क्यान्सर विजेता बालबालिकाको र्याम्प शो हुँदै, संकलित रकम उपचारमा खर्च गरिने
काठमाडौं। सुदिप्त सुपर किड्स क्यान्सर सर्भाईभर र्याम्प वाक शनिबार हुने भएको छ। नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर र अन्य केही सहयोगी संस्थाहरुको सहकार्यमा नेपाल क्यान्सर सहयोग समूहले र्याम्प वाक गर्न लागेको हो। ललितपुरको सानेपा स्थित हेरिटेज स्थित गार्डनमा श्रावण १८ गते शनिबार हुन लागेको हो। नेपाल क्यान्सर सहयोग समुह, नेपाल क्यान्सर अस्पतालको सहयात्रीको रुपमा अघी बढेको एउटा गैर नाफामुलक गैर सरकारी संस्था हो। क्यान्सर बिरामी तथा उनका परिवारलाई सहयोग र उचित एवं विविध सेवा उपल्ब्ध गराउने संस्थाको रुपमा ११ बर्ष अगाडि स्थापना भएको हो। विभिन्न क्यान्सर रोगी समूहको मनोबल उच्च राख्न मनोसामाजिक परमार्श उपलब्ध गराई विरामीलाई र परिवारलाई तनावमुक्त राख्न नेपाल क्यान्सर सहयोग समूहले कल्याणी, आरोग्य, निरामय, सुदिप्त जस्ता क्यान्सर विजेता र मनोसामाजिक परामर्श दाताको समूह गठन गरेर क्यान्सर विरामी र परिवारका सदस्यहरुलाई निशुल्क सेवाउपलब्ध गराउर्दै आएको छ । नेपालको दुर्गम क्षेत्र मानिने मुस्ताङ्ग, गोरखाको बोरलाङ, बागलुङ्ग, काभे्रको तामाघाट,ललितपूरको विकट गाविसहरु, काठमाण्डौं बाहिरका गाविसहरु लगायत पूर्वी र पश्चिम तराईका विभिन्न जिल्लाहरुमा झण्डै ७० वटा जति निःशुल्क क्यान्सर संचेतना कार्यक्रम र क्यान्सर परीक्षण शिविर संचालन गर्दै आईरहेको छ। संस्थाले आयोजना गर्न लागेको क्यान्सर विजेता र क्यान्सर उपाचारमा रहेका बालबालिकाको को मुख्य उद्देश्य ती बालबालिकाहरुमा उच्च मनोबल कायम गर्नु र उनीहरुले दीर्घरोगीको रुपमा केही हद सम्म गुमाएका बालअधिकारलाई पुनः अघिकार सम्पन्न बनाउनु रहेको कार्यक्रम संयोजक स्वोरुपा श्रेष्ठले बताईन्। समाजका अन्य स्वस्थ बालबालिकाको समूहमा उनीहरुलाई प्रतिस्थापित गर्न र देशको जिम्मेवार भावी नागरिकको रुपमा उनीहरुलाई तयार पार्न सहयोग गर्ने उद्देश्यले मन्रोरनजनको लागि पनि र्याप शो गर्न लागेको नेपाल क्यान्सर समुहले बताएको छ। कार्यक्रमको माध्यमबाट संकलन गरिने धनराशी क्यान्सर विरामी बालबालिकाको उपचार र कल्याणकारी कार्यमा खर्च गरिने प्रतिवद्धता नेपाल क्यान्सर समुहले व्यक्त गरेको छ।
अब सुमेरु अस्पतालले सरकारी शुल्कमै मिर्गौला प्रत्यारोपण गर्ने
काठमाडौं । मिर्गौला रोगीका लागि डायलोसिस सेवा उपलब्ध गराउँदै आएको सुमेरु सामुदायिक अस्पतालले सरकारले निर्धारण गरेको शुल्कमै मिर्गौला प्रत्यारोपण गर्ने भएको छ । हाल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत वीर अस्पताल, त्रिभूवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थान , भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रसहित आठ अस्पतालमा मिर्गौला प्रत्यारोपण हुने गर्दछ । साथै सरकारले डायोलासिस सेवाका लागि रु एक