सामान्य अवस्थामा पनि एन्टीबायोटिक खान्छौं, त्यो ठूलो गल्ती हो : डा. कटवाल

काठमाडौं । अहिले घरबाहिर निस्कँदा मास्कको अनिवार्य प्रयोग गर्न चिकित्सकहरुले सुझाव दिएका छन् । कोरोना भाइरसको बढ्दो संक्रमण र काठमाडौंको वायु प्रदुषणका कारण पनि घर बाहिर निस्किँदा अनिवार्य मास्कको प्रयोग गर्नुपर्नेमा चिकित्सकहरुले आग्रह गरेका छन् । यो हरेक काठमाडौंवासीको समस्या हो । मास्क नलगाइ हिँड्डुल गरे नाक, कान र घाँटीमा समस्या आउँछ । मास्क नलगाइ घरबाहिर निस्किए बिरामी हुने साझा समस्या छ राजधानीवासीमा । अल्का अस्पतालका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा शास्वत कटवालले मौसम परिवर्तनसँगै नाक, कान र घाँटीका बिरामीहरु बढेको बताउँछन् । मौसम परिवर्तनका कारण नाक सुख्खा हुने र संक्रमित बढ्ने गरेको बताए । उनले पछिल्लो समय नेपालमा वायु प्रदुषणको मात्रा बढीरहेकाले मास्कको अनिवार्य प्रयोग गर्न र घरबाहिर निस्किएपछि हातमुख राम्रोसँग सफा गर्न सुझाव दिए । उनले नाक, कान र घाँटीको समस्या सकेसम्म घरमै उपचार गर्ने र सहन गर्न नसकेमात्रै अस्पताल जान आग्रह गरे । उनले नेपालमा एन्टिबायोटिकको धेरै अनावश्यक प्रयोग भइरहेको भन्दै चिकित्सकको सल्लाह र सुझाव लिएर मात्रै औषधिको प्रयोग गर्नुपर्नेमा जोड दिए । प्रस्तुत छ, अल्का अस्पतालका नाक, कान घाँटी रोग विशेषज्ञ डा. शास्वत कटवालसँग गरेको कुराकानीको सम्पादित अंश । मौसम परिवर्तनसँगै अलि बढी नाक, कान र घाँटीका बिरामीहरु बढेको देखिन्छ किन ? हाम्रो जुन नर्मल म्युकोजा भन्ने लाइनिङ हुन्छ, नाकको त्यो वेदर चेन्ज (मौसम परिवर्तन) ले गर्दा ड्राइ (सुख्खा) हुन्छ । त्यही भएर संक्रमित हुने सम्भावना बढी हुन्छ । त्यसैले जहिले पनि मौसम परिवर्तन हुँदा संक्रमण हुने सम्भवाना बढी हुने हो । धेरैजसो राइनो भाइरस भन्छौँ हामीले । यो चाहीँ जाडो महिनामा संक्रमित हुने सम्भवाना धेरै हुन्छ । रुघाखोकी लाग्ने कारण पनि त्यही नै हो । हाम्रो नर्मल म्युकोजा जुन हुन्छ नाकको त्यसले राम्रोसँग फंग्सन गर्न नपाएर, सुख्खा भएर राम्रोसँग काम गर्न नसकेर संक्रमण बढीरहेको हुन्छ । नाक, कान र घाँटी फरक काम गर्छन् तर कसरी अन्तर सम्बन्धित छन् ? यिनीहरु कसरी जोडिन्छन् ? रुघा लागिराख्यो भने र नाक र कान बीचको (पाइप) नशा बन्द भयो भने कानमा इन्फेक्शन देखिने, वा घाँटीमा इन्फेक्शन देखिने भयो भने त्यही नाक र कानको बीचको (पाइप) नशा जुन इन्टरकनेक्टेड छ, त्यसले गर्दा इन्फेक्शन एक अर्कामा जाने भएकाले गर्दा नाक, कान, घाँटीसँगै जेडिएर आउँछ । कुनै बेला पनि नाक, कान र घाँटीको समस्या आइरहेको नै हुन्छ तर हामीले त्यसको उपचार घरबाट नै खोजिरहेका हुन्छौँ यसलाई कसरी हेर्ने ? उत्तरः धेरैजसो नाक, कान र घाँटीमा समस्या हुने भनेको एलर्जी र ग्याँस्ट्रिकले गर्दा धेरै फरक पार्छ । हाम्रो