विज्ञान संकायमा उत्कृष्ट नतिजा दिइरहेको ग्लोबल कलेज

काठमाडौं । धेरै बालबालिकालाई भविष्यमा के बन्ने भनेर सोध्दा सबैजसोको उत्तर हुन्छ-डाक्टर वा इन्जिनियर वा पाइलट । तर कुन विषय पढ्दा आफ्नो लक्ष्य भेट्टाउन सकिन्छ भन्ने अन्योलता भने विद्यार्थी र अभिभावकमा हुन्छ । अब के पढ्ने ? पढेपछि के बन्ने ? के कस्ता अवसर हुन्छन् ? विषय छनोट कसरी गर्ने ? करियर काउन्सिलिङ नपाउँदा अधिकांश विद्यार्थीलाई विषय छनोटमै समस्या हुने गर्छ । पछिल्लो समय विश्व बजारका लागि प्रतिस्पर्धात्मक जनशक्ति कसरी बनाउने भन्ने विषयमा विद्यार्थी र शैक्षिक संस्था दुवै जागरुक भएको पाइन्छ । अभिभावक पनि सचेत हुँदै गएका पाइन्छ । एसईई उत्तीर्ण भएका विद्यार्थीको चासोको विषय बनेको छ कहाँ पढ्ने ? के पढ्ने ? कुन कलेजमा पढ्दा प्रभावकारी सिकाई हुन्छ र राम्रो नतिजा हासिल गर्न सकिन्छ ? एसईई पछि विज्ञान, व्यवस्थापन, कानुन, मानविकी, शिक्षा लगायतका संकायहरु मध्ये कुन संकायमा पढ्ने भन्नेमा सबैभन्दा पहिला विद्यार्थीले नै छनौट गर्नुपर्ने हुन्छ । फरक फरक विषय पढाउनका लागि फरक फरक शिक्षालयले ख्याती कमाएका छन् । विज्ञान संकायतर्फ राम्रो शिक्षा दिने संस्थाहरु मध्ये एक हो ग्लोबल स्कुल अफ साइन्स । सन् २०१९ मा स्थापना भएको ग्लोबल स्कुल अफ साइन्सले केही वर्षदेखि विज्ञान संकायमा उत्कृष्ट नतिजा पस्किरहेको छ । ग्लोबल स्कुल अफ साइन्स नै किन ? एसईईमा राम्रो जीपीए आएको छ र विज्ञान पढ्ने रुची छ भने त्यस्ता विद्यार्थीका लागि ग्लोबल स्कुल अफ साइन्स उपयुक्त गन्तव्य बन्न सक्छ । सन् २०१९ मा स्थापना भएको यो कलेजले स्थापनाको छोटो समयमा नै मेडिकल, इन्जिनियरिङ र आईटी क्षेत्रमा अब्बल विद्यार्थी उत्पादन गर्न सफल भएको छ । गेटबाट भित्र प्रवेश गर्नेवित्तिकै निकै ठूलो कम्पाउन्ड, दायाँतिर फुटसल र बास्केटबलमा रमाइरहेका विद्यार्थी, नजिकै बोटबिरुवाले सजाइएका गमलाको लस्कर पार गर्दै जाँदा स्कूलभित्र कुनै स्टार होटलमा पस्दै गरेको अनुभूति हुन्छ । अत्याधुनिक कक्षा कोठामा विद्यार्थीहरुले निर्धक्क आफ्नो प्रतिभा प्रस्फुटन गर्न सक्छन् । कक्षा कोठामा स्मार्ट बोर्डहरु जडान गरिएका छन् । जहाँ शिक्षकले हरेक विषय डिजिटल प्रविधिबाट अध्यापन गराउँछन् । ग्लोबल स्कुल अफ साइन्सले आफूलाई मेडिकल र इन्जिनियरिङ विद्यार्थी उत्पादनको हबका रुपमा विकास गर्ने लक्ष्य लिएको छ । सोही अनुसार यहाँ कक्षा ११ मा भर्ना भएको दुई महिनादेखि हरेक सोमबार र बिहीबार कलेजभित्रै मेडिकल तथा इन्जिनियरिङको तयारी कक्षा समेत सञ्चालन हुन्छ । मेडिकल र इन्जिनियरिङ क्षेत्रलाई आफ्नो लक्ष्य बनाएका विद्यार्थीका लागि यो अत्यन्तै उपयोगीसिद्ध भइसकेको छ । ग्लोबल स्कुल अफ साइन्समा विद्यार्थी भर्ना भएपछि उनीहरुको दुई वर्षे पढाईको सम्पूणर् जिम्मा कलेजले लिन्छ र हालसम्म यहाँबाट शतप्रतिशत विद्यार्थी उत्कृष्ट नतिजासहित उत्तीणर् भएको कलेजका प्रोग्राम डाईरेक्टर गोकुलदेव बडु बताउँछन् । उनका अनुसार गत वर्ष देशभर विज्ञान संकायमा देशभरीबाट ४७ जनाले ४ जीपीए ल्याएकोमा त्यसमा ग्लोबल कलेज अफ साइन्सबाट मात्रै ६ जना विद्यार्थी थिए । यो निकै ठूलो उपलब्धी भएको उनी बताउँछन । मूलभूत रुपमा धेरै साइन्स कलेजहरुको गहन अध्ययनपछि खोलिएकाले यो कलेज अरु साइन्स कलेजभन्दा केही भिन्न छ, जुन यसको विशेषता हो । ग्लोबल स्कुल अफ साइन्सले कक्षा ११ मा विद्यार्थी भर्ना भएर नियमित कक्षा सुरु भएपछि हरेक आइतबार अघिल्लो साताभरी अध्ययन अध्यापन गरेका विषयको परीक्षा साप्ताहिक रुपमा सञ्चालन गर्छ र हरेक बुधबार यसको नतिजा आउँछ । नतिजा उनीहरुका अभिभावकलाई समेत दिइन्छ । यसरी एक महिनासम्म चार पटक नियमित परीक्षा लिएपछि विद्यार्थीको शैक्षिक अवस्था कस्तो छ ? पढाएको बुझ्छ वा बुझ्दैन ? पढाईलेखाईको स्तर कस्तो छ ? भन्ने जानकारी हुन्छ । महिनाको अन्त्यमा हरेक अभिभावकलाई महिनामा कति परीक्षा भए ? कति अंक ल्याएको छ ? कलेजमा कति दिन उपस्थित भएको छ ? विद्यार्थीको व्यवहार कस्तो छ ? गृहकार्य समयमा गरेको छ कि छैन ? जस्ता कुराहरु रिपोर्ट बनाएर