लाख दिने गर्दछ । ग्रामीण तथा मध्यमवर्गीय समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न विसं २०६९ देखि सञ्चालनमा आएको उक्त अस्पतालले गत असार ३१ गते पहिलोपटक मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको थियो । सामाजिक उत्तरदायित्वअन्तर्गत गोरखाका विकास गुरुङ र रामेछापका सुकरानी मोक्तानको मिर्गौला निःशुल्क प्रत्यारोपण भएको उक्त अस्पतालले जनाएको छ । अस्पतालका गतिविधिबारेमा जानकारी दिन यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सुमेरु ग्रुप एवं सुमेरु अस्पतालका अध्यक्ष भरत महर्जनले भने, “सरकारी शुल्कमा यस अस्पतालले मिर्गौला प्रत्यारोपण गर्छ ।” मिर्गौला रोग विशेषज्ञ प्रा. डा. ऋषिकुमार काफ्लेसहित प्रा. डा. ऋषिकुमार काफ्ले, डा. वीरेन्द्र यादव, डा. किरण श्रेष्ठ, डा. राकेश बर्मा, डा. डिभी कार्की, डा. वेस अन्सारी, डा. राजेन्द्रकुमार अग्रवाल, डा. नवीन बस्नेत, डा. वर्षा श्रेष्ठ, डा. सन्तोष गुरुङ, डा. सञ्जीव आचार्यसहित डा. महालक्ष्मी देउजा र डा. अनिल ओझा प्रत्यारोपण कार्यमा संलग्न रहेका छन् । हाल अस्पतालले २५ हेमोडायलोसिस उपकरणबाट डायलोसिस गर्दै आएको छ । तीनसय श्यया क्षमताको अस्पतालमा १०० विशेषज्ञ चिकित्सक आबद्ध छन् । बल्ड ग्रुप म्याचिङ नहुने बिरामीको मिर्गौला प्रत्यारोपणका लागि प्लाज्मा फेरोसिस उपकरण जडान र सुविधा सम्पन्न एचएलए ल्याब टेष्ट सुविधा निकट भविष्यमा सञ्चालन गर्न लागेको उक्त अस्पतालले अन्तरराष्ट्रियस्तरको सुविधा सम्पन्न २०० श्ययाको मिर्गौला अस्पतालका साथै सबै प्रदेशमा मिर्गौला रोगसम्बन्धी सेवा केन्द्र स्थापना गर्ने योजनामा रहेको अध्यक्ष महर्जनले जानकारी दिएका छन् । कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले मिर्गौला प्रत्यारोपण तथा अन्य सेवा विस्तारका सम्बन्धमा सकारकारको सहयोग रहने जानकारी दिए । रासस
माछापुच्छ«े बैंक र ह्याम्स अस्पताल एंव सुमेरु अस्पताल बीच सम्झौता ।
काठमाडौं । माछापुच्छे बैंक लि. र काठमाण्डौँको धुम्बाराहि स्थित ह्याम्स अस्पताल एंव सुमेरू ग्रुप अन्तर्गत संचालित सुमेरु अस्पताल, सुमेरु सिटी अस्पताल बीच सम्झौता भएको छ । सम्झौताअनुसार माछापुच्छे बैंकका ग्राहकहरूले सुमेरू अस्पताल तथा सुमेरु सिटी अस्पताल र ह्याम्स अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा १०% सम्मको छुट प्राप्त गर्नेछन् । उक्त छुट माछापुच्छ«े बैंकका डेविट कार्ड, क्रेडिट कार्ड एंव ग्राहक कार्ड लिएका ग्राहक महानुभावहरु तथा बैंकका कर्मचारीरुहरुले प्राप्त गर्न सक्दछन् । यसरी, बैंकले आफ्ना १३१ वटा शाखाहरु लगायत ११२ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा २४३ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गर्नुका साथै, बैंकको देशभर १४४ वटा एटीएमहरु मार्फत ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आएको छ ।