरण गर्दै आएका छौं । हामीले फलफूल र तरकारीको विउ पनि वितरण गर्दै आएका छौं । गाउँपालिकाका कति नागरिकहरू कृषि पेशामा आवद्ध छन् होला ? यहाँका धेरैजसो नागरिकहरू कृषि पेशामा नै आवद्ध छन् । यहाँका नागरिकहरूको मुख्य पेशा कृषि नै हो । प्रतिशतमै भन्नुपर्दा करिब ८५ प्रतिशत मानिसहरू कृषि पेशामा आबद्ध छन् भन्न सकिन्छ । शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आइरहेको छ त ? हामी निर्वाचित भएर आइसकेपछि शिक्षा विकासका लागि भनेर शिक्षा ऐनको निर्माण गरेका छौं । शिक्षा नियमावली, कार्यविधि तथा निर्देशिका बनाएका छौं । यो दायरा भित्र बसेर हामीले शिक्षाको गुणस्तरलाई माथि ल्याउनुपर्छ भनेर जोड पनि दिएका छौं । गाउँपालिकामा दरबन्दी अत्यन्तै कम रहेको छ । हाम्रो गाउँपालिकामा मा.वि. १२ ओटा, नि.मा.वि. ६ ओटा संख्यामा रहेका छन् । शैक्षिक क्षेत्रमा ३ करोड रुपैयाँ खर्च भएको छ । पढाइको गुणस्तरलाई राम्रो बनाउनको लागि विशेष जोड दिएका छौं । गुणस्तरीय शिक्षा विद्यार्थीलाई कसरी दिन सकिन्छ भन्ने विषयमा हामी विद्यालयको प्रधानाध्यापक तथा समितिहरुसँग पनि छलफल गरिरहेका हुन्छौं । शिक्षकहरुलाई पनि हामीले बेला बेलामा तालिम दिँदै आएका छौं । गाउँपालिकामा हाल दरबन्दीको आवश्यकता भएको कारण शिक्षा मन्त्रालयलाई दरबन्दी पुरा गर्नको लागि माग पनि गरेका छौं । विकास निर्माणका कामहरुलाई पारदर्शी रुपमा अगाडी बढाउनको लागि के–कस्ता योजनाहरू अगाडि सार्नुभएको छ ? विकास निर्माणको कामहरू पारदर्शी बनाउनको लागि केही योजनाहरू छनोट गरेका छौं । आम भेला बाट समिति बन्छ । समिती बनिसकेपछि योजनामा छनोट भएका कामहरू अगाडि बढ्छन् । विकासका कामहरू प्राविधिकहरुले मुल्याङ्कन गर्ने र त्यसपछि हामीले पनि अनुगमन गर्ने गरेका छौं । गाउँपालिकामा स्वास्थ्य क्षेत्र विकासको लागि कसरी काम गर्दै आइरहनुभएको छ ? स्वास्थ्य क्षेत्रको विकासको लागि पनि हामीले धेरै काम गर्दै आएका छौं । स्वास्थ्य क्षेत्रलाई पनि हामीले प्राथमिकतामा राखेका छौं । हामी निर्वाचित हुनुभन्दा अगाडी सोल्पाथानामा प्रजनन् केन्द्रको स्थापना भएको थियो । हामी निर्वाचित भएर आइसकेपछि महादेव डाँडा, फ्याङ्सा आदि स्थानमा प्रजनन् केन्द्रको स्थापना ग¥यौं । प्रदेश सरकारसँग समन्वय गरेर सोल्पाथाना र महादेव डाँडामा स्वास्थ्य भवनहरु निर्माण भएका छन् । खोला गाउँमा पनि १५ शैया बेडको अस्पताल निर्माण भइरहेको छ । यो संघीय मन्त्रालय र स्वास्थ्य मन्त्रालयअन्तर्गत पर्छ । अरू वडाहरूमा पनि स्वास्थ्यका भवनहरू बनिरहेका छन् । गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा हामी विशेष जोड दिइरहेका छौं । हाम्रो गाउँपालिकामा पातला बस्ती अनि पहाडी भूभाग भएको कारण त्यस्ता स्थानमा पनि सेवा पुर्याउनको लागि खटिरहेका छौं । गाउँपालिकामा रहेका सबै नागरिकहरूको पहुँच प्राथमिक स्वास्थ्य सेवासम्म पुगेको छ । हाम्रो स्रोत र साधनले भ्याएसम्म हामीले स्वास्थ्य सेवा प्रवाह गरिरहेका छौं । गाउँपालिकाले युवाहरूलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? युवा रोजगारका कार्यक्रमहरू हामीले सञ्चालन गर्न