ट्रमा सेन्टरका मेसु भन्छन्- प्रहरीले बढी जसो टाउको र पेटमा गोली हानेको देखियो

काठमाडौं । जेनजी पुस्ताले गरेको आन्दोलनमा प्रहरीले टाउको र छातीमा गोली हानेको भेटिएको छ । राष्ट्रिय ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. बद्री रिजालका अनुसार घाइतेहरूको पेट र टाउकोमा बढी चोट लागेको देखिएको छ । नयाँ बानेश्वर क्षेत्रमा भएको आन्दोलनमा सरकारी पक्ष तथा प्रहरीले प्रदर्शनकारीकाे टाउको र छातीमा हानिएको देखिएको उनले बताए । रिजालका अनुसार आन्दोलनमा झडप भएपछि ११ बजे नै तयारीमा अवस्थामा रहन फोन आएको थियो । ‘आन्दोलनकर्मीहरूको झडप भयो भनेर हामीलाई साढे ११ बजेतिर फोन आयो र तयारी अवस्थामा रहनु निर्देशन दिनुभयो । झडपबाट दुखद अवस्था छ । ट्रमा सेन्टरमा मात्रै ५० जना घाइते हुनु भएको छ, ६ जनाको मृत्यु भइसकेको छ । यहाँ आएपछि सीपीआर गर्दा पनि बचाउन नसकेर ६ जनाको मृत्यु भएको हो,’ उनले भने, ‘थप ३ जनालाई हामीले आईसीयूमा राखेर उपचार गरिरहेका छौं । २ जनाको मेजर अप्रेसन भइरहेको छ ।’ उनका अनुसार घाइतेहरूको पेट, छाती, टाउको, हातखुट्टामा चोट लागेको छ । ‘बुलेट चलेको भन्ने सुनिएको छ । यो बुलेट नै हो भन्ने हामीले भन्न सक्ने अवस्था छैन । यदि बुलेट भित्रै छ भने अप्रेशन पछि मात्रै थाहा होला । चोट चाहीँ सिरियस किसिमको छ,’ उनले भने ।  मेसु रिजालका अनुसार कसैको खुट्टामा रड राख्ने, प्लास्टर गर्ने काम भइरहेको छ । साधारण चोट लागेका केही घाइतेहरूलाई डिस्चार्ज पनि गरेको उनले बताए । साथै मन्त्रीले फोन गरेर निःशुल्क उपचार गर्न निर्देशन दिएको उनले बताए ।  ‘मन्त्री, सचिवज्यू सबैले फोन गर्नु भएको छ । सकेसम्म निशुल्क उपचार गर्नु भनेर निर्देशन दिनु भएको छ । हामी इमरजेन्सी स्किम अनुसार उपचार गरिरहेका छौं,’ उनले भने, ‘ट्रमा सेन्टरमा आएका घाइते र मृत्यु भएका व्यक्तिहरु १५/१६ वर्षदेखि ३०/३५ वर्ष उमेर समूहका देखिएका छन् । एक जना ५२ वर्षको पनि हुनुहुन्छ ।’  @bikashnews उपचाररत व्यक्तिहरुको स्वास्थ्य अवस्थाबारे जानकारी दिदै ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री रिजाल ♬ original sound - BikashNews

एनआईसी एशिया बैंकका ग्राहकलाई सिद्धबाबा हस्पिटलमा उपचारमा छुट सुविधा

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले बुटवलस्थित सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचार गर्दा छुट पाउने भएका छन् । यस सम्बन्धमा बैंक र हस्पिटलबीच सम्झौता सम्पन्न भएको हो । सम्झौता अनुसार बैंकका ग्राहकले हस्पिटलमा उपचार गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्  । यसका लागि ग्राहकले बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गर्न सक्नेछन् वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ । बैंकले यस सहकार्यले आफ्ना ग्राहकलाई स्वास्थ्य उपचारमा प्रत्यक्ष लाभ दिलाउने र मुलुकमा डिजिटल भुक्तानीलाई प्रवर्द्धन गरी नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरेको छ ।

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १० पुग्यो, घाइतेले अस्पताल भरिभराउ

काठमाडौं । जेन जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा १० जनाको मृत्यु भएको छ । अहिलेसम्मको सूचना अनुसार प्रहरीको गोली लागेर १० जनाको मृत्यु भइसकेको छ ।  उपचारका लागि ट्रमा सेन्टर पु¥याइएका ६ जनाको र सिभिल अस्पतालमा २ जनाको मृत्यु भएको हो । यस्तै, केएमसी र त्रिवि शिक्षण अस्पतालमा पनि एक÷एक जनाको मृत्यु भएको छ । मृतकहरूको पहिचान खुल्न बाँकी छ । ट्रमा सेन्टरमा पुगेका हाम्रा सम्वाददाताका अनुसार ट्रमामा ५० जनाको उपचार भइरहेको छ ।