माछापुच्छ्रे क्यापिटल तथा माछापुच्छ्रे सेक्युरिटिजको आयोजनामा सहिद आर्दश क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । माछापुच्छ्रे क्यापिटल तथा माछापुच्छ्रे सेक्युरिटिजको संयुक्त आयोजनामा सहिद आर्दश क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । माछापुच्छ्रे क्यापिटलले ५ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न विद्यालयमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गर्ने योजना अनुरुप बुधबार माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडसंगको संयुक्त आयोजनामा मनोहरा, काठमाडौंस्थित सहिद आर्दश क्याम्पसमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा उच्च माध्यामिक तहमा अध्यनरत विद्यार्थीहरुका साथै क्याम्पसका कर्मचारीहरु तथा शिक्षक वर्गलाई शेयर बजारको जानकारी, लगाानीको महत्व लगायतका विषयमा वित्तीय जनचेतना सम्बन्धी सचेतना प्रदान गरेको छ । क्यापिटलले स्थापनाको ५औं वर्षको वार्षिकोत्सवको उपलक्षमा माघ महिनाभरी रक्तदान, वित्तीय साक्षरता, सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोग लगायतका विविध कार्यक्रमहरु आयोजना गरी मनाइरहेको छ ।
सम्पदा लघुवित्तका सदस्यलाई नेपाल तराई सीटी हस्पिटलमा ५० प्रतिशतसम्म छुट
काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड र रौतहटकाे नेपाल तराई सीटी हस्पिटलबीच सम्झाैता भएकाे छ । माघ १५ गते नेपाल तराई सीटी हस्पिटलका प्रमुख डा. मधुरेन्द्र कुमार यादव र सम्पदाका नायब महाप्रबन्धक सीताराम पण्डितले सम्झौता पत्रमा हस्ताक्षरण गरे । सम्झाैतापश्चात अब सम्पदा लघुवित्तका सदस्य र कर्मचारीहरूलाई सीटी हस्पिटलमा उपचार गराउँदा ५० प्रतिशतसम्म छुट हुनेछ । रौतहट जिल्लाअन्तर्गतका ५ वटा शाखा कार्यालयहरूका सदस्यहरूले विभिन्न स्वास्थ्य उपचार, औषधी खरीद, अप्रेशन, बेड चार्ज, ल्याब परीक्षण समेतमा अधिकतम ५० प्रतिशतसम्म छुट लाभ लिन सकिने जनाइएकाे छ । सीताराम पण्डितले स्वास्थ्य उपचारमा सदस्य र कर्मचारीलाई विशेष छुटको व्यवस्था गरिदिएकोमा अस्पताल प्रशासन टिमलाई संस्थाको तर्फबाट धन्यवाद प्रकट गरे ।
सम्पदा लघुवित्तले १७० जना सदस्यलाई दियो सीपमूलक तालिम
काठमाडौं । सम्पदा लघुवित्तले ४ वटा शाखा कार्यालयमार्फत आवद्ध सदस्यहरूलाई सीपमूलक तालिम दिएको छ । शाखा कार्यालयहरू साँगाचौक सिन्धुपलान्चोक, ध्यामपेशाल, गोरखा, तुनिहवा रुपन्देही र सितापुर सप्तरीमा विभिन्न किसिमका सीपमूलक तालिम सञ्चालन गरिएको हाे । शाखा कार्यालय साँगाचौकमा फिनेल ह्याण्डबास ट्वाइलेट क्लिनर तालिम सञ्चालन भएको र उक्त तालिममा ५० जना सदस्यहरूको सहभागिता रहेको थियो । यसैगरी, ध्यामपेशालमा उन्नत जातको बाख्रापालन तालिममा ५८ जना, तुनिहवामा लहरे तरकारी खेती तालिममा २६ जना र सीतापुरमा लहरे तरकारी खेती तालिममा ३६ जना गरी जम्मा १७० जना सहभागी सदस्यलाई सीपमूलक तालिम कार्यक्रम प्रदान गरिएकाे थियाे । तालिममा स्थानीय निकाय गाँउपालिका र नगरपालिकाका कृषि तथा पशुसेवा विभागका कर्मचारी प्रशिक्षहरूद्वारा तालिम प्रदान गरिएको थियो । कार्यक्रममा सहभागीहरूलाई तालिमपश्चात तालिमको प्रमाणपत्रसमेत प्रदान गरिएको थियो । वित्तीय संस्थाले हाल ४५ जिल्लामा १५५ वटा शाखा कार्यालयमार्फत १ लाख ७८ हजार जना सदस्यलाई सेवा प्रवाह गर्दै आएको छ । हाल लगानीमा रहेको कर्जा रकम लगभग १० अर्बको हाराहारीमा रहेको छ ।