खोजेका छौं । स्थानीय तहमा थोरै रकम हुन्छ । थोरै रकमले धेरै काम गर्नुपर्ने हुन्छ । गाउँपालिकाका केही युवाहरू कृषि पेशामा नै लागेका छन् । युवाहरूले सिप विकास गरेर पालिका भित्रनै रोजगारी पाउन सक्छन् । काम गर्न चाहने युवाहरू खासै बेरोजगार हुनुपरेको छैन । कृषि पेशामा आबद्ध हुने युवाहरूलाई अनुदान दिने व्यवस्था पनि मिलाएका छौं । केही युवालाई विकास निर्माणका काममा पनि लगाउँदै आएका छौं । युवालाई लक्षित गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रम पनि गाउँपालिकामा सञ्चालन भएको छ । स्रोत र साधनको परिचालन गरी युवालाई रोजगारी दिनको लागि पनि हामीले ध्यान दिएका छौं । केही युवाहरुलाई विकास निर्माणको काममा पनि लगाउँदै आएका छौं । कर्मचारी र जनप्रतिनिधिहरू बिचको सम्बन्ध कस्तो छ नि ? कर्मचारी र जनप्रतिनिधि बिचको सम्बन्ध सुमधुर र गाडा रहेको छ । कर्मचारी र हाम्रो सम्बन्ध राम्रो नै रहेको छ । सम्बन्ध राम्रो भएको कारण विकास निर्माणको कामले पनि तीव्रता लिएको छ । कर्मचारीको सहयोगमा नै विकास निर्माणको काम अगाडी बढाउने हो । अब तपाईंको बाँकी रहेको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ ? अबको बाँकी रहेको कार्यकालमा गाउँपालिकालाई फिक्कल समृद्ध गाउँपालिका हो भनेर चिनाउन चाहन्छु । अब हाम्रो कार्यकाल धेरै बाँकी छैन । बाँकीको कार्यकालमा नमुना फिक्कल गाउँपालिका बनाउने योजना रहेको छ । यहाँका जनताले भोलिका दिनमा पनि मैले गरेका कामहरूबाट लाभ लिइरहन सकुन भन्ने चाहना छ । यहाँका नागरिकले भोलिका दिनमा पनि मलाई खराब काम नगर्ने र एकदमै इमान्दार प्रतिनिधीको रुपमा सम्झिरहुन् भन्ने चाहेको छु । त्यसका लागि जनताको चाहना र आवश्यकता कम्मर कसेरै पूरा गर्ने लक्ष्य बनाएको छु । हामीले पालिकास्तरको योजना तयार पारेका छौं । यो योजना पुरा गर्नमा हामीले विशेष जोड दिएका छौं । हामीले दिर्घकालिन योजनाहरूको सुरुवात गरेका छौं । कतिपय योजनाको भने हामी अन्तिम चरणमा पुगिसकेका छौं । आर्थिक विकास, पर्यटन विकास आदिका कुरालाई दिर्घकालिन योजना बनाएर अगाडि बढ्नुपर्छ भन्ने तथ्यमा जोड दिएका छौं । शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासको कुरामा पनि हामी ध्यान दिइरहेका छौं ।

उत्तरगया गाउँपालिकाको ध्यानः युवालाई रोजगारी, पर्यटन र कृषिको विकास

बागमती प्रदेश अन्तर्गत रसुवा जिल्लामा पर्ने उत्तरगया गाउँपालिकाले कृषि तथा पर्यटनलाई उच्च प्राथमिकता दिदै यो क्षेत्रको विकासका लागि अधिकतम पहल गरेको छ । सो गाउँपालिका कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यको रुपमा चर्चित हुनुका साथै ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक रुपले पनि फरक विशेषता बोक्न सफल मानिन्छ । रसुवा जिल्लामा अवस्थित नेपालकै प्रशिद्ध धार्मिक स्थल उत्तरगया धामबाट उत्तरगया गाउँपालिकाको नामाकरण गरिएको हो । २०६८ सालको जनगणना अनुसार ८ हजार २ सय ५५ जनाको बसोबास रहेकोे सो पालिकामा ठूला योजना तथा परियोजनाहरु के कस्ता छन् र त्यसैगरी रोजगारीको अवसर सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेलिरहेको छ भन्नेलगायतका विषयमा केन्द्रीत हुँदै हामीले यो सामग्री तयार पारेका छौं । कृषि विकास गाउँपालिकाले कृषि विकासको क्षेत्रमा धेरै काम गर्दै आएको छ । गाउँपालिकामा विभिन्न किसिमका अनुदानका कार्यक्रमहरु पनि संचालन गरेको छ । गाउँपालिकाले कृषि क्षेत्रमा सिजन अनुसार तरकारी, धान, मकै, गहुँ लगायत अन्य विउ विजनहरुमा अनुदान दिदै आएको छ । यस गाउँपालिका कृषि क्षेत्रको लागि उर्भर भूमी हो । यहाँका धेरै नागरिकहरूले कृषि पेशा नै अँगालेका छन् । गाउँपालिकाले कृषि सम्बन्धी तालिम पनि दिँदै आएको छ । कृषिमा अनुदान वितरण गर्नको लागि गाउँपालिकाले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा १ लाख रुपैयाँ खर्च भइसकेको छ । गाउँपालिकाका करिब ८० प्रतिशत नागरिकहरु कृषि पेशामा आवद्ध रहेका छन् । कृषिलाई व्यवसायिकरण र आधुनिकिकरण गर्नको लागि गाउँपालिकाले कृषकहरुलाई आग्रह गर्दै आएको छ । कृषि क्षेत्रमा प्रयोग हुने उपकरणहरु हाते ट्रयाक्टर, स्रिङकल, पाइप लगायत अन्य उपकरणहरुमा पनि अनुदानको व्यवस्था रहेको पालिकाले जानकारी दिएको छ । पर्यटकीय क्षेत्र उत्तरगया गाउँपालिका पर्यटन क्षेत्रको लागि प्रचुर सम्भावना बोकेको ठाउँ हो । गाउँपालिकाले आन्तरिक तथा वाह्य पर्यटक ल्याउन जोड दिइरहेको छ । गाउँपालिकाले पर्यटकीय स्थलहरुको पहिचान गरी स्तरोन्नति र प्रचार गर्ने काम पनि अगाडि बढाएको छ । तिरु क्षेत्र, भागेखोला झरना, भुमे स्थान, उत्तरगया धाम, घलेगढी आदि गाउँपालिकाको पर्यटकीय स्थानको रुपमा चर्चित छन् । पर्यटकीय क्षेत्रको प्रवद्धनका गर्न र पुर्वाधारको निर्माण गर्नको लागि संघीय सरकारबाट १ करोड रुपैयाँ बजेट विनियोजना भएको छ । यस गाउँपालिकाको धेरै पयटकीय क्षेत्रहरु प्रचारप्रसार सामाजिक संझलबाट हुने गरेको छ । शैक्षिक क्षेत्रको विकास शैक्षिक क्षेत्रतर्फ पनि गाउँपालिकाले धेरै काम गर्दै आएको छ । विद्यालयहरुको भौतिक सुधारको कार्यक्रम पनि गाउँपालिकाले गरिरहेको छ । गरिब, जेहेन्दार तथा विपन्न बालबालिकालाई उच्च शिक्षाको लागि छात्रवृत्ति दिने कार्यक्रम पनि रहेको छ । गाउँपालिकाले गुणस्तरीय शिक्षामा विशेष जोड दिएको छ । यस गाउँपालिकामा शैक्षिक क्षेत्र सुधारको लागि १४ ओटा विद्यालयहरुलाई आइसिटि माध्यमबाट पठनपाठनको लागि स्मार्ट टिभी, ल्यापटप, डेस्कटप प्रोजेक्टर जस्ता उपकरणहरु वितरण गरेको छ । बाँकी रहेका ५ ओटा विद्यालयमा पनि आगामी आर्थिक वर्षमा शैक्षिक उपकरणहरु वितरण गर्ने लक्ष्य गाउँपालिकाले राखेको छ । युवा रोजगार युवालाई रोजगार सिर्जना गर्नमा पनि गाउँपालिकाको ठुलो भूमिका खेलेको छ । युवालाई लक्षित गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रम पनि गाउँपालिकामा सञ्चालन भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि केन्द्रबाट गाउँपालिकामा ३५ लाख रुपैयाँ आएको छ । गाउँपालिकाले युवालाई निःशुल्क सिप विकास तालिम पनि दिँदै आएको छ । सडक मर्मत, गोरेटो बाटो मर्मत र निर्माण, सिचाई मर्मत आदि विकास निर्माणको काममा पनि युवाहरुले लगाउँदै आएको छ । अन्य स्थानीय नागरिकको आवश्यकता अनुसारको विकास निर्माणमा