हामी भित्र रहेका सकारात्मक र नकारात्मक पक्षलाई हाम्रो खुसीले प्रभाव पार्छ, यसरी रहनुहोस् सधैं खुशी :
काठमाडौं। मानिस कसरी खुसी हुने भन्ने कुरा उसको जीवन यापन, चाहना, सन्तुष्टि तथा व्यक्तित्वसँग सम्बन्धित हुन्छ । फिनल्याण्ड र विश्वमा सबैभन्दा खुसी देश भएको एक अध्ययनले देखाएको छ । फिनल्याण्ड विश्वकै खुसी देश हो तर धनी देश होइन । विश्वकै धनी देश त अमेरिका हो तर त्यहाँका मान्छेहरू भने पूर्णरुपमा खुसी छैनन् । हामी भित्र रहेका सकारात्मक र नकारात्मक पक्षलाई हाम्रो खुसीले प्रभाव पार्छ । प्रेम, अधार, अनुग्रह, आनन्द जस्ता सकारात्मक भावनाले हाम्रो जीवनमा खुसी लयाउँदछ। खुसी मानिस निकै ऊर्जाशील हुन्छन् र जिन्दगीमा धेरै सफलतासमेत हात पार्छन्। निःसन्देह हामी सबै खुसी हुन चाहन्छौँ। तर खुसी कसरी रहने त ? मुस्कान मुस्कानले मानिसलाई खुसी बनाउँछ । सधैं सकारात्मक चिन्तनका साथ अघि बढ्न प्रेरित पनि गर्छ । मिचिगन विश्वविद्यालयको अध्ययन अनुसार मुस्कानले मानिसलाई ऊर्जाशील बनाउँछ । बौद्धिक काम गर्ने क्षमता बढाउनका लागि समेत मुस्कुराउन जरुरी छ। मुस्कानले केही मात्रामा पीडा पनि कम गर्छ। ‘मुस्कानले हामीलाई आनन्द महसुस गराउँछ । हाम्रो सोच्ने शक्तिमा वृद्धि गराउँछ’, मनोविद् जोन इटल भन्छन्। जब आनन्द महसुस हुन्छ निसन्देह खुसी प्राप्त हुन्छ । व्यायाम व्यायाम तनाव कम गर्ने उत्तम उपाय हो। व्यस्त मानिसहरुलाई धेरै व्यायाम गर्ने फुर्सद कहाँ? जम्मा ७ मिनेट समय व्यायामलाई छुट्याएमा तनावलाई भगाएर खुसी रहन सकिन्छ । यसको परीक्षणका लागि वितृष्णाका रोगीलाई दुई तरिकाले उपचार गराइयो। एउटालाई औषधि दिएर, अर्कोलाई व्यायाम गराएर र एकलाई दुवै विधिले। परिणाम आश्चर्यजनक देखियो। ‘सहभागीमध्ये व्यायाम गर्नेहरुमा वितृष्णा निकै कम थियो’, साउन एकरले द एडभान्टेज अफ ह्याप्पीनेस पुस्तकमा उल्लेख गरेका छन्। व्यायामले मानिसलाई आनन्दित बनाउँछ। स्मरण शक्ति बढाउँछ। स्वास्थ्य मनोविज्ञान सम्बन्धी अध्ययनले दैनिक व्यायाम गर्ने मानिसहरुको शारीरिक अवस्थामा कुनै परिवर्तन नआउँदा पनि उनीहरु असाध्यै खुसी र तनावरहित हुने देखाएको छ । परिवार र साथीसँग रमाउने घरपरिवार र साथीभाइसँग समय बढी बिताउने मानिस धेरै खुसी हुने गरेका छन्। ‘साथीभाइ, इष्टमित्रसँगको जमघटबाट प्राप्त हुने खुसी निकै पृथक् खालको छ, जब हामी जमघट गर्छौं सबै पीडा भुलेर बडो आनन्द महसुस हुन थाल्छ’ विज्ञ डेनियल भन्छन्। साथीभाइसँग समय बढी बिताउँदा सामाजिक सम्बन्ध बलियो बन्छ। आपतविपतमा सहजै सहयोग पाइन्छ र दुस्खी हुनुपर्ने अवस्था आउँदैन।’