समस्या के छ भने नाक अलि दुख्यो भने पिनास भयो, अलिकति घाँटी दुखे टन्सिल भयो भन्छौँ र एन्टीबायोटिक खाइहाल्छौँ । धेरैजसो समयमा भने इन्फेक्शन भएको हुँदैन । प्रायः हामीले एक्स्ट्रिम अफ टेम्पेचर फुडहरु नखाने हो भनेपनि धेरै फरक पर्छ । ओरलाइजिङ मेन्टेन गरेको खण्डमा पनि धेरै फरक पर्छ । हामी एकै पटक एन्टिबायोटिकमा जम्प गर्नुपर्ने हुँदैन । हामी सामान्य रुपमा घरबाट नै समाधान खोज्छौँ तर बिरामी धेरै भइसकेपछि मात्रै अस्पताल जान्छौँ, यसलाई कसरी सुधार्न सकिन्छ ? हाम्रो नाक, कान र घाँटीमा समस्या हुँदा एकैपटक आत्तिएर अस्पताल जानुपर्दैन । पहिला घरायसी उपचार नै गर्ने हो । त्यसले समाधान हुँदै गयो, सहज भयो भने अस्पताल जानु पर्दैन, तर एक, दुई दिनमा त्यो समाधान भएन वा समस्या बढ्दै गयो भने अस्पताल गएको राम्रो हुन्छ । नाका, कान र घाँटीका समस्या हुँदा, कस्तो अवस्थामा अस्पताल जानुपर्छ ? नाकबाट रगत आउने भनेको नाथ्री फुट्ने नै हो । हाम्रो अरु ठाउँमा काटिएको जस्तै हो । तर हामी नाथ्री फुटिसकेपछि धेरै आत्तिन्छौँ, त्यसपछि समस्या धेरै हुने हो । त्यसले हामीलाई प्रेसर बढाउँछ । रगत पनि बढी बग्छ । हामीले नआत्तिकन बस्यो भने नाक पिन्च गरेर बस्ने हो भने रोकिन्छ । त्यसपछि हामीले खोज तलास गर्नुपर्छ, की अरु रोगले पो नाकबाट रगत आएको हो की भनेर ? ९० प्रतिशत जति केसहरुमा डिजिज प्रोसेस नभएर साधारण नाकको नाथ्री फुटेर मात्रै रगत आउने हो । हामीले घाँटी दुख्ने बित्तिकै एजिथ्रोभाइसिन ४, ५ दिनसम्म चलाइदिन्छौँ । २१ दिनसम्म चलाएको बिरामी पनि मैले भेटेको छु । आफ्नै हिसावले । ठिक भएपनि नभएपनि उहाँले खाइरहनुभएको थियो । ठिक नभएकाले लगातार २१ दिन खानुभएको थियो । हामीले यदी सहन गर्नसक्ने क्षमता भन्दा बढी भएको छ वा फिभर आयो वा खाना खान निकै नै गाह्रो भयो भने बल्ल अस्पताल जाने हो । नत्र सामान्य उपचार घरमा नै गरेर निको हुन्छ । प्रदुषणको क्रम बढीरहेको छ, सामान्य नागरिकले त्यसबाट बच्नका लागि कस्ता सावधानी अपनाउने ? हामीले मास्कको अनिवार्य प्रयोग गर्नुपर्छ । मास्कले नरोक्ने फोहोर पनि हुन्छन् जो हाम्रो नाक र मुखमा अड्किएर बस्छ । त्यसैले जब हामी कार्यालयबाट घर र बाहिर निस्किएपछि घर जान्छौँ, पहिला नाक सफा गर्ने पानीले, त्यसपछि कुल्ला गर्ने, त्यसपछि मात्रै हाम्रा दिनचर्या कामहरु शुरु गर्नुपर्ने हुन्छ । त्यसले पनि संक्रमित हुनबाट बचिन्छ । हाम्रोमा एन्टीबायोटिक मिस्युज (गलत प्रयोग) धेरै नै छ । हामी साधारण कुरामा पनि एन्टीबायोटिक खान्छौँ । त्यो ठूलो गल्ती हो ।