अभिभावकलाई दिइन्छ । यसबाट विद्यार्थीहरुको डिभिजन सुरु हुन्छ र कमजोर देखिएका विद्यार्थीलाई अतिरिक्त कक्षाको व्यवस्था कलेजले नै गर्छ । उनीहरुले नियमित कक्षा सुरु हुनुभन्दा अघि बिहानीको समयमा गएर अनिवार्य रुपमा अतिरिक्त कक्षा लिनुपर्छ र जब तीन महिनाको टर्मिनल एक्जाममा राम्रो नतिजा निकाल्न सक्छन्, त्यसपछि त्यो कक्षाबाट ‘रिलिज’ गरिन्छ र जसको कमजोर नतिजा छ, उसलाई त्यहाँ राखिन्छ । यसरी निरन्तरको प्रयासबाट सबै विद्यार्थीले शतप्रतिशत नतिजा ल्याउन सफल भएको प्रोग्राम डाईरेक्टर बडुले बताए । ग्लोबल स्कुल अफ साइन्स पछिल्लो समय विद्यार्थीमात्रै नभएर शिक्षकको पनि रोजाईको स्कुल बनेको छ । यहाँ ४० जना पूणर्कालीन, ३० जना आंशिक शिक्षक र २० जना कर्मचारी छन् । जो जतिबेला पनि विद्यार्थीका समस्या हल गर्न उपस्थित हुन्छन् । पूणर्कालीन शिक्षकहरुले बिहानैदेखि स्कुलमा उपलब्ध हुने भएकाले कमजोर विद्यार्थी र कक्षामा नियमित पढाईका क्रममा नबुझेका तथा सामूहिक छलफलमा आफूले नजानेको कुरा प्रष्टसँग राख्न नसक्ने विद्यार्थीले पनि यो समयमा आएर अतिरिक्त कक्षा लिन वा शिक्षकसँग व्यक्तिगत रुपमा भेटेर समस्या समाधान निकाल्न सक्छन् । जुन कक्षाको अतिरिक्त शुल्क नलाग्ने प्रोग्राम डाईरेक्टर बडु बताउँछन् । सबैभन्दा राम्रो पक्ष भनेको यहाँका शिक्षकले विद्यार्थीलाई ‘फोर्सफुल्ली’ भन्दा पनि विषयवस्तुबारे ‘मोटिभेट’ गरेर अध्यापन गराउने भएकाले अहिलेसम्म यो स्कुलले शतप्रतिशत नतिजा ल्याउन सफल भएको छ । यहाँको सबैभन्दा राम्रो पक्ष भनेकै कलेजमा कुनै पनि विद्यार्थी भर्ना भइसकेपछि उसको पढाईको सम्पूणर् जिम्मा कलेजले नै लिन्छ । यसमा कुनै पनि बाहानामा अभिभावकलाई थप भार पर्नेगरी ट्युसन पढाउन लगाउने, अतिरिक्त कक्षाको व्यवस्था गराउनेजस्ता काम गर्दैन । शिक्षकहरुको सेवा, सुविधा, सम्मान, प्रतिष्ठासँगै समयानुकूल तालिमहरुको समेत व्यवस्था भएकाले यो स्कुल हरेक शिक्षक र विद्यार्थीको रोजाईमा पर्दै आएको छ । यहाँको सबैभन्दा बलियो पक्ष भनेको कुनै अभिभावकले आफ्नो एउटा छोराछोरीलाई यहाँ पढाए भने अर्को छोराछोरी पनि यही पढाउन चाहन्छन् । ‘यो कलेजप्रति अभिभावकको विश्वास हो’ उनले भने । सुविधा सम्पन्न संरचना र भविष्यमुखी शिक्षा एसईईपछिको शिक्षा विद्यार्थीहरुको भविष्यसँग सीधा सम्बन्धित हुन्छ । त्यसैले यो भविष्यको जग बसाल्ने शैक्षिक तह पनि हो । यो स्टेजमा गएर कसैको पढाई कमजोर भयो भने उसको सिंगो करियरमा नै क्षति पुग्न सक्छ । ग्लोबल स्कुल अफ साइन्स यो कुराप्रति सचेत छ । यहाँको भवन बाहिर भव्यमात्रै होइन, भित्र पनि उत्तिकै सुविधा सम्पन्न छ । यहाँको ल्याबमा एकैपटक ४० देखि ४५ जना विद्यार्थीले प्रयोगात्मक सिकाई क्रियाकलाप (प्राक्टिकल) गर्न पाउँछन् । पढ्ने इच्छा भएका विद्यार्थीलाई यो स्कुल सधैं खुला हुन्छ । शनिबार पनि यहाँ पुस्तकालयमा गएर अध्ययन गर्न सकिन्छ । हरेक कक्षाहरुमा स्मार्ट बोर्ड राखिएकाले विज्ञानका सैद्धान्तिक विषयहरुलाई तत्कालै स्मार्टबोर्डबाट प्राक्टिकल रुपमा हेर्न पाइन्छ । जस्तो मानव शरीरका अंगहरुबारे पढाई भइरहेको छ भने शिक्षक वा विद्यार्थीले हातले चित्र बनाएर देखाइरहनुपर्दैन । स्मार्टबोर्डमा आफूले अध्ययन गरिरहेको र जान्न मन लागेको विषय तत्कालै हेर्न सकिन्छ । जसबाट विद्यार्थीको पढाई सैद्धान्तिकमात्रै नभएर विषयवस्तुबारे व्यवहारिक र प्रयोगात्मक रुपमा स्पष्ट हुन समेत सहयोग बढुले बताए । हरेक विद्यार्थीले यहाँ अनिवार्य रुपमा प्रिजेन्टेसन गर्नुपर्छ । यसले विद्यार्थीको लेखनसँगै, वाककला, सिप र भाषागत ज्ञान समेत बढ्नसक्छ । स्कुलले प्रयोगात्मक ज्ञानका लागि प्रिजेन्टेसनसँगै विभिन्न हाइड्रोपावर, रासायनिक क्षेत्रका साथै महावीर पुनको राष्ट्रिय आविश्कार केन्द्रको भ्रमण गराउने गरेको छ । यसका साथै विभिन्न ‘इन्टरनेशलन एक्सपोजर’ का माध्यमबाट विभिन्न देशको भ्रमण समेत गराउने गरिएको छ । जसबाट विद्यार्थीहरुलाई राष्ट्रिय क्षेत्रका साथै अन्तर्राष्ट्रिय क्षेत्रमा भएको विकास, प्रविधिको प्रयोग, वैज्ञानिक क्षेत्रमा भएका नयाँ आविस्कार आदि