बनेपाकी रोशनीको उद्यम मोह: ‘पढाई शिक्षाशास्त्र, बनिन् उद्यमी’
काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाकी रोशनी उपाध्याय एक सफल उद्यमी हुन् । उनले हस्तकला व्यवसायबाट राम्रो प्रगति गरिरहेकी छिन् । उनका काकाहरु बुनाई क्षेत्रमा संलग्न भएका कारण पनि यो व्यवसायमा प्रवेश गर्न र निरन्तर यही काममा संलग्न रहन सजिलो भएको बताउँछिन् । एसएलसी उत्तीर्ण गरेपनि उनी अध्ययनको क्रममा बनेपामा झरेकी थिइन्, उनी सामाजिक संस्थामा समेत आवद्ध छिन्, कलेज पढ्दा पढ्दै गर्दा उनको विवाह भएको थियो । जब उनको विवाह भयो, घरमा पनि सासुले हस्तकला सम्बन्धी विभिन्न प्रकारका वस्तु बन्ने हुँदा त्यहाँपनि उनलाई सहज नै भयो । आफ्नै एउटा उद्यम स्थापना गरेर केही महिला दिदीबहिनीहरुलाई रोजगारी प्रदान गर्ने सोचका साथ आफ्नै संस्था स्थापना गर्ने योेजना बनाइन् । सोही सिलशिलामा वि.स. २०५६ सालमा संस्था दर्तासँगै कामलाई निरन्तर रुपमा अगाडि बढाएको उनले बताइन् । उनले पढाईसँगै काममा निरन्तर संलग्न भइरहिन् । उनले शिक्षा संकायमा स्नातकोत्तर सम्मको पढाई पूरा गरेकी छिन् । शिक्षा संकायमा स्नातकोत्तर सम्मको पढाई पूरा गरेपछि उनले केही वर्ष विद्यालय पढाइन्, तर उनलाई उद्योगी बन्ने चाहना भने रहिरह्यो । उनी नेपाल घरेलु तथा साना उद्योग महासंघमा महिला समितिको उपाध्यक्ष छिन्, उनले हस्तकला उद्योग तथा प्रशिक्षण केन्द्र सञ्चालन गरिरहेकी छिन् । उनले सारथी महिला सिलाई तथा बुनाई प्रशिक्षण केन्द्र र अधिकारी इन्जिनियरिङ्ग कन्सल्टेन्सी दर्ता गरेको चलाइरहेकी छिन् । उनले ३ वटा उद्यममा ३० जना महिला दिदिबहिनालाई रोजगारी प्रदान गर्दै आएकी छिन् । महिला भएकै कारण हेपिएँ महिला भएकै कारण ‘महिला सहुलियत कर्जा’ सम्बन्धी वाणिज्य बैंकमा जाँदा त्यहाका कर्मचारीले हेप्ने, हाम्रो कुनै तह नै नभएको जस्तो व्यवहार गर्ने गरेको उनले बताइन् । सहुलियत पुनः कर्जा सम्बन्धी योजनाले केही हदसम्म उद्यमीमा सहयोग पुर्याइरहेको उनले बताइन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको केन्द्रिय महिला समितिको वरिष्ठ उपाध्यक्ष भएकै कारण विगत दुई वर्ष देखि सहुलियत कर्जा सम्बन्धी काम गर्दै आएको उनले बताइन् । आत्मनिर्भर हुँदै महिलाहरु महिला आफु नै आत्मनिर्भर भै समाजमा आफ्नो हैसियत कायम राख्न सक्ने भएका छन् । हामीले यस कोषमा रहेर घरभित्रको महिलाहरुलाई बाहिर ल्याउने र उनीहरुमा भएको सिप, प्रतिभा र क्षमतालाई प्रस्फुटन गराउनुका