ग्रिन टि खाने कि ब्ल्याक टि?
काठमाडौं। ‘ग्रिन टी’ र ‘ब्ल्याक टी’ एउटै चियाको बोटका पातबाट बनाइन्छन् तर यी दुई बिचमा निकै भिन्नता हुन्छ। बिभिन्न अनुसन्धानले धेरैजस्तो चियाको फाइदाहरु उस्तै हुने बताउँछ। तापनी ग्रिन टी र ब्ल्याक टीका केही मुख्य फाइदाहरु भने केही फरक छन्। ग्रिन टीः एउटै पातबाट बन्ने भएतापनि ‘ग्रिन टी’, ‘ब्ल्याक टी’ जस्तो ‘फर्मेन्टेसन’ प्रक्रियाबाट गुज्रदैन, अर्थात ‘ब्ल्याक टी’ झै ‘ग्रिन टी’ बनाउँदा ‘अक्सिडेसन’ प्रक्रिया भएको हुदैन। त्यसैले ग्रिन टीमा ‘इजीसीजी’ नामक एक ‘एन्टीअक्सिडेन्ट’ पाइने हुन्छ जसले क्यान्सर र कार्डियोभास्कुलर (मुटु र रक्तवाहिनी नली) सम्बन्धि रोग प्रतिरोधमा सहयोग पुर्याउँछ। अक्सिडेसन नहुनाले ग्रिन टीमा धेरै ‘पोलीफिनोल्स’ सुरक्षित हुने विश्वास गरिन्छ। जसले तौल घटाउन गरिने कसरत अनि ‘डाएट’ संगैसंगै काम गर्छ। दिउँसोको आरामको समय र बेलुकाको ध्यानको समयमा ग्रिन टीलाई निकै लाभदायक मानिन्छ। यो कम ‘एसिडिक’ हुने हुनाले पेटका अम्ल (एसिड) हरुलाई सफा गर्ने काम पनि गर्छ। शुद्ध अर्गानिक ग्रि टीको ‘डिटोक्सीफाइङ इफेक्ट’ ले छाला चम्काउनुको साथै रोग प्रतिरोध गर्ने क्षमतालाई बढाउँछ। ब्ल्याक टीः यो चिया बनाउँदा फर्मेन्टेसन हुने भएकाले यसमा ग्रिन टीको जस्तो ‘एन्टीअक्सिडेन्ट’ पाइदैन। कफिमा पाइने क्याफिन ब्ल्याक टीमा पनि पाइन्छ, तर केही थोरै मात्रामा। क्याफिनले शरिरमा पानीको मात्रा कायम गर्न मद्धत गर्छ। साथै मष्तिष्कमा रगतको बहाव बढाउन मद्धत गर्छ अनि ब्याक्टेरियासंग ‘फाइट’ गर्ने एन्टीअक्सिडेन्टको कारणले प्रतिरक्षा प्रणालीलाई पनि मजबुत बनाउँछ। ब्ल्याक टीले ध्यान अनि दिमाग केन्द्रित गर्न मद्धत पुर्याउँछ। ब्ल्याक टी र कफि बढी एसिडिक हुन्छ। तर मनतातो ब्ल्याक टीमा कागती राख्नाले शरिरलाई हानिकारक ती एसिड घुलाइदिन्छ। चिया बनाउँदा फरक फरक चियापत्ती एकै ठाँउमा प्रयोग गर्न हुदैन। पानीलाई अत्याधिक उमाल्न हुदैन। ग्रिन टीलाई अत्याधिक उमाल्दा त्यसबाट पाइने फाइदा लिन सकिदैन
१ महिना देखी फोन गर्न एक दिन हिँड्नुपर्ने बाध्यता
हुम्ला। हुम्लाको उत्तरी गाउँपालिकामा मोवाइल फोनको टावर बिग्रदा एक महीनादेखि सेवाग्राही मर्कामा परेका छन् । सो टावर बिग्रँदा नाम्खा गाउँपालिका, वडाकर्मी, यालवाङ, याङ्गार, मुचु, गारीलगायतका गाउँका सेवाग्राही मर्कामा परेको नाम्खा माहामाया आधारभूत विद्यालयका शिक्षक दत्तबहादुर शाहीले बताए। नमस्ते नेपालको टावरले काम नगर्दा नाम्खाका स्थानीयवासीले सञ्चो, बिसञ्चो खबरसँगै अन्य अति आवश्यक कुराकानी गर्न नपाएको त्यस क्षेत्रका स्थानीयवासीले गुनासो