प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार- अस्पताल
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको छ। अस्पतालले बिहान १०:३० बजे विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिएको हो। प्रधानमन्त्री ओलीको मंगलबार स्वास्थ्यमा समस्या आएपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा लगिएको थियो। मंगलबार प्रधानमन्त्री ओलीको ’एपेन्डिसाइटिस’को आकस्मिक शल्यक्रिया गरी भेन्टिलेटरमा राखिएको थियो। प्रधानमन्त्री ओलीलाई डा. रमेशसिंह भण्डारीको टोलीले शल्यक्रिया गरेको हो।
एन्टीबायोटिक्सको जथाभावी प्रयोगले रोगहरुमा यसको प्रभाव घट्दै, करोडौं मानिसको मृत्यु हुने
काठमाडौं। जथाभवी एन्टीबायोटिक्सको प्रयोगले विभिन्न रोगमाथि औषधीको प्रभाव घट्दै गएको पाईएको छ । आईतबार विश्व एन्टीबायोटिक्स सप्ताहको अवसरमा शुक्रराज ट्रपिकलका निर्दशक बासुदेव पान्डेले यस्तो बताएका हुन् । एन्टीबायोटिक्स ब्याक्टेरियाको कारण हुने संक्रमण वा रोगलाई निको पार्न प्रयोगमा राख्ने औषधीहरुको समुह हो । यसको विकास भएसँगै संक्रमण रोगहरुबाट मानिसको मृत्युदरमा कमि आएको थियो। मानिस, जिवजन्तु र वनस्पतिमा हुने संक्रमण रोगहरुमा प्रयोग गरिदैं आएको छ । पछिल्लो समयमा एन्टिबायोटिकको दुरुपयोगको कारण एन्टीबायोटिक्सले काम गर्न छाडेको छ। विश्व स्वास्थ्य संगठनले एन्टिबायोटिक प्रयोग हुँदा ब्याक्टेरियाले दिने प्रतिकृयाबाट रेसिस्टेन्स हुने जनाएको छ। विश्व स्वास्थ्य संगठनले एन्टीबायोटिक्स काम गर्न छाडेमा सन् २०५० पछि प्रतिवर्ष ब्याक्टेरियाको कारणबाट हुने संक्रमणबाट विश्वमा एक करोड मानिसको मृत्यु हुने अनुमान गरेको छ। पहिला प्रभावकारी भएको एन्टीबायोटिक्सले अब त्यहीँ ब्याक्टेरियामा काम गर्न नसक्ने अवस्था आईसकेको छ। ब्याक्टेरियाले एन्टीबायोटिक्ससँग लड्ने क्षमता बिकास गरिसकेको छ। जसलाई एन्टीबायोटिक्स रेसिस्ट्यान्स भनिन्छ। ब्याक्टेरियाले नयाँ क्षमता वृद्धि गरी एन्टिबायोटिकलाई व्य्वस्थापन गर्दैछ। यसको जथाभावी प्रयोगले ब्याक्टेरियाले आफ्नो क्षमता बढाउँदै गएको विभिन्न अनुसन्धानहरुले देखाएको छ । नेपालकै अस्पतालहरुमा आईसियुमा गरिएको अनुसन्धानमे पनि कतिपय एन्टीबायोटिक्सले काम गर्न छाडिसकेको छ । चिकित्सकको सिफारिस बिना एन्टीबायोटिक्स प्रयोग गर्न नपाईने कानुनी व्यवस्था भएपनि नेपालमा यसको जथाभावी प्रयोग भने रोकिएको छैन। विश्व स्वास्थ्य संगठनले स्पस्टसँग भनेको छ, ‘एन्टीबायोटिक्स रेसिस्ट्यान्स त्यो बेला हुन्छ जब ब्याक्टेरियाले एन्टिबायोटिकको प्रयोग हुँदा प्रतिकृया दिन्छ।’ खेतिपाती गरिएको जमिन मा किटाणु, किरा, फट्याङग्राले सब्जी बालिको नाश नगरुन् भन्ने आशयले किटनाशर्क एन्टीबायोटिक्सको प्रयोग गरिन्छ तर जथाभावी ढंगले तिनिहरुको प्रयोग हुँदा एन्टीबायोटिक्स रेसिस्ट्यान्सको झनै वृद्धि भएको छ । केन्द्रीय पशु चिकित्सा प्रयोगशालाका पशुपन्छी विशेषज्ञ तुल्सी राम भन्छन् ’यदी यही क्रममा एन्टीबायोटिक्सले पशुपन्छीमा काम गर्न छाडे करिब ३ करोड मानिसहरु गरीबीको रेखा मुनिपर्ने पर्नेछन्। ’ एन्टीबायोटिक्सको जथाभावी प्रयोगको प्रभावबाट समयमानै प्रत्येक जिवलाई नबचाए वातवरनिय सन्तुलन बिग्रिएर सबैलाई असर पर्ने विज्ञहरु बताउँछन्।
मिस नेपाल श्रृंखलाको सपना पूरा, मकवानपुरमा बन्याे ङिकाे स्वास्थ्य चौकी
काठमाडौं । मिस नेपाल श्रृंखला खतिवडाको सपना पूरा भएको छ । आफ्नो गृह जिल्ला मकवानपुरको स्वास्थ्य चौकी निर्माण गर्ने उनको इच्छाले साकार रुप लिएको हो । मिस नेपाल खतिवडाको अगुवाईमा प्रदेश नं ३ मकवानपुरको कैलाश गाउँंपालिका वडा नं ७ ताम्लाङमा ङिकाे स्वास्थ्य चौकी भवन निर्माण पूरा भएको हो । इटाको विकल्पमा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने निर्माण सामाग्री कम्पनी गोर्खा इको प्यानलको सहयोगमा भवन निर्माण पूरा भएको हो । इको प्यानलले भवन निर्माणका लागि आवश्यक इको प्यानल सहयोग गरेको हो । स्वास्थ्य चौकी भवनको उद्घाटन एक समारोहबीच संघीय साँंसद विरोध खतिवडाले गरे । कार्यक्रममा मिस नेपाल श्रंखलासहित प्रदेश सभा सदस्य ओमबहादुर घलान, मुनु सिग्देल, जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भवतती पुडासैनी, हेटौडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामा लगायतले खुशी व्यक्त गरेका थिए ।