धुम्म काठमाडौं, अस्तव्यस्त जीवनशैली
काठमाडौं । हरेक वर्ष विश्वकै प्रदूषण सहरमध्येमा पर्छ काठमाडौं । गाउँदेखि हरेक स–साना सहरबाट बसाइँसराइ गरेर काठमाडौंमा बस्ने रहर बोकेर आएकाहरू अहिले काठमाडौंको करूपता भोग्न बाध्य छन् । खासै ठूला उद्योग तथा कलकारखानाहरू सञ्चालनमा नभए पनि काठमाडौंमा वर्सेनि प्रदूषण बढिरहेको छ । धेरैले काठमाडौंलाई फोहोर सहरका रूपमा पनि चित्रण गर्न थालेका छन् । हिउँदको समयमा देशमा बढ्दै गएको आगलागी तथा डढेलो र थोत्रा यातायातका साधनहरूबाट निस्कने धुलो धुवाँले धेरैलाई आजित पारेको छ । यसले थप प्रदूषण बढाउन टेवा पुर्याइरहेको छ । गोलो कचौरा आकारको रूपमा रहेको काठमाडौंबाट प्रदूषण हट्न लामो समय लाग्छ । चिसो हावा तल नआउँदा तातो हावा तल्लो तहमा नै रहने भएकाले पनि काठमाडौं सहर थप प्रदूषित बन्दै गएको धारणा वातावरणविदहरू राख्छन् । वायु प्रदूषणको अवस्था मापन गर्ने वल्र्ड एयर क्वालिटी इन्डेक्स–र्याकिङ्ग’का अनुसार काठमाडौंको वायु विश्वकै अस्वस्थकरको अग्रस्थानमा छ । जसका कारण राम्रोसँग घाम नलाग्ने, धुम्म रहने गर्छ । जसको प्रत्यक्ष असर व्यक्तिको स्वास्थ्यमा पर्ने गरेको छ । चिकित्सकहरूका अनुसार वायु प्रदूषणले आँखा पोल्ने, चिलाउने, नाक चिलाउने, नाक पोल्ने हाँच्छिउँ आउने, खोकी लाग्ने, घाँटी खसखसाउने लगायतका लक्षणहरू देखिन्छन् । प्रदूषित वातावरणमा लामो समयसम्म रहँदा दम तथा मुटु सम्बन्धि रोग लाग्ने, फोक्सोको क्यान्सर तथा पक्षघात समेत हुनसक्ने स्वास्थ्य मन्त्रालयको भनाइ छ । मन्त्रालयले यो प्रदूषणबाट बच्नका लागि अनावश्यक काममा बाहिरि ननिस्कन आग्रह पनि गरेको छ । आँखा अस्पतालमा भीड वायु प्रदूषणका कारण आँखाका बिरामीको संख्या बढ्दै गएको छ । आँखाको बिरामी बढ्दा काठमाडौं उपत्यकाका आँखा अस्पतालहरू भरिभराउ छन् । आँखा रोग विशेषज्ञका अनुसार प्रदूषणले आँखाको जाली र नानीमा असर पर्छ । आँखामा धुलो परेजस्तै बिझाउने, चिलाउने र रातो हुने गर्छ । अहिले अस्पताल आउने धेरैमा आँखा चिलाउने, बिझाउने र रातो हुने समस्या देखिएको अस्पतालहरूले बताएका छन् । आँखारोग विशेषज्ञ डा. बेन लिम्बु प्रदूषणले आँखामा असर पर्ने भएकाले बाहिर निस्कदा अनिवार्यरूपमा चस्मा र मास्क लगाउन सल्लाह दिन्छन् । आँखा चिलाउँदा र बिझाउँदा आँखामा पानी नछ्याप्न पनि उनको आग्रह छ । ‘यस्तो बेला धेरैले आँखामा चिसो पानी छ्याप्छन्,’ उनी भन्छन्, ‘त्यस्तो गर्नु हुँदैन, त्यसले थप असर निम्त्याउँछ, प्रदूषणको बेला घर बाहिर निस्कनु हुँदैन, निस्किहाले पनि चस्मा लगाउनुपर्छ ।’ श्वासप्रश्वासको पनि समस्या चिकित्सकहरूका अनुसार प्रदूषणले श्वासप्रश्वासको पनि समस्या हुन्छ । अहिले अधिकांश अस्पतालमा श्वासप्रश्वासको समस्याहरू लिएर बिरामीहरू आउने गरेका छन् । प्रदूषणले दम लाग्ने र स्वास फेर्न गाह्रो हुने लगायतका समस्या देखिन्छन् । अहिले यस्ता बिरामीको संख्या अस्पतालमा बढिरहेको बुझिएको छ । टेकु अस्पतालमा अहिले श्वासप्रश्वासका बिरामीको सख्या बढेको छ । वीर अस्पतालमा पनि बिरामीको संख्या बढेको अस्पतालले बताएको छ । अस्पतालका अनुसार वृद्धवृद्धा, बालबालिका र गर्भवती महिलामा बढी जोखिम हुन्छ । छातिरोग विशेषज्ञ डा. अशेष ढुंगान प्रदूषित वातारणमा लामो समय रहँदा मुटु सम्बन्धी रोग र फोक्सोको क्यान्सर हुने बताउँछन् । ‘वायु प्रदूषण मानव स्वाथ्यका लागि खतरा हो,’ उनी भन्छन्, ‘जब श्वासप्रश्वासको माध्यमबाट फोहोर फोक्सोमा जान्छ त्यसपछि असर देखिन्छ, प्रदूषणको समयमा धेरै ख्याल गर्नुपर्छ ।’ विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार वायु प्रदूषणका कारण विश्वमा प्रत्येक वर्ष ७५ लाख मानिसको मृत्यु हुने गरेको छ । नेपालमा पनि हरेक वर्ष ३५ हजारले प्रदूषणका कारण ज्यान गुमाउने गरेको सरकारी तथ्यांकले देखाउँछ । हामीले श्वासप्रश्वास गर्दा हाम्रो श्वासबाट आँखाले देख्न नसकिने किटाणुहरू शरिरभित्र प्रवेश गर्छन्, छाला र आँखाका रोगीहरूको सख्या नेपालमा वर्सेनि बढिरहेको छ । हावामा प्रदूषण हुँदा यसको सिधा सम्पर्क व्यक्तिको आँखा र छालामा पर्छ, जसका कारण स्वास्थ्यमा ठूलो असर पर्ने चिकित्सकहरू बताउँछन् । बढ्दो सहरीकरणको प्रभाव वातावरण र मानिसको स्वास्थ्य कुनै न कुनै रूपमा एक अर्कासँग जोडिएका छन् । बढ्दो सहरीकरण तथा जलवायु परिवर्तनका कारण वातारण प्रदूषण बढ्दै गएको छ । नेपाल जस्तो विकासन्मुख देशमा अझ बढी प्रदूषणको प्रभाव देखिएको वातावणविद्हरू बताउँछन् । गरिबी तथा अव्यवस्थित् सहरीकरण लगायत कारणले वातापरण प्रदूषण हुने गरेको छ । वातावरणविद् भुषण तुलाधर वायुमा देखिने प्रदूषण घातक हुने तर्क दिन्छन् । उनी सबैले मिलेर घरघरबाट यसलाई निर्मुल पार्नु पर्ने बताउँछन् । प्रदूषण कम गर्न प्रत्येक घरबाट कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्छ,’ उनी भन्छन्, ‘हामीले आफ्नै घरबाट सुरुवात गर्ने भने पनि यसमा ठूलो राहात हुन्छ, घरमा छुट्याएको फोहोर बोक्दा पनि छुट्टै लग्ने र डम्पिङ पनि सोहीअनुसार गर्ने हो भने प्रदूषण कम हुन्छ ।’ घरयासी फोहोर, कृषिमा प्रयोग गरिने रासायनिक पदार्थ, कलाकारखानाबाट निस्किने फोहोर, सवारी साधनबाट निस्कने धुलोधुवाँ तथा अन्य बाहिरी फोहोरले वायुप्रदुषण हुने गरेको उनको भनाइ छ । सहरी क्षेत्रमा प्रदूषण बढ्नुको कारण यातायातका साधनबाट निस्कने धुलोधुवाँ र निर्माण भइरहेका सडकले हो । यो मानवीय कारणले सिर्जित हुन्छ । ग्रामिण क्षेत्रबाट सहरमा बसाइँसराइ गर्दा पनि प्रदूषण बढेको विज्ञहरू बताउँछन् ।
वात्सल्य नेचुरल आइभीएफले एकै महिनामा १२९ दम्पतिलाई दियो सन्तान सुख
काठमाडौं । नेपालको नम्बर १ आइभीएफ वात्सल्य नेचुरलले एक महिना १२९ दम्पतिलाई सन्तान सुख दिएको छ । वात्सल्य नेचुरलले आइभीएफ र आइयुआइको माध्यमबाट सन्तान प्राप्तिको सेवा दिदै आएको छ । यसैक्रममा वात्सल्य नेचुरलले पछिल्लो एक महिनामा १२९ दम्पतिलाई सन्तान सुख दिन सफल भएको एमब्रियोलोजी ल्याब डाइरेक्टर सुरेश यादवले जानकारी दिएका छन् । वात्सल्य नेचुरलमा पछिल्लो तीन महिनामा आइभीएफको औसत सफलता ७०.८८ प्रतिशत रहेको उनले बताए । जबकी विश्वव्यापी रुपमा आइभीएफको औसत सफलता ३० देखि ६० प्रतिशतको आसपास रहेको बताइन्छ । पछिल्लो तीन महिनामा वात्सल्य नेचुरलले ३६८ जना दम्पतिलाई सन्तान सुख दिएको यादवले बताए । यादवले लामो समयसम्म प्राकृतिक किसिमले सन्तान प्राप्त नभएमा एसिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी (एआरटी) को मध्यमबाट सन्तान प्राप्त गर्न सकिने र वात्सल्यले सोहि सेवा दिइरहेको बताए । एआरटी टेक्नोलोजीलाई सामान्य भाषामा बुझ्दा प्रविधिको मध्यमबाट सन्तानप्राप्तिको बाटो सरल बनाउनु हो भनेर बुझ्न सकिन्छ । यस अन्तर्गत आइयुआई र आइभीएफ प्रविधि अपनाउन सकिन्छ । आइयुआई अन्तर्गत महिलामा कुनै गडबडी नभएमा पुरुषको शुक्रकिटलाई वाश गरेर महिलाको गर्भनलीमा हालिन्छ र त्यो विस्तारै विकसित हुँदै जान्छ । त्यस्तै आइभीएफमा पुरुष र महिलाबाट निकालिएको शुक्रकिट र डिम्बलाई राम्ररी छनोट र विकास गरी बाह्यरुपमा निषेचन गरिन्छ र त्यसलाई महिलाको पाठेघरमा स्थानान्तरण गरिन्छ । यसले गर्दा गर्भनली बन्द भएको वा कुनै प्रजनन् अङ्गमा समस्या भएको महिलाले पनि सन्तान पाउन सक्छन् । वात्सल्य नेचुरलले अहिलेसम्म आइयुआई प्रविधिबाट २००० र आइभीएफ प्रविधिबाट ४००० दम्पतिलाई सन्तान सुख दिइसकेको यादवले बताए । त्यसैगरी वात्सल्य नेचुरलले काठमाडौंसहित नेपालगन्ज, पोखरा, चितवन, विराटनगर र बुटवलमा पनि पूर्ण सुविधासहित सेवा विस्तार गर्न लागेको प्रबन्ध निर्देशक प्रशान्त सुबेदीले जानकारी दिएका छन् । वात्सल्य नेचुरलले निसन्तान वा गर्भधारण सम्बन्धि कुनै पनि उपचार र सल्लाहसुझाव विशेषज्ञ चिकित्सकबाट उपलब्ध गराउदै आएको प्रबन्ध निर्देशक सुबेदीले बताए । वात्सल्य नेचुरलले दिइरहेको सेवा बारे सुबेदीले भने- ‘वात्सल्यमा हामी हेरेक सेवाग्राहीको अवस्थालाई राम्ररी अध्ययन गर्छौं र त्यस अनुरुपकै उपचार गर्छौं । उनीहरुलाई सहज महसुस गराउने, मित्रवत व्यवहार गर्ने र आइभीएफको चक्रको पूर्ण अवस्थामा हरेक सल्लाह उपलब्ध गराउने काममा हामी पूर्णरुपमा सजग रहन्छौं त्यसैले हाम्रो सफलता दर पनि उच्च छ ।’
स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपाल सफल छ : स्वास्थ्यमन्त्री
वासिङ्टन । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र कानुनी व्यवस्थासहित गरिबी निवारण, स्वास्थ्य सेवा प्रणाली, बाल मृत्युदर घटाउने तथा औसत आयु वृद्धिमा नेपालले सफलता प्राप्त गरेको बताएका छन् । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या तथा विकास आयोगको ५७औं बैठकलाई न्युयोर्कमा सम्बोधन गर्दै उपप्रधानमन्त्री यादवले स्वास्थ्य सेवाको विकासलाई उच्च प्राथमिकता दिएर तदनुरुप काम भइरहेको बताए । मन्त्री यादवले तीन दशक अगाडि कायरोमा सम्पन्न जनसङ्ख्या तथा विकास आयोगको बैठकमा उपस्थित एक सय ७९ देशले स्वीकृत गरेको कार्यक्रम कार्यान्वयनलाई सरकारले प्राथमिकता दिएको बताए । उनले सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्न हरसम्भव प्रयत्न भएको जानकारी दिए । उनले भने, ‘नेपालले संविधानमा नै प्रजनन अधिकार, सुरक्षित मातृत्व, लैङ्गिक समानता, मानवअधिकारजस्ता मौलिक अधिकारलाई सुनिश्चित गरेको छ । आफ्ना नागरिकको जीवनस्तर उठाउन नीतिगत व्यवस्थाका साथै योजना तथा कार्यक्रम कार्यान्वयनमा जोड दिँदै आएको छ ।’ युवा जनशक्तिलाई स्वदेशमै रहने वातावरण बनाउन सरकार क्रियाशील रहेको बताउँदै मन्त्री यादवले शिक्षा, स्वास्थ्य, प्रविधि, व्यवसाय, क्षमता अभिवृद्धिका लागि बाह्य लगानी अपरिहार्य भएकोमा जोड दिए । मन्त्री यादवले नयाँ जनसङ्ख्या नीति निकट भविष्यमा सार्वजनिक गर्ने जानकारी दिए । उनले जलवायु परिवर्तनका कारण उत्पन्न विषम परिस्थितिप्रति चिन्ता समेत व्यक्त गरे । उपप्रधानमन्त्री यादव नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापालगायत सहभागी थिए ।