गरेका छन् । घरबाट धेरै टाढा भएकाले घर परिवारको खबर आदानप्रदानका लागि एक दिनको बाटो हिँडेर सिमकोट गाउँपालिकाको डाँडाफया आउनुपर्ने बाध्यता रहेको शिक्षक शाहीले गुनासो गरेका छन्। यसको मर्मतको लागि पटकपटक नेपाल टेलिकम शाखा हुम्लालाई हारगुहार गर्दा कुनै सुनुवाइ नभएको उक्त गाउँपालिका अध्यक्ष विष्णु लामाले बताए। मोबाइलमा कहिलेकाहीँ टावर देखाए पनि नेटवर्कले काम नगर्दा ब्यालेन्समात्र सकिने गरेको शिक्षक शाहीको भनाइ रहेको छ । त्यस क्षेत्रका स्थानीयवासीले फोनमा कुरा गर्नका लागि एक दिनको पैदल यात्रा डाँडाफया पुग्नुपर्ने बाध्यता रहेको छ । हिउँद लागेसँगै चिसो बढेका कारण पावर नपुगेर त्यति काम नगरेको नेपाल टेलिकम शाखा हुम्लाका प्रमुख रामबहादुर खातीले बताए। रासस
भूकम्प पीडित र इन्जिनियर्स एशोसिएसनबीच सेतु बनेका सुवास चन्द्र बराल
३५ सय स्वंमसेवकलाई परिचालन गर्ने काम त्यत्ति सजिलो पक्कै थिएन । अझ त्यसमाथि भूकम्पले क्षति पुर्याएका हरेक घरमा पुग्ने र त्यसको र्यापिड भिजुअल असिस्मेन्ट गर्ने काम पनि आफैंमा चुनौतीपूर्ण थियो । जो सुकै व्यक्तिले यो जिम्वेवारी लिन सक्ने अवस्था थिएन । नेपाल इन्जिनियर्स एशोसियसनलाई २०७२ सालको भूकम्प पछिको आफनो स्वयंमसेवी अभियानलाई मूर्त रूप दिने योग्य व्यक्तिको खाँचो थियो । यो अभियानले ई. सुवास चन्द्र बरालको नेतृत्व पायो । कठिन र चुनौतीपूर्ण यो जिम्मेवारीलाई ई.बरालले सफल नेतृत्व दिए । बरालको नेतृत्वमा इन्जिनियरहरूले काठमाडांै उपत्यकासहित १४ वटै भूकम्प अति प्रभावित जिल्लाका ८० हजार घरको निःशुल्क रूपमा निरीक्षण गरी उनीहरूलाई प्राविधिक सल्लाह दिने काम गरेका थिए । बरालकै भनाईमा यसले सर्वसाधारण नेपालीहरूमा इन्जिनियरहरूको छवि उकास्न महत्वपूर्ण भूमिका खेल्यो । उनी भन्छन्—‘२०७२ बैशाखको भूकम्पले जुन मुभमेन्ट भयो । यो नेपाल इन्जिनियर्स एशोसिएनमा एउटा कोशेढुङ्गाकै रूपमा स्थापित भएर बसेको छ । त्यसअघि समाजसँग ठ्याक्कै नेपाल इन्जिनियर्स एशोसिएशन जोडिने मौका पाएको थिएन । यो अभियानबाट भूकम्पले पारेको क्षतिपछि हामीलाई नयाँ अनुभव पनि दिलायो ।’ त्यसपछिको निर्माणमा नेपालमा दक्ष इन्जिनियरिङको अभाव हुन्छ भनेर नै एशोसिएशनकै नेतृत्वमा इन्जिनियरलाई तालिम दिने काम भएको बराल बताउँछन् । जसमा मुलुक भरका करिब १२ सय इन्जिनियरले सुरक्षित निर्माण सम्बन्धि तालिम पाएका थिए । र्यापिड भिजुवल एसिसमेन्ट र तालिम दुबैको नेतृत्व गर्ने जिम्वेवारीले ई. बराललाई थप परिपक्क र आफनो पेशाप्रति प्रतिवद्ध भएर लाग्न ऊर्जा दियो । ‘त्यतिबेला लिइएको नेतृत्वले समाजमा हामीे केही न केही योगदान गर्न सक्छाैं