१० शैया बेडको अस्पतालका लागि ८५ लाख रुपैयाँ बजेट आएको छ – गाउँपालिका अध्यक्ष गुरुङ्गसँगको कुराकानी
नेपालको प्रदेश नं १ अन्तर्गत ताप्लेजुङ जिल्लामा अवस्थित प्राकृतिक रुपमा सुन्दर एवं रमणिय गाउँपालिका हो सिरीजङ्घा गाउँपालिका । यो गाउँपालिका कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रुपमा चर्चित त छ नै साथै ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक रुपले पनि फरक विशेषता बोक्न सफल मानिन्छ । ४ सय ८१ दशमलब ९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो गाउँपालिकामा ८ वटा वडा रहेका छन् । २०६८ को जनगणना अनुसार यस गाउँपालिकामा १५ हजार ८ सय ६ जनाको बसोबास रहेको छ । गाउँपालिकाको अधिकांश भाग पहाडी भूभागले ढाकेको छ भने यहाँ मिश्रित जातजातिको बसोबास रहेको पाइन्छ । गाउँपालिकाका ठूला आयोजना तथा परियोजनाहरु के कस्ता छन्, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेलेको छ भन्नेलगायतका विषयमा केन्द्रीत हुँदै सो गाउँपालिकाका अध्यक्ष टिका राम गुरुङ्गसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । सर्वप्रथम कृषिबाटै शुरु गरौं, गाउँपालिकाले कृषिक्षेत्र तर्फ के–कस्ता काम गरिरहेको छ ? हाम्रो गाउँपालिका कृषि क्षेत्रको लागि उर्भरशिल भूमी हो । यहाँका धेरै नागरिकहरूले कृषि पेशा नै अँगालेका छन् । हामीले गाउँपालिकामा पशु र कृषि क्षेत्रलाई नै प्राथमिकतामा राखेका छौं । हामी अहिले आर्थिक वर्षको अन्तिम चरणमा पुगिसकेका छौं । गाउँपालिकामा ७२ ओटा टोल विकास संस्थाहरु गठन भएका छन् । साविकको गाविसमा ९ ओटा वडा रहेका थिए जसलाई टोल विकासको रूपमा रूपान्तरण गरेर ७२ ओटा टोल विकास संस्थाको गठन गरेका छौं । १ लाख रुपैयाँको दरले प्रत्येक टोलमा बजेट छुट्याएका छौं । कृषि समुह गठन भएका टोलमा कृषि विकास र कृषि कार्यक्रमको लागि ठाउँ अनुसारको तरकारी उत्पादन गर्ने कार्यविधि बनाएका छौं । जस्तै एउटा टोलमा १ लाख रुपैयाँ बजेट भयो भने त्यो टोलमा ६० देखी ७० घरधुरी हुन सक्छन् । दलित परिवारलाई लक्षित गरी हामीले कार्यविधि बनाएका छौं । एउटा किसानलाई बढिमा १५ हजार र घटिमा ५ हजार रुपैयाँसम्म नगद अनुदान दिने व्यवस्था मिलाएका छौं । गाउँपालिकामा किवी, आलु, टमाटर, आदि उत्पादन हुने गरेको छ । हाम्रो गाउँपालिका भित्र कृषिका कार्यक्रमहरु पनि सञ्चालन हुँदै आइरहेका छन् । हाल कृषकलाई दिने कृषि सम्बन्धी तालिम तथा कार्यक्रमहरू ८० प्रतिशत सकिएको छ । गाउँपालिकामा हामीले पकेट क्षेत्र पनि छुट्याएका छौं । वडा नं. ५ र २ मा प्रशस्त किवी खेति हुने भएकाले किवी पकेट क्षेत्र रुपमा छुुट्याएका छौं । गत वर्ष हामीले कृषकलाई ५० प्रतिशत अनुदानमा हाते ट्«याक्टर पनि वितरण गरेका थियौं । गाउँपालिकामा जमिन धेरै भिरालो भएको कारण यो प्रभावकारी हुन सकेन । विउ विजन र मल पनि कृषकलाई हामीले वितरण गर्दै आएका छौं । कृषिलाई आधुनिकीकरण गर्नमा हामीले विशेष जोड दिइरहेका छौं । बेमौसमी तरकार खेतिको लागि टनेल पनि वितरण गर्दै आएका छौं । जडिबुटी पनि हाम्रो गाउँपालिको मुख्य आयस्रोत हो । गाउँपालिकामा अलैँची र चिराइतो खेति पनि हुने गरेको छ । हिमाली भेगमा पाँच औंले, विखुमा, कुट्कि, सर्मागुरु, पदमचाल, पाखनबेद, टिमुर जस्ता जडिबुटी पनि पाइने गरेका छन् । गाउँपालिकामा रहेका ठूला आयोजना तथा परियोजनाहरू के–के छन् ? गाउँपालिकाको ठुलो योजनाको रूपमा गाउँपालिकाको भवन निर्माण भइरहेको छ । लागत अनुदान ६ करोड ८७ लाख रुपैयाँ रहेको थियो भने ५ करोड ३१ लाख रुपैयाँमा ठेक्का लगाएर हाल गाउँपालिकाको भवन निर्माण गर्ने काम पनि भइरहेको छ । मंसिरको २९ गते शिलान्यास गरेर पुषको पहिलो हप्ता बाट भवन निर्माणको काम सुरु भएको हो । गाउँपालिकाको भवन नभएको कारण हाल हामीले भाडामा बसेर नागरिकलाई सेवा प्रवाह गरिरहेका छौं । गाउँपालिकाको २ ओटा वडा भवन निर्माण भइसकेको छ भने ३ ओटा वडाको वडा भवन पनि निर्माण भइरहेका छन् । बाँकी रहेका ३ ओटा वडामा पनि यो आर्थिक वर्ष भित्र बनाइसक्ने हाम्रो लक्ष्य रहेको छ । गाउँपालिकामा सडक निर्माणको काम पनि भइरहेको छ । त्रिशूलेबर देखि हपु खोला हँुदै गाउँपालिकाको केन्द्रसम्म जोड्ने सडक स्तरोन्नती गर्ने काम पनि भइरहेको छ । प्रदेश सरकारको ७० लाख रुपैयाँ अनुदान र गाउँपालिकाबाट ८० लाख रुपैयाँ गरी जम्मा १ करोड ५३ लाख रुपैयाँ नगद ठेक्का स्टिमेटमा ६७ लाख रुपैयाँमा ठेकेदारले ठेक्का आह्वान गरेर सडक निर्माणको काम अगाडि बढिरहको छ । ७ नं. वडामा रहेको एकचना भञ्ज्याङ देखि राते खोलासम्मको सडक स्तरोन्नतीको लागि १ करोड ४३ लाख रुपैयाँको ठेक्का आह्वान गरेका थियौं जसमा ठेक्का प्रक्रियाबाट सडकको स्तरोन्नती गरी हाल सडक निर्माणको काम पनि करिब करिब अन्तिम चरणमा पुगेको छ । खानेपानी योजना पनि हाम्रो गाउँपालिकामा रहेको छ । वडा नं ८ को वडा कार्यालयको ४१ लाख रुपैयाँ बजेट र गाउँपालिकाको स्विकृत आयोजनामध्ये समपुरक कोषबाट ९४ लाख रुपैयाँको बजेटमा १ सय ३६ घरधुरीका नागरिककालागि स्वस्थ खानेपानी पुर्याउने र धारा जडान गर्ने काम पनि भइरहेको छ । यो योजना गाउँपालिकाकै ठुलो योजनाको रुपमा रहेको छ । गत सालको केन्द्र सरकारको विशेष अनुदान रु. १ करोड रुपैयाँमा गाउँपालिकाले ३० लाख रुपैयाँ थपेर ५ नं. वडामा खानेपानी पुर्याएका छौं । वडा नं २ मा सिँचाई र खानेपानी पाइपलाइनको लागि ३२ लाख रुपैयाँ बराबरको लागतमा ठेक्का प्रक्रियाबाट यस काम अगाडि बढेको छ । अन्य वडाहरूमा ५ देखी १० लाख रुपैयाँसम्मको खानेपानी आयोजनाको कामहरू रहेका छन् । गाउँपालिकामा ‘कञ्चनजङ्घाको पानी हाम्रो आम्दानी’ भन्ने कार्यक्रम पनि राखेका छौं । जस अन्तर्गत प्रि–फिजिविलिटी स्टडी भनेर ५ लाख रुपैयाँ बजेट विनियोजन पनि गरेका थियौं । त्यो मध्येबाट हालै मात्र प्रि–फिजिविलिटी क्षेत्रका विज्ञहरू जुन मिनिरल वाटरका एक्सपर्ट, सामाजिक विकासका विज्ञ, भूगोल शास्त्रीको टिम लगायतले आएर ३ ओटा पानीको मुहानहरूबाट पानी लगेर ल्याब परीक्षण पनि गरेका थिए । अहिले नेपालमा प्रोमोट भइरहेको रसुवा धुन्चेको हिमालयन ग्लब्स् जुन कोरियन कम्पनीले उत्पादन गरी अन्तर्राष्ट्रिय रूपमा मिनिरल वाटर सप्लाई गरिरहेको छ । काठमाडौंमा पनि प्रति लिटर ३ सय रुपैयाँको दरले हिमालयन ग्लब्स् नामको मिनिरल किन्न सकिन्छ । त्यही अनुसारको पानी हाम्रो गाउँपालिकाको ५ नं वडामा भेटिएको कारण यो वर्ष पानीको मुहानको डीपीआर गराउँदै छौं । आफ्नो गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनुभएको छ ? हाम्रो गाउँपालिका पर्यटन क्षेत्रको लागि प्रचुर सम्भावना बोकेको ठाउँ हो । गाउँपालिकामा आन्तरिक तथा वाह्य पर्यटक ल्याउन हामीले जोड दिइरहेका छौं । प्राकृतिक रूपले पनि हाम्रो गाउँपालिका निक्कै सुन्दर छ । विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा हिमाल पनि हाम्रो गाउँपालिकाकै वडा नं ८ मा रहेको छ । कञ्चनजङ्घा हिमालको उचाई ८ हजार ५ सय ८६ मिटर रहेको छ । पर्यटन मन्त्रालय अन्तर्गत पर्यटन पूर्वाधार साझेदारी कार्यक्रम मार्फत् स्थानीय सरकारको ३० प्रतिशत र केन्द्र सरकारको ७० प्रतिशतको लागत साझेदारीमा कञ्चनजङ्घा पदमार्ग अगाडि बढिरहेको छ । यो ३ वर्षको बहु योजना हो । वैशाखको पहिलो हप्ताबाट हामीले पदमार्गको पनि ठेक्का खुलाउँछौं । ३ करोड ५० लाख रुपैयाँ पर्यटन मन्त्रालयले उपलब्ध गराउँछ भने गाउँपालिकाको १ करोड ५० लाख रुपैयाँ गरी जम्मा ५ करोड रुपैयाँ बराबरको बजेट कञ्चनजङ्घा पदमार्गको आयोजना रहेको छ । आम्दी खोला, नयाँ झेरनी, डुनडु डाँडा नर्वष, चैराङ हुँदै कञ्चनजङ्घाको बेश क्याम्पसम्म जाने पदमार्गको डीपीआरको काम अन्तिम चरणमा पुगेको छ । देशभरका २ सय आयोजनामध्येको एउटा ठुलोे आयोजना यो पनि हो । गाउँपालिकाको वडा नं ८ मा सडक पुगिसकेको छ । गाउँपालिकाको ठाउँ ठाउँमा होमस्टे पनि सञ्चालनमा छन् । अब आउने वर्षमा चाहिँ पर्वतारोहण गराउने गाइडहरूलाई तालिम दिने कार्यक्रम पनि राखेका छौं । गाउँपालिका भित्र कञ्चनजङ्घा संरक्षण क्षेत्र, कञ्चनजङ्घा हिमाल र पदमार्ग, पर्वतारोहण तथा साहसिक यात्रा, पाथिभरा पैदल मार्ग, सिरीजङ्घा मन्दिर, डाँडागाउँको शिवालय मन्दिर, किराँतेश्वर मन्दिर (राष्ट्रिय विभुती श्री फाल्गुनन्दद्वारा होम होमादी गरेको स्थान), प्रभु थुम्का, काबेली नदीमा संभावित र्याफ्टिङ तथा कायोकिङ, बारुले पोखरी, लिम्बु सङ्ग्रहालय मांमखे, तातोपानी ( सिरीजङ्घाद्वारा स्नान गरेको), साना पाथिभराहरु, राँके ओखलढुङ्गा तावाटार, खुर्पे ढुङ्गा आदि गाउँपालिकाका पर्यटकीय क्षेत्रहरुका रुपमा रहेका छन् । गाउँपालिकाले युवाहरूलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? युवाहरूलाई सिप विकासको लागि विभिन्न तालिम दिँदै आएका छौं । युवाहरूलाई लक्षित गर्दै १ महिने इलेक्ट्रीशियन तालिम पनि दिँदै आएका छौं । इलेक्ट्रीशियनको तालिम पनि हाल निरन्तर चलिरहेको छ । एकल महिलाहरूले स्यानिटरी प्याड स्थानीय स्तरमै उत्पादन गरुन् भनेर प्याड बनाउने तालिम पनि दिँदै आएका छौं । १६ जना महिलाले प्याड बनाउने तालिम लिइरहेका छन् । प्याड बनाउने महिलाले उत्पादन गरेको प्याड गाउँपालिकाले खरिद गरेर विपन्न दलित महिलाहरुलाई लक्षित गरेर निःशुल्क रुपमै वितरण गर्ने सोच पनि बनाएका छौं । प्रत्येक वडाका २ जना व्यक्तिलाई फर्निचर सम्बन्धी तालिम पनि दिँदै आएका छौं । ढाका टोपी बुनाइमा पनि युवाहरू लागि परेका छन् । केही महिलाहरूले ढाका टोपी बनाउने तालिम पनि लिइरहेका छन् । छालाका जुत्ता बनाउने तालिम पनि सञ्चालन भइरहेको छ । केही युवाहरूलाई विकास निर्माणको काममा पनि लगाउँदै आएका छौं । खेलकुद विकासका लागि गाउँपालिकाले कस्ता योजनाहरू बनाएको छ ? खेलकुद विकासको लागि खेल मैदानको व्यवस्था गरेका छौं । गत साल हामीले राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आयोजना गरेका थियौं । यो वर्ष अध्यक्ष कप भलिवल प्रतियोगिता आयोजना गरेका थियौं । खेलकुद विकासको लागि हामीले बजेट पनि छुट्याउँदै आएका छौं । गाउँपालिकामा खेलकुद समितिको पनि गठन गरेका छौं । खेलकुदका औपचारिक कार्यक्रमहरु कसरी अगाडि बढाउने भनेर निरन्तर छलफल पनि गरिरहेका हुन्छौं । गाउँपालिकाको सबै वडामा युवा क्लबहरू गठन भएका छन् । खेलकुद समिति र गाउँपालिकामा भएका युवा क्लबहरूमार्फत विभिन्न किसिमका खेलकुदहरू आयोजना हुने गरेका छन् । प्रायः गरेर बक्सिङ्ग, भलिबल, टेबलटेनिस, कराँते, फुटवल, क्रिकेट लगायतका खेलहरू गाउँपालिकामा आयोजना गर्ने गरिएको छ । गाउँपालिकाका धेरै युवाहरू खेलकुदतर्फ उत्सुक छन् । गाउँपालिकामा स्वास्थ्य क्षेत्र विकासको लागि कसरी काम गर्दै आइरहनुभएको छ ? स्वास्थ्य क्षेत्रको विकासका लागि पनि हामीले गाउँपालिकामा धेरै काम गर्दै आएका छौं । कर्मचारी समायोजनको कारणले गर्दा गाउँपालिकामा एउटा मात्र प्राथमिक स्वास्थ्यचौकी बनाएका छौं । केन्द्रबाट आएको तसर्थ बजेटले करारमा स्वास्थ्यकर्मीहरू भर्ना गरेका छौं । धेरै दुर्गम भएको क्षेत्र अथवा वडाहरूमा सरकारी कोटामा नआएको र सरकारले पनि पठाउन नसकेको अवस्थामा हामीले स्वास्थ्यकर्मीहरुलाई खाइपाइ आएको सेवामा भन्दा ५० हजार रुपैयाँ थप गरी राखेका छौं । गाउँपालिकामा रहेका सबै नागरिकहरूको पहुँच प्राथमिक स्वास्थ्य सेवासम्म पुगेको छ । यो वर्ष मात्रै औषधी खरिद प्रक्रियामा ठेक्का प्रक्रिया लागिसकेको छ भने संझौता भएर औषधी पनि आउँदै नै छ । औषधी खरिदका लागि ६४ लाख