क्षेत्रको जानकारी लिने अवसर हुन्छ । ग्लोबल स्कुल अफ साइन्समा अध्ययन गरेका दर्जनौं विद्यार्थी पूणर् छात्रवृत्तिमा एमबीबीएस अध्ययन गरिरहेका छन् भने केही विद्यार्थी विदेशमा समेत पूणर् छात्रवृत्ति प्राप्त गर्न सफल भएका छन् । विद्यार्थीको ध्यान यतिबेला विश्वका नविनतम् प्रविधितर्फ मोडिएको छ । यसलाई ध्यानमा राख्दै ग्लोबल स्कुल अफ साइन्सले विज्ञान संकायमा सैद्धान्तिक ज्ञान र प्रयोगात्मक अभ्याससँगै पाठ्यक्रमसँग सम्बन्धित गतिविधि (सीसीए) तथा अतिरिक्त क्रियाकलाप (ईसीए) मा समेत विशेष जोड दिँदै आएको छ । ‘विद्यार्थीका लागि करिअर काउन्सिलिङ, प्रिजेन्टेसन, प्रोजेक्ट वर्क, रिसर्चजस्ता विषयमा केन्द्रित गर्ने गरेको छ । अत्याधुनिक भौतिक पूर्वाधार, आधुनिक शिक्षण सिकाई प्रणाली, अत्याधुनिक ल्याब, सुविधासम्पन्न सभाहल, टेक्नो ल्याब, कम्प्युटर ल्याब र लाइब्रेरीको व्यवस्था कलेजका विशेषता हुन्’ प्रोग्राम डाइरेक्टर बढुले भने । छात्रवृत्तिको व्यवस्था के छ ? ग्लोबल स्कुल अफ साइन्समा कक्षा ११ मा ६५० जना र कक्षा १२ मा ६५० जना गरी १ हजार ३ सय विद्यार्थी क्षमता छ । एसईईमा राम्रो नतिजा ल्याउने हरेक विद्यार्थीको ग्लोबल स्कुल अफ साइन्सबाट प्लस टु गर्ने चाहाना हुन्छ । यहाँ हाल ६७ वटा स्कुलबाट एसईईमा सर्वोत्कृष्ट नतिजा ल्याएका विद्यार्थीले अध्ययन गरिरहेका छन् । यसैबाट यो कलेजप्रति विद्यार्थीको आकर्षणलाई बुझ्न सकिन्छ । यहाँ अध्ययन गर्नका लागि यति नै शुल्क लाग्छ भन्ने निश्चित हुदैन । यसो भन्दा यो अभिभावकले तिर्नसक्नेभन्दा असाध्यै महंगो पनि छैन । कलेजले लिने लिखित र मौखिक परीक्षाबाट छनोट भएका २५ जना विद्यार्थीले कक्षा ११ र १२ मा पूणर् छात्रवृत्ति प्राप्त गर्छन् । छात्रवृत्ति प्राप्त गर्न नसकेका विद्यार्थीलाई पनि उनीहरुको एसईईमा प्राप्त जीपीएका आधारमा शुल्कमा छुट हुन्छ । त्यसैले जेहेन्दार विद्यार्थीका लागि ग्लोबल स्कुल अफ साइन्स एक उत्कृष्ट गन्तव्य बन्दै गएको छ । छात्रवृत्ति कसरी पाइन्छ ? एसईईको परीक्षाफल प्रकाशित भएको पाँचौ दिनमा छात्रवृत्तिका लागि इन्ट्रान्स/टप २५ मेरिट फुल स्कलरसिप परीक्षा सञ्चालन हुन्छ । जुन परीक्षामा उत्कृष्ट २५ भित्र पर्नसक्ने विद्यार्थीले २ वर्ष यो कलेजमा पूणर् छात्रवृत्ति प्राप्त गर्छ । यो परीक्षा ६० अंकको हुन्छ । डेढ घन्टाको यो परीक्षामा विद्यार्थीले क्याल्कुलेटरजस्ता सामग्री प्रयोग गर्न पाउँदैनन् र भौतिक रुपमा उपस्थित भएर परीक्षा दिनुपर्छ । यो परीक्षामा लिखितमा न्युनतम ४५ अर्थात ७५ प्रतिशत अंक ल्याउनुपर्छ । उनीहरुको १० अंकको अन्तर्वार्ता हुन्छ । बाँकी रहेको ३० अंक विद्यार्थीको जीपीए अनुसार प्राप्त हुन्छ । जस्तो कुनै विद्यार्थीको ४ जीपीए छ भने उसले यो परीक्षामा पनि ३० अंक नै प्राप्त गर्छ । कसैको ३.९ जीपीए छ भने २६ अंक र ३.८ छ भने २४ अंक प्राप्त गर्छ । यसरी लिखित परीक्षा, अन्तर्वार्ता र जीपीएको अंक जोडेर टप २५ भित्र पर्ने विद्यार्थीले कक्षा ११ र १२ मा पूणर् छात्रवृत्ति पाउँछन् । जुन परीक्षामा ४० प्रतिशतभन्दा बढी अंक ल्याउने विद्यार्थीले ग्लोबल कलेज अफ साइन्समा भर्नाका लागि योग्य हुन्छ । यी विद्यार्थीमा पनि जीपीए राम्रो भएका विद्यार्थीले केही मात्रामा छात्रवृत्ति पाउछन् । जसले यहाँ अध्ययन गर्न चाहने विद्यार्थीलाई थप सहज हुन्छ । बिचमा कुनै कारणबस पूर्ण  छात्रवृत्ति पाएको विद्यार्थीको पढाई कमजोर भयो भने पनि उसको छात्रवृत्ति कटौती हुने भन्ने हुँदैन । बरु छात्रवृत्ति नपाएका विद्यार्थीले पढाईमा राम्रो गरेमा उनीहरुले तिर्नुपर्ने शुल्क कम हुन्छ । यसले पनि कलेजप्रति आकर्षण बढेको छ । इन्ट्रान्स परीक्षादेखि युनिट टेस्ट, अतिरिक्त क्रियाकलाप (ईसीए), खेलकुद लगायतका गतिविधि पनि वार्षिक क्यालेन्डरका आधारमा निश्चित गरिएका छन् । जसका कारण कलेजमा कुन समयमा के हुन्छ भन्ने अन्योलता अभिभावक र विद्यार्थीमा हुँदैन । विद्यार्थीलाई विज्ञानको गहिरो अध्ययन गराएर बौद्धिक र सिर्जनशील विद्यार्थी उत्पादन गर्नु कलेजको उद्देश्य हो । विज्ञान कस्तो विषय हो ? यो विज्ञानको युग