पूर्व मुमा वडामहारानी रत्नराज्यलक्ष्मीदेवीको स्वास्थ्यमा सुधार
काठमाडौँ । पूर्व मुमा वडामहारानी रत्नराज्यलक्ष्मीदेवी शाहको स्वास्थ्य उल्लेख्य सुधार भएको छ । स्वास्थ्यमा समस्या देखिएपनि उनी फागुन २१ गते देखि नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत छिन् । उनको स्वास्थ्य स्थितिमा उल्लेख्य सुधार भएको छ-हस्पिटलले आज प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ ।
ज्योतिलाईफका ग्राहकलाई ह्याम्स अस्पतालमा विशेष छुट
काठमाडौँ । ज्योतिलाइफ इन्स्योरेन्स कम्पनीले ग्राहकहरुको सेवासुविधालाई ध्यानमा राखी ह्याम्स अस्पतालसंग स्वास्थ्य सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता गरेकोे छ । उक्त सम्झौता अनुसार ज्योतिलाईफ इन्स्योरेन्समा आबद्ध निर्धारित मापदण्ड पूरा गरेका सम्पूर्ण ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरुले ह्याम्स अस्पतालबाट उपलब्ध हुने स्वास्थ्य उपचार सेवा शुल्क र औषधी खरिदमा विशेष छुट प्राप्त गर्ने छन् । सम्झौता पत्रमा ज्योतिलाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमूख प्रकाशबिक्रम खत्री र अस्पतालका अध्यक्ष आरएस भण्डारीले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर तथा हाडजोर्नी विभाग प्रमुख डा. भाष्करराज पन्तलगायत अस्पताल र कम्पनीका अन्य पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
सेञ्चुरी बैंकको आठौंं बार्षिकोत्सवमा ६० जनाले गरे रक्तदान
काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकको आठौं वार्षिक उत्सवको उपलक्ष्यमा बैंकको प्रधान कार्यलय पुतलीसडकमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गरियो । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल तथा ललितपुरस्थित नेपाल रेडक्रस सोसाईटी, केन्द्रीय रक्तसञ्चार सेवाको सहयोगमा सो कार्यक्रम सम्पन्न भएको थियो । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित शिविरमा सामान्य स्वास्थ्य परीक्षण गरिएको हो । बालबालिकाहरु देखि लिएर वृद्धवृद्धाहरुसमेत सहभागी उक्त शिविरमा थुप्रै जनाको निःशुल्क स्वास्थ्यपरीक्षण गरिएको थियो । रक्तदान कार्यक्रमा पनि ६० जना भए । साथै उक्त शिविरमा मुटु सम्बन्धि र हृदयघाट भएमा अपनाउनु पर्ने उपचार प्रविधिको बारेमा नर्भिक इन्टरनेशनल हस्पिटलका डा. यादवकुमार दियो भट्टले जानकारी गराए । उक्त कार्यक्रममा बैंकको अध्यक्ष राजेशकुमार श्रेष्ठ तथा बैंकका सञ्चालकहरुको पनि उपस्थिति रहेको थियो ।