साथै उनीहरुलाई दर्ता प्रक्रियामा लैजानेका लागि आत्मनिर्भरको बाटो देखाउने गरिएको छ–उनले भनिन् । राष्ट्रपति उत्थान कार्यक्रम महिलालाई अघि बढाउँदै राष्ट्रपति उत्थान कार्यक्रमले महिलालाई उद्यमका क्षेत्रमा अघि बढाउन सहयोग गर्दै आएको उनले बताइन् । यो कार्यक्रम अहिले १६ वटा जिल्लामा कार्यान्वयन भइसकेको छ । सबै जिल्लाले कार्ययोजना पाएको छैनन्, त्यसैले राष्ट्रपति उत्थान सम्बन्धी योजना पूर्ण रुपमा कार्यान्वयन हुन सकिरहेको छैन्–उनले बताइन् । सरकारले यो योजना कार्यान्वयनका लागि ग्रामिण वस्तीमा जोड दिएर अगाडी बढ्नु पर्ने उनको भनाई छ । उद्यमी महिलालाई बिना परियोजना धितो राखेर २.५ प्रतिशत ब्याजदरमा १ लाखदेखि १५ लाखसम्म पाउने व्यवस्था भएसँगै उद्यमीलाई सहजता भएको उनले बताइन् ।
के तपाई वर्षभरी नपढेर परीक्षाको समयमा मात्र पढ्नु हुन्छ ? पास हुन अपनाउनुस् यी टिप्स
काठमाडौं। दैनिक १२ -१४ घण्टा पढ्नु स्वास्थ्यको लागि एकदम हानिकारक हुन्छ तर पनि हामी परीक्षाको केही दिन अगाडि सबै कोर्स सिद्दाउनलाई आफुलाई प्रेसर दिँदै लामो समय पढिरहेका हुन्छौं। वर्षभरी आफ्नो पाठ्यक्रमका किताबहरु नपढ्नेहरुको लागि परीक्षा भयानक सपना जस्तो हो। वर्षभरी किताब नपल्टाउने मानिसहरु धेरै हुने गर्छन् र उनीहरु परिक्षाको समय नजिकिँदै गर्दा म्यारथनमा भागे जसरी पढ्न शुरु गर्छन्। यहाँ केही टिप्स तथा सुझावहरू छन् जुन परीक्षाको केही हप्ता अगाडि मात्र आफ्नो किताब खोल्नेहरूलाई उपयुक्त हुनेछ। जसले तपाईंको लामो अध्ययन सत्रहरू सबैभन्दा प्रभावकारी बनाउन सक्छ र तपाईको ध्यान केन्द्रित गर्न मद्दत गर्दछ : १. एक पटकमा ठिक्क मात्रामा मात्र पढ्नुहोस् एकैपटक धेरै मात्रामा पढ्नु भन्दा थोरै थोरै गरेर परीक्षाको लागि तयार गर्नु एकदम प्रभावकारी हुने गर्दछ। यदि तपाईले आफुले पढ्न नभ्याएका पाठहरु हतार हतार गरेर पढ्नु हुन्छ भने तपाईले त्यो थोरै मात्र बुझ्नु हुनेछ जसकारण तपाईलाई परिक्षामा लेख्न समस्या हुने गर्दछ। २. लगातार २ घण्टाभन्दा धेरै नपढ्नुहोस् यदी तपाई लगातार पढ्नुहुन्छ भने २ घण्टा मात्र पढ्नु होस्। २ घण्टाको समयलाई पनि २५-२५ मिनेटमा विभाजन गरी हरेकमा ५ मिनेटको ब्रेक लिनुहोस्। यसरी ब्रेक लिएर पढ्दा तपाईले पढेको कुरा राम्रोसँग सम्झन सक्नु हुनेछ। ३. ‘ब्रेक’ लिएको समयमा परिक्षाको बारेमा नसोच्नु होस् जब तपाई ‘ब्रेक’ मा हुनुहुन्छ, तपाईले आफ्नो दिमाग र मनलाई कुनै पनि परीक्षा सम्बन्धी विचार वा तनावबाट