स्थानिय नागरिकको सहभागितामा गाउँपालिकाले विशेष जोड दिइएको छ । गाउँपालिकाको प्राथमिकता हाल गाउँपालिकाले पूर्वाधार विकासको कामलाई नै पाथमिकतामा राखेको छ । खानेपानी, खेलमैदान व्यवस्तापन, बस्ती संरक्षण आदिको कामहरु गाउँपालिकाले प्राथमिकतामा राखेको छ । स्वास्थ्य क्षेत्रको विकास गाउँपालिकाले स्वास्थ्य संस्थाहरुको भौतिक विकास तथा सुधार गरिरहेको छ । आधारभूत स्वास्थ्यसेवाको नियमित उपलब्धताको सुनिश्चितताको लागि औषधिको नियमित आपूर्ति र भण्डारको व्यवस्था पनि गाउँपालिकाले मिलाएको छ । गाउँपालिकाको सबै वडामा स्वास्थ्य चौकीहरू छन् । सबै वडामा स्वास्थ्यचौकीमा आवश्यकता अनुसारको औषधीको व्यवस्था गाउँपालिकाले मिलाएको छ । गाउँपालिकामा आवश्यकता अनुसार स्वास्थ्य भवनहरू पनि रहेका छन् । स्वास्थ्य सम्बन्धी जानकारी पनि स्वास्थ्यकर्मीहरुले दिइरहेका छन् । गाउँपालिकामा ल्याबको पनि स्थापना भएको छ । स्वास्थ्यकर्मीहरूसँग बेलाबेलमा छलफल गर्ने र तालिम दिने काम पनि गाउँपालिकाले गरिरहेको छ । गाउँपालिकाले स्वास्थ्य सेवालाई राम्रो बनाउनको लागि बजेट विनियोजन गर्दै आएको छ । गाउँपालिकामा स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रमहरू पनि सञ्चालन हुँदै आएका छन् । राज्यले दिने औषधी गाउँपालिकाले नागरिकलाई निःशुल्क दिने गरेका छ । गाउँपालिकामा रहेका सबै नागरिकहरूको पहुँच प्राथमिक स्वास्थ्य सेवासम्म पुगेको छ । गाउँपालिकाको प्रत्येक स्वास्थ्य चैकीमा प्रजनन् केन्द्रको स्थापना भएका छन् । गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको छ । खेलकुद विकास खेलकुद क्षेत्रको विकासका लागि गाउँपालिकामा खेलकुद समिति गठन भएको छ । खेलकुदका औपचारिक कार्यक्रम पनि गाउँपालिकामा हुने गरेका छन् । गाउँपालिकामा युवा क्लबहरू गठन भएका छन् । गाउँपालिका भित्र रहेका वडाहरुको विभिन्न स्थानमा खेलकुद मैदान निर्माण काम पनि भइरहेको छ । खेलकुद समिति र युवा क्लबहरूमार्फत विभिन्न किसिमका खेलकुदहरू आयोजना हुने गरेका छन् । प्रायः गरेर भलिबल, टेबलटेनिस, कराँते, फुटवल लगायतका खेलहरू गाउँपालिकामा आयोजना गर्ने गरिएको छ । गाउँपालिकाका धेरै युवा खेलकुद तर्फ उत्सुक छन् । गाउँपालिकाले खेल मैदानको पनि व्यवस्था मिलाएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा वडागत खेलकुद प्रतियोगिता पनि गाउँपालिकामा हुने गरेको छ । ठूलो उद्योग यस गाउँपालिका भित्र खासै ठूला उद्योग छैनन् । व्यापारीक स्थलहरु भर्खरै निर्माण हुन थालेका छन् । यहाँ गरिने प्रमुख पेशा भनेको खेती किसानी नै हो । केही कृषकहरूले भने कुखुरापालन, बाख्रापालन जस्ता कामहरू पनि गरिरहेका छन् । पालिकामा होटल व्यवसाय पनि सञ्चालनमा आएका छन् । गाउँपालिकामा साना तथा घरेलु उद्योगहरु संचालनमा आएको छ । गाउँपालिकाको खर्च र उपलब्धी गाउँपालिकाका भित्र हाल सम्म ५० प्रतिशत योजनाहरु सम्पन्न भइसकेको छ । खर्च गरेअनुसार उपलब्धी पनि राम्रो नै भएको छ । गाउँपालिकाका बासिन्दाहरुको दैनिक जिवनयापनलाई सहज पनि आएको छ । (गाउँपालिकाका सूचना तथा प्रविधि अधिकृत आचार्यसँग गरिएको कुराकानीमा आधारित)