रुपैयाँ बजेट रहेको थियो भने एकजना व्यवसायीले २८ लाख रुपैयाँमै ठेक्का पारेर सम्झौता बराबरको औषधी पनि गाउँपालिकामा पठाइ सकेका छन् । हामीले प्रजनन् केन्द्रको पनि स्थापना गरेका छौं । वडा नं. ३ मा रहेको हुवनहट संस्थाको तर्फबाट १० लाख रुपैयाँ र गाउँपालिकाको तर्फबाट १५ लाख रुपैयाँ गरेर जम्मा २५ लाख रुपैयाँको लागतमा प्रजनन् केन्द्रको पनि स्थापना गरेका छौं । प्रत्येक वर्ष हामीले एउटा प्रजनन् केन्द्र स्थापना गर्ने गरेका छौं । संघीय सरकारको कार्यक्रम अनुसार हाम्रो गाउँपालिकामा १० शैया बेडको अस्पताल पनि परेको छ । डीपीआर गरेर ठेक्का लगाउनु पर्ने तर जग्गा नपुगेको कारणले गर्दा हामीले जग्गा अतिक्रमण पनि गरेका थियौं तर मन्त्रालयले प्राविधिक रूपमा भवन बनाउन उपयुक्त छैन भन्यो । हामीले बैठकमा निःशुल्क रुपमै जग्गाको आह्वान गरेका थियौं । ११ जना जग्गा दाताहरूले जग्गा उपलब्ध गराउने भनेर निवेदन परेको अवस्थामा हामीले जग्गाको स्थलगत अनुगमन गरेर कार्यपालिकाको बैठक आह्वान गरेका छौं । १० शैया वेडको अस्पतालका लागि ८५ लाख रुपैयाँ बजेट आएको छ । स्वास्थ्यकर्मीहरूसँग बेलाबेलामा छलफल गर्ने र तालिम दिने काम पनि हामीले गरिरहेका छौं । हाम्रो गाउँपालिकाको प्रत्येक वडामा स्वास्थ्य चौकीहरु रहेका छन् । स्वास्थ्य सेवालाई राम्रो बनाउनको लागि केही बजेट पनि छुट्याउँदै आएका छौं । गाउँपालिकामा स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रमहरू पनि सञ्चालन हुँदै आएका छन् । राज्यले दिने औषधी हामीले नागरिकलाई निःशुल्क रुपमै दिने गरेका छौं ।
सूर्य नेपालले तनहुँको म्याग्दे गाउँपालिकालाई हस्तान्तरण गर्यो एम्बुलेन्स
काठमाडौं । सूर्य नेपाल प्रा.लि सेराटार तनहुँले म्याग्दे गाउँपालिका तनहुँलाई एउटा एम्बुलेन्स हस्तान्तरण गरेको छ । संस्थाले आज(चैत २६ गते) म्याग्दे गाउँपालिकामा आयोजित एक कार्यक्रममा उक्त एम्बुलेन्स हस्तान्तरण गरेको हाे । उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष मायादेवी राना आले, उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख कार्यकारी नारायण प्रसाद अधिकारी, म्याग्दे गाउपालिका वडा न ६ का अध्यक्ष बसन थापा, सूर्य नेपालका फ्याक्ट्री म्यानेजर बाबुराम कार्की, एचआर म्यानेजर अन्जन दुवाडी, कमर्सियल म्यानेजर गौतम यादव तथा सुरक्षा विभाग प्रमुख होमनाथ अर्याल लगायतको सहभागितामा उक्त हस्तान्तरण कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष माया देवी राना आले उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख कार्यकारी, लगायत सूर्य नेपालका फ्याक्ट्री म्यानेजर बाबुराम कार्कीले समेत मन्तव्य राखेका थिए । सूर्य नेपालले २०७७ असोजमा पनि शुक्लागण्डकी नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको थियो । कार्यक्रममा गाउँपालिका प्रमुखले सूर्य नेपालबाट यस क्षेत्रमा भईरहेको सहयोगको उच्च मुल्यांकन गर्दै भविश्यमा समेत यस्तै सहयोगको अपेक्षा गरे भने सूर्य नेपालका फ्याक्ट्री म्यानेजर बाबुराम कार्कीले पनि यस क्षेत्रको समग्र विकासको लागी स्थानीयसँग सहकार्य गर्दै अघि बढ्ने कम्पनीको नीति रहेको बताए । यस क्षेत्रमा सूर्य नेपालले बिगत लामो समयदेखि शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधार तथा अन्य सामाजिक विकासका विभिन्न क्षेत्रहरूमा थुप्रै सहयोग गर्दै आईरहेको छ ।
देशभरका २४ पालिकाः कृषि विकासको लागि बनाइरहेका छन् यस्तो रणनीति
काठमाडौं । नेपालको बहुसंख्यक जनता आज पनि कृषिमा निर्भर छन् । कृषि क्षेत्रको विकासका लागि सरकारले विभिन्न प्रकारका योजना र कार्यक्रम पनि संचालन गरिरहेको छ । नेपाली अर्थतन्त्रमा पनि महत्वपूर्ण योगदान रहेको कृषि क्षेत्रको विकासका लागि संचालन गरिएका विभिन्न कार्यक्रमको प्रावकारिताको विषयमा पनि बेलाबेलामा प्रश्न उठ्ने गरेका छन् । २०७२ सालको संविधानले नेपालको राज्य प्रणालीलाई संघीय संरचनामा लगेपछि संघ, प्रदेश र स्थानीय तहका सरकारहरु कृषि क्षेत्रको विकासमा लागेका छन् । यसै सन्दर्भमा हामीले कृषि क्षेत्रको विकासका लागि स्थानीय तहहरुले के कस्तो काम गरिरहेका छन् भनेर जानकारी लिएका छौं । केही स्थानीय तहहरुले पकेट क्षेत्र घोषणा गरेका छन् । कोरोनाको कारण धेरैको रोजीरोटी पनि गुमेको छ । यो रोजगारीको अवसर पनि कृषि क्षेत्रले प्रदान गर्नुपर्ने अवस्था छ । देशभरका केही स्थानीय तहले कृषि क्षेत्रको विकासका लागि के काम गरेका छन् त ? देवघाट गाउँपालिका गण्डकी प्रदेश अन्तर्गत तनहुँ जिल्लामा यो गाउँपालिका पर्छ । कृषि विकास गाउँपालिकाको भूगोल अनुसार कृषि पकेट क्षेत्र रुपमा पनि छुुट्याएको छ । कृषिलाई निर्वाहमुखी मात्र होइन व्यवसायिक गर्नुपर्छ भनेर गाउँपालिकाले जोड दिएको छ । पहाडी भूगोल भएको ठाउँमा बाख्रा तथा सुन्तला पकेट क्षेत्र घोषणा गरी समथर भूभाग भएको ठाउँलाई लिची, गाईपालन तथा तरकारी पकेट क्षेत्रको रूपमा छुट्याएको छ । पालिकाले कृषि समूहको गठन गरी कृषकहरूलाई कृषि सम्बन्धी तालिम पनि दिदैं आएको छ । कृषकलाई सुन्तलाका बिरुवाहरू ५० प्रतिशत अनुदानमा वितरण गर्दै आएको छ । ‘एक घर एक करेसा बारी’ नीति अहिले कार्यान्वयनमा छ । जस अन्तर्गत पालिकाले मौसम अनुसारका तराकारीको बिउहरू ५० प्रतिशत अनुदानमा दिने गरेका छ । वडा नं १ मा पशु विकास फार्मको अवधारणा सुरु गरेर उन्नत जातका घाँसका बिरुवाहरू उत्पादन गरी कृषकलाई निःशुल्क वितरण पनि पालिकाले गरेका छ । वडा नं १ लाई ‘मुख्यमन्त्री कृषि अर्गानिक नमुना गाउँ’को रुपमा राखेको छ । यस ठाउँमा टनेल खेतीहरूको सुरुवात भएको छ । विभिन्न कृषि संघ संस्थासँग समन्वय गरेर गाउँपालिकाको आन्तरिक स्रोतको परिचालन गरी