चौधरी फाउण्डेसनको पहलमा कुपोषण विरूद्ध राष्ट्रिय अभियान शुरू
काठमाडौं । बालबालिकामा विद्यमान कुपोषण र गरिवी विरूद्धको राष्ट्रिय अभियान शुरू भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राष्ट्रपति भवनशितल निवासबाट अभियानको विधिवत उद्घाटन गरेपछि यो अभियान कार्यान्वयनमा आएको हो । अभियान उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले कुपोषण विरुद्ध सरकारको लक्ष्य हासिल गर्नका लागि सहयोग गर्न प्रदेश सरकार र स्थानीय तहलाई आग्रह गरिन् । संविधानले प्रत्येक बालबालिकालाई शिक्षा, स्वास्थ्य, पोषणको अधिकार दिएको स्मरण गर्दै राष्ट्रपति भण्डारीले बालबालिकाको सर्वाङ्गिण विकासका लागि शुपोषित हुनु आवश्यक रहेको बताइन् । अभियानलाई अगाडि बढाउन ‘बलियो नेपाल’ नामक संस्था स्थापना गरिएको छ । आआफ्नो क्षेत्रमा पुर्याएको योगदानका कारण ख्याती कमाएका व्यक्तित्वहरू बलियो नेपालको बोर्डमा रहेका छन् । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्ले अध्यक्ष रहेको बलियो नेपालको बोर्डमा नेपाल उद्योग परिसंघका उपाध्यक्ष निर्वाण चौधरी, क्रिकेटर पारस खड्का, नविल बैंकका सीईओ अनिल शाह र पोषणविद् डा. उमा कोईराला रहेका छन् । चौधरी ग्रुप एवम् चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरीको विशेष पहलमा यो अभियान नेपालमा कार्यान्वयनमा आएको हो । अध्यक्ष चौधरीले विल एण्ड मेलिन्दा गेट्स फाउन्डेसनस“ग चौधरी ग्रुपले सहकार्य गर्ने गरी यस कार्यक्रमलाई नेपालमा कार्यान्वयन गर्न विशेष पहल गरेको जनाइएको छ । ‘हाम्रा बालबालिकाहरू देशका भविष्य हुन् । उनीहरूलाई भौतिक र मानसिक रूपमा बलियो बन्ने वातावरण बनाउनु हाम्रो अहिलेको जिम्मेवारी हो’, अध्यक्ष चौधरीले भने–‘हाम्रा बालबालिका कुपोषणको सिकार भईरहेका छन् । उनीहरूलाई कुपोषणबाट बाहिर निकाल्न एउटा वृहत अभियानको खा“चो छ । यहि उदेश्यका साथ चौधरी फाउण्डेसनले विल एण्ड मेलिन्दा गेट्स फाउण्डेसनस“ग सहकार्य अगाडि बढाएको हो ।’ पहिलो चरणमा यो अभियान प्रदेश नम्बर ५ मा लागू गरिएको छ । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले यस अभियानका लागि आफ्नो प्रदेश छानिएकोमा खुशी व्यक्त गर्दै यसको सफल कार्यान्वयनका लागि प्रदेश सरकारले पूर्ण रूपमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प क“डेलले कुपोषण विरूद्धको अभियानमा निजी क्षेत्रको संलग्नतालाई स्वागत गर्दै यसबाट भविष्यमा अपेक्षित नतिजा प्राप्त हुने विश्वास व्यक्त गरे । त्यसैगरी उद्योग परिसंघका उपाध्यक्ष चौधरीले यस अभियान अगाडि बढाउन विगत दुई बर्षदेखि गरिएका पहलहरूको बारेमा जानकारी दिए । बलियो नेपालका अध्यक्ष डा. वाग्लेले यस अभियानको शुरूवात ६ महिनादेखि २३ महिनासम्मका बालबालिकामा देखिने कुपोषणको जोखिम न्युन गर्नेमा लक्षित रहने बताए ।
नेपाल क्यान्सर अस्पतालले नाेभेम्बर महिनामा नि:शुल्क ओपीडी सेवा दिने
काठमाडौ। नेपाल क्यान्सर अस्पताल हरिसिद्विले नोभेम्बर महिनामा फोक्सोको क्यान्सरलाई मध्यनजर गर्दै निःशुल्क ओपीडी सेवा दिने भएको छ। नोभेम्बर महिना विश्वभर फोक्सोको क्यान्सर सचेतना महिनाका रूपमा मनाइन्छ । यही अवसर पारेर अस्पतालले निःशुल्क ओपीडी सेवा दिन लागेको हो। अस्पतालले कात्तिक १५, १७, १९, २२, २४, २६, २९ गते र मंसिर १, ३, ६, ८, १०, १३ गते दिउँसो ३ बजे देखि ६ बजे सम्म सेवा दिने बताएको छ। फोक्सोको क्यान्सरको कारण विश्वमा प्रत्येक वर्ष लाखौ मानिसको मृत्यु हुनेगरेको छ । स्तन क्यान्सर, पाठेघरको क्यान्सर तथा प्रोस्टेट क्यान्सरका कारण वर्षमा जति मानिसको मृत्यु हुन्छ, त्यो भन्दा बढीको मृत्यु फोक्सोको क्यान्सरले हुने गर्छ। फोक्सोको क्यान्सरका लक्षणहरू : १. लगातार खोकीे लाग्नु वा झन् खराब हुने २. रगत उत्पन्न गर्ने खोकी ३. छाती, पछाडि वा कुममा दुखाई छ जो खोक्दा, हाँस्दा वा लामो सास फेर्दा गाह्रो हुने ४. अचानक सास फेर्न गाह्रो हुने ५. अव्यवस्थित रुपमा वजन घट्नु ६. थकित महसुस हुने ७. भोक कम लाग्नु ८. फोक्सोको संक्रमण जस्तै ब्रोन्काइटिस वा निमोनिया लामो समय सम्म निको नहुने
एनआईसी एशियाका ग्राहकलाई दाँत उपचारमा १५ प्रतिशत छुट
काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र टिथ सेभर्स प्रालि त्रिपुरेश्वरबीच डेन्टल क्लिनिकमा दाँतसम्बन्धी उपचार गराउँदा छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता बमोजिम बैंकका डेबिट एवम् क्रेडिट कार्डवाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले टिथ सेभर्समा दाँतसम्बन्धी उपचार गराउँदा १५% सम्म छुट प्राप्त गर्न सक्ने छन् । सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख प्रवीण रेग्मी र टिथ सेभर्सको तर्फबाट अध्यक्ष उषा घिराईयाले हस्ताक्षर गरेका छन् ।