सामाजिक सम्बन्ध बलियो भएको मानिसले सबैको साथ र सहयोग पाउँछ। उसले एक्लो महसुस गर्नुपर्ने अवस्था नआएपछि खुसी स्वतस् प्राप्त हुन्छ’, डेनियल थप्छन्। ध्यान ध्यानले एकाग्रता बढाउँछ। तनाव कम गराउँछ। मानिसलाई शान्त बनाउँछ। ध्यानले सकारात्मक ऊर्जासमेत बढाउने भएकाले ध्यान गर्ने मानिसहरु समेत खुसी हुन्छन्। ‘ध्यानले दिमाग स्वच्छ हुन्छ र तनाव पनि घटाउँछ’ साउन एकर पुस्तक द एडभान्टेज अफ ह्याप्पिनेसमा लेख्छन्। यात्रा अमेरिकन मेट्रोलोजिस्ट एशोसिएसनले प्रदूषित वातावरणका कारण बढ्दै गएको तापमानले पनि मानिसमा बढी वितृष्णा हुने गरेको बताएको छ। स्वच्छ हावामा घुम्दा सकरात्मक ऊर्जा प्राप्त हुन्छ। भ्रमणले पनि खुसी प्राप्ति हुने सान एकरले आफ्नो पुस्तक ‘द एडभान्टेज अफ ह्याप्पिनेसुमा उल्लेख गरेका छन्। स्वच्छ हावामा घुम्न निस्कँदा आनन्द महसुस हुने भएकाले खुसी प्राप्त हुने उनको भनाइ छ। ‘स्वच्छ हावामा २० मिनेट मात्रै घुम्दा पनि सकरात्मक ऊर्जा प्राप्त हुन्छ,’ एकर आफ्नो पुस्तकमा लेख्छन्। मस्त सुताइमस्त निदाउने मानिस बढी खुसी हुने गरेको देखिएको छ । मस्त सुत्दा शरीरलाई आराम हुनुका साथै शरीर फुर्तिलो हुने विज्ञ अस्ले मेरिम्यान बताउँछन्। कम सुत्ने मानिसमा नकारात्मक भावना बढी हुने अनुसन्धानले देखाएको छ। उनीहरुमा रिसाउने र झर्किने स्वभाव बढी हुने गरेको पाइएको छ। अरुलाई सहयोग अरुलाई सहयोग गर्दा पनि खुसी प्राप्त हुन्छ। सहयोग गर्दा खुसी प्राप्त हुने वा नहुने पत्ता लगाउनका लागि १ सय ५० मानिसमा अध्ययन गरिएको थियो। ‘कन्सर्ट, घडी, जुत्ता लगायतका वस्तुमा खर्च गर्ने मानिस र सामाजिक काममा दान गर्नेहरुमा अध्ययन गर्दा सामाजिक काममा खर्च गर्ने मानिस आफ्नो रकमको हिस्साले अरुले सहयोग पाएकोमा औधी खुसी थिए’, द एड्भान्टेज अफ ह्याप्पिनेस पुस्तकमा उल्लेख छ। ‘
पोखरामा ११ हजार तिरेर बेलुनमा उड्न पाइने, ८ जनासम्म अट्ने दुर्इअाेटा बेलुन ल्याइयाे
पोखरा । पर्यटकीय नगरी पोखरामा साहसिक खेलको विस्तार भएको छ । बोटिङ, बञ्जीजम्प, जिप फ्लायर, क्यानोनिङ लगायतका सेवा पाइने पोखरामा शनिबारदेखि हट एयर वेलुनमा उडेर पोखरा वरपरको दृष्यावलोकन गर्न पाइने भएको हो । को रूपमा शनिबारदेखि हट एयर बेलुन पनि थपिएको छ । साहसिक खेलको रूपमा समेत प्रसिद्ध पाएको पोखरामा प्याराग्लाइडिङदेखि लगायत अब हट बेलुन उडानबाट पर्यटकले पोखराको सुन्दरता दृश्यावलोकन गर्न पाउने भएका हुन् । बेलुन प्रालि नेपालले ५० लाख खर्चेर इटालीबाट ल्याएको उक्त्त बेलुनलार्इ शनिबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यसको उद्घाटन गरेका थिए । उक्त बेलुनमा ६ देखि ८ जनासम्म चढ्न मिल्नेछ । नेपालीका लागि प्रतिव्यक्ति ११ हजार रुपैंया शुल्क तेकिएको उक्त सेवाका लागि विदेशी नागरिकले भने १६० डलर तिर्नुपर्ने बेलुन प्रालिका प्रबन्ध निर्देशक प्रवीण महर्जनले जानकारी दिए । उनका अनुसार प्रत्येक यात्रुको रु २० हजार डलरको बीमा गरिएको छ । उद्घाटन कार्यक्रममा प्रदेश सरकारले सन् २०२२ सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको भन्दै मुख्यमन्त्री गुरुङले पर्यटनविना समृद्धि प्राप्त नहुने उल्लेख गरे । प्रदेश सरकारले जनसङ्ख्याको हाराहारीमा पर्यटक भित्र्याउने लक्ष्य लिएको उनको भनार्इ थियो ।
कपाललाई कसरी स्वस्थ्य बनाउने ? हरेक दिन कपाल धुनेले बारम्बार स्याम्पु प्रयोग नगरौं
काठमाडौं। कपाललाई कसरी स्वस्थ्य बनाउने हर कोहीको चाँसोको बिषय हो। कपाललाई स्वस्थ्य बनाउन खानपानदेखि स्यहार-सुसारसम्ममा ध्यान दिनुपर्छ । यस तालिकाभित्र तेलले मसाज गर्ने, धुने कुरा पनि समेटिन्छन्। कपाल सफा राख्ने कुरा गर्दा हप्तामा कतिपटक धुने भन्ने प्रश्न उठ्छ । कोही हप्तामा एक पटक कपाल नुहाउँछन् त कोही ३-४ पटक । हप्तामा यति नै दिन नुहाउनुपर्छ भन्ने कुनै नियम त छैन । तर, सफा हुने नाममा बारम्बार सेम्पु दल्दा कपाललाई नोक्सानी पनि पुग्न सक्छ। हरेक व्यक्तिहरुको कपाल फरक प्रकृतिको हुन्छ । त्यसै कुनै पनि रुटिन पछ्याउनुभन्दा अगाडि तपाईंले थुप्रै पक्षहरुलाई ध्यान दिनुपर्छ । कपालमा जिनको प्रभावलाई नजरअन्दाज गर्न सकिन्न । त्यसैले तपाईंले त्यतिबेलासम्म कपालमा प्रयोग गरिरहनुपर्छ जबसम्म सही रुटिन प्राप्त हुँदैन । यो जरुरी छैन कि जुन प्रोडक्ट र विधिले अरुको कपाललाई फाइदा गरेको छ, त्यसले तपाईंलाई पनि फाइदा गरोस । कम्तिमा एक हप्ता एउटा रुटिन फलो गर्न सकिन्छ । त्यसमा चित्त बुझेन भने अर्को रुटिनमा जानुपर्छ। तीन दिनमा एक पटक कपाल धुनु ती व्यक्तिहरुका लागि उपयुक्त हुन सक्छ जसको दिनचर्या अलिकति सुस्त छ । हरेक विहान उठेर वर्कआउट गर्ने व्यक्तिहरुको कपाल चिपचिपे हुन्छ । उनीहरुका लागि यो रुटिन सही हुँदैन । यसैगरी तपाईंको खानपानको आदतले पनि कति चाँडो चाँडो कपाल धुनुपर्छ भन्ने बताउँछ । तर, सबैलाई हुने एउटा समस्या हो, बढ्दो उमेरसँगै कपाल रुखो हुनु। यस्तोमो नियमितरुपमा सेम्पु प्रयोग गर्नुको साटो कन्डिसनिङ गर्नु उपयुक्त हुन्छ। कपालमा आईरहने सानोतिनो तेलको परवाह नगरौं सामान्यतया हामी कपाल चिपचिपे हुनुको दोष स्काल्प (कपालको जरासहितको छाला) बाट स्वत निस्कने तेललाई दिन्छौं । अनि यो तेललाई कम गर्नका लागि हामी विभिन्न प्रोडक्टहरु प्रयोग गर्छौं । यसपछि हामी कपाललाई पोषित गर्नका लागि अर्गानिक, महत्वोपूर्ण तेल मसाज पनि गर्छौं । यो एउटा चक्र जसरी घुमिरहन्छ । तर, सत्य के हो भने स्काल्पले उत्पादन गर्ने तेल कपालका लागि सबैभन्दा उपयुक्त हुन्छ । त्यसैले यस्ता उत्पादनहरुबाट टाढै बस्न राम्रो हुन्छ। सल्फेट्सबाट टाढा रहनुहोस् सेम्पु र कन्डिसनरमा सल्फेट्स हुन्छ । यसले तपाईंको स्काल्प र कपालबाट फोहोर तथा तेललाई हटाएर त्यसलाई सफा गर्छ । तर, सल्फेट्सको समस्या के हो भने यसले स्काल्पको प्राकृतिक तेल र पसीना तथा फोहोरयुक्त चिपचिपमा अन्तर भेट्दैन । सल्फेट्सले प्राकृतिक तेललाई पनि स्काल्पबाट अवशोषित गर्छ । त्यसैले सकेसम्म सल्फेट-फ्री सेम्पू र कन्डिसनर प्रयोग गरौं । बारम्बारको स्याम्पु प्रयोग नगरौं बारम्बार सेम्पु दल्नाले कपालको प्राकृतिक तेल नष्ट हुन्छ । त्यसैले सँधै सेम्पु दल्नुका साटो कहिलेकाहीँ पानीले मात्रै कपाल सफा गर्न पनि सकिन्छ । कपाल भिजाउने र औंलाले मसाज गरेर फोहोर सफा गर्नुस । त्यसपछि सफा पानीले कपाल पखाल्नुपर्छ । कन्डिसनरको प्रयोग गर्न सकिन्छ, तर ध्यानमा राखौं कि यसलाई कपालको आधा भागबाट सुरु गरेर तलसम्म लगाउनुपर्छ । ब्युटिसियन दिकी शेर्पासँगको कुरामा आधारित