कृषिका ब्लक छुट्याएको छ । गाउँपालिका अन्तर्गत लघु उद्यम कार्यक्रम पनि सञ्चालन भएको छ । वडा नं. २ लाई मौरीपालन पकेट क्षेत्र बनाउनको पालिकाले जोड दिइरहेको छ । के गर्दैछ पालिका ? यो वर्ष कृषि विकासको लागि वडा नं. २ मा गाउँपालिकास्तरीय सुन्तला र कागतीको बिरुवा उत्पादन गरिरहेको छ, जसलाई कृषि अनुसन्धान केन्द्र भनेर नामकरण गरिएको पालिकाका अध्यक्ष दुर्गबहादुर थापाले बताए । तर यो वर्षबाट सुन्तला र कागतीको बिरुवा कृषकलाई निःशुल्क वितरण गर्ने तयारीमा रहेको र बिरुवा वितरण गर्नु अघि कृषकलाई तालिम दिने योजना रहेको थापाले बताए । माछापुच्छ्रे गाउँपालिका गण्डकी प्रदेश अन्तरगत कास्की जिल्लामा यो गाउँपालिका पर्छ । कृषि विकास गाउँपालिकाले वार्षिक नीति, कार्यक्रम तथा बजेट विनियोजन गर्दा कृषिलाई प्रथमिकतामा राख्ने गरेको छ । नेपाल सरकारले फलफूल दशक मनाइरहेको सन्दर्भमा यस गाउँपालिकामा पनि सुन्तला, कागती र जुनार रोपण अभियान चलिरहेको छ । गाउँपालिकाले केही वडालाई पकेट क्षेत्रको रुपमा पनि घोषणा गरेको छ भने ‘एक घर एक करेसाबारी’को अवधारण पनि अगाडि सारेको छ । कृषिलाई व्यवसायिकरण र आधुनिकिकरण गर्नको लागि गाउँपालिकाले कृषकहरुलाई आग्रह गरेको छ । कृषकहरुले उत्पादन गरेका तरकारी तथा फलफूल संकलन गर्ने केन्द्र पनि गाउँपालिकाले स्थापना गरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भइरसका कारण बैदेशिक रोजगारबाट फर्केका तथा बेरोजगार भएर बसेका युवालाई कृषि एवं पशुपालन व्यवसायमा संलग्न गराउनको लागि गाउँपालिकाले स्थानीय सहकारी मार्फत युवालाई अनुदान दिने व्यवस्था पनि मिलाएको छ । सहकारीमार्फत दुध बिक्रि गर्ने कृषकलाई बिक्रिको आधारमा प्रोत्साहन अनुदान दिने व्यवस्था पनि मिलाएको छ । गाउँपालिकामा दुध उत्पादन पकेट क्षेत्र छुट्याएर कृषकसँगको लागत साझेदारीमा स्थानीय प्रजातीका भैँसी प्रवद्र्धन गर्ने कार्यक्रम पनि रहेको छ । २०७६ सालको घर सर्वेक्षण अनुसार यस गाउँपालिकामा ७६ दशमलव ७९ प्रतिशत घर परिवारको मुख्य पेशा कृषि तथा पशुपालन रहेको थियो । अन्नूर्ण गाउँपालिका गण्डकी प्रदेश अन्तर्गत कास्की जिल्लामा यो गाउँपालिका पर्छ । कृषि विकास कृषि विकासको लागि हामीले गाउँपालिकामा धेरै काम हुदै आएको छ । कृषिको लागि तरकारीको विउ ५० प्रतिशत अनुदानमा वितरण गर्ने कार्यक्रम रहेको छ । आलुको तथा बेमौसमी तरकारीको विउ पनि कृषकलाई गाउँपालिकाले वितरण गर्दै आएको छ । कोदो संरक्षणका लागि पनि गाउँपालिकामा विशेष जोड दिएका छ । राम्रो कोदो उत्पादन गर्ने कृषकलाई पुरस्कृत पनि गर्ने गरेको छ । सिँचाई सम्बन्धी काम पनि गाउँपालिकामा रहेको छ । मासुजन्य उत्पादनमा गाउँपालिका आत्मनिर्भर बनेको छ । गाउँपालिकामा दूध सङ्कलन केन्द्र पनि रहेको छ । के गर्दैछ पालिका ? गाउँपालिकाको आर्थिक वृद्धि गर्ने स्रोत नै कृषि रहेको अध्यक्ष युवराज कुँवार बताउँछन् । मस्र्याङदी गाउँपालिका यो गाउँपालिका गण्डकी प्रदेश लमजुङ जिल्लामा पर्छ । कृषि विकास नेपाल सरकार प्रदेश सरकारले विनियोजन गर्ने बाहेक पनि हरेक आर्थिक वर्षमा १ करोड ५० लाख रुपैयाँ कृषि क्षेत्रमा बजेट विनियोजन गरेका छ । कृषिलाई बजारीकरण गर्ने व्यवस्था पनि गाउँपालिकाले मिलाएका छ । गाउँपालिकाले कृषिलाई ब्लक र पकेट क्षेत्र रुपमा पनि छुट्याएका छ । पालिकालाई आलु ब्लक क्षेत्रको घोषणा पनि गरेको छ । गाउँपालिकामा सहकारी, कृषि शाखा, किसान संजाल जस्ता संस्थाहरु पनि रहेका छन् । सहकारी र यसका शाखाबाट किसानको माग अनुसारको बिउ उपलब्ध गराउने व्यवस्था मिलाएका छ । गाउँपालिकामा सानातिना तरकारीको बिउ निःशुल्क गर्ने र त्यसैगरी ५० प्रतिशत अनुदानको बिउ पनि वितरण गर्ने कार्यक्रम रहेको छ । कृषिलाई आधुनिकीकरण गर्ने तर्फ पनि गाउँपालिकाले विशेष ध्यान जोड दिएको छ । के गर्दैछ पालिका ? कृषिको विकासलाई नै गाउँपालिकामा पहिलो प्राथमिकतामा राखेको अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । कोन्ज्योसोम गाउँपालिका प्रदेश ३ अन्तर्गत ललितपुर जिल्लामा यो गाउँपािलका पर्छ । कृषि विकास यहाँ मुख्य पेशाको रुपमा कृषि नै रहेको छ । गाउँपालिकामा कृषिका ब्लक कार्यक्रमहरू पनि रारेका छन् । ठाउँ अनुसारको पालिकाको माटो परीक्षण भएको छ । उत्पादन हुने अनुसारको वडामा तरकारी फलफुलको विउहरु लागाईएको छ । गाउँपालिकाले वडा अनुसार पकेट क्षेत्र पनि छुट्याएको छ । कृषकलाई तरकारी तथा फलफुका विउ गाउँपालिकाले ५० प्रतिशत अनुदानमा वितरण गर्दै आई रहेको छ । कृषि औजार र हाते ट्रयाक्टर पनि अनुदानको रूपमा वितरण गर्दै पालिकाले आएको छ । यो वर्षमा ब्लक अनुसार तरकारी खेती गर्ने कृषकलाईलाई अनुदानको व्यवस्था मिलाएका गाउँपालिकाले मिलाएको छ । काउली, गोलभेडा खेती गर्ने कृषकलाई गाउँपालिकाले प्लास्टिक टनेलहरू ५० प्रतिशत अनुदानमा दिने गरेको छ । पशुपालनका कार्यक्रमहरू पनि गाउँपालिकाले अगाडि सारेको छ। आधुनिक कृषि प्रणालीलाई पनि विशेष जोड दिएको छ । हाम्रो गाउँपालिकाबाट दैनिक ४ ट्रक तरकारी काठमाडौंमा जाने गर्छ । गाउँपालिकामा धेरै दुध पनि उत्पादन हुने पनि गरेको छ । के गर्दैछ पालिका ? निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायिक बनाउनु पर्छ भनेर जोड दिएको अध्यक्ष गोपीलाल सिंतान बताउँछन् । हुप्सेकोट गाउँपालिका यस गाउँपालिका गण्डकी प्रदेश नवलपरासी जिल्लामा पर्छ । कृषि विकास यस गाउँपालिका कृषि क्षेत्रको लागि उर्भरशील भूमी हो । यहाँका धेरै नागरिकहरूले कृषि पेशानै अँगालेका छन् । निर्वाहमुखी कृषकलाई व्यावसायिक बनाउने काम पनि गाउँपालिकाले गर्दै आएको छ । ४ ओटा वडालाई तरकारी पकेट क्षेत्र छुट्याएको छ भने गाउँपालिकामा कफी, धान आदिको पकेट