हो । विज्ञानको परिभाषा रसायनशास्त्र, भौतिकशास्त्र वा जीव विज्ञानमा मात्रै सीमित छैन । अर्थशास्त्र, गणितदेखि समाजशास्त्र, राजनीतिशास्त्र जस्ता विषयलाई पनि विज्ञान मानिन्छ । तर विज्ञान संकाय भन्नेबित्तिकै हरेकको मनमा रसायनशास्त्र, भौतिकशास्त्र वा जीव विज्ञान आइहाल्छ । यो युग भनेको छनोटका बहुविकल्प भएको युग पनि हो । त्यसैले इच्छाअनुसारको विषय छनोट गर्ने र त्यसमा अब्बल हुने कोशिस हरेक विद्यार्थीले गर्नुपर्छ । विज्ञान विषय पढ्ने इच्छाशक्ति भएका हरेक विद्यार्थीका लागि उपयुक्त विषय हो । यो विषय पढेका विद्यार्थीले भविष्यमा जुनसुकै विषयमा उत्तिकै राम्रो गर्न सक्छन् । क्षमतावान् विद्यार्थीले कक्षा ११ र १२ मा विज्ञान विषय पढ्ने हो भने त्यसपछि अन्यत्र जाने प्रशस्तै ढोकाहरु खुल्छन् । प्लस टु साइन्सपछि इन्जिनियरिङ, मेडिकल साइन्स पढ्ने सोच भएका विद्यार्थीका लागि आधार तयार हुन्छ । विद्यार्थीले आफ्नो लक्ष्य निर्धारण गर्नुपर्छ । के पढेर कहाँ जाने भन्ने प्रष्ट भएर विषय छनोट गर्नु उपयुक्त हुन्छ । साथीभाइ वा अरुको करकापले नभई आफ्नो क्षमता र लक्ष्य निश्चित गरेर अघि बढ्ने विद्यार्थीका लागि विज्ञान उपयुक्त विषय बन्नसक्छ ।

लेखापरीक्षकको व्यावसायिक शिक्षाबाट तीन जना दीक्षित

काठमाडौं । सर्वोच्च लेखापरीक्षण संस्थाहरुको अन्तर्राष्ट्रिय सगंठन (इन्टोसाई)द्वारा सञ्चालित सरकारी लेखापरीक्षकका लागि व्यावसायिक शिक्षा (पिइएसए–पी) कोर्स अध्ययन गर्ने तीन जना वरिष्ठ कर्मचारी दीक्षित भएका छन् । महालेखापरीक्षक कार्यालयको ६६औँ वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेले उनीहरुलाई प्रमाणपत्र प्रदान गरे । दीक्षित हुने कर्मचारीमा महालेखापरीक्षक कार्यालयका नायव महापरीक्षक श्यामप्रसाद भण्डारी, (सर्टिफाइड पर्फेमेन्स अडिटर), निर्देशक टीकानाथ अर्याल (सर्टिफाइड कम्प्लायन्स अडिटर) र निर्देशक सिर्जना रिमाल (सर्टिफाइड पर्फेमेन्स अडिटर) रहेका छन् ।

शैक्षिक सर्वोकृष्टता र सर्वागींण शिक्षाको थलो : युनिग्लोब

काठमाडौं । एसईईको परिक्षाफल प्रकाशित भएसँगै उत्तिर्ण विद्यार्थीहरुलाई प्लास टु कहाँ पढ्ने, के विषय पढ्ने भनेर सोचिरहेका छन् ? खोजी रहेका छन्, अभिभावक, साथी सर्कलसँग चासो राखिरहेका छन्, विभिन्न विद्यालयहरुको बारेमा सोधखोज गरिरेहका छन् । यहाँ हामी यूनिग्लोब विद्यालय/कलेजको बारेमा धैरै जानकारी दिदैछौं । शिक्षाले सत्यलाई स्वीकार्ने मात्र होइन कि सत्यमाथि शंका गर्न सक्ने उच्च चेतनाको निर्माण गर्न सक्नुपर्छ भन्ने मान्यताबाट निर्देशित युनिग्लोब विद्यालय/कलेज काठमाडौंको कमलादीमा अवस्थित छ । विगत एक दशकदेखि निरन्तर विद्यार्थीको शिक्षण सिकाइमा समर्पित यस विद्यालयमा विज्ञान, व्यवस्थापन र कानुन गरी तीन संकाय (फ्याकल्टी) मा पढाइ हुँदै आएको छ । यो शैक्षिक संस्थाले पछिल्लो समयमा मेडिकल, इन्जिनियरिङ, आइटी तथा विभिन्न व्यवस्थापकीय क्षेत्रमा उत्कृष्ट तथा प्रतिस्पर्धी विद्यार्थी उत्पादन गर्दै नेपालको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउन सफल भएको छ । विश्वको जुनसुकै कुनामा पुगे पनि आफूले आर्जन गरेको शिक्षाका माध्यमबाट आफूलाई स्थापित गर्ने मात्र नभई त्यहाँको समाजमा उल्लेख्य योगदान पुर्‍याउन सक्ने उच्च चेतनाको निर्माणमा मार्गनिर्देश गर्न सक्नु नै यस विद्यालयको सबल पक्ष रहेको छ । विद्यार्थीको शिक्षण सिकाइ क्रियाकलापमा सबैभन्दा महत्वपूर्ण पक्ष भनेको विद्यार्थीमैत्री वातावरण हुन्छ । कुनै पनि विद्यार्थीले त्यतिबेलासम्म आफूलाई शिक्षण सिकाइ क्रियाकलापमा केन्द्रित गर्न सक्दैन, जतिबेलासम्म उसको सबैभन्दा प्रियस्थलका रूपमा विद्यालय बन्न सक्दैन । यस मान्यतालाई आत्मसात् गर्दै विद्यार्थीमैत्री वातावरणमा विद्यार्थीकेन्द्रित शिक्षण सिकाइमा सदैव यस विद्यालयले आफूलाई अघि बढाउँदै आएको छ । जसले गर्दा नै आम अभिभावक र विद्यार्थीको विश्वास जितेर आशा र भरोसाको केन्द्र बन्दै कक्षा ११/१२ मा उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा विद्यालयले आफूलाई स्थापित गर्न सफल