गुणस्तरीय पर्यटनका लागि नेपालको ब्राण्डिङ गर्नु आवश्यक

  भरत बस्नेत नेपालमा पर्यटन विकासको इतिहास त्यति लामो छैन । पर्यटन विकास विस्तारै मान्छेहरू एक ठाउँबाट अर्को ठाँउमा जाने क्रमसँगै भएको हो । विश्वमा औद्योगिकरणको सुरुआतसँगै बढेको व्यस्थताले गर्दा नजिकका स्थान विदाको दिन घुम्न र विश्रामका लागि जान थाले । घुम्न जान थालेपछि सुविधाको पनि विस्तारै विकास हुँदै गयो । काम गर्ने र फूर्सद कम हुने भएपछि बार्षिक रूपमा हुने छुट्टीलाई एक देशबाट अर्को देशमा घुम्न जाने क्रमसँगै नेपालमा पनि पर्यटन विकास हुन थालेको पाइन्छ । नेपालको सन्दर्भमा अंग्रेजले शासन गरिरहदाँ नेपालमा आउने पर्यकको ढोका बन्द नै थियो । एक ठाउँबाट अर्को ठाँउमा घुम्न जाने संस्कृति त त्यतिवेलको नेपालमा कल्पना पनि थिएन । नेपालीलाई त्यतिबेला कहिँ घुमघाममा जानुपर्ने आवश्यकता पनि थिएन । तर, गोरखालीले लडेको विश्वयुद्ध र यसबाट पाएको वीरताको पहिचानले भने नेपालसम्मको पहुँच चाहिँ त्यतिबेलै विकास भैसकेको थियो । पहिलो र दोस्रो विश्वयुद्धमा नै नेपालको प्रचार चाहिँ भएकै हो । सन् १९५० पछि जब नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रसम्मको लागि खुला भयो । त्यसपछि केही विदेशीको नेपाल आउने इच्छा पनि बढ्दै गयो । नेपालमा आउने विदेशीको चाहना भ्रमण र घुमघाम भन्दापनि नेपालको अध्ययन गर्न आए । यसलाई नेपाल अध्ययन भ्रमण भनेर बुझ्न सकिन्छ । अर्को थरी कस्ता व्यक्ति आए भने नेपाल विश्वमा नै अग्ला शिखरको भूमि भनेर त्यसको नामले आए । जसको इच्छा विश्वकै अग्ला शिखर चुम्ने र आफ्नो कृतिको पनि पहिचान गर्ने उद्देश्य रह्यो । विदेशीले गर्ने अध्ययन भ्रमण र आफ्नो कृतिको लागि गर्ने काम नै नेपालको पर्यटन बजार बन्यो । यूरोप तथा अमेरिकाका अग्ला हिमाल आरोहण गरिसकेपछि विश्वकै अग्लो हिमाल पनि चढौं न त भन्दै आउने थालेका विदेशीको टेण्ड नै नेपालमा व्यवासायिक रूपमा विस्तारित र स्थापित पर्यटन बजार बन्न पुग्यो । महङ्गोबाटै सुरु भयो नेपाल प्रवद्र्धन जब नेपाललाई विदेशीले चिन्न थाले र नेपालीको पहिचान बाहिर जान थाल्यो त्यतिबेला हाम्रो पर्यटन शिशु अवस्थामै थियो । त्यसबेला अर्थात सुरुमा नेपालको प्रचार हुँदा र नेपाल आउन भनेको निकै महङ्गो थियो । नेपालको साँस्कृतिक विविधिता, प्राकृतिक विविधता र यहाँका कला संस्कृतिको प्रचार हुन सकेन । पहिलेदेखी नै नेपाल ठूला र विशाल हिमाल भएको देश नै भनेर प्रचार हुन थाल्यो । यसले गर्दा नेपाल हिमालै हिमालको देश रहेछ भनेर प्रचार भयो । यसले गर्दा नेपाल अरु व्यत्तिका लागि भन्दा पनि आरोहण र पर्वतीय