क्षेत्र पनि रहेको छ । गाउँपालिकाबाट कृषकलाई अनुदान दिने व्यावस्था पनि मिलाएको छ । कृषकलाई तरकारी तथा फलफूलका बिरुवा ५० प्रतिशत अनुदानमा दिने गरेको छ भने गाउँपालिकामा पशु पकेट क्षेत्र पनि रहेको छ । कृषकहरूले गाउँपालिमा कुखुरापालन तथा बाख्रापालन पनि गरिरहेका छन् । गाउँपालिकाले कृषि र पशुपालनको लागि बजेट पनि छुट्याउँदै आएको छ । के गर्दैछ पालिका ? हुप्सेकोट गाउँपालिका एउटा ग्रामिण क्षेत्रका रूपमा रहेको हुनाले यहाँका धेरैजसो नागरिकहरू कृषि पेसामा आवद्ध रहेको र ६० प्रतिशत भन्दा बढि मानिसहरू कृषि पेसामा आबद्ध रहेको अध्यक्ष लक्ष्मी देवी पाण्डेले बताइन् । राम्रो कृषि उत्पादन गर्ने कृषकलाई सम्मान र नगद दिएर पुरस्कृत गर्ने गरेको पनि गाउँपालिकाकी अध्यक्ष लक्ष्मी देवी पाण्डेले जनकारी दिइन् । थाक्रे गाउँपालिका बागमती गाउँपालिका अन्तर्गत धादिङ जिल्लामा यो गाउँपालिका पर्छ । कृषि विकास कृषि विकासको लागि नै भनेर विउ तथा विरुवा अनुदानको कार्यक्रम पनि गाउँपालिकामा रहेको छ । कृषकको लागि अनुदानमा गाई, बोयर जातिका बाख्रा तथा तरकारीका बिउहरु दिने व्यवस्था पनि रहेको छ । यतिमात्र भएर कृषकहरुलाई हाते ट्रयाक्टर तथा कृषि औजारका सामान पनि गाउँपालिकाले वितरण गर्र्दै आइरहेको छ । गाउँपालिकामा सिँचाईंको पनि कार्यक्रम रहेको छ । सिँचाईको लागि ट्याङ्की निर्माण पनि भइरहेको छ । धेरै संख्यामा गाउँपालिका भित्र प्राकृतिक पोखरी निर्माण भएका छन् । सो पोखरीले गाउँपालिकाको सुन्दरता थप्ने काम गरेको छ । के गर्दैछ पालिका ? गाउँपालिकामा गाई पकेट क्षेत्र पनि रहेको छ । वडा नं. ७ र १० लाई बाख्राको खोर सुधार पकेट क्षेत्र तथा वडा नं. ६, ९, ११ र ८ लाई तरकारी पकेट क्षेत्रका रुपमा छुट्याएका अध्यक्ष रामकुमार आचार्यले बताए । वडा नं. ४ र ५ लाई चाहिँ मसलाबाली र कागती पकेट क्षेत्र र वडा नं. ३ लाई फलफुल पकेट क्षेत्रको रुपमा छुट्याएकोपनि अध्यक्षले जनाकारी दिए । आँधिखोला गाउँपालिका गण्डकी प्रदेश अन्तर्गत स्याङ्जा जिल्लामा यो गाउँपाकिा पर्छ । कृृषि विकास गाउँपालिका कृषिमै आत्मनिर्भर बन्दै गएको छ । मल वितरण कार्यक्रम सञ्चालनमा छ । कृषिमा अनुदान देखि लिएर तरकारीका विउ वितरण कार्यक्रम पनि गाउँपालिकामा सञ्चालन हुने गरेको छ । यसका साथै व्यवसायीक कृषि प्रणालिमा गाउँपालिकाले विशेष जोड पनि दिँदै आएका छ । गाउँपालिकामा कृषि पकेट क्षेत्रहरु पनि रहेका छन् । गाउँपालिकामा तरकारी तथा फलफुलको विरुवाहरु कृषकलाई वितरण गर्ने कार्यक्रम पनि रहेको छ । तरकारीका विउ र फलफुलका विउ ५० प्रतिशत अनुदानमा कृषकलाई गाउँपालिकाले उपलब्ध गराउने गरेको छ । बाख्रा पालन, माछा पालन, फलफुल, तरकारी, धान, कोदो, काउली, गोलभेडा, बोडि लगायतका खेति गाउँपालिका भित्र हुने गरेको छ । गाउँपालिमा ठाउँअनुसार माटोको परिक्षण गरेर तरकारीको विउ लगाउने काम पनि भएको छ । गाउँपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर पनि वितरण गर्दै आइरहेको छ । के गर्दैछ पालिका ? किसानले उत्पादन गरेको तरकारीलाई बजारीकरण गर्ने काम गरेको गाउँपालिकाका अध्यक्ष सुधिर कुमार पौडेलले जानकारी दिए । लालबन्दी नगरपालिका प्रदेश २ अन्तर्गत सर्लाही जिल्लामा यो गाउँपालिका पर्छ । कृषि विकास नगरपालिकाले कृषि विकासकै लागि भनेर धेरै काम गर्दै आएको छ । सिँचाई सम्बन्धी काम भइरहेको छ । नगरपालिका भित्र मकै पकेट क्षेत्र छुट्याएको छ । पशुपालन तर्फ पनि नगरपालिकाले विशेष जोड दिएको छ । पशु पकेट क्षेत्र पनि छुट्याएको छ । सहकारी मार्फत पशु सुधार कार्यक्रम पनि सञ्चालन भएको छ । विभिन्न संघ सस्थासँग समन्वय गरेर माउपाठी विउवितरणको कार्यक्रम सञ्चालन भएको छ । नगरपालिका भित्रको एउटा वडालाई गाई पकेट क्षेत्र भनी छुट्याएको छ । कृषकलाई कम्पोस्ट मल बनाउने तालिम र उत्पादन गरेका तरकारीहरुलाई बजारीकरणको व्यवस्था पनि नगरपालिकाले मिलाएको छ । उत्पादित खाद्यवस्तु प्रशोधनको काम तथा भण्डारणको कामलाई पनि नगरपालिकाले अगाडि बढाएको छ । नगरपालिकालाई समृद्ध बनाउने मूल तत्व भनेको नै तरकारी उत्पादन हो । विशेषगरी यहाँ टमाटर धेरै मात्रामा उत्पादन हुने गरेको छ । के गर्दैछ पालिका ? नगरपालिका भित्र ५० प्रतिशतभन्दा बढि नागरिकहरु नै कृषि पेशामा आवद्ध रहेको र हरेक वर्ष पशुपालन तर्फ उत्कृष्ट काम गर्ने कृषकलाई १० हजार रुपैयाँ नगद दिएर सम्मान गर्ने गरेको मेयर मानबहादुर खड्काले जानकारी दिए । तर यति हुँदाहुँदै पनि फलफुल राम्रो उत्पादन गर्ने कृषकलाई चाहिँ पुरस्कारको व्यवस्था मिलाउन नसकेको पनि मेयरले बताउँछन् । रामेछाप नगरपालिका बागमती प्रदेश अन्तर्गत रामेछाप जिल्लामा यो गाउँपालिका पर्छ । कृषि विकास नगरपालिका कृषिमै आत्मनिर्भर बन्दै गएको छ । व्यावसायीक कृषि प्रणालिमा नगरपालिकाले विशेष जोड दिएको छ । कृषिमा अनुदान देखि लिएर तरकारीको विउ वितरण कार्यक्रम पनि राखिएको छ । नमुना पकेट क्षेत्र पनि गरपालिकाले सबै वडालाई छुट्याएको छ । कृषि विकासको लागि भनेर नगरपालिकाले सिँचाईको व्यवस्था मिलाएको छ । बाख्रा पालन, माछा पालन, फलफुल, तरकारी, धान, कोदो खेती लगायत नगरपालिका भित्र गरिएको छ । के गर्दैछ पालिका ? ‘एक घर एक पशु बीमा’ भनेर हामीले कार्यक्रको र नगरपालिका भित्रका धेरै पशुहरुको बीमा गरिसकेका मेयर नर बहादुर थापा मगर ले जनाकारी दिए । नौकुण्ड गाउँपालिका बागमती प्रदेश अन्तर्गत रसुवा जिल्लमा यो गाउँपालिका पर्छ । कृषि विकास गाउँपालिका बैंकमा जमानी बसेर भेडा गोठ बनाउने तथा बाख्रा पालन गर्ने कृषकहरुका लागि ३ देखि १५ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने व्यवस्था मिलाएको छ । हावापानी अनुसारको कृषि उत्पादनमा गाउँपालिकाले