आन्दोलनबीच नयाँ बानेश्वरका विद्यालयमा विद्यार्थी रोकिए, प्रहरीको समन्वयमा घर पठाउने तयारी

काठमाडौं । जेनजीको आन्दोलनका कारण लगाइएको निषेधाले नयाँ बानेश्वर क्षेत्रका विद्यालयहरूले विद्यार्थीहरूलाई होल्ड गरेका छन् । सोमबार अपरान्ह तीन बजे नै बिदा भएर घर जानुपर्ने विद्यार्थीहरू समाचार तयार पार्दासम्म विद्यालयमै रहेका छन् । प्रहरीले अभिभावक बोलाएर मात्र बच्चाहरू जिम्मा लगाउनु भनेपछि विद्यालयहरूले अभिभावक बोलाई जिम्मा लगाएर पठाउन थालेको उक्त क्षेत्रको एक विध्यालयका निर्देशक विमल घिमिरेले जानकारी दिए ।  उनले भने, ‘निषेधाज्ञाका कारण गाडीहरू नचलेकाले अभिभावक आउन पनि ढिला भएको छ । त्यसैले कक्षाकोठामै राखेर होमवर्क गराइरहेका छौं ।’ बानेश्वर क्षेत्रका काठमाडौं मोडेल स्कुल, अवेयरनेस इन्टरनेसनल स्कुल, रोजवड स्कुल, रत्नराज्य स्कुल लगायतका विद्यालयहरू रहेका छन् । अवेयरनेस स्कुलका निर्देशक घिमिरेका अनुसार बच्चाहरूलाई सुरक्षित तरिकाले घर पठाउन विद्यालय सञ्चालकहरू लागिरहेका छन् । उनले भने, ‘अहिले प्रहरीसँग समन्वय गरी गाडीमार्फत बच्चाहरूलाई घर पठाउने तयारी भइरहेको छ ।’ आन्दोलनको इपिसेन्टर मानिएको यस क्षेत्रका विद्यालयका विद्यार्थीहरूको सुरक्षालाई ध्यानमा राखेर उक्त निर्देशन जारी गरिएको प्रहरीको भनाइ छ । अहिले पनि आन्दोलन चलिरहेकोले विद्यालयहरूसँग समन्वय गरेर बच्चाहरूलाई सुरक्षित स्थानतर्फ लैजाने कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रदर्शनका कारण विद्यार्थीलाई घर पुग्न हम्मेहम्मे

काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार भएको जेनजीको प्रदर्शनले विद्यालयबाट घर फर्किने विद्यार्थीलाई हम्मेहम्मे भएको छ । प्रदर्शनले उपत्यकाका विभिन्न स्थानको शान्तिसुरक्षामा बाधा पुगेपछि विद्यालयहरुले बसमार्फत विद्यार्थीलाई घर पुर्याउन विभिन्न वैकल्पिक मार्ग प्रयोग गर्नु परेको छ । साथै कतिपय विद्यालयले भने प्रदर्शन साम्य नहुन्जेलसम्म विद्यार्थीलाई विद्यालयमै राखेका छन् ।  यसैगरी, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले विद्यार्थीहरुलाई सुरक्षित रुपमा घर पुर्याउन वा विद्यालयमा नै राख्ने व्यवस्था गर्न निर्देशन जारी गरेको छ ।  प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारीले घर जान समस्या भएका विद्यार्थीलाई विद्यालयमा नै सुरक्षित राख्न तथा उनीहरुको राम्रो खानपानको व्यवस्था गर्न निर्देशन जारी गरेको राससलाई जानकारी दिए । उनका अनुसार प्रदर्शनमा गएका क्याम्पसका विद्यार्थी समस्यामा परेका कारणले उनीहरुलाई पनि कलेजमा राख्न निर्देशन दिइएको छ ।  'विद्यार्थीलाई विद्यालयमा नै राख्न भनेका छौँ । उनीहरुलाई शान्तिपूर्वक खानपानको व्यवस्था गरेर राख्न सबै विद्यालयलाई निर्देशन दिइसकेका छौँ', अध्यक्ष अधिकारीले भने ।  यस्तै, अक्षरा स्कुलका कार्यकारी निर्देशक अन्जु भट्टराईले सुरक्षित स्थानका विद्यार्थीलाई समयमै घरघर पुर्याइएको र कफ्र्यू लागू भएका तथा प्रदर्शन भएका स्थानका विद्यार्थीलाई हाल विद्यालयमा नै राखिएको जानकारी दिइन् । जेनजीको प्रदर्शनका कारणले जिल्ला प्रशासन कार्यालय काठमाडौंले विभिन्न क्षेत्रमा कफ्र्यू जारी गरेको छ ।