पर्यटनकै लागि रहेछ भनेर पनि चिनिन थालियो । नेपालमा अध्ययन भ्रमणमा आउन थालेका विदेशीले किताव पनि लेख्न थाले । नेपालको बारेमा पुस्तक छापिन थाल्यो । नेपालको बारेमा हिमाल मात्रै नभएर काठमाडौं, चितवत, पोखरासहितका पर्यटकीय गन्तव्य पनि रहेछ भनेर चिनिन थाल्यो । विस्तारै पर्यटनले नेपाल पनि घुम्न लायक गन्तव्य रहेछ भनेर बुझ्दै जाने र आउन पनि थाले । गुणस्तरीय पर्यटक बढाउनकै लागि त्यतिबेला नेपालमा विश्वकै सबैभन्दा अग्लो ठाँउमा होटल खुल्यो । यही होटलका लागि स्याङबोचे विमानस्थल बनेको थियो । होटल एभरेष्ट भ्यू नामको यो होटलमा आउने विमानस्थल आवश्यक पनि भयो । यो निकै महङ्गो होटल हो । त्यसैगरी अमेरिकनकै स्वामित्वमा चितवनको राष्ट्रिय निकुञ्जमा टाइगरटप्स होटल थियो । यो होटलमा जाने आउने बाटो नभएको कारण चितवनमा नै मेघौली विमानस्थल बन्यो । यो विमानस्थल बनाउन सरकारले लगानी गरेको भएपनि चाहना भनेको चितवनको वाइल्डलाइफ पर्यटनकै विकास गर्ने गरी पर्यटक ल्याउने नै पहिलो उद्देश्य थियो । यो स्थान पनि निकै महङ्गो पर्यटकीय स्थल बन्यो । एक त विमानस्थालसम्म चार्टर उडान गरेर जानुपर्ने र सेवा सुविधाका लागि धेरै रकम खर्च गर्नुपर्ने अवस्था थियो । यसको अर्थ नेपालमा सुरु भएको पर्यटन गुणस्तरीय पर्यटनबाटै भएको हो । जब नेपाल पर्यटकबीच चिनिन सुरु भएको त्यतिबेला महङ्गो गन्तव्यबाट नै सुरु भएको हो । नेपालकै पहिलो पाँचतारे होटल नेपालकै पहिलो पाँचतारे होटल थियो कान्तिपथमा रहेको रोयल होटल । अहिले निर्वाचन आयोग रहेको स्थानमा अवस्थित पहिलो पाँचतारे होटल हाल बन्द भैसकेको छ । यो होटल बनाउन सरकारले विदेशीलाई जग्गा उपलव्ध गराएको थियो । यो होटल रसियन नागरिक बोरिस लिक्षनाभेजले संचालन गरेका थिए । बोरिसले सरकारी जग्गा भाडामा लिएर अहिले निर्वाचन आयोग भएकै ठाउँ बहादुर भनवमा नेपालको पहिलो पाँचतारे होटल संचालन गरेका थिए । राजा त्रिभुवनले निम्तो गरेर नेपालमा लगानी गर्न विदेशीलाई ल्याएका थिए । यस होटलमा सरकारका विशिष्ट पाहुना र पर्यटक बस्ने गर्थे । यो होटल सन् १९८० को दशमा बन्द भएको हो । सरकारले बोरिसबाट जग्गा फिर्ता लियो र उनको होटल बन्द भयो । सरकारले यो होटल बहादुर भवनबाट हटाएपछि दरबारमार्गमा अहिले संचालनमा रहेको याक एण्ड यतिको लाइसेन्स बोरिसलाई दिएको थियो । यो होटल संचालन गर्ने चरमा भने राधेश्याम सर्राफले बोरिसमार्फत लाइसेन्स लिएर संचालन गरेका हुन । त्यतिबेला रोयल र सेल्टीमा मात्रै पाँचतारे होटल थिए । रोयल बन्द भएर याक एण्ड यति खुलेपछि भने विस्तारै पाँचतारे होटल बढ्दै गएका हुन । पाँचतारे होटल