नेपाल फाइनान्सले लाभांश वितरण नगर्ने

काठमाडौं । नेपाल फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने भएको छ । पुस २ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले कुनै पनि लाभांश वितरण नगर्ने र सोही बमोजिमको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो ।

सूर्यज्योतिमा स्वमित्व घटाउँदै एनआईसी एसिया बैंक, यी हुन् १४ ठूला सेयरधनी

काठमाडाैं । सूर्यज्योति लाइफ इन्स्योरेन्समा लगानी गर्ने ठूला लगानीकर्ताको संख्या १४ रहेको छ । कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को वित्तीय विवरणअनुसार कम्पनीमा १ प्रतिशतभन्दा धेरै स्वामित्व रहेको सेयरधनीहरूको संख्या १४ रहेको छ । जसमध्ये ९ जना व्यक्ति र ५ वटा संस्था रहेको छन् । कम्पनीका ६ ठूला लगानीकर्ताले आव २०८०/०८१ मा सेयर स्वामित्व घटाएका छन् । सेयर स्वामित्व घटाउनेहरूमा एनआईसी एसिया बैंक पनि रहेको छ । अघिल्लो आव २०७९/०८० मा सूर्यज्योति लाइफमा एनआईसी एसियाको सेयर स्वामित्व ३.०२ प्रतिशत रहेको थियो । तर, गत आव २०८०/०८१ मा बैंकको स्वामित्व २.२० प्रतिशतमात्र कायम छ । अर्थात् २०७९/०८० को अन्त्यसम्ममा कम्पनीमा बैंकको १३ लाख ७१ हजार १५३ कित्ता सेयर थियो । २०८०/०८१ को अन्त्यमा आइपुग्दा ११ लाख १ हजार ४७६ कित्ता सेयर कायम भएको छ । कम्पनीमा सबैभन्दा धेरै सेयर स्वामित्व भने नितेश अग्रवालको रहेको छ । नितेश अग्रवालको १८ लाखभन्दा बढी कित्ता सेयर रहेको छ । उनको ५.५९ प्रतिशत सेयर रहेको छ । यसैगरी, उषा अग्रवालको २५ लाख ७९ हजारभन्दा धेरै कित्ता सेयर सो कम्पनीमा रहेको छ । उषाको सेयर स्वामित्व हिस्सा ५.१५ प्रतिशत छ । २२ लाख ८१ हजार कित्ता सेयर रहेका अर्पीत अग्रवालको सेयर स्वामित्व हिस्सा ४.५५ प्रतिशत छ भने यूनिटेक इन्भेष्टमेन्ट प्रालिको ३.८० र त्रिलोकचन्द अग्रवालको ३.६५ प्रतिशत सेयर हिस्सा रहेको छ । यूनिटेक र त्रिलोकको सेयर क्रमशः १९ लाख ६ हजार र १८ लाख ३० हजार कित्ता रहेको छ । यसैगरी, १८ लाख कित्ता सेयर रहेको निकुन्ज अग्रवालको स्वामित्व ३.५९ प्रतिशत, १७ लाख २९ हजार कित्ता सेयर रहेको श्री गणेश प्रोपर्टीइज एण्ड ईन्भेष्टमेन्टको स्वामित्व ३.४५ प्रतिशत, १२ लाख ७७ हजार कित्ता सेयर रहेको उषा ईन्भेष्टमेन्टको सेयर स्वामित्व २.५५ प्रतिशत र ९ लाख ८५ हजार कित्ता सेयर स्वामित्व रहेको असोक कुमार अग्रवालको सेयर स्वामित्व हिस्सा १.९७ प्रतिशत रहेको छ । यसैगरी, भीजे ईन्भेष्टमेन्ट कम्पनी प्रालिको सेयर स्वामित्व हिस्स १.८३ प्रतिशत, बोधप्रसाद तिवारीको १.२५, सिटी एक्स्प्रेस ईन्भेष्टमेन्ट फण्डको १.२० प्रतिशत र सिरिश कुमार मुरर्काको १.१६ प्रतिशत सेयर स्वामित्व रहेको छ । कम्पनीमा भीजे, बोधी, सीटी एक्स्प्रेस र सिरिशको सेयर क्रमशः ९ लाख १७ हजार, ६ लाख २४ हजार, ६ लाख र ५ लाख ८१ हजार कित्ताभन्दा धेरै रहेको छ ।

‘आईएमई पे’ बाट आईईएलटीएस परीक्षाको शुल्क तिर्दा २ हजार रुपैयाँ क्यासब्याक

काठमाडौं । ‘आईएमई पे’ बाट आईईएलटीएस टेस्टको शुल्क तिर्दा २ हजार रुपैयाँ क्यासब्याक पाउने योजना सार्वजनिक गरेको छ । यसअघि ‘आईएमई पे’ बाट आईईएलटीएस टेस्टको शुल्क तिर्दा १ हजार रुपैयाँ मात्रै छुट पाउँदै आएको थियो । सेवाग्राहीले यो क्यासब्याक सुविधा ५ पुससम्म मात्र प्राप्त गर्न सक्नेछन् भने पहिले सार्वजनिक भएको अफर अनुसार १ हजार छुट पाउने सुविधा भने निरन्तर चलिरहने कम्पनीले जनाएको छ  । यो नयाँ सेवा मार्फत अब प्रयोगकर्ताले समय र मेहनत बचाइ आईएमई पे एप मार्फत आफ्नो आईईएलटीएस परीक्षा शुल्क सहजै तिर्न सक्नेछन् । प्रयोगकर्ताले आईईएलटीएसको एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, आईईएलटीएस यूकेभीआईको एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, लाइफ स्किल्स ए१/ए२, बी१ का लागि भुक्तानी गर्न सक्नेछन् ।