१० प्रतिशत शय्या गरिब बिरामीलाई छुट्याउन मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई कूल शय्याको १० प्रतिशत शय्या गरिबीलाई निःशुल्क उपचारका लागि छुट्याउन निर्देशन दिएको छ । मन्त्रालयका उपसचिव एकदेव खनालले सबै सरकारी, निजी, सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजलाई आज परिपत्र जारी गरी विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कूल शय्याको १० प्रतिशत शय्या छुट्याई निःशुल्क उपचार सेवा उपलब्ध गराउन निर्देशन दिए । मन्त्रालयले स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ को दफा ७० (घ) मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय र बेवारिसे बिरामीका लागि निःशुल्क उपचार सेवा उपलब्ध गराउनुपर्ने भएको व्यवस्थाअनुसार १० प्रतिशत शय्या छुट्याई निःशुल्क उपचार गर्नुपर्ने उल्लेख छ । मन्त्रालयले केही दिनअघि गरेको अनुगमनमा धेरै अस्पतालले कूल शय्याको १० प्रतिशत शय्या नछुट्याएको पाइएको थियो । यस्तै अस्पतालमा कार्यरत जनशक्तिलाई पनि न्यूनतम तलब दिएको पाइएको उल्लेख गर्दै पूर्ण तलब दिनसमेत परिपत्रमा निर्देशन दिइएको छ । मन्त्रालयले अनुगमनका क्रममा स्वास्थ्य संस्थाले सवारी साधन पार्किङको शुल्क उठाएको पाइएको जनाउँदै पार्किङ शुल्क नउठाउन निर्देशन दिएको हो । मन्त्रालयले परिपत्रमा उल्लेख गरिएका कुरा लागू नगरे कारबाहीसमेत गर्ने स्वास्थ्य संस्थालाई जनाएको छ ।

निजी अस्पतालमा १० प्रतिशत बिरामीलाई निःशुल्क उपचार, पार्किङ शुल्क लिए कारवाही

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई कूल शैयाको १० प्रतिशत शैया गरिबीलाई निःशुल्क उपचारका लागि छुट्याउन निर्देशन दिएको छ । याे व्यवस्थासँग सर्बसाधारणालाई केही सुविधा हुने तर निजी लगानीमा सञ्चालित स्वास्थ्य संस्थालाई भने मर्का पर्ने जानकारहरू बताउँछन् । मन्त्रालयका उपसचिव एकदेव खनालले आज सबै सरकारी, निजी, सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजलाई परिपत्र जारी गरी विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कूल शय्याको दश प्रतिशत शय्या छुट्याई निःशुल्क उपचार सेवा उपलब्ध गराउन निर्देशन दिएका हुन् । मन्त्रालयले स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ को दफा ७० (घ) मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय र बेवारिसे बिरामीका लागि निःशुल्क उपचार सेवा उपलब्ध गराउनुपर्ने भएको व्यवस्थाअनुसार १० प्रतिशत शैया छुट्याई निःशुल्क उपचार गर्नुपर्ने उल्लेख छ । मन्त्रालयले केही दिनअघि गरेको अनुगमनमा धेरै अस्पतालले कूल शैयाको १० प्रतिशत शैया नछुट्याएको पाइएको थियो । यस्तै अस्पतालमा कार्यरत जनशक्तिलाई पनि न्यूनतम तलब दिएको पाइएको उल्लेख गर्दै पूणर् तलब दिनसमेत परिपत्रमा निर्देशन दिइएको छ । मन्त्रालयले अनुगमनका क्रममा स्वास्थ्य संस्थाले सवारी साधन पार्किङको शुल्क उठाएको पाइएको जनाउँदै पार्किङ शुल्क नउठाउन निर्देशन दिएको हो । मन्त्रालयले परिपत्रमा उल्लेख गरिएका कुरा लागू नगरे कारबाहीसमेत गर्ने स्वास्थ्य संस्थालाई जनाएको छ ।