मुक्त राख्नुपर्छ । यदि तपाई ब्रेकको समयमा पनि साथीहरूसँग पढाईको छलफल गर्न वा अध्ययनको योजना गर्नुहुन्छ भने तपाईले आफ्नो दिमागलाई ब्रेक दिनुभएको छैन। यदि तपाईले आफ्नो दिमागलाई ब्रेक दिनु हुँदैन भने तपाईको अध्ययनको अर्को चरण प्रभावकारी हुने छैन। ४. अध्ययन सामाग्रीलाई विभाजन गरेर पढ्नुहोस् पढ्नु पर्ने विषयलाई दुई भागमा विभाजन गर्न सकिन्छ : मुल विषय र विस्तृत बिषय। मुल बिषयमा सिद्दान्त, सूत्रहरू, महत्वपूर्ण रेखाचित्रहरू र ग्राफहरू हुन्छन् भने विस्तृत बिषयमा उदाहरण, कसैको भनाईहरु उल्लेख हुन्छन्। परीक्षामा सोधिएको प्रश्नहरूको लगभग ८० प्रतिशत मुख्य सामाग्रीबाट आउँदछ। यसैले, यदि तपाईं अधूरो पाठ्यक्रम को साथ संघर्ष गर्दै हुनुहुन्छ भने, विभिन्न विषयहरु को मुख्य सामाग्रीमा ध्यान दिनुहोस्। यसबाहेक, पछिल्लो केहि वर्षको सोधिएको प्रश्नहरुको अध्ययन गर्नुहोस् र परीक्षामा धेरै सोधिएका प्रश्नहरुलाई धेरै समय दिनुहोस्। ५. तालिका बनाएर पढ्नुहोस् जहिले पनि कुन बेला के पढ्ने कुन बिषय पढ्ने तालिका बनाउनुहोस्। तालिकामा सबैभन्दा महत्वपूर्ण विषयको लागि धेरै समय छुट्टाउनुहोस् अनि सजिलो बिषयको लागि कम समय छुट्टाउनुहोस्। यसरी तालिका बनाएर पढ्दा तपाईको समयको सही सदुपयोग हुन्छ र तपाईंले पढ्नुपर्ने महत्वपूर्ण विषयलाई पनि पर्याप्त समय मिल्दछ। ६. लेख्ने बानी गर्नुहोस् महत्वपूर्ण अंशहरू हाइलाइट गर्नाले धेरै मद्दत पुर्याउँछ तर जब तपाई कुनै पेपर वा नोटबुकमा पढ्नु भएको महत्वपूर्णकुराहरु लेख्नुहुन्छ भने यसले तपाईलाई बिषयको बारेमा अझ बढि सम्झन मद्दत गर्दछ। ७. स्मरणको लागि तपाईको चार्टहरु भित्तामा टाँस्नुहोस् तपाईंको कोठाको भित्ता वा दराजको ढोकामा मितिहरू, सूत्रहरू, महत्वपूर्ण विषयको बारेमा चार्ट पेपरमा लेखेर टाँस्नुहोस्। आफ्नो आँखाको अगाडी अध्ययन सामाग्री राख्ने हो भने तपाईलाई यसले अझै सजिलै सिक्न मद्दत गर्नेछ। ८. पढेको कुरा २४ घण्टा भित्र दोर्हाएर पढ्ने बानी गर्नुहोस् यदी तपाई परिक्षाको अगाडी नपढिएका बिषय पढ्दै हुनुहुन्छ २४ घण्टामा दोर्हाएर पढ्नुहोस्। विज्ञान भन्छ, यदी तपाईले पढेको कुरा २४ घण्टा भित्र एकपटक दोर्हाएर पढ्नु हुँदैन भने तपाईले पढ्नुभएकाे ८० प्रतिशत बेकार भएर जान्छ। ९. पढेको कुरा सम्झनलाई राम्रोसँग सुत्नुहोस् धेरै विद्यार्थीहरु पढेको कुरा सम्झनलाई रातभर बसेर दोर्हाएर पढ्ने गर्छन् तर यो एकदमै गलत तरिका हो। पर्याप्त निन्द्रा यस्तो चिज हो जसले तपाईको छोटो समयको सम्झनालाई लामो समयमा परिवर्तन गर्न मद्त गर्दछ। त्यसैले आफुले पढेको कुरा ताजा राख्नलाई ७-८ घण्टा सुत्नुहोस्।
दिउँसो खानेबित्तिकै निन्द्रा लाग्छ ? यस्ता छन् कारण, यसरी बच्नुहोस्
काठमाडौं। केही खानेकुरा र खाना खाने समय नमिल्दा मानिसहरुलाई खाना खाने बित्तिकै निन्द्रा लाग्ने, थकान महसुस हुने गर्दछ। अनुसन्धानकर्ताहरुको अनुसार खाना पछि थकान लाग्नुको कारण बारेमा विभिन्न सिद्धान्तहरू छन् तर उनीहरु यो एक प्राकृतिक प्रतिकृया हो र यो खासै चिन्ता लिनुपर्ने बिषय नभएको बताउँछन्। मानिसहरुले के खायो , कुन समयमा खायो र कति खायो भन्ने कुराले उसले कस्तो महसुस गर्छ भन्ने कुरालाई निर्धारण गर्दछ। कस्तो खानेकुराले बढी निन्द्रा लाग्ने तथा थकान महसुस हुने गर्दछ ? प्रोटिन र कार्बोहाईड्रेट बढी मात्रामा भएका खानेकुराले तपाईंलाई अन्य खानेकुराको दाँजोमा बढी निन्द्रा लाग्ने गर्दछ। केही अनुसन्धानकर्ताहरुको अनुसार शरीरमा सेरोटोरिन भन्ने हार्मोनको बढी उत्पादन हुने कारणले गर्दा पनि मानिसहरुलाई खाना खाने बित्तिकै निन्द्रा लाग्ने गर्दछ। सेरोटोरिन यस्तो हार्मोन हो जसले तपाईको मुड र निन्द्रा चक्रलाई निर्धारण गर्ने गर्दछ। धेरै प्रोटिन भएको खानेकुरामा पाईने ट्राइटोपफ्यान भन्ने एक एमिनो एसिडले शरीरमा सेरोटोरिन उत्पादन गर्न मद्दत गर्दछ। यस कारणले कार्बोहाईड्रेट र प्रोटिन युक्त खानेकुरा खाएपछी निन्द्रा, अल्छि र थकित महसुस हुने गर्दछ। ट्राइटोपफ्यान यि खानेकुरामा पाईने गर्दछ : – अण्डा, दुध, पालकको साग, पनिर , कुखराको मासु – पास्ता, सेतो भात, सेतो पाउरोटी, केक, कुकीज, डोनट, चिनी खाना पछि निन्द्रा लाग्नुको अर्को कारण -राती राम्रोसँग नसुत्दा पनि मानिसलाई दिनभर थकान महसुस हुने गर्दछ। -खानेकुरासँग माधकपदार्थ सेवन गर्नाले पनि खानापछि निन्द्रा लाग्ने गर्दछ। कसरी खाना खाएपछि लाग्ने अल्छि भगाउने ? १। थोरै मात्रामा र समय समयमा खाईरहने एकैपटक धेरै खानुभन्दा पनि एक दुई घण्टाको अवधीमा थोरै थोरै खाने हो भने त्यसले शरीरलाई पर्याप्त चाहिने उर्जा प्रदान गर्दछ। २। रातीको समयमा राम्रोसँग सुत्ने राम्रोसँग निन्द्रा पुर्याएका मानिसहरु दिउँसोको समयमा खाना खाएपछि अल्छि लाग्ने निन्द्रा लाग्ने समस्याबाट टाढै रहन्छन्। ३। केही समय हिंड्नुहोस् दिउँसोको समयमा व्यायमको रुपमा केही समय हिंड्ने हो भने पनि त्यसले तपाईलाई दिउँसो निन्द्रा लाग्ने समस्या कम गर्दछ। ४। दिउँसोको समय छोटो समय सुत्नुहोस्