भन्ने मान्यतालाई स्थापित गर्याे’, उनले भने । पेसाले जलविद्युत् इन्जिनियर बरालले झण्डै २ दशक मुलुकको कुना काप्चामा पुगेर जलविद्युतको विकासमा योगदान गरिसकेका छन् । हाल विभिन्न जलविद्युत् परियोजनाहरूमा परामर्शदाताको भूमिका निर्वाह गरिरहेका बराल नेपाली इन्जिनियरहरू उद्यमशील पनि बन्नु पर्दछ भन्ने उदाहरण दिन क्रियाशील छन् । बराल भन्छन, ‘म आफ्नो व्यवसायिक तहमा निरन्तर जलाविद्युत् क्षेत्रको विकासमा सक्रिय छु र थुप्रै जलविद्युत् योजनाहरूमा परामर्श सेवा पनि दिईरहेको छु ।’ बरालले यस्ता विभिन्न क्रियाकपाप र जिम्मेवारीबाट नेतृत्वदायी भूमिका, व्यवस्थापकीय कौशलता, व्यवसायिक दक्षता र परिपक्कता हासिल गरिसकेका छन् । उनले नेपाल इन्जिनियर्स एशोसियसनको ३२ औं कार्यकारणी परिषद्का लागि प्रदेश नं ३ को सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । बराल आधारभूत रूपमा इन्जिनियरहरूको सशक्तिकरण, इन्जिनियरिङ पेशालाई जिम्मेवार, मर्यादित र थप व्यवसायिक बनाउनका लागि आफूले उम्मेदवारी दिएको बताउँछन् । पूर्वधार विकासको आवश्यकता र माग बढि रहेको नेपाल जस्तो मूलुकमा समृद्धिको कुरा गरिरहदाँ इन्जिनियर विनाको समृद्धि परिकल्पना गर्न सकिदैन । त्यसैले नेपालमा इन्जिनियरको भविष्य राम्रो रहेको बराल बताउँछन् । उनी भन्छन्—‘हाम्रो देश विकासको चरणमै रहेकोले यहाँ हरेक प्रकारका इन्जिनियरको सम्भावना छ । समृद्धिको कुरा नारामा मात्रै रह्यो भनेचाहिँ यसले इन्जिनियरहरूलाई केही समस्यामा पार्ला । नत्र समृद्धितर्फ नै अगाडि बढ्ने हो भने अझै धेरै इन्जिनियरहरू चाहिन्छ ।’ भर्खरै मात्र प्रादेशीक संरचनामा जान लागेको नेपाल ईन्जिनियर्स एशोसिएसनको प्रदेश समितिको नेतृत्वका लागि चुनावी मैदामा रहेका बरालले, एउटा सिँगै संस्थाको नेतृत्व गर्दैगर्दा त्यस मार्फत ईन्जिनियरीङ्ग पेशामा व्यप्त समस्या समाधानमा आफू सम्पूर्ण रुपमा लागि पर्ने बताउाछन् । “विगतका सबै जिम्बेवारीहरु, सफल र चुस्त तबर सम्पन्न गरेको छु । चिन्नु हुने साथीहरु यस बारेमा जानकार नै हुनुहुन्छ र निर्वाचनमा सहयोगका लागि तयार पनि हुनुहुन्छ । जति सक्दो धेरै ईन्जिनयरहरु माझ आफू, आफ्नो क्षमतार र आफ्नो बिगतका बारे चिनाउने प्रयासमा छु । एक “स्वमंसेवी” संस्थाका आफ्नै सीमाहरु हुन्छन्, कुनै कार्यकारी पदको निर्वाचनमा झै, “ठूला र महत्वकांक्षी” नाराहरुको पक्षमा म छैन पनि ।” तसर्थ बराल आफूले चुनौतीपूर्ण जिम्वेवारीहरुमा सफलता प्राप्त गरेका विगतको अनुभवबाट पनि, ईन्जिनियर्स एशोसिएसनको झण्डै ८० प्रतिशत हिस्सा ओगट्ने प्रदेश नं ३ को नेतृत्व लिने चुनौति स्वीकार गरेको बताउछन् ।