एभरेष्ट, अन्नपूर्ण, ह्यात रिजेन्सी हुँदै अहिले १० वटा पुगेका छन् । निर्माणधिन पाँचतारे होटल पनि प्रसस्त मात्रामा आउदै छन् । यसर्थ, नेपालको पर्यटन क्वालीटी पर्यटनबाट नै भएको हो । पहिले सगरमाथा क्षेत्रको एभरेष्ट भ्यू होटलले पर्यटकलाई गुणस्तरीय सेवा दिन सुरु गर्दा निकै महङ्गो शुल्क ग¥यो । चितवनको पर्यटन टाइगर टप्सनामक वाइल्डलाईफबाट सुरु भयो । पोखरामा पनि फिस्टेल लज थियो । अहिलेसम्म संचालनमा रहेको यो लजले पनि पोखरामा पर्यटन विकास गर्ने अग्रणी भूमिका निर्वाह गरेको छ । यो होटल पुरानै हो । पोखरामा होटल न्यु क्रिस्टल पनि निकै पुरानो हो । यो होटल संचालन हुँदा पोखरामा बाटो नै पुगेको थिएन । एड्भेञ्चर टुरिजमको विकास त्यतिबेला महङ्गो नै थियो । राफ्टिङमा पनि टाइगरटप्स संचालन गर्ने कम्पनीले नै माउन्टेन रिभर संचालन गरेको हो । नेपालमा जतिबेला पर्यटनको सुरुआत भयो सबै महङ्गो पर्यटकीय सेवा र सुविधाबाट नै भएको थियो । सस्तो पर्यटनको सुरुवात जब नेपालमा विदेशबाट गाडि चढेर आउने र यहाँ आएर त्यो गाडि नै बेचेर मोजमस्ती गर्ने हिप्पीहरु आउन थाले तब पर्यटनक बिस्तारै बढ्दै जान थाल्यो । पयर्टक बढ्न थालेपछि पर्यटकीय सेवा पनि बढ्दै गए । काठमाडौंकै ठमेलमा रहेको काठमाडौं गेस्ट हाउसको सुरुवातपछि महङ्गोदेखि सस्तो प्याकेज संचालन हुन थाल्यो । पर्यटकीय सेवाप्रदायक संस्था एकपछि अर्को गर्दै बिस्तारै बढ्न थाले जसले गर्दा गुणस्तरमा होइन व्यवसायिक प्रतिस्पर्धा हुन थाल्यो । पर्यटकलाई सेवा दिने नाममा सस्तो महङ्गो जुन आए पनि त्यसबाट नेपालमा पर्यटनको संस्कृति बस्दै गयो । सुरुको नेपालको पर्यटकीय गन्तव्य गुणस्तरीयबाट सुरु भएपनि पर्यटक बढ्दै जादाँ सस्तो पनि हुन थाल्यो । पहिले टी हाउस ट्रेकिङ हुन्थ्यो । पछि लज टे«किङ हुन थाल्यो । त्यतिबेला लजमा बस्न जाँदा खाना खाएको पैसा मात्र लिने बसेको पैसा नलिने गरि सेवा सुरु भएको हो । नेपालको आवश्यकता सस्तो ट्रेकिङ नै होइन नेपालको आवश्यकता सस्तो टे«किङ होइन । नेपालको ब्राण्डिङ गर्ने उपयुक्त माध्यम क्याम्पिङ टे«क नै हो । जब नेपालमा क्याम्पिङ गर्ने स्थानमा पनि लज हुन थाल्यो । तब असली टे«किङ विस्तारै हराउँदै गयो । मेरो मान्यता चाँहि पर्यटकलाई नेपाल चिनाउने र साँच्चे पर्यटकीय सेवा दिन हो भने लज टे«किङ नगरौ क्याम्पिङ मात्रै गर्नुपर्छ भन्ने हो । नेपाल टे«किङको उत्कृष्ट गन्तव्य हो । नेपालमा लज टे«किङ गर्नु हुँदैन भनेर मैले आफ्नो अडान अझै छोडेको छैन । लज ट्रेकिङ गर्दा स्थानियले लाभ लिन सक्ने तर्क गर्न थालेर यो सेवा सुरु भएको थियो । मेरो बुझाईमा त नेपालको पहिचान