जोड दिएका छ । यहाँको मुख्य पेशा नै खेतीकिसानी नै हो । कतिपयले पशुपालन गरिरहनुभएको छ । पशुपालन सम्बन्धी विभिन्न कार्यक्रम पनि गाउँपालिकामा रहेका छन् । गाउँपालिकामा आलु, धान, मकै, कोदो, कफि लगायतका कुराहरु धेरै उत्पादन हुने गरेको छ । के गर्दैछ पालिका ? बजार व्यावस्थापनमा पनि लागि परेको र गाउँपालिकाको तर्फबाट किसानहरुलाई तरकारी र फलफुलको विउ पनि वितरण गर्दै आइरहेको गाउँपालिकाका अध्यक्ष नुर्वु स्याङ्वो घलेले जानकारी दिए । नेत्रावती डबजोङ गाउँपालिका बागमती प्रदेश अन्तर्गत धादिङ जिल्लामा यो गाउँपालिका पर्छ । कृषि विकास कृषि विकासकै लागि भनेर ‘एक घर एक टनेल’ को पनि व्यवस्था मिलाएको छ । गाउँपालिकामा कृषि कार्यक्रम सञ्चालन हुने गरेका छन् । समय समयमा कृषकहरुलाई कृषि तालिम पनि गाउँपालिकाले दिर्दै आएको छ । पशुपालन सम्बन्धी कार्यक्रमहरु पनि गाउँपालिकामा रहेको छ । पकेट क्षेत्र छुट्याइएको छ भने त्यसमा फरकफरक तरकारीहरुको उत्पादन हुने गरेको छ । के गर्दैछ पालिका ? विकासका लागि भनेर वार्षिक ९० लाख रुपैयाँ बराबरको बजेट छुट्याउँदै आएको र गाउँपालिकाको तर्फबाट फलफुल र तरकारीको विउ निःशुल्क रुपमा वितरण गर्दै आएको गाउँपालिकाका अध्यक्ष दुर्ग कुमार शाक्य बताउँछन्् । मनहरी गाउँपालिका बागमती प्रदेश अन्तर्गत मकवानपुर जिल्लामा यो गाउँपालिका पर्छ । कृषि विकास गाउँपालिका कृषिमै आत्मनिर्भर बन्दै गएको छ । गाउँपालिका भित्रका ९ ओटा वडालाई पकेट क्षेत्रका रुपमा छुट्याएको छ । वडा अनुसार बाख्रा, माछा, फलफुल, तरकारी, धान लगायतका पकेट क्षेत्रका गाउँपालिकाले घोषणा गरेको छ । विशेष गरेर विषादी रहित तरकारी खेतीको उत्पादन पालिका भित्र सुरु भएको छ । यसको लागि आवश्यक पर्ने पूर्वधार तयारी गर्दै गाउँपालिकाले आएको छ । समय अनुसारको तरकारी तथा धानको विउ खरीद गरेरे ७५ प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराउने काम पनि गरेका छ । बाख्रा पालन कार्यक्रम पनि सञ्चालनमा रहेको छ । गाई प्रवद्र्धन लागि गाउँपालिकाले कार्यक्रमको बिज्ञापन निकालेको छ । दूधलाई डेरीमा लगेर जस्ले बिक्री गर्छन् त्यस्ता किसानलाई प्रति लिटर २ रुपैयाँ अनुदान उपलब्ध गराउने कार्यक्रम पनि रहेको छ । प्रदेश सरकारले पनि २ रुपैयाँ दिएको छ । सहकारीमा दूध बेच्ने किसानले ४ रुपैयाँसम्म सरकारी कमिसन पाउँछन् । गाईवस्तु पाल्ने किसानलाई घाँस काट्ने मेशिन पनि गाउँपालिकाले बितरण गर्दै आएको छ । गाई वस्तुलाई गरिने कृतिम गर्वाधान पालिकाले निःशुल्क रुपमै गर्दै आएको छ । के गर्दैछ पालिका ? ‘मुल विउ’ भन्नाले विउ उत्पादन गर्ने र ‘उन्नत विउ’ भन्नाले बढि उत्पादन गर्नेको निम्ति गत साल २० टन धानको विउ किसानलाई वितरण गरेको गाउँपालिकाका अध्यक्ष एकराज उप्रतीले जनाए । त्यतिखेर नेपालमा लकडाउन भएको अवस्था थियो । जसको कारणले किसानले उत्पादन गरेको तरकारी बेच्ने ठाउँ समेत थिएन । यस्ता समस्या आई परेको बेला हामीले किसानलाई पनि सहयोग गरेका अध्यक्ष बताउँछन्। अजिरकोट गाउँपालिका गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यो गाउँपालिकामा पर्छ । कृषि विकास कृषि विकास गर्नकै लागि भनेर गाउँपालिकाले पशुपालन र तरकारी खेतिमा जोड दिएको छ । यहाँका धेरै मानिसहरु कृषि पेशामा आवद्ध रहेका छन् । १ करोड २० लाख रुपैयाँ बजेट गाउँपालिकाले कृषि विकासका लागि छुट्याएको छ । कृषिलाई आधुनिकिकरण गर्न पालिका लागिपरेको छ । कम्पोष्ट मल बनाउने, भकारो सुधार गर्ने, पशुपालन गर्ने किसानलाई अनुदान व्यावस्था पनि गाउँपालिकाले मिलाएको छ । धान, मकै कोदो, गहुँ, आलु, आदी हाम्रो गाउँपालिकामा उत्पादन हुने गरेको छ । खेती गर्ने किसानको लागि सिँचाईको राम्रो व्यवस्था छ । गाउँपालिकाले कृषि पकेट क्षेत्र छुट्याएको छ । गाउँपालिकामा हुने उत्पादन अनुसार पकेट क्षेत्र छुट्याएको छ । के गर्दैछ पालिका ? सकभर किसानलाई जमीन बाँझो नराख्न आग्रह गरेको र किसानको लागि भनेर अनुदानको पनि व्यवस्था मिलाएको गाउँपालिकाका अध्यक्ष फणिन्द्र प्रसाद धिताल बताउँछन्् । खाँडादेवी गाउँपालिका प्रदेश ३ अन्तर्गत रामेछाप जिल्लामा यो गाउँपालिका पर्छ । कृषि विकास यहाँका किसानले यदी १० लाख रुपैयाँ बराबरको प्रोजेक्ट पेश गर्छन् भने उनीहरुले ५ लाख रुपैयाँ जम्मा गर्नुपर्ने हुन्छ । बाँकी चाहिएको ५ लाख रुपैयाँ अनुदानको रुपमा दिने व्यवस्था गाउँपालिकाले मिलाएको छ । गाउँपालिका भित्र कृषि ऋण कार्यक्रम पनि रहेको छ । किसानहरुले पैसा फिर्ता गरेको आधारमा व्याज मिनाहा तथा बैंकमार्फत फेरी ऋण उपलब्ध गराउने गाउँपालिकामा व्यवस्था रहेको छ । गाउँपालिकाका प्रत्येक वडालाई पकेट क्षेत्रको रुपमा घोषणा गरेको छ । ती ठाउँहरुमा उत्पादन सुरु हुन पनि थालिसकेको छ । किसानलाई तरकारीको न्युनतम शुल्क निर्धारण गरेर गाउँपालिकामा पेश गर्न र यदी बिक्रि गर्न नसेकेको अवस्थामा गाउँपालिकाले बजारीकरणको व्यवस्था मिलाएका छ । गाउँपालिका भित्र बाख्रा पालन, भैँसी पालन, कफि उत्पादन तथा चिया उत्पादनका क्षेत्रहरु पनि रहेका छन् । किसानले केराको बगान बनाउने भनेर गाउँपालिका भित्र ६ हजार केराको विरुवा लगाएका छन् । गाउँपालिकाले निःशुल्क रुपमै केराको विरुवा उपलब्ध गराएको हो । कृषिमा धेरै किसानहरु आत्मनिर्भर भएका छन् । कृषिलाई जीवन निर्वाहको साधन मात्र होइन व्यवसायिक बनाउनु पर्छ भनेर गाउँपालिकाले जोड दिएको छ । के गर्दैछ पालिका ? निर्वाचित भएपछि किसानहरुकै लागि भनेर १ करोड रुपैयाँ बराबरको कृषि कोष निर्माण गरेको गाउँपालिकाका अध्यक्ष प्रम वहादुर तामाङ्गले जनाकारी दिए । त्रिपुरासुन्दरी गाउँपालिका सिन्धुपाल्चोक जिल्लामा यो गाउँपालिका पर्छ । कृषि विकास हरेक वडालाई