भएको विद्यालयका प्राचार्य डा. गणेश रेग्मी बताउँछन् । युनिग्लोब कलेजले आफूलाई एउटा ‘एक्स्टेन्डेड स्टडी जोन’ अर्थात् ‘विस्तारित पुस्तकालय’ का रूपमा स्थापित गरेको छ । यस कलेजमा विद्यार्थीहरूले कक्षा कोठाको औपचारिक पठनपाठनको क्रियाकलापमा मात्र नभएर कक्षा कोठा बाहिरको अनौपचारिक पठनपाठनको क्रियाकलापमा पनि आफूलाई केन्द्रित गराएका दृश्य पर्याप्त मात्रामा देख्न सकिन्छ । विद्यार्थीको शैक्षणिक विकासका निम्ति जिरो आवरको समय छुट्याइएको यस कलेजमा विद्यार्थीले उक्त समयको भरपुर सदुपयोग गर्ने गर्दछन् । विद्यार्थी र शिक्षकको बिचमा भएको हार्दिकतापूर्ण सम्बन्ध तथा विद्यार्थीमैत्री वातावरणका कारण शिक्षण सिकाइ क्रियाकलाप अत्यन्त सहजतापूर्वक अगाडि बढ्न सकेको कुरा यसै विद्यालयका विद्यार्थी बताउने गर्छन् । अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई सहभागी गराउँदै विद्यार्थीको चौतर्फी विकासमा कलेजले ध्यान दिएको देखिन्छ । भौतिक पूर्वाधारले सम्पन्न तथा आधुनिक प्रविधिमैत्री कलेजका रूपमा आफ्नो बेग्लै पहिचान बनाउन सफल यस कलेजले शिक्षण शिकाई विधिको सजिलो तरिका अन्तर्गत मिश्रित शिकाई, सुक्ष्म शिकाई, मोवाईल लर्निङ जस्ता विभिन्न विधि तथा पद्धतिलाई शिक्षण सिकाइ क्रियाकलापमा प्रयोग गर्ने गरेको छ । विद्यार्थीमाथि कुनै पनि किसिमको बल प्रयोग गरेर वा दबाब सिर्जना गरेर मात्र सही मार्गमा हिँडाउन सकिन्छ भन्ने पुरानो मान्यताको विरुद्धमा विद्यार्थीको मनोविज्ञान बुझेर उनीहरूको व्यवहारमा परिवर्तन ल्याउनका निम्ति कलेज हरबखत तयार रहेको विद्यालयका प्राचार्य डा.गणेश रेग्मी बताउँछन् । त्यसका लागि विद्यार्थीको मनोविज्ञान बुझेर अध्ययन अध्यापन कार्यलाई निरन्तर अघि बढाउने देशकै दक्ष तथा योग्य शिक्षकवर्ग यस विद्यालयको सम्पत्ती रहेको उनको भनाई छ । यसका साथै मनोवैज्ञानिक परमर्शदाताको व्यवस्थासमेत विद्यालयले गरेको छ । जसका माध्यमबाट मानसिकतामा परिवर्तन ल्याई विद्यार्थीलाई आफ्नो शिक्षण सिकाइ क्रियाकलापमा आबद्ध गराउन विद्यालय प्रतिबद्ध रहेको उनी बताउँछन् । आधुनिक पूर्वाधार १२ रोपनी क्षेत्रफलमा फैलिएको यस विद्यालयले आफ्नो स्थापना कालदेखि नै भौतिक पूर्वाधारको पर्याप्तताबिना व्यावहारिक र गुणस्तरीय शिक्षण सिकाइ सम्भव नरहेको कुरालाई बोध गरेको छ । जसले गर्दा भौतिक संरचनाको निर्माणमा कलेजले पर्याप्त ध्यान दिएको छ । पूर्ण रूपमा वातानुकूलित कक्षा कोठा, सिसी क्यामेरा, प्रोजेक्टर जस्ता पूर्वाधारबाट सुसम्पन्न यस कलेजले प्राविधिक रूपमा आवश्यकताअनुसार स्मार्टबोर्ड र ह्वाइटबोर्डको प्रयोग कक्षा कोठामा गर्ने गरेको छ । कलेजमा मात्र नभएर विद्यार्थीलाई घरमा पनि डिजिटल गाइडेन्स आफ्नो स्थापनाकालदेखि नै गराउँदै आएको छ । विद्यार्थी, शिक्षक र कर्मचारीको सामूहिक प्रयासबाट नै एउटा हार्दिकतापूर्ण वातावरण बनेको यस विद्यालयमा सबैको अस्तित्वलाई समान महत्व दिइएको छ । आत्मानुशासनले नै मानिसले आफूलाई मर्यादित रूपमा स्थापित गराउन सक्ने भएकाले सबैका निम्ति यसको समान महत्व हुने कुरालाई कलेजले आत्मसात् गरेको छ । त्यसैले हरेक वर्ष कक्षा ११ र १२ मा गरेर करिब २५ सय विद्यार्थीलाई कलेजले एउटा अनुशासित र मर्यादित वातावरणमा अध्ययन अध्यापन गर्दै गराउँदै आएको छ । ‘ब्रिग्रिङ दी वेष्ट टुगेदर’ (उत्कृष्टलाई सँगै ल्याउँदै) भन्ने मूल नारालाई आत्मसात् गर्दै अगाडि बढेको यस कलेजले विद्यार्थीलाई व्यक्तिगत तहमै पुगेर शिक्षण सिकाइ गराउँछ । हरेक विद्यार्थीको रुचि तथा क्षमतालाई बोध गरेर करिकुलम, इसीए र सीसीएको एउटा इन्टिग्रेटेड मोडालिटी अपनाएर भोलिका दिनमा उसका निम्ति एउटा बलियो आधार बनाइदिने कार्य यस युनिग्लोबले गर्दै आएको छ । जसले गर्दा नै आजसम्म शतप्रतिशत उत्कृष्ट नतिजा ल्याएर विश्वबजारमा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न सकेको यस कलेजका प्राचार्य रेग्मी बताउँछन् । योग्य, दक्ष तथा तालिम प्राप्त शिक्षकवर्ग आधुनिक शिक्षा पद्धतिलाई अंगीकार गरेर अगाडि बढ्दा त्यसलाई व्यवहारमा रूपान्तरण गर्नका निम्ति सबैभन्दा