साइबर सुरक्षा बीमा सेवा सञ्चालन हुने

काठमाडाै । आगामी आव २०८२/८३ मा साइबर सुरक्षा बीमा सेवा सञ्चालन हुने भएको छ । सरकारले आगामी आव २०८२/८३ मार्फत साइबर सुरक्षा बीमा सेवा सञ्चालन गरिने जानकारी दिएको हो ।  सरकारले प्राकृतिक प्रकोप, विपद् र दुर्घटनाबाट हुने क्षतिबाट सुरक्षा गर्न सम्पति बीमाको दायरा विस्तार गर्ने भएको छ । त्यस्तै दुर्गम क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको पहुँच विस्तार गरिने भएको छ ।   

स्वास्थ्य बीमा कार्यक्रमको लागि १० अर्ब  विनियोजन

काठमाडाै‌ं। सरकारले आगामी आव २०८२/८३ मा बजेटमार्फत १० अर्ब रुपैयाँ विनियोजन गरेको छ । बिहीबार आगामी आव २०८२/८३ को बजेट प्रस्तुत गर्दै सो रकम विनियोजन गरेका हुन् ।  सरकारले आगामी आव मा बजेटमार्फत स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गरिने यससम्बन्धी कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वय र दायरा विस्तार गरिने जनाएकाे छ। त्यस्तै बीमीतको सुविधा थैली क्रमश वृद्धि गर्दै लैजाने, सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई स्वास्थ्य बीमामा एकिकृत गरिने, बीमितहरुलाई फरक फरक पोलिसी सुविधा उपलब्ध गराइने भएकाे छ । बीमा  सुविधाको दुरुपयोग हुन नदिन दोहोरपना हटाइने  भएकाे छ । चुवावट नियन्त्रण र संस्थागत शुुसासन कायम गरिने, जेष्ठ नागरिक, अपंगता भएका व्यक्ति दलित, अतिविपन्न तथा अल्पसंख्याक समुदायको बीमा सुविधा निरन्तरता  दिने पाैडेलले बताएका छन् ।

१० महिनामा निर्जीवन बीमकको व्यवसाय ६.७६ प्रतिशतले बढ्यो, शिखर इन्स्योरेन्सको सर्वाधिक

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिना (वैशाखसम्म) सम्ममा निर्जीवन बीमा कम्पनीहरूले ३५ अर्ब ९ करोड बराबरको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमकले २३ लाख ५८ हजार ५११ वटा बीमालेख जारी गरेर ३५ अर्ब ९ करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् । चालु आवको १० महिनामा निर्जीवन बीमकले गरेको व्यवसाय गत आवको सोही अवधिको तुलनामा ६.७६ प्रतिशतले बढेको हो । गत आवको यही अवधिमा बीमा कम्पनीहरूले २३ लाख ९३ हजार १८२७ वटा बीमालेख जारी गर्दै ३२ अर्ब ८७ करोड ४८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए । सबैभन्दा धेरै व्यापार गर्नेमा शिखर इन्स्योरेन्स  चालु आवको १० महिनामा सबैभन्दा धेरै व्यवसाय शिखर इन्स्याेरेन्सले गरेको छ । वैशाखसम्ममा निर्जीवन बीमा कम्पनीहरूले ४ अर्ब ६८ करोड १८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा र ३.१० प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा कम्पनीले ४ अर्ब ५४ करोड ११ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । दोस्रो धेरै व्यवसाय गर्ने कम्पनीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) रहेको छ । सलिकोले वैशाखसम्ममा ४ अर्ब ४ करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनीले ३ अर्ब ८८ करोड ५४ लाख रुपैयाँ कुल व्यवसाय गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार ४.०२ प्रतिशतले बढेको छ । तेस्रो धेरै व्यवसाय गर्ने कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी रहेको छ । सिद्धार्थ प्रिमियरले १० महिनामा कम्पनीले ३ अर्ब ४७ करोड ९८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । जुन गत आवको तुलनामा ९.१८ प्रतिशतले वृद्धि हो । गत आवको यही अवधिमा कम्पनीले ३ अर्ब १८ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।  अन्य बीमा कम्पनीहरूमा हिमालयन एभरेस्ट इन्स्योरेन्सले ३ अर्ब ८ करोड रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३ अर्ब २ करोड रुपैयाँ, नेको इन्स्योरेन्सले २ अर्ब ७० करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्सले २ अर्ब ४२ करोड रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्सले २ अर्ब २५ करोड रुपैयाँ सानिमा जीआइसीले २  अर्ब ९ करोड रुपैयाँ व्यवसाय आर्जन गरेका छन् । ४ बीमकको घट्यो व्यापार  वैशाखसम्म ४ वटा बीमकको व्यवसाय घटेको छ । समीक्षा अवधिमा युनाइटेड अजोडको व्यवसाय ३.८४ प्रतिशतले घटेको छ । गत आवमा युनाइटेडले २ अर्ब १७ करोड ६१ लाख व्यवसाय गरेकोमा समीक्षा अवधिमा २ अर्ब ९ करोड २६ लाख रुपैयाँ व्यवसाय आर्जन गरेको छ ।  राष्ट्रिय बीमा कम्पनीको व्यवसाय १३.१६ प्रतिशतले घटेको छ । गत आवको वैशाखसम्मममा एक अर्ब ३४ करोड रुपैयाँ व्यवसाय गरेको राष्ट्रिय बीमाले समीक्षा अवधिमा १ अर्ब १६ करोड ३७ लाख रुपैयाँको व्यापार गरेको छ । प्रभु इन्स्योरेन्सको व्यवसाय ०.६५ प्रतिशतले घट्दा नेशनल इन्स्योरेन्सले १.४८ प्रतिशतले घटेको छ ।  प्रभु इन्स्योरेन्सले चालु आवको ११ महिनामा १ अर्ब ४३ करोड ४५ लाख व्यवसाय गरेको छ । गत आवको यही अवधिमा कम्पनीले १ अर्ब ४४ करोड ३९ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो । नेशनल इन्स्योरेन्सले गत आवमा ९४ करोड ३९ लाख व्यवसाय गरेकोमा चालु आवमा ९२ करोड ९९ लाख रुपैयाँको व्यवसाय गरेको छ ।   निर्जीवन बीमा कम्पनीको व्यवसाय (रु.लाखमा)