गाउँपालिकाले ब्लकको रुपमा छुट्याएको छ । जसअनुसार वडा नं १ मा बाख्रा पालन, २ मा अलैंची उत्पादन, ३ मा भैंसी पालन, ४ मा आलुको उत्पादन हुने गरेको छ । यसलाई पलिकाले पकेट क्षेत्रको रुपमा घोषणा गरेका छ । त्यसैगरी वडा नं ५ मा केरा खेती अनि वडा नं ६ मा तरकारी खेती हुने गरेको छ । गाउँपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा विउ उपलब्ध गराउँदै आएको छ । के गर्दैछ पालिका गाउँपालिकाले १० लाख रुपैयाँ बराबरको आलुको विउ ल्याएको छ । कृषि विकासको लागि भनेर हामीले वार्षिक ६० लाख रुपैयाँ छुट्याउँदै आएको र प्रधानमन्त्री आधुनिकिकरण बाट छुट्टै १९ लाख रुपैयाँ रहेको गाउँपालिकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठ बताउँछन् । शिवपुरी गाउँपालिका बागमती प्रदेश नुवाकोट जिल्लामा यो गाउँपालिका पर्छ । कृषि विकास यहाँका धेरै मानिसहरु कृषि पेशामा आवद्ध रहेका छन् । यहाँ कोदो, धान र मकै प्रशस्त मात्रामा उत्पादन हुने गरेको छ । मध्यपहाडी लोकमार्गले १२ महिनानै किसानको पँहुच बजारसम्म पुर्याएको छ । पछिल्ला दिनमा कृषकलाई फलफुल, तरकारी तथा पशुपालनमा जोड दिएका छन् । कृषिलाई व्यवसायिक बनाउनु पर्छ भनेर गाउँपालिकाले विशेष जोड दिएको छ । सुरुका दिनमा गाउँपालिकाले किसानलाई एक–एक ओटा टनेल वितरण गरेको थियो । ‘कृषकको लगानी गाउँपालिकाको ढुवानी’ भन्ने नारालाई मूर्तरुप दिएको छ । उत्पादान हुने गरेका फलफुल बाट जाम अथवा जुस बनाउनका लागि मेशिन पनि खरिद गाउँपालिकाले गरेको छ । गाउँपालिकाको समृद्धिको मुल आधार कृषि नै हो । के गर्दैछ पालिका ? गाउँपालिकामा कृषि बीमाको पनि सुरुवात गरेको र च्याउ खेतीका पकेट क्षेत्र पनि छुट्याऐका अध्यक्ष रामकृष्ण थापा बताउँछन् । भिमसेनथापा गाउँपालिका गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यो गाउँपालिका पर्छ । कृषि विकास कृषि विकासको लागि पनि गाउँपालिकामा धेरै काम गर्दै आएको छ । यहाँका धेरै मानिसहरु खेतीकिसानी गर्छन् । सकभर जमीनलाई बाँझो नराख्न गाउँपालिकाले आग्रह गरेको छ । त्यसैगरी किसानलाई सहुलियत दिने योजना पनि गाउँपलिकाले अगाडि सारेको छ । फलफुल तथा तरकारीको पकेट क्षेत्र पनि गाउँपालिकाले छुट्याएको छ । पकेट क्षेत्रमा पनि किसानलाई व्यावसायिक बनाउने र अनुदान समेत दिने व्यावस्था मिलाएको छ । गाउँपालिकामा रहेका किसानहरुलाई ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर वितरण पनि गर्दै आएको छ । कोदो खेती धेरै मात्रामा गर्ने किसानलाई पुरष्कारको पनि व्यवस्था पालिकाले मिलाएको छ । किटनासक औषधी पनि गाउँपालिकाले वितरण गर्दै आएको छ । किसानलाई मलको पनि व्यवस्था मिलाएको छ । गाउँपालिकाले कोदो कुट्ने मेशिन पनि किसानहरुलाई गाउँपालिकाले उपलब्ध गराएको छ । के गर्दैछ पालिका ? कृषि विकासको लागि भनेर वार्षिक रुपमा लगभग ५० लाख रुपैयाँ बराबरको बजेट छुट्याउँदै आइरहेको तथा आलु र मकैको विउमा ५० प्रतिशत अनुदान वितरण गरेको पनि अध्यक्ष ईश्वर पाण्डे बताउँछन् । तीनपाटन गाउँपालिका बागमती प्रदेश सिन्धुली जिल्लामा यो गाउँपालिका पर्छ । कृषि विकास कृषिमा गाँउपालिकाले अनुदान दिने गरेको छ । कृषकहरुलाई ५० प्रतिशत लगानी गर्ने र गाँउपालिकाको तर्फबाट ५० प्रतिशत अनुदान दिने व्यावस्था रहेको छ । अहिले साझेदारीमा कृषि सम्बन्धि काम गाउँपालिकाले गरिरहेको छ । किसानहरु पनि अहिले उत्साहित छन् । कृषि विकास बैंकले पनि कृषकहरुलाई ऋण दिइरहेको छ । प्रदेश सरकारले पनि ३ अर्ब पैसा राखेर कृषि विकास बैंक माफर्त ५ लाख र १० लाख रुपैयाँको ऋण दिइरहेको छ । थेरै भएपनि ३ प्रतिशत ब्याजमा पाउने भएपछि कृषकहरु उत्साहित नै छन् । यसकोे लागि गाउँपालिकाले स्थलगत अनुगमन गरेर मात्र दिने व्यवस्था मिलाएको छ । मुख्य उत्पादनको रुपमा धान खेति नै छ । कृषिको लागि गाँउपालिकमा रहेका कृषकहरुलाई उन्नत जातका मकै, धान आदिको विउ वितरण गर्दै आइरहेको छ । के गर्दैछ पालिका ? वर्षक कृषि क्षेत्रको लागि २ करोड रुपैयाँ बजेट छुट्याहदै आएको गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर मगरले जनाकारी दिए । कालिका गाउँपालिका यो गाउँपालिका रसुवा जिल्लामा पर्छ । कृषि विकास कृषि विकासको लागि गाउँपालिकामा किसानहरुले उत्पादन गरेको दुध बिक्री गर्ने ठाँउ थिएन । हाल गाँउपालिकाले सहकारीसँग मिलेर दुध डेरीको स्थापना गरेको छ । कृषि अनुदानको पनि कार्यक्रमा रहेको छ । धेरै अनुदानको रुपमा नभई कसैले भैँसी पालन गर्ने, बाख्रा पालन गर्ने कृषकलाई ५० प्रतिशत अनुदान दिने गाउँपालिकाले व्यवस्था मिलाएको छ । अहिले केन्द्रबाट कृषिको कार्यक्रममा तरकारी पकेट क्षेत्र कार्यक्रम आएको छ । यी कार्यक्रमहरु गाँउपालिकाले नै गर्ने हो । किसानलाई चाहिने आवश्यक टनेलहरु, सिचाइँको लागि टनेल ५० प्रतिशत अनुदाको रुपमा उपलब्ध गराउने पनि गरेको छ । अहिले किसानहरुले तरकारी खेतिमा पनि अगाडि बढिरहेका छन् । के गर्दैछ पालिका ? विभिन्न तरकारी उत्पादन हुने भएकाले मुख्य उत्पादन यहि हो भनेर यकिन गर्ने सकिने अवस्था छैन र कुनै किसानले वार्षिक रुपमा ४ लाख रुपैयाँ सम्मको तरकारी पनि बेच्दै आएको गाउँपालिकाकि अध्यक्ष सीताकुमारी अधिकारीले बताइन् । दोरम्बा गाउँपालिका बाग्मती प्रदेश रामेछाप जिल्लामा यो गाउँपालिका पर्छ । कृषि विकास गाउँपालिकामा रासायनिक मलको अभाव रहेको छ । गाउँपालिकाका सबै वडामा कृषि समिति पनि गठन भएको छ । खेति गर्न किसानलाई गाउँपालिकाले बिउहरु अनुदानमा उपलब्ध गराउने व्यावस्था रहेको छ । बेमौसमी तरकारीको बिउ गाँउपालिकाले निःशुल्क रुपमा उपलब्ध गराउने गरेको छ । यो गाँउपालिकमा धेरै आलु उत्पादन हुने गरेको छ । आलुको विउको लागि गाँउपालिकाले ५० प्रतिशत