महत्वपूर्ण पक्ष भनेको शिक्षकको क्षमता विस्तार हो । २१ औँ शताब्दीको शिक्षक प्राविधिक र पेडागोजिकल दुबै पक्षबाट नै उत्कृष्ट बन्नुपर्छ भन्ने मान्यता बोकेको यस कलेजले आफ्ना शिक्षकको क्षमता विस्तारका लागि हरेक वर्ष तालिम प्रदान गर्ने गरेको छ । यस कलेजले आफ्नो व्यावसायिक जिम्मेवारीलाई बोध गरेर यस किसिमको तालिम अन्य विद्यालयका शिक्षकलाई पनि दिने गरेको छ । केही समयअघि मात्र काठमाडौंका विभिन्न विद्यालयका शिक्षकलाई यस किसिमको तालिम उपलब्ध गराएको जानकारी प्राचार्य रेग्मीले दिए । कलेजमा हाल पूणर्कालीन र आंशिक गरी ९१ जना शिक्षक कार्यरत छन् भने ४७ जना कर्मचारीले शिक्षण सिकाइ क्रियाकलापमा सहजीकरण गर्दै आएका छन् । शिक्षक र कर्मचारी सम्पूर्ण जनशक्तिको विभिन्न तालिमका माध्यमबाट क्षमता विस्तार गरिएको हुँदा टिमवर्क राम्रोसँग अगाडि बढेको र यसले राम्रो नतिजा पनि दिँदै आएको अनुभव भौतिक विज्ञान विभागका प्रमुख देवेन्द्र खड्काले बताए । समावेशी र सहभागितामूलक कक्षाकोठा राज्यले अपनाएको समावेशी नीतिको विम्ब कक्षा कोठामा पनि देखिनुपर्छ भन्ने मान्यतालाई यस कलेजले अंगीकार गरेको छ । जसले गर्दा कक्षा कोठालाई समावेशी बनाउनका निम्ति यस कलेजले विभिन्न छात्रवृत्तिको सुनिश्चितता गरेको छ । सांस्कृतिक रूपमा विविधता भएको देशको विम्बलाई यस कलेजका हरेक कक्षा कोठाले प्रतिनिधित्व गरेका छन् । त्यसैले युनिग्लोब कलेज समावेशी एवम् सहभागितामूलकको राम्रो नमुना हो । राज्यले तोकेको बाहेक पनि यस कलेजले एसईईको नतिजामा आधारित र यस कलेजको प्रवेश परीक्षामा आधारित रही हरेक स्ट्रिममा छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । पढाइमा अब्बल विद्यार्थीलाई हरेक कोणबाट अघि बढ्न प्रेरित गर्नुपर्छ भन्ने मान्यताबाट यसोे गरिएको प्राचार्य रेग्मी बताउँछन् । व्यावहारिक सिकाइमा जोड करिकुलमले निर्देशन गरेको शिक्षण सिकाइबाट माथि उठेर यस कलेजले करिकुलमलाई व्यावहारिक जीवनमा जोडेर व्यावसायिक रूपको सिकाइमा जोड दिने गरेको छ । आफूले पढेका सिकेका विषयवस्तुलाई कसरी हाम्रो दैनिक गतिविधिमा जोड्न सकिन्छ भन्ने ध्येयले विद्यार्थीलाई व्यवहारमुखी बनाउनु यस कलेजको मुख्य ध्येय रहेको छ । कक्षा १२ उत्तिर्ण गरेर उच्च शिक्षामा केन्द्रित भएपछि पनि विद्यार्थीको समग्र विकासमा आवश्यक सहयोग यस कलेजले गर्दै आएको छ । व्यवस्थापन संकायमा अध्ययन गर्ने विद्यार्थीका निम्ति औद्योगिक भ्रमण, फिल्ड भिजिट, परियोजना कार्य आदिका माध्यमबाट देशको समसामयिक आर्थिक, व्यापारिक पक्षसँग आबद्ध गराई उनीहरूलाई ती क्षेत्रको समग्र ज्ञान दिनु यस कलेजको मुख्य उद्देश्य रहेको छ । केबल गृहकार्य मात्र भन्दा पनि कुनै पनि वित्तीय संस्थाको आर्थिक अवस्थाको अध्ययन अनुसन्धान गर्न लगाएर अर्थशास्त्रीय मान्यतालाई बुझाउने कोसिस गरिन्छ । यस्ता विषय सम्बद्ध परियोजना कार्य प्रस्तुत गर्न लगाएर आधुनिक विश्वमा पूर्ण प्रतिस्पर्धी विद्यार्थीको उत्पादनमा कलेजले जोड दिने गरेको छ । जसले गर्दा नै गत वर्षको सीए टपर युनिग्लोबकै विद्यार्थी भएको बिजनेस स्टडिज विभागले जानकारी गरायो । विज्ञान स्ट्रिममा अध्ययन गर्ने विद्यार्थीलाई पनि विज्ञान र प्रविधिसँग जोडेर पाठ्यक्रमलाई व्यावहारिक जीवनमा रूपान्तरण गर्न अभिप्रेरित गर्ने कार्य यस कलेजले गर्दै आएको छ । ०७२ सालदेखि नै यस कलेजमा अध्यापन गर्दै आएका कम्प्युटर विभागका प्रमुख नवीन गुरुङले रोबोर्टिक्स ट्रेनिङको लागि विभिन्न संस्थासँग काम गरिरहेको बताउँछन् । जसमा आइओटी बेस्ट डिभाइस बनाउनेदेखि लिएर आर्टिफिसियल इन्टेलिजेन्सका टुल्सहरूको प्रयोग विद्यार्थीका माध्यमबाट गराउन सकिन्छ । यो क्रमलाई अझ विस्तारित र व्यापक रूपमा अघि बढाउने योजना भएको उनले बताए । भोलिका दिनमा प्रतिस्पर्धी विश्वमा आफूलाई स्थापित गर्नका लागि चाहिने ज्ञान र सिप पाठ्यक्रमभन्दा पनि माथि उठेर युनिग्लोब कलेजले दिँदै आएको कुरामा उनले जोड दिए । राष्ट्रिय व्यक्तित्वसँगको अन्तरक्रिया आधुनिक शिक्षण सिकाइका बहुआयाम हुन्छन् भन्ने मान्यता बोकेको यस कलेजले राष्ट्रियस्तरका विभिन्न व्यक्तित्वलाई विद्यार्थीसँगको अन्तरक्रियामा आमन्त्रण गर्ने गरेको छ । खासगरी व्यवस्थापन स्ट्रिम (संकाय) का विद्यार्थीको हकमा आर्थिक क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएका व्यक्तित्वलाई आमन्त्रण गर्ने गरेको छ । पछिल्लो पटक कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीका निम्ति तत्कालीन अर्थमन्त्री प्रकाशशरण महतलाई आमन्त्रण गरी कलेजले अन्तरक्रिया सञ्चालन गरेको थियो । त्यसैगरी डा. मीनेन्द्र रिजाल, राष्ट्र बैंकका उच्च तहका कर्मचारी, विभिन्न अर्थविद्, अर्थशास्त्रीहरूलाई कलेजमा उपस्थित गराई अन्तरक्रियाका माध्यमबाट विद्यार्थीको व्यक्तित्व विकासमा टेवा पुर्‍याउने गरेको छ । जसबाट विद्यार्थीले समसामयिक आर्थिक पक्षलाई बोध गर्न सक्ने कुरा अर्थशास्त्रका विभागीय प्रमुख यादव गौतम बताउँछन् । पारिवारिक वातावरण विद्यार्थीको उचित रेखदेख हुने एउटा पारिवारिक वातावरणको निर्माणमा युनिग्लोबले सदैव आफूलाई समर्पित गराउँदै ल्याएको छ । अभिभावकलाई आफ्ना सन्तानले घरको जस्तै पारिवारिक वातावरण पाउँछन् भन्ने कुराको सुनिश्चितता यस कलेजले गर्न सकेको छ । जसका निम्ति शिक्षक तथा कर्मचारी सबैको सामूहिक प्रयासबाट नै यस किसिमको वातारणको निर्माण भएको छ । यसका अतिरिक्त स्वास्थ्य परिचारिकादेखि मनोविद्सम्मको व्यवस्था यस विद्यालयले गरेको छ । कक्षा ११/१२ मा पढ्ने विद्यार्थी एउटा सङ्क्रमणकालीन अवस्थाबाट अघि बढिरहेको हुन्छ । जसले गर्दा उनीहरूको मानसिकतामा अचानक परिवर्तन देखिन सक्छ । यस किसिमको गम्भीर विषयलाई हृदयगंम गर्दै हरबखत मनोविद् वा मनोवैज्ञानिक काउन्सिलरलाई विद्यार्थीको काउन्सिलिङका निम्ति तम्तयार राखिएको हुन्छ । जसले गर्दा यहाँबाट उच्च शिक्षाका निम्ति जाने विद्यार्थीका निम्ति पनि मार्ग प्रशस्त हुन सकेको सन्दर्भलाई प्राचार्य रेग्मी बताउँछन् । आधुनिक सुविधा सम्पन्न इन्नोभेसन ल्याब भौतिक विज्ञानका सन्दर्भमा यस विद्यालयले विद्यार्थीले पढेका सैद्धान्तिक विषयको प्रयोगात्मक परीक्षण गर्नका लागि सुविधासम्पन्न ल्याबको व्यवस्था गरेको छ । जसमा विद्यार्थीलाई ल्याबको सहयोगमा सैद्धान्तिक विषयलाई व्यवहारमा रूपान्तरण गरेर पढाउने गरिन्छ । जसबाट विद्यार्थीले सिप आर्जन गरी आफूले पढेका सबै विषयमा प्रस्तुतिकरण (प्रिजेन्टेशन) गर्नुपर्ने हुन्छ । राष्ट्रिय परीक्षा बोर्डको पाठ्यक्रमबाहेक कलेजले आफ्नो सुविधासम्पन्न इन्नोभेसन ल्याबमा प्राचार्यकै नेतृत्वमा विभिन्न तालिम दिने, रोबोट बनाउन सिकाउने तथा अन्तरिक्ष सम्बन्धी ज्ञान दिने गरेको छ । कलेजले परियोजना कार्य दिने तथा विषय वस्तुअनुसार फिल्ड भिजिट पनि गराउने गरेका रसायन विज्ञान विषयका विभागीय प्रमुख जयराम घिमिरेले बताए । यसबाहेक इन्जिनियरिङ र मेडिकलको तयारी कक्षाहरू पनि सुरुबाट नै निरन्तर रूपमा दिने र जुन विद्यार्थीका निम्ति अत्यन्त उपयोगी देखिएको कुरामा पनि घिमिरेले जोड दिए । वैज्ञानिक सम्मेलन युनिग्लोब कलेजले हरेक वर्ष ‘योगं साइन्टिस्ट समिट’ नाम दिएर प्रतियोगितात्मक विज्ञान महोत्सव (साइन्स एक्जिभिसन) कार्यक्रम आयोजना गर्ने गरेको छ । जसलाई नेपाल पोलिमर इन्स्टिच्युटले साथ दिएको रसायनशास्त्रका विभागीय प्रमुख जयराम घिमिरेले बताए । घिमिरे विगत २ वर्षदेखि युनिग्लोब इन्नोभेसन एन्ड रिसर्च सेन्टरलाई नेतृत्व गर्दै आएका छन् । यसै अन्तर्गत रहेर हरेक वर्ष रोबोटिक्स, कम्प्युटर साइन्स, बायोलोजिकल साइन्स, इन्डिजिनियस नलेज एन्ड टेक्नोलोजी, फिजिकल एन्ड केमिकल साइन्स आदि विभिन्न विषय क्षेत्रसँग सम्बन्धित परियोजना कार्यहरू विद्यार्थीसँग मगाइन्छ । विद्यार्थीले सर्वप्रथम त आफूले तयार पार्ने प्रोजेक्टको पेपर प्रिजेन्टेसन गर्छन् अनि उपयुक्त प्रोजेक्टले यस महोत्सवमा स्थान पाउँछ । यस महोत्सवमा युनिग्लोब मात्र नभएर अन्य विद्यालयबाट पनि सहभागी गराउने गरिन्छ । यसबाट विद्यार्थीमा विज्ञान र प्रविधिलाई जोडेर अनुसन्धान गर्न सक्ने क्षमताको आधारस्तम्भ खडा हुने कुरा घिमिरेले बताए । यस सम्मेलनमा देशभरिबाट सहभागी भएका स्वणर्पदक विजेतालाई ‘एसिया प्यासिफिक योगं साइन्टिस्ट समिट’ नामक सम्मेलनमा भाग लिन विदेश पठाइन्छ । जसबाट विद्यार्थीलाई वर्ल्ड एक्सपोजर दिनमा युनिग्लोब कलेजको सर्वोपरि भूमिका छ । यस कार्यमा विद्यार्थीलाई सहजीकरण गर्नका निम्ति देशकै योग्य, दक्ष तथा पूर्ण प्रतिस्पर्धी शिक्षकहरू रहेका छन् । जसलाई युनिग्लोब कलेजले आफ्नो अमूल्य निधि मान्दै आएको छ । जिरो आवर कक्षा सबै विद्यार्थीको सिक्ने क्षमता समान किसिमको हुँदैन । त्यसैले विद्यार्थीलाई फरक वातावरणमा राखेर शिक्षण सिकाइ क्रियाकलाप गरिनुपर्छ भन्ने मान्यतालाई युनिग्लोब कलेजले आत्मसात् गरेको छ । साथै कतिपय विद्यार्थी कहिलेकाहीँ काम विशेषले विद्यालयको नियमित कक्षामा उपस्थित हुन नसकेको खण्डमा उनीहरूका निम्ति पनि अनुपस्थित हुँदाको दिनको शिक्षण सिकाइ आवश्यक हुन्छ भन्ने कुरालाई पनि यस विद्यालयले हृदयगंम गरेको छ । त्यसैले यस किसिमका असहजतालाई सम्बोधन गर्नका लागि विद्यालयले जिरो आवरको समय छुट्याएको छ । जसमा कक्षा कोठामा सिक्न नसकेको विषय तथा अनुपस्थित हुँदा सिक्न नसकेको विषयलाई विद्यार्थीले सहज खालको विद्यार्थीमैत्री वातावरणमा सिक्न सक्छन् । यसका लागि हरेक विभागले एक घण्टाको जिरो आवर छुट्याएर काम गरिरहेको हुन्छ । यसबाट पनि विद्यार्थीलाई अपेक्षाकृत लाभ हुन नसकेमा अतिरिक्त कक्षाको व्यवस्था पनि विद्यालयले गरेको प्राचार्य रेग्मीले जानकारी दिए । शिक्षण सिकाइमा एआई टुल्स र सफ्टवेयरको प्रयोग पछिल्लो समय विश्वमा एआई टुल्सको प्रयोग बढिरहेको छ । विभिन्न सफ्टवेयरको प्रयोग बढिरहेको छ । विद्यार्थीको शिक्षण सिकाइमा तिनको रचनात्मक प्रयोगलाई विद्यालयले विशेष चासो दिने गरेको छ । गणितका विषयवस्तु अध्यापनमा विभिन्न सफ्टवेयरको प्रयोगबाट समयको मितव्ययिता अपनाउन सकिने तथा सहजै विद्यार्थीलाई बुझाउन सकिने जानकारी गणित विभागका प्रमुख अग्निदत्त जोशीले दिए । साथै सफ्टवेयरको प्रयोगबाट विभिन्न गणितका सूत्रहरूलाई भिजुअलाइज गरेर देखाउँदा विद्यार्थीले स्पष्ट रूपमा बुझ्ने गरेको जोशीले बताए । नवीनतम विधिको प्रयोग विद्यार्थीलाई उनीहरूले पढ्ने विषयको प्रकृतिअनुसार विभिन्न पद्धतिको प्रयोग गर्नुपर्छ भन्ने विषयमा विद्यालय सचेत छ । जसले गर्दा बायोलोजी पढ्ने विद्यार्थीका निम्ति विद्यालयले हेनन एप्रोच मेथडको प्रयोग गर्ने गरेको बायोलोजी विभागका प्रमुख ताराबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार यस पद्धति अनुसार अध्यापन कार्य अघि बढाउँदा बोटबिरुवाका बारेमा सिकाइँदै छ भने सम्बन्धित बोटबिरुवा नै विद्यार्थीका सामुन्ने ल्याएर त्यसबारेमा जानकारी दिइन्छ । यस किसिमको प्रयोगात्मकमा आधारित अध्ययन अध्यापन कार्यमा यस युनिग्लोब कलेजले जोड दिएको छ । यसबाट विद्यार्थीमा थप चासो बढेर शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी हुन गरेको विभागको ठम्याइ छ । आइडिया पिचिङ युनिग्लोब कलेजले विद्यार्थीको शतप्रतिशत उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ । त्यसैले विद्यार्थीलाई नतिजामुखी मात्र बनाउने भन्दा पनि भोलिका दिनमा समाज, देश तथा विश्वकै निम्ति पनि केही गर्न सक्ने योग्य जनशक्ति निर्माणमा आफूलाइ समाहित गराउँदै आएको छ । त्यसकारण विद्यार्थीले कक्षा ११ वा १२ मा पढ्दापढ्दै नै आफ्नो व्यावसायिक तथा प्राज्ञिक योजना कलेजसामु पेस गर्न सक्ने प्लेटफर्म पनि कलेजले उपलब्ध गराउँदै आएको विजनेश स्टडिज विभाग प्रमुख नारायण पोखरेल बताउँछन । जसको लागि कलेजले हरेक वर्ष ‘आइडिया पिचिङ’ को कार्यक्रम गरेको हुन्छ र उत्कृष्ट आइडियालाई पुरस्कृत गर्छ । जसबाट भोलिका दिनमा विद्यार्थीले आफूलाई अघि बढाउने स्पष्ट मार्गचित्र पनि कोरिसकेका हुन्छन् । यसतर्फ पनि विद्यालयले सचेततापूर्वक कार्य गरिरहेको छ । यस किसिमको आधुनिक, गुणस्तरीय तथा प्रविधिमैत्री कक्षा कोठा, विद्यार्थीमैत्री वातावरण, विद्यार्थीकेन्द्री शिक्षण सिकाइ क्रियाकलाप तथा पारिवारिक वातावरणका कारण कक्षा ११ मा विद्यार्थीको रोजाइको केन्द्रका रूपमा यस शैक्षिक संस्था आफ्नो स्थापनाकालदेखि नै रहिआएको छ ।