दिने र वास्तविक पदयात्राको भोग भनेकै क्याम्पिङ टे«किङ नै हो । मैले लज टे«किङ नगर्दा दुर्भाग्यवस नै भन्नुपर्छ म यो व्यवसायबाट नै अलग्गिए । मेरो सरोकार मैले व्यापार गर्न नपाएको भन्दा पनि पर्यटकीय सेवामा गुणस्तरीयता जोगाउँनु पहिलो प्राथमिकता हो । अबको आवश्यकता : गुणस्तरीय कि संख्यात्मक ? हामीले खोज्ने पर्यटन संख्यात्मक होइन गुणात्मक नै हो । नेपालले पर्यटकीय पूर्वाधार विकास गर्दै संख्या बढाउदै जाने क्रममा गुणस्तरीय मात्रै बढाउँदै गयो भने अवश्य पनि यो क्षेत्रको भविष्य राम्रो छ । उदाहरणको रूपमा हेर्ने हो भने, फ्रान्समा सबैभन्दा बढी पर्यटक पुग्छन र त्यहाँ सोही अनुसारको पर्यटकीय पूर्वाधार पनि बनेको छ । स्पेन, टर्की तथा युरोपेली र अमेरिकी मुलुकले पूर्वाधार अनुसार नै गुणत्मक पर्यटक खोज्ने गरेका छन् । भारतले अहिले संख्यात्मक खोजिरहेको छ । अहिलेको हाम्रो अवस्था हेर्दा एउटा मात्र विमानस्थलबाट लाखौ पर्यटक बढाउँन सकिदैन । हवाई जहाज पनि ठूलो हुनुपर्छ । नेपालमा विमानस्थ, हवाईजहाज, पर्यटकीय गन्तव्यमा पुग्न सक्ने सुविधा पर्यटकलाई खानेबस्ने सेवा सुविधा सबैको अवस्थाबाट हेर्ने हो भने नेपालले संख्यात्मक नभएर गुणात्मक पर्यटकमै जानुपर्छ । गुुणात्मक पर्यटक मात्रै पुग्दा यस क्षेत्रबाट हुने लगानी सिमित ठाउँमा मात्रै पुग्ला भन्ने प्रश्न पनि आउँन सक्छ । यसका लागि आएका पर्यटकबाट राज्यले लाभ लिन सक्नुपर्छ । नेपालका सबै पर्यटकीय गन्तव्य, हिमाल, ताल, प्रकृतिक छटा सबै राज्यका सम्पती हुन । यसर्थ, राज्यले पहिले पर्यटन क्षेत्रबाट लाभ लिन सक्नुपर्छ । राज्यले पर्यटन क्षेत्रबाट लिएको लाभलाई शिक्षा, स्वस्थ्य, रोजगारका क्षेत्रमा खर्च गर्नुपर्छ । पर्यटकीय पूर्वाधारमा खर्च गर्नुपर्छ । जसबाट राज्यले र जनताले नै लाभ पाउँछन् । भुटानमा हरेक दिन २५० डलर खर्च गर्नुपर्ने व्यवस्था छ । यसबाट राज्यले ४० प्रतिशत लिने र आवश्यक पूर्वाधार तथा जनताले प्रत्यक्ष लाभ पाउने क्षेत्रमा खर्च गर्छ । जसबाट पर्यटनको आम्दानी माथिल्लो तहदेखि तल्लो तहसम्म नै नेपालको साँस्कृतिक, विविधिता, विशाल हिमाल तथा सबै पर्यटन र पर्यटकीय क्षेत्र राज्यको हो । यसर्थ, पर्यटकीय सेवा र सुविधाका लागि राज्यले उचित नीति तथा कार्यक्रम लागू गर्नुपर्छ । नेपालको सन्र्दभमा पनि राज्यले पर्यटकीय क्षेत्रबाट लिने लाभलाई उचित सदूपयोग गर्ने गरी प्रयोग गर्न सकिन्छ । नेपालमा अहिले पर्यटक नबढेको भएपनि पर्यटन व्यवसायीको भने संख्या बढेको छ । यसले गर्दा व्यवसायिक प्रतिस्पर्धा बढेको देखिन्छ । एक सय डलर आउने ठाँउमा व्यवसायीकै कारण ५० डलर