सिटिजन लाइफ वीमेन्स फोरमद्वारा लैङ्गिक हिंसा सम्बन्धि कार्यक्रम सम्पन्न
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सातौं वार्षिकउत्सवको अवसरमा, ११ जना सदस्य सहितको वीमेन्स फोरमको गठन गरेको थियो । यस कम्पनीमा कार्यरत महिला कर्मचारीहरुलाई उत्कृष्ट कार्यस्थल बनाउन समन्वय गर्ने, त्यसबारे आवश्यक पहल गरी त्यस्ता विषयहरु माथि छलफल गर्ने र समस्याहरु देखिएमा समाधान प्रदान गर्न आवश्यक भुमिका खेल्ने उद्देश्यले गठन गरिएको यस फोरमले पहिलो कार्यक्रम सम्पन्न गरेको छ । अहिले विश्वव्यापी रुपमा चलिरहेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई मध्यनजर गर्दै शूक्रबार कम्पनीकोे प्रधान कार्यालयमा ‘हामी सबैको प्रतिवद्धताः लैङ्गिक हिंसा अन्त्यको ऐक्यवद्धता’ को विषयमा कार्यक्रम सम्पन्न गरेको थियो । सो कार्यक्रमको मूख्य श्रोत व्यक्तिको रुपमा राष्ट्रिय महिला आयोगकी सचिव पार्वती अर्यालको उपस्थिती रहेको थियो । अर्यालले लैङ्गिक हिंसाको प्रकार, कार्यस्थलमा हुने लैङ्गिक हिंसा, र व्यवसायिक संस्थाहरुले अपनाउनु पर्ने कानुनी व्यवस्थाबारे विस्तृत रुपमा प्रशिक्षित गरिन् । उक्त कार्यक्रममा प्रत्यक्ष र अनलाईन मार्फत उपस्थित १७८ जना सिटिजनका कर्मचारीहरूलाई लैङ्गिक हिंसा विरुद्ध ऐक्यवद्धता भएर काम गर्न अर्यालले प्रोत्साहन समेत गरिन् । उक्त कार्यक्रममा अर्यालले, लैङ्गिक हिंसा महिलाहरु माथि मात्र नभइ पुरुषहरुमाथि पनि हुने भएको र यसबारे कसरी बच्ने र भएको खण्डमा कसरी कानुनी रुपमा अघी बढ्ने भन्ने बारेमा पनि जानकारी दिइन् । फोरमको संयोजक रिता पाठकले आचारसंहिता तयार गरी महिलाहरुको भुमिकालाई प्रोत्साहन र समर्थन गर्ने प्रतिबद्धता जनाउदैं लैङ्गिक हिंसाको पिडितलाई आवाज उठाउन अनूरोध गरिन् । फोरमले आउने समयहरुमा यस्तै शैक्षिक कार्यक्रमहरु सञ्चालन गरिने र संस्थागत सामाजिक उत्तरदायित्वको अनुरुप विभिन्न कार्यहरु गर्ने भविष्यको सोच रहेको बताइन् । कार्यक्रमको अन्तिम चरणमा कम्पनीका नायब प्रमूख कार्यकारी अधिकृत दिप बहादुर वि.सीले सुरक्षित र समावेशी कार्यस्थल बनाउने कम्पनीको प्रथमिकता रहेको जनांउदैं कार्यक्रम समापन भएको घोषणा गरे । यस वीमेन्स फोरमको मुख्य उद्देश्य कम्पनीमा कार्यरत महिला कर्मचारीहरुलाई सशक्तिकरण गर्नुका साथै महिला लगायत सबैको लागी उत्कृष्ट कार्यस्थल र वातावरण बनाउन समान्वय गर्ने र सो को सहजतको लागी विभिन्न कार्यक्रमहरु सञ्चालन गरी मद्दत गर्ने र कार्यालयमा लैङ्गिक सम्मानता कायम राख्न समान्वय गर्नु रहेको छ ।
बीमा कम्पनीले वैदेशिक रोजगार बीमाबाट गरे १ अर्ब बढीको व्यवसाय, सन र एसियन अगाडि
काठमाडाैं । चालु आर्थिक वर्षको ४ महिनामा १ अर्ब बढीको वैदेशिक रोजगार म्यादी जीवन बीमालेख बिक्री भएको छ । १४ जीवन बीमा कम्पनी (लघु जीवनसहित) ले कार्तिक मसान्तसम्म १ अर्ब ५ करोड ६७ लाख रुपैयाँ बढीको वैदेशिक रोजगार म्यादी जीवन बीमालेख बिक्री गरेका छन्। वैदेशिक रोजगार म्यादी जीवन बीमाको व्यापार सबैभन्दा धेरै सन नेपाल लाइफले गरेको छ । सन् नेपालले चार महिनामा ४६ करोड ५२ लाख रुपैयाँ बढीको व्यापार गरेको हो । कम्पनीले कार्तिक महिनामा मात्रै १३ करोड ६० लाख रुपैयाँको व्यापार गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । सन नेपालले वैदेशिक रोजगार म्यादी जीवन बीमाअन्तर्गत कार्तिक महिनामा ३२ हजार ८१ वटा पोलिसी बिक्री गरेको छ । यसैगरी, एसियन लाइफले २० करोड २० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले कार्तिक महिनामा मात्रै ८ करोड २६ लाख रुपैयाँको व्यापार गरेको हो । कार्तिक महिनामा एसियन लाइफले १८ हजार ९०४ वटा पोलिसी बिक्री गरेको छ । नेपाल लाइफले ८ करोड ९६ लाख, नेसनल लाइफले ८ करोड ३२ लाख, सानिमा रिलायन्स लाइफले ५ करोड ३४ लाख, सूर्यज्योति लाइफले ५ करोड १७ लाख र रिलायबल लाइफले ४ करोड ३० लाख रुपैयाँ बढीको वैदेशिक रोजगार म्यादी जीवन बीमालेख बिक्री गरेका छन् । कार्तिक महिनामा नेपाल लाइफले २ करोड १६ लाख, नेसनल लाइफले २ करोड ६४ लाख, सानिमा रिलायन्स लाइफले १ करोड २८ लाख, सूर्यज्योति लाइफले १ करोड २५ लाख र रिलायबल लाइफले ३ करोड ६३ लाख रुपैयाँ बीमाशुल्क वैदेशिक रोजगार म्यादी जीवन बीमाअन्तर्गत संकलन गरेका छन् । कुनको कति ?
१४ प्रतिशत नगद लाभांश बाँड्ने साना किसान विकास लघुवित्तको घोषणा
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको कुल १४ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमध्ये १३.३० प्रतिशत बोनस शेयर र ०.७० प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्नेछ । कम्पनीले घोषणा गरेको लाभांश लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।