अनुदानको रुपमा वितरण गर्ने गरेको छ । कृषिको लागि गाउँपालिकाले १ कारोड ५० लाख रुपैयाँ बजेट छुट्याएको छ । कृषिको लागि कृषि सम्बन्धि तालिमको पनि सञ्चालन गरेको छ । गाँउपालिकाले सकेसम्म कृषिलाई आधुनिकिकरण गर्ने सोच रहेको छ । के गर्दैछ पालिका ? गाँउपालिकमा बाजो जमिन नराख्ने, खेतीयोग्य जमिनको उपभोग गर्ने किसानहरुलाई आग्रह गरेको गाउँपालिकालका अध्यक्ष कमानसिंह तामाङ बताउँछिन् । बेसीशहर नगरपालिका गण्डकी प्रदेश लमजुङ जिल्लामा यो गाउँपालिका पर्छ । कृषि विकासको लागि हामीले धेरै काम गर्दै आएका छ । यस पटक नगरपालिकामा ३० वटा बाख्राको खोरको लागि २० भन्दा बढी बाख्रा पाल्नेलाई ४० हजारको दरले रकम विनियोजन गरेका पनि छ । गाई, गोरु ल्याउनेलाई ढुवानी खर्चको पनि गाउँपालिकाले व्यावस्था मिलाएको छ । घास काट्ने मेसिन पनि गाउँपालिकाले कृषकलाई उपलव्ध गराएको छ । पशुपालनमा बोयार जातिको बाख्राहरु वितरण गर्दै पनि आएको छ । विउ विजनको लागि गाउँपालिकाले हाइब्रिडमा अनुदान दिएको छ । गत वर्ष गाउँपालिकाले १ सय ११ वटा हाते ट्याक्टर वितरण गरेको थियो । यो वर्ष ९० ओटा ट्याक्टर वितरण पनि गाउँपालिकाले लागेको छ । मौरी पालनका लागि गत वषै २ सय मौरीका घारहरु वितरण गरेको थियो । यो वर्ष पनि २ सय वटा नै वितरण गर्ने कार्यक्रम छ । गत वर्ष गाउँपालिकाले ४ सय वटा टनेल वितरण गरेको थियो भने यो वर्ष सयभन्दा बढी वितरण गर्न लागेको छ । गाउँपालिकाले टनेलहरु, मौरीका घारहरु, अल्लो, धान काटने मोसिनहरु कृषकहरुलाई वितरण गर्दै आएको छ । कृषिमा मानिस धेरै नआउने भएकाले लागत घटाउनु पर्ने अवस्था रहेको छ । के गर्दैछ पालिका ? विउविजनहरु पहिला निःशुल्क वितरण गरेको थियो । तर, निःशुल्क वितरण गर्न नहुने रहेछ, किनकि विउ विजन धेरै लैजाने तर विउ नरोप्ने, फालिदिने जस्ता कार्य भएको पनि पाइएको मेयर गुमानसिंह आर्यल बताउछन् । कृषि क्षेत्रको विकासका लागि नगरपालिकाले १ करोड रुपैयाँ बजेट छुट्टयाएको मेयरले जानकारी दिए । सुनकोशी गाउँपालिका बागमती प्रदेश सिन्धुली जिल्लामा यो गाउँपालिका पर्छ । कृषि विकास पालिकामा कृषि पाठशालाबाट कृषकहरुलाई उन्नत खेती कसरी गर्ने, व्यावसायिक खेती कसरी गर्ने भन्ने विषयमा तालिम प्रदान ग¥दौं आएको छ । कृषिअनुदानको पनि विभिन्न कार्यक्रमहरु गाउँपालिकामा रहको छ । सस्तो ब्याज दरमा ऋण उपलब्ध गराउने योजना छ । विशेष गरेर तरकारीे, पशुपालन, फलफूलको, अलैची, किवीखेती पकेट क्षेत्र छुट्याएर किसानहरुलाई सहयोग गर्ने कार्यक्रम पनि गाउँपालिकाले ल्याएको छ । गाँपालिकाले निःशुल्क विउ विजनहरु वितरण गर्दै आएको छ । रासयनिक मलको अभावले अर्गानिक मलको प्रयोग गर्ने र रासायनिक मलको अन्त्य गर्ने कार्यक्रमहरु गाँउपालिकालले अगाडी बढाइरहेको छ । किसानहरुलाई सुलभ ऋण उलब्ध गराउनको लागि राष्ट्रिय बाणिज्य बैंकसँग सम्झौता गाउँपालिकाले गरेको छ । के गर्दैछ पालिका ? कृषि र पशुपालनको लागि गाँउपालिकका वार्षक १÷१ करोड रुपैयाँ बजेट पनि छुट्टयाएको गाउँपालिकाकी अध्यक्ष दिपा बोहोरा बताउछिन् । खाँदबारी नगरपालिका प्रदेश १ अन्तर्गत संखुवासभामा यो गाउँपालिका पर्छ । कृषि विकास नगरपालिकाले कृषि विकासका लागि सहयोगका विभिन्न कार्यक्रमहरु ल्याएको छ । कृषि पाठशालाबाट कृषकहरुलाई उन्नत खेती कसरी गर्ने, व्यावसायिक खेती कसरी गर्ने भन्ने विषयमा तालिम प्रदान गरिन्छ । कृषकहरुले घुम्ती तालिम व्यवस्था गर्ने र त्यसबाट कम्पोष्ट मल बनाउने तालिम लिन सक्ने छन् । महिला, दलित, पिछडिएको समूहलाई लक्षित गरेर सहयोगका कार्यक्रमहरु पनि नगरपालिकाले ल्याएका हो । कृषकलाई मल वितरण गर्ने कार्यक्रमहरु पनि नगरपालिकाले ल्याइएको छ । बाली बीमाहरुलाई पनि प्राथमिकता दिएका छौं । बीमाबाट नोक्सान भएका बालीहरुको क्षतिपूर्ति हुन्छ भन्ने कुरा कृषकलाई बुझाउन कार्यक्रमहरु अगाडी बढी रहेको छ । निर्वाह कृषि प्रणालीलाई व्यावसायिक बनाउनु पर्छ भन्ने कार्यक्रम छन् । पशुपालनका क्षेत्रका कार्यक्रमहरु पनि अगाडि सारेका छौं । नगरपालिकाले उन्नत जातका पशुहरु वितरण गर्ने, जस्तै बाख्रा पालनमा बोयर जातिका बाख्रा ल्याउने, बोयर जातिको बाख्रा र अन्य जातिको बाख्राबीच क्रश गर्ने, उन्नत जातका गाईहरु ढुवानी गरेर ल्याउला ढुवानी अनुदान दिने, भकारो सुधार, गोठ सुधार कार्यक्रमहरु राख्ने नगरपालिकाले गरिरहेको छ । १० लिटर भन्दा बढि दुध उत्पादन गर्ने कृषकहरूलाई प्रति लिटर १ रुपैयाँको दरले प्रोत्साहन उपलब्ध गराउने कार्यक्रमहरु रहेको छ । कृषकहरूलाई नगरपालिकाले प्लास्टिक टनेलहरू ५० प्रतिशत कममा अनुदान दिने गरेको छ । कृषकहरूका लागि जमिन जोत्ने साधन हाते ट्रयाक्टर ५० प्रतिशत अनुदानमा ३ वर्षदेखि नगरपालिकाले दिँदै आएको छ । माछा पालन गर्ने कृषकहरुलाई पोखरी निमार्णका लागि सहयोग गर्दै आएको छ । अर्गानिक मलको प्रयोग गर्ने र रासायनिक मलको अन्त्य गर्ने कार्यक्रमहरु नगरपालिकाले अगाडी बढाई रहेको छ । किसानहरुलाई सुलभ ऋण उपलब्ध गराउनको लागि राष्ट्रिय वाणिज्य बैंकसँग सम्झौता नगरपालिकाले गरेको छ । हाल किसानहरुले आफ्ना प्रस्तावना अनुसार ३ लाखदेखि १५ लाख रुपैयाँसम्म बिना धितो ब्याज अनुदानमा ऋण पाउनेछन् । महिलाले ऋण लियो भने १ रुपैयाँ ७४ पैसा मात्र ब्याज तिर्नु पर्नेछ । पुरुषहरूले ऋण लियो भने २ रुपैयाँ ७४ पैसा मात्र पर्ने सम्झौता नगरपालिकाले बैंकसँग गरेको छ । यो ऋण उपलब्ध पनि नगरपालिकाले तत्कालै लागु गर्ने छ । नगरपालिकाले थोपा सिंचाई क्षेत्रमा पनि प्रयत्न गर्नुपर्छ भन्ने विषयमा सोचेको छ । के गर्दैछ पालिका ? कृषि दरलाई प्राथमिकता दिएर सहकारीमार्फत व्यावसायहरु सञ्चालन गर्नको लागि प्रयत्न गरेको मेयर मुरारी प्रसाद खतिवडा बताउँछन् ।