गार्डियन माइक्रो लाईफले आईपीओ निष्कासन गर्ने

काठमाडौं । गार्डियन माइक्रो लाईफ इन्स्योरेन्सले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले विज्ञप्ति जारी गर्दै आईपीओ जारी गर्ने जानकारी दिएको हो । कम्पनीले सेयरको खरिद प्रत्याभुतिका लागि नेपाल एसबिआई मर्चेण्ट बैंकलाई नियुक्त गरेको छ । गार्डियन माइक्रो लाईफ इन्स्योरेन्सले सर्वसाधारणका लागि २२ लाख ५० हजार कित्ता साधारण सेयर जारी गर्न लागेकाे हाे । नेपाल एसबिआई मर्चेण्ट बैंकिङका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र गार्डियन माइक्रो लाईफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले उक्त सेयर प्रत्याभुित प्रदान गर्ने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरे ।

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको प्रथम वार्षिक समिक्षा सम्पन्न

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आफ्नो प्रथम वर्षको वार्षिक सम्पन्न गरेको छ । कम्पनीले समिक्षा तथा आव २०८१/८२ का लागि रणनीतिक योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको हो । साउन १८ र १९ गते चितवनको सौराहामा सम्पन्न भएको उक्त कार्यक्रम कम्पनीका सञ्चालक गणेश राज पन्तको अध्यतामा सञ्चालन भएको हो । उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत, महाप्रवन्धक, विभागिय प्रमुखहरु, शाखा प्रवन्धक तथा मार्केटिङमा आवद्ध कर्मचारी समेतको उपस्थिति रहेको थियो । कम्पनी सचिव राजेन्द्र पाठकले सञ्चालन गरेके उक्त कार्यक्रममा गत आव को उपलब्धि समिक्षा तथा आगामी रणनीतिका वारेमा महाप्रवन्धक अभिम डंगोलले आफ्नो प्रस्तुती राखे । सम्पूर्ण शाखा प्रवन्धकहरुले कम्पनीको आगामी योजनाअनुसार अगाडी बढ्ने प्रतिवद्धता जाहेर गरेका छन् । कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत नरेश कुमार रोकाले कम्पनीको स्थापनादेखि हालसम्मको सम्पूर्ण वस्तुस्थितिको बारेमा जानकारी गराउदै व्यापार व्यवसाय वृद्धिका साथ साथै प्रचलित नियम कानुनको पूर्ण पालना गर्नु आफ्नो प्राथमिकता रहेको भन्दै सम्पूर्ण विभागिय प्रमुख तथा शाखा प्रमुख समेतलाई हाल सम्मको उपलब्धिका लागि धन्यवाद व्यक्त गरे । यस्तै उनले कम्पनीको समग्र स्थिति तथा प्राथमिकताको क्षेत्र र कम्पनीको आदर्श बाक्यको वारेमा छलफल गर्दै लक्षित वर्ग तथा उनिहरुका जोखिमलाई प्राथमिकतामा राखेर बीमालेख जारी गर्न सम्पूर्ण शाखा प्रवन्धकहरुलाई आग्रह गरेका छन् । कार्यक्रमकको समापनमा बोल्दै सञ्चालक गणेश राज पन्तले यस कार्यक्रममा आफु सहभागी भएर कम्पनीको समग्र वस्तुस्थिति नजिकबाट बुझ्ने अवसर प्राप्त भएको तथा यस कम्पनीले विगतमा गरेको प्रगतिमा आफुलाई सन्तुष्टि मिलेको र विहानीले दिनको झझल्को दिन्छ भने झै आगामी दिनहरुमा अझ प्रगति गर्नेमा आफु विस्वस्थ रहेको कुरा व्यक्त गरे। प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स २०७९ पौष १२ गते कम्पनी रजिष्ट्रार कम्पनीमा दर्ता भई २०७९ चैत्र २९ गते नेपाल बीमा प्राधिकरणबाट निर्जीवन लघुबीमा व्यवसाय सञ्चालनार्थ अनुमित प्राप्त लघु निर्जीवन बीमा कम्पनी हो । धनगढी कैलालीमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीले हाल सम्म २९ वटा कार्यालय मार्फत लक्षित वर्गलाई लघुबीमा सेवा प्रदान गर्दै आएको छ ।

वैदेशिक रोजगार बीमा बजारबाट बाहिरियो प्रभु महालक्ष्मी लाईफ, तीन माईक्रोसहित चार कम्पनी थपिए

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगार म्यादी जीवन बीमा बीमालेख बिक्री नगर्ने भएको छ । कम्पनीे उक्त म्यादी जीवन बीमा बजारबाट पछि हटेको हो । वैदेशिक रोजजार विभागले सूचना जारी गरेर उक्त पोलिसि बिक्री गर्न जीवन बीमा कम्पनीहरुलाई आवेदन दिन भनेको थियो । विभागले चालु आर्थिक वर्ष २०८१÷०८२ का लागि सो प्रस्ताव आह्वान गरेको थियो । विगतमा सो पोलिसि बिक्री गर्दै आएको प्रभु महालक्ष्मीले भने आवेदन नै नदिएको विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले विकासन्युजसँग बताए । सूचना अधिकारी सुवेदीका अनुसार नयाँ तीन जीवन लघुबीमा कम्पनीहरुले उक्त पोलिसी बिक्रीका लागि विभागसँग सम्झौता गरेका छन् । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, लिवर्टी माइक्रो लाईप इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफले उक्त पोलिसि बिक्रीका लागि विभागसँग सम्झौता गरेका छन् । विगतमा यो पोलिसी बिक्री नगरेको हिमालयन लाइफ इन्स्योरेन्सले पनि चालु आवमा पोलिसी बिक्रीका लागि सम्झौता गरेको छ । वैदेशिक रोजगार म्यादी जीवन बीमा बिक्रीका लागि १३ कम्पनीले सम्झौता गरेको विभागले जानकारी दिएको छ । विभागका अनुसार तीन वटा लघु जीवन बीमक र १० वटा जीवन बीमक गरी कुल १३ वटा कम्पनीले सो पोलिसी बिक्रीका लागि सम्झौता गरेका हुन् । गत आर्थिक वर्ष १० वटा बीमा कम्पनीले यस्तो पोलिसी बिक्री गर्दै आएका थिए ।