तमु ल्होसारमा सार्वजनिक बिदा दिने निर्णय
काठमाडौं।गुरुङ जातिको नयाँ बर्ष “तमु ल्होसार” पर्वको अवसरमा पुस १५ गते आइतवार गण्डकी प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले शुक्रवार सूचना जारी बिदा दिने निर्णय गरेको हो। उक्त दिन गण्डकीस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी गराइएको छ । ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। तमु संस्कृति अनुसार पुस १५ गते खुसीसाथ सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवं नाचगान गरेर यो पर्व मनाइन्छ। ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।
कसरी अभिभावकलाई आफ्नो समस्या बताउने र बुझाउने ?
काठमाडौं। धेरै बुवाआमाहरुले आफ्नो बच्चाहरुको मनको कुरा बुझ्न सकिरहेका हुँदैनन। छोराछोरीहरुले आफ्नो समस्या भएका कुराहरु भन्दा पनि उनिहरुले त्यसमा खासै ध्यान दिईेएको पनि पाईदैन। बुवाआमालाई आफ्नो कुरा बुझाउन धेरैलाई हम्मे हम्मे पर्ने गर्छ। सबैभन्दा पहिला सबैको अभिभावक एकै किसिमका हुँदैनन। कसैको कुरा नभनी बुझ्ने हुन्छन् भने कसैले जति भने पनि बुझदैनन्। यो ब्यक्ती ब्यक्तीमा फरक पर्न जान्छ। कोही अभिभावक आफ्नो कुरा पनि बच्चाको अगाडि खुलेर राख्दैनन् र बच्चाहरुलाई पनि आज विधालयमा के गर्यौ, खाजा के खायौ, घरमा के गर्यौ भनेर पनि सोध्दैनन। यस्तो हुँदा अभिभावक र छोराछोरी बिच दुरी बढ्दै जान्छ जसको कारणले आफुलाई आईपर्ने समस्याको बारेमा बच्चाहरुले खुलेर अभिभावकलाई भन्न झक्झकाउँछन्न। जो आभिभावक बच्चाहरुलाई धेरै बोल्न दिदैनन् र आफ्नो मात्रा कुरा सुन्न भन्छन्, यस्ता अभिभावकलाई छोराछोरीले कुरा बुझाउन निकै नै अफ्ठेरो हुने गर्छ।जुन बच्चा आफ्नो आमाबुवाको धेरै सम्मान गर्छ, उहाँहरु बोल्दा बोली फर्काउन सक्दैन, सोझो छ त्यस्ता ब्यक्तीलाई आफ्नो बुवाआमालाई सम्झाउन गार्हो हुन्छ। मनमा जे आयो त्यही बोल्नेहरुलाई यस्तो कुरामा खासै समस्या पर्दैन। जसलाई आफ्नो समस्या अभिभावकलाई भन्न गार्हो हुन्छ उनीहरुले यि कुरालाई अप्नाए आफ्नो कुरा अभिभावकलाई राम्रोसँग राख्न सक्छन्। के गर्ने ? बुझन् नखोज्ने आमाबुवालाई सम्झाउनको लागि तपाईंले सबैभन्दा पहिला तपाईंको ब्यक्त गर्ने शैलीमा परिवर्तन ल्याउन जरुरी छ। तपाईंलाई मानसिक पिडा छ वा अरु कुनै समस्या छ भने सबैभन्दा पहिला आफ्नो मिल्ने साथीहरुसँग कुरा गर्नुहोस् अझै घर आईरहने साथीसँग आफ्नो कुरा राख्नुहोस् धेरै समयमा अभीभावकहरुले तपाईको कुरा नसुनेर तपाईंको साथीको कुरा सुन्ने गर्छन्। अथवा बिधालयामा आफ्नो शिक्षकसँग कुरा गर्नुहोस् किनभने आमाबुवाले शिक्षकको कुरामा पनि विश्वाश गर्नेगर्छन्। के नगर्ने ? १। सिधै मलाई त डिप्रेसन छ भनेर कहिले पनि नभन्नुहोस्। यसो भन्दा प्राय आमाबुवाले तँलाई किन के चिन्ता परेको छ, हामीले सबै गर्देको छौ, तेरो काम पढ्ने हो तँ पढ् र भनेर भन्नुहुन्छ। २। यदी आफ्नो बुवाआमा त्यस्तै नबुझ्ने हुनुहुन्छ भने सर्वप्रथम त तपाईंलाई के कस्तो समस्या भईरहेको छ त्यसको एउटा लिस्ट तयार पार्नुहोस्। लिस्ट बनाउँदा लक्षणहरु लेख्नुहोस् र त्यस लक्षणले आफुलाई कस्तो असर गरेको छ त्यो सबै लेख्नुहोस् र ति लक्षणहरु किन सामान्य होईनन् त्यो पनि लेख्नुहोस्। उदाहरणको लागि- यदी तपाईंलाई निन्द्रा लागेको छैन भने तपाईंलाई कति दिन देखी कति समय निन्द्रा लागेको छैन त्यसकुरालाई स्पस्ट पार्नुहोस्। निन्द्रा सामान्य रुपमा धेरैलाई लागिरहेको हुँदैन तर तपाईलाई निन्द्रा नलाग्नु सामान्य होईन भनेर स्पस्ट पार्नुहोस्। एक दिन-दुई दिन निन्द्रा नलाग्नु सामान्य हुनसक्छ तर २-३ हप्ता सम्म निन्द्रा नलाग्नु सामान्य हुनसक्दैन। ३। मलाई डिप्रेसन छ भनेर भन्नु भन्दा पनि मैले चिन्ता लिनु पर्ने बिषय केही पनि छैन त्यै पनि म चिन्ता लिईरहेको हुन्छु भनेर भन्नुहोस्। म भित्रै देखी खोक्रो महसुस गरिरहेको छु तर थाहा छैन किन भईरहेको छु भनेर भन्नुहोस्। त्यसो भनेपछी बुवाआमाले भन्ने बाटो केही पनि हुँदैन।
घरेलु काममा रमाउँदै महिला श्रमिक, कस्तो काम गर्छन् ?
ललितपुर । वैदेशिक रोजगारीमा गएका श्रीमान फर्किएर पनि नआउने र उताबाट पैसा पनि नपठाउँदा अञ्जना पाठकले घरेलु श्रमिकका रुपमा काम गर्न थालेकी थिइन् । त्यतिबेला काम गर्दा अरुको भान्सामा काम गर्ने, भाँडा माझ्ने र लुगा धुने भन्दै धेरैले त्यो कामलाई अपहेलना गर्थे । समाजले सम्मान नगरेपनि बाध्यताले गर्दा उनले काम छाड्न सक्नुभएन र निरन्तरता दिइरहिन् । सामाखुशी र आसपासका परिवारमा काम गर्दागर्दै उनी श्रमिक सङ्गठनमा संलग्न भइन् । त्यतिबेला भन्दा अहिले मजदूर एक भएकाले मजदूरका अधिकार स्थापित हुँदै गएको उनको अनुभव छ । धेरै दिदीबहिनी विदेशमा घरेलु श्रमिकका रुपमा गएर दुःख पाएर फर्किरहँदा उनी भने खुशी भएर स्वदेशमै काम गर्छिन । आफ्ना दिदीबहिनी र साथीलाई समेत घरेलु श्रमिकका रुपमा काम गर्न उनी सल्लाह दिन्छिन् । उनले भनिन्, “विदेशको कानून फरक भएकाले दुःख भए पनि यहाँ काम गर्दा त्यस्तो समस्या पर्दैन ।” घरेलु श्रमिकका रुपमा काम गर्न विदेशमा भन्दा स्वदेशमा सजिलो भएको अञ्जनाले बताइन् । दिनभर काम गरेपनि बिहान साँझ आफ्ना सन्तानसँग टाढा हुनु पर्दैन । उनी एकै दिनमा दुई तीन वटा घरसम्म काम गर्छिन् । कुनै घरमा भान्साको काम मात्रै त कतै बालबालिका र कतै ज्येष्ठ नागरिकको हेरचाह गर्छिन् । उनी भन्छिन्, “विदेशिका आमाबुबा र छोराछोरी हेर्नु भन्दा थोरै पैसामा भए पनि नेपालीका घरपरिवारमा काम गरौं भनेर विदेशबाट फर्किएकालाई सम्झाउँछु ।” विदेश जानका लागि एक दशक पहिले काठमाडौँ आएकी मनिषा घिमिरे अहिले बसुन्धाराको एउटा घरमा काम गर्छिन् । अरुको लहैलहैमा उनी साउदी अरब जाने योजना बनाउँदै थिइन् । घरेलु श्रमिकका रुपमा गएका मानिसको त्यहाँ हत्या भएको सुनेपछि डराएर स्वदेशमै केही गर्ने योजना बनाइन् । नजिकैका घरबाट बोलाएपछि उनी बिहान साँझ यो काम गर्न थालिन् । अहिले भने पूरै समय एउटा परिवारका लागि काम गर्छिन् । यही कामबाट कमाएरै मनिषाले छोरालाई पढाएकी छिन् । । विदेशमा बगाउने पसिना यहीँ बगाउँदा राम्रो कमाउन सकिने उनको अनुभव छ । उनले भनिन्, “यहाँ पनि १८ घण्टा काम गर्दा उता बराबर कमाउन नसकिएला, तर परिवार पाल्न सक्ने कमाइन्छ ।” काठमाडौँ उपत्यकालगायतका शहरी क्षेत्रमा एकल परिवार बढ्दै जाँदा वा कामकाजी महिला बढ्दा घरेलु श्रमिकको सङ्ख्या बढ्दै छ । काम अनुसारको पारिश्रमिक नपाए पनि धेरै श्रमिकले यही कामबाट जीविकोपार्जन समेत गरिरहेका छन् । पहिले सम्मान नभएको कामका रुपमा लिइएको घरेलु श्रमलाई विस्तारै परिवार र समाजले स्वीकार गर्न थालेको घरेलु श्रमिक बताउँछन् । शर्मिला खत्री मैतीदेवीमा एउटी वृद्धाको स्याहार गर्छिन् । त्यस घरका श्रीमान श्रीमती नै कार्यालय गएदेखि फर्किएर आउँदासम्म वृद्धालाई खाना र औषधि खुवाउने, लुगा धुनेलगायतका काम गर्नुहुन्छ । श्रीमान्ले अर्को विवाह गरेपछि उनले यो घरमा काम शुरु गरेकी थिइन् । कतिपय महिला श्रीमानलाई आर्थिक रुपमा सहयोग गर्ने उद्देश्यले घरेलु श्रमिकका रुपमा काम गरेका छन् भने धेरैले श्रीमानले अर्को विवाह गर्दा, आर्थिक सहयोग नगर्दा वा श्रीमान नकमाउँदा काममा लागेका छन् । श्रीमान आर्थिक सहयोग नगर्दा पनि महिलाले खान बस्नदेखि सन्तानको शिक्षा यही कामबाट पूरा गरिरहेका छन् । रासस