मिथिला लघुवित्तको स्वतन्त्र सञ्चालकमा आचार्य नियुक्त
काठमाडौँ । मिथिला लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालक पदमा केशवराज आचार्य नियुक्त भएका छन् । कम्पनीको पुस २२ गते बसेको बैठकले आचार्यलाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव महेशकुमार चौधरीले जनाएका छन् ।
सहारा विकास बैंकद्वारा बोनस शेयर र नगद लाभांश प्रस्ताव
काठमाडौँ । सहारा विकास बैंक लिमिटेडले बोनस शेयर र नगद लाभांश प्रस्ताव गरेको छ । यही पुस २० गते बसेको सञ्चालक समितिको बैठकले बोनस शेयर र नगद लाभांश प्रस्ताव गरेको हो । आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट शेयरधनीहरुलाई ८९ लाख ७८ हजार ३ सय ६० रुपैया ४० पैसा बोनस शेयर प्रस्ताव गरिएको छ । साथै ४ लाख ७२ हजार ५ सय ४५ रुपैयाँ २८ पैसा कर प्रयोजनार्थ नगद लाभांश प्रस्तावित गरिएको प्रमुख कार्यकारी अधिकृत विनयकुमार साहले नेपाल स्टक एक्सचेञ्जलाई पठाएको पत्रमा उल्लेख छ ।
सन नेपाल लाइफ इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोख्रेलले हस्ताक्षर गरेका हुन् । सम्झौता अन्र्तगत मुक्तिनाथ विकास बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् । उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बीमालेखहरु मुक्तिनाथ विकास बैंकका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुनेछ । साथै कम्पनीले निकट भविष्यमा आफ्नो चुक्ता पुँजी २ अर्व पुर्याउन ६० करोड मूल्यकोे आईपोओ शेयर सर्वसाधारणमा बिक्रीको लागि ल्याउँने भएको छ ।