पनि नआउँने अवस्था छ । प्रतिस्पर्धा भन्दैमा नोक्सानमा काम गर्ने त होइन नि ? विदेशी मुलुकसँग तुलाना गर्ने हो भने प्रतिस्पर्धा सेवा र सुविधामा हुन्छ । कम रोजगारी दिने, प्रविधिको प्रयोग ज्यादा गर्ने र गुणस्तरीय सेवा दिने उद्देश्य हुन्छ । विदेशीले प्रविधिको प्रयोग गरेका छन भन्दैमा हामी पनि उनिहरूको पछि लाग्नुपर्छ भन्ने छैन । मेसिनबाट आतिथ्यता हुँदैन । आतिथ्यता मान्छेबाट नै हुन्छ । विदेशमा मानव स्रोतकै कम प्रयोग गर्ने उद्देश्य हुन्छ । तर, हामीले त आतिथ्यता नै बेच्न सक्छौ । नेपालमा लामो समय गुणस्तरीय पर्यटनको मात्रै काम गर्दै जाँदा राम्रा होटल तथा रिसोर्ट बन्छ । होटलले दिने सेवा सुविधा पनि गुणस्तरीय नै हुन्छ । आज भन्दा भोली धेरै लगानी हुने र पर्यटकीय संख्या र गुणस्तर बढ्न सक्छ । यही अभियान जारी रहे लामो समयपछि सबै स्तरीय होटल, पर्यटकीय सेवा सुविधा हुन्छ । सीमित पाँचतारे होटल हुने, पर्यटकीय सेवामा सीमित व्यक्तिको मात्रै पहुँच पुग्ने भन्ने होइन । नेपालमा क्वालीटीलाई मात्रै फोकस गर्ने हो भने तल्लो तहले पनि लाभ पाउछन् । वास्तवमा सबै क्षेत्रले खोजेको आर्थिक सम्पन्नता नै हो । पर्यटन क्षेत्रबाट पाउनु प्रतिफल नै सबैको उद्देश्य हो । यसका लागि गुणस्तरीय पर्यटक नै बढाउनुपर्छ । नेपालमा धेरै खर्च गर्ने र गुणस्तरीय पर्यटक भित्र्याउन सकेमा आजका दिनसम्म सस्तोमा होटलको भन्दा कम पैसा भनेर चिनिएका होमस्टे होटल भन्दा महङ्गा हुन सक्छन् । आज दुई हजार रुपैयाँ तिरेका पर्यटकले भोली त्यही होमस्टेलमा दुई सय डलर तिर्ने अवस्था बनाउन सकिन्छ । गुणस्तरीय पर्यटनमै केन्द्रित हुनुपर्छ अहिले भइरहेकै सेवा सुविधाबाट देशलाई समुन्नत बनाउनुपर्छ भन्ने हो । नेपालको धारण क्षमता अनुसार पर्यटक ल्याउनुपर्छ । नेपालले कति पर्यटक धान्न सक्छ सोही अनुसार ल्याउने हो । नेपालमा लाखौं पर्यटक ल्याउने भन्दा पनि गुणस्तर बढाउँदै अगाडि जानुपर्छ । सस्तोमा लगानी गरेर पनि बढी प्रतिफल आउदैन । यसका लागि सस्तो भन्दा पनि महङ्गो नै गर्नु राम्रो । हाम्रो चाहना बढी प्रतिफल लिने नै हुनुपर्छ । राज्यलाई होस् कि नहोस मलाई होस् भन्ने मात्रै पनि हुनु हुँदैन । पहिले राज्यलाई लाभ भयो भने त्यसको फाइदा व्यक्तिगतसम्म पुग्नु राम्रो हुन्छ । अहिले हामीकोमा राज्य भन्दा पनि व्यक्ति बलियो भएको अवस्था छ । अहिलेको आवश्यक भनेको नै गुणस्तरीय पर्यटक नै हो । राज्यले लगानी गर्ने, स्रोत साधनको विकास गर्ने सबै काममा गुणत्मकलाई ध्यान दिनुपर्छ । व्यवसायीले पनि पाँच जनाले छुट्टाछुटै १० कोठाको होटल बनाउनुभन्दा पाँचै जना मिलेर ५० कोठाको होटल बनाएर गुणस्तरीय सेवा नै दिनुपर्छ ।

दुई वर्षअघि ७९ करोड नोक्सानमा गएको यति अहिले नाफामा, अब ‘ब्राण्डिङ अन वार फुटिङ’

सागर शर्मा, प्रमुख कार्यकारी अधिकृत, यति डेभलपमेन्ट बैंक तीन वर्षअघि बाणिज्य बैंक बन्ने उदेश्यका साथ यति फाइनान्स, मनकामना डेभलपमेन्ट बैंक, इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंक र भ्याली फाइनान्सबीच मर्ज प्रक्रियामा सामेल भयौं । त्यो प्रयास सफल भएको भए यतिबेला हामी बाणिज्य बैंकको रुपमा बैकिङ कारोबार गरिरहेका हुने थियौं । इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंक मर्जर प्रक्रियाबाट बाहिरीए पछि वाणिज्य बैंक बन्ने प्रयास सफल भएन । यति फाइनान्स, मनकामना डेभलपमेन्ट बैंक र भ्याली फाइनान्सबीच मर्ज हुँदा पुँजी २ अर्ब नपुग्ने भयो । तत्काल बाणिज्य बैंक उदेश्य पुरा नहुने भयो । तैपनि तीन संस्था मर्जमा जाउँ, पछि अर्को कुनै संस्थासँग मर्ज भई वाणिज्य बैंक बन्न सकिन्छ भनेर तीन संस्थाबीच मर्ज भयो । २०७० असार ३१ गते एकिकृत कारोबार शुरु भयो । मर्जपूर्व म यति फाइनान्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत थिए । हामी हेटौडाको सानो, पुरानो र वार्षिक १५/२० प्रतिशत लाभांश सेयरधनीलाई वितरण गर्दै आएको फाइनान्स । यति फाइनान्सको व्यवसायमा समस्या थिएन । मर्जपछि पहिलो चौमासिक रिपोर्ट सार्वजनिक गरियो । यस संस्था भित्रको समस्या बाहिर आए । ठूला कर्जा लिने ऋणीहरु समस्यामा परे । खासगरी जग्गा व्यवसायमा गएको कर्जा उठ्न सकेको थिएन । त्यसको असर वित्तीय विवरणमा देखियो । पछि  खराव कर्जा १७ प्रतिशत नाघ्यो । संचिती नोक्सानी ७९ करोड रुपैयाँ भयो । बैंकप्रति निक्षेपकर्ताले विश्वास नै गुमाउँछन् कि, बैंक अब डुब्छ कि भन्ने चस्का (त्रास) उच्च व्यवस्थापनमा बसेर काम गर्नेले महसुस गर्नु पर्यो । यसरी बैंक जटिल अवस्थामा पुग्नुमा व्यस्थापनले गरेको कमजोरी केही थिए भने नीतिगत परिवर्तनले पनि हामीलाई ठूलो असर गर्यो । खासगरी घर जग्गा कर्जा लगानीमा राष्ट्र बैंकले गरेको कडाई र घर जग्गा बजारमा आएको मन्दीले बैंकलाई अप्ठ्यारो अवस्थामा पुर्यायो । त्यसबाट यस संस्थाले गतिलो पाठ सिकेको छ । कर्जा लगानी प्रक्रियामा धेरै सुधार गरेको छ । कर्जा लगानीको क्षेत्रमा सन्तुलित रुपमा विविधिकरण गरिएको छ । कसरी भयो सुधार ? यतिबेला हामीले हाम्रो वित्तीय अवस्थामा धेरै सुधार गरेका छौं । ७९ करोड संचित नोक्सानी सकेर गत असार मसान्तमा वासलातलाई सकारात्मक बनाएका छौं । गत आर्थिक वर्षमा मात्र ३६ करोड रुपैयाँ खुद नाफा भएको छ । ४ करोड भन्दा बढी रिर्जभमा लैजान सफल भएको छौं । अब संस्था सहज अवस्थामा आएको छ । अगाडिका बाटोहरु सफा भएका छ । यति डेभलपमेन्ट बैंकले प्रोभिजत गरेका खराव कर्जा हामीले उठाउँदै गयौं । अहिले पनि खराव सबै कर्जा उठेका छैनन् । असार मसान्तमा बैंकको खराव कर्जा ४.१७ प्रतिशत छ । आगामी असार मसान्तसम्ममा २ प्रतिशत भन्दा कम ल्याउने योजना छ । कतिपय कर्जा नउड्दा धितो सकारेले बैंकले गैर बैकिङ सम्पत्तिको रुपमा लिएको छ । अहिले यस बैंकको गैरबैकिङ सम्पत्ति ४८ करोड रुपैयाँ बराबरको छ । राष्ट्र बैंकको नियम अनुसार २ वर्षभित्र ती सम्पत्ति बिक्री गर्नुपर्छ । चालु आर्थिक वर्षका २४/२५ करोडको गैरबैकिङ सम्पत्ति बिक्री गर्छौ, त्यसपछि अर्को वर्ष बाँकी सम्पत्ति बिक्री गछौं । वाणिज्य बैंकको सपना मर्ज हुनुको उदेश्य वाणिज्य बैंक बन्नु थियो । यतिबेला हामी आफ्नै क्षमताले वाणिज्य बैंक बन्ने अवस्था छैन । राष्ट्र बैंकले वाणिज्य बैंकका लागि चुक्ता पुँजी न्यूनतम २ अर्बबाट बढाएर ८ अर्ब बनाएको बनाएको छ । त्यो एउटा चुनौति हो । अर्को स्तरवृद्धिको लागि पूरा गर्नु पर्ने मापदण्ड पुरा गर्न कम्तिमा पाँच वर्ष कुर्नुपर्छ । किनकी गएको वर्षमा हाम्रो वासलात नोक्सानमा गयो । तत्काल २ बराबर १ का दरले हकप्रद सेयर जारी गरेर पुँजी वृद्धि निर्णय साधारणसभाबाट भएको छ । चालु आर्थिक वर्षको नाफाबाट कम्तिमा १०/१२ प्रतिशत बोनस सेयर दिने लक्ष्यका साथ अगाडि बढेका छौं । यसबीचमा मर्जमा जाने बाटो पनि खुला राखेको छौं । हामी कुनै वाणिज्य बैंकमा मर्ज हुन पनि सक्छौं, अरु संस्था यति डेभलपमेन्ट बैंकमा आएर मर्ज हुन पनि सक्छन् । सबै विकल्पहरु खुला राखेका छौं । संस्थाको वित्तीय अवस्थामा पनि सुधार हुँदै गएको छ र मर्जको विषयमा पनि छलफल चलिरहेको छ । संस्था सुध्रदै गएको अवस्थमा मर्जको लागि स्वाप रेसियोमा वार्गेनिङ गर्ने क्षमता पनि बढ्दै गएको छ । पुँजी वृद्धि सँगै व्यापार विस्तार पनि गरेका छौं । गत आर्थिक वर्षमा करिव ४० प्रतिशतले विजनेश ग्रोथ भएको छ । चालु आर्थिक वर्षका पनि ४० प्रतिशतको विजनेश ग्रोथ गर्ने लक्ष्य राखेका छौं । यस वर्षको हाम्रो नारा ‘ब्राण्डिङ अन वार फुटिङ’ भन्ने छ । हामी वर्षको १२ महिना संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम गर्दै आएका छौं । बैंकका सरोकार पक्षलाई समेटेर बैंकको उपस्थिति रहेको क्षेत्रमा गरिने सामाजिक सेवाका कार्यले यस बैंकको ब्राण्ड इमेज राम्रो बनाउन धेरै मद्दत गरेको छ । इमान्दार भए बैकिङ व्यवसाय सजिलो बैकिङ भनेको सर्बसाधारणसँग निक्षेप लिएर चलाउने व्यवसाय हो । सबैभन्दा पहिले उनीहरुको विश्वास जित्ने गरