एमभी दुगड ग्रुपका अध्यक्ष मोतिलाल दुगडको वैवाहिक स्वर्ण जयन्ती मनाइयो

काठमाडौँ । एमभी दुगड ग्रुपका अध्यक्ष मोतिलाल दुगडका विवाहको ५० वर्ष पुगेको अवसरमा वैवाहिक स्वर्ण जयन्ती मनाइएको छ । ग्रुपका अध्यक्ष तथा उनकी धर्मपत्निको वैवाहिक स्वर्ण जयन्तीका अवसर जिल्लाको सिमरामा विशेष कार्यक्रम गरियो । बैशाख २१ गते ग्रुप अन्तर्गतका ३८ शाखाहरुको कर्मचारीहरुले संयुक्त रुपमा आफ्नो अध्यक्ष र उनको धर्म पत्नीको ५० औं वैवाहिक स्वर्ण जयन्ती समारोहका निम्ति दुगड दम्पती लगायत सम्पूर्ण परिबारलाई श्र विशेष निम्तो दिएका थिए । निम्तोलाई स्वीकार्दै मोतिलाल, श्रीमती, छोरा, बुहारी, नातीहरु सहित जितपुरको दुगड कार्यालयमा गएका थिए । बाजागाजा सहित उनलाई स्वागत गर्दै कार्यक्रममा दम्पतीको वरमाला सहित पुनः विवाहको कार्यक्रम गरिएको थियो । कार्यक्रममा ८५० कर्मचारीहरु, उनका परिवार, जीतपुर सिमरामा रहेका पुर्व कर्मचारी र उनका परिवार सहभागी भएका थिए । कार्यक्रम दुगड ब्रदर्श एण्ड सन्स प्रालिका सिनियर जनेरल म्यानेजर वेदप्रकाश शर्माको संयोजकत्व र कार्यक्रम संचालन एमभि दुगड ग्रुपकी पिआर हेड विमला थापाले गरेकी थिइन् । उद्योगी मोतीलाल दुगड़ र छोरा विवेक दुगड़ले कर्मचारीहरुलाई धन्यबाद ज्ञापन गरेका थिए । एमभी दुगड ग्रुप अन्र्तगत काठमाण्डौका हाईड्रोपावर र अटोमोवाईल्स काकर्मचारीहरुले पनि अब द्राश्रो चरणको कार्यक्रम काठमाडौंमा गर्ने घोषण गरेका छन् ।

हजारमा १ शिशुलाई हुन्छ आँखाको क्यान्सर, तिलगंगा अस्पतलामा सचेतना सप्ताह मनाइँदै

काठमाडौ‌ं। तिलगङ्गा आँखा प्रतिष्ठान र आँखाको प्लास्टिक शल्य चिकित्सासम्बन्धी नेपाली चिकित्सक समाजको संयुक्त आयोजनामा रेटिनोब्लास्टोमा (आँखाको क्यान्सर) रोगबारे चेतना जगाउने उद्देश्यले ‘विश्व रेटिनोब्लास्टोमा सचेतना सप्ताह’ यही वैशाख २९ देखि जेठ ४ गतेसम्म सञ्चालन भईरहेको छ। रेटिनोब्लास्टामा बालबालिकामा हुने एक किसिमको आँखाको क्यान्सर हो र करीब १५ देखि २० हजार नवजात शिशुमध्ये एकमा यो रोग देखा पर्न सक्छ। यो वंशानुगत पनि हुन सक्छ। यसको लक्षणमा आँखाको नानीको कालो भागमा एक किसिमको अनौठो सेतो ज्योति (सेतो टीका) देखिनु, असामान्यरुपमा आँखा रातो हुनु, आँखाको आकार ठूलो हुनाका साथै आँखाको डेढोपनाका रुपमा पनि यो रोग देखा पर्नसक्ने चिकित्सकको भनाइ छ। यो रोग पाँच वर्षमुनिका कुनै पनि बालबालिकामा देखा पर्न सक्छ। आँखा रोग विशेषज्ञद्वारा आँखाको पर्दा जाँच गरी यो रोग पत्ता लगाउन सकिने प्रतिष्ठानले जनाएको छ। लेजर, क्रायोथेरापी, केमोथेरापी तथा रेडियोथेरापी गरी यो रोगको उपचार गरिन्छ तर उपचार गर्न ढिलो भइसकेका बिरामीका आँखाको डल्लो नै निकाल्नुपर्ने पनि हुन सक्छ। सप्ताह उद्घाटन समारोहमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा पुष्पा चौधरीले यस रोगबारे जनचेतना जगाउन हरेक अस्पतालको प्रसूति वार्डमा गर्भवती तथा सुत्केरी महिलालाई जानकारी गराउन सक्यौँ भने पनि ती महिलाले समयमै उपचारका लागि ल्याउन सक्ने धारणा व्यक्त गरिन्। तिलगङ्गा आँखा प्रतिष्ठानले यस रोगको उपचार र जनचेतनाका लागि गरेको पहलको प्रशंसा गर्दै उनले पैसाका कारण उपचार गराउन नसकेका बिरामीका लागि पनि लागि के कस्तो सहयोग गर्न सकिन्छ यसमा सरकार हातेमालो गर्न तयार रहेको जानकारी दिइन्। प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा डा सन्दुक रुइतले गाउँ घरका धेरै बिरामी शुरुमा जचाँउन सामुदायिक आँखा केन्द्र जाने भएकाले यस रोगको चेतना जिल्लास्थित सामुदायिक आँखा केन्द्रले प्राथमिकताका साथ गरिनुपर्ने उल्लेख गरे। उनले सबै सञ्चारमाध्यम प्रयोग गरी यस किसिमका बिरामीलाई प्रत्यक्ष निगरानीमा राखी सेवा प्रदान गर्न सकिनेमा जोड दिए। आँखाको क्यान्सर विशेषज्ञ डा पूर्णिमा राजकर्णीकारले प्रतिष्ठानमा यस रोगको उपचार कसरी भइरहेको छ र कस्ता प्रविधि प्रयोग भइरहेका छन् भन्नेसम्बन्धी जानकारी दिइन्। उनका अनुसार वार्षिक ३५ देखि ४० को सङ्ख्यामा यस रोगका नयाँ बिरामी आउने गरेका छन्। पहिलेपहिले उपचारका लागि शल्यक्रिया नै गर्नुपर्ने अवस्था थियो भने अहिले नयाँ प्रविधिको प्रयोग गरी शल्यक्रिया नगरिकन पनि यस रोगको उपचार गर्ने गरिएको छ। सो अवसरमा क्यान्सरपीडितको उपचारार्थ ओपन आई ग्लोबलले ४० जनाका लागि नक्कली आँखा निःशुल्क उपलब्ध गराउन प्रतिष्ठानलाई रु चार लाख उपलब्ध गराएको थियो। नेपाललगायत विकासोन्मुख देशमा यस रोगबाट हुने मृत्युदर अधिकतम ३० देखि ७० प्रतिशत छ भने विकसित देशमा एक प्रतिशतभन्दा कम पाइन्छ। प्रतिष्ठानका अकुलोप्लाष्टिक सर्जन डा बेन लिम्बूले शिक्षा र जनचेतनाको अभावले यस रोगका बिरामी ढिलो आउने, अर्थाभावका कारण उपचार नगरी फर्कने देखिएको र कतिको उपचार गर्दागर्दै पनि आँखा तथा ज्यान जोगाउन नसकिएको स्थितिबारे आफूहरुले सात प्रदेशको २७ अस्पतालमा अनुसन्धान गर्न थालेको जानकारी दिए। सप्ताहभरि नै जनचेतनाका लागि पर्चा, पम्प्लेट, स्टिकर टाँस्ने, बालबालिकामा चित्रकला प्रतिस्पर्धा, आमासमूह र बालबालिकामा यो रोगका लक्षणसम्बन्धी तस्बीर देखाउने, विद्यालय, अस्पताल, समुदायमा पोस्टर टाँस्ने, आमसञ्चारका विभिन्न माध्यमबाट जानकारी दिइने प्रतिष्ठानका जनसम्पर्क अधिकृत सोनु कुँवर केसीले जानकारी दिइन्।

झाडापखला लाग्दा झोल पदार्थ पिउनुहोस् तर दुध होइन : डा. अनुप बास्तोला

काठमाडौं। शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा उपचारका लागि आउने बिरामी मध्ये झाडापखालाका बिरामी उल्लेख्य मात्रामा छन् । अस्पताल श्रोतका अनुसार केही बर्ष यता अस्पतालमा सबैभन्दा बढी झाडापखालाका बिरामी आउने गरेका छन् । अस्पतालले सार्वजनिक गरेको आर्थिक वर्ष २०७४/७५ को तथ्यांकअनुसार प्रमुख पाँच रोगमा पहिलोमा झाडापखाला पाईएको हो । अहिले गर्मी सिजन चलिरहेको छ, यो सिजनमा धेरै मानिसहरुलाई झाडापखलाले सताउने गरेको छ । झाडापखाला जाडो महिनामा पनि देखिने गर्दछ, तर गर्मी महिनामा यसले मानिसहरुलाई बढी सताउने गरेको छ । अस्पतालका प्रमुख कन्सल्टेन्ट डा. अनुप बास्तोलाको अनुसार विशेष गरेर ब्याक्टेरिया र भाइरसको संक्रमणले हुने झाडापखाला दूषित पानी, सडेगलेका बासी र झिंगा भन्किएका खाना, फोहोर पानी, फोहोर हातका माध्यमबाट फैलिने गर्दछन्। खुला क्षेत्रमा गरिएको मानिसको र पशुपन्छीको दिशा पानीमा मिसावट हुने र त्यही पानी मानिसहरुले पिउदा झाडापखलाको हुनु गरेको डा. बास्तोलाले बताए। खानाको कारण पेटमा हुने एलर्जी, शरीरले कार्बोहाइड्रेट पचाउन नसक्दा पनि झाडापखाला हुने गर्दछ । झाडापखाला हुँदा शरीरबाट धेरै मात्रामा नुन, पोषनतत्व र पानीखेर जान्छ, जुन अवस्थालाई जलवियोजन भनिन्छ । यस्तो अवस्थामा समयमै उपचार नभए बिरामीको अकालमा मृत्यु पनि हुन सक्दछ। के खाने ? १। साधा खानेकुरा झाडापखला लागेको समयमा चिल्लो, पिरो रहित साधा खानेकुरा खानुपर्छ किनभने यस समय चिल्लो र पिरो खानाले पेटमा अझै समस्य निम्ताउँछ। त्यसैले यस समयमा निकै साधा खानेकुरा खानुपर्छ जस्तै ः – सेतो भात – पाउरोटी – केरा – उसिनेको आलु – जाउलो यी खानेकुराहरु झाडापखला लागेको पहिलो दिन निकै नै सहयोगी हुन्छ, किनभने साधा खानेकुराहरुले पेटको पाचन शक्तीलाई सन्तुलित बनाउन मद्त गर्दछ। के पिउने ? झोलिलो पदार्थ झाडापखलाको समयमा एकदमै फाईदाजनक तत्व हो । झाडापखला लागेका मानिसहरुले यस्तो समयमा पानी खाईरहनुपर्छ र शौचालय गएर आएको हरेक पटक पानी पिउनु पर्दछ । धेरै पानी पिउनाले शरीरमा पानी कम हुन नदिई शरीरलाई तागत दिईरहन्छ । यस समयमा शरीरले पानी मात्र नभएर मिनिरल जस्ता महत्वपूर्ण तत्व गुमाउँछ। त्यसैले यो अवस्थामा मानिसहरुले मिनिरलहरु पाइने झोल पदार्थ पिउनुपर्छ। मिनिरल पाइने झोल पदार्थ – नरिवल पानी के नखाने ? १। मसालेदार खाना मसालेदर खानेकुराले झाडापखला भएको अवस्थामा अझै पेटलाई बिगार्ने गर्दछ। यसकारण यो समयमा मसालेदार खानेकुराबाट टाढै बस्दा राम्रो हुन्छ। २। तारेको खानेकुरा तारेको खानेकुराले पाचन शक्तीलाई अझै कमजोर बनाउँछ। यसले झाडापखलालाई अझै जटिल बनाउने हुनाले यस अवस्थामा तारेको खानेकुरा खानु हुँदैन। यसको विकल्पमा उसिनेको तरकारी खानु स्वस्थ हुन्छ । ३। उच्च फाईबरयुक्त खानेकुरा झाडापखला लागेको समयमा उच्च फाइबरयुक्त खानेकुराले पनि समस्या निम्ताउन सक्छ । यधपी फाइबरले पाचन शक्तीलाई तन्दुरुस्त राख्ने भएपनि यसले झाडापखला लागेको समयमा अझै धेरै बिगार्न सक्छ। फाइबर युक्त खानेकुरा गहुँ, चामल, रोटी, बदाम हुन्, तर स्याउ, केरामा भएको फाइबरले भने झाडापखलालाई रोक्न मद्त गर्दछ। अन्य खानु नहुने खानेकुरा –प्याज र लसुन – प्याक गरिएको खानेकुरा – काँचो तरकारी – काउली, बन्दा, ब्रोकाउली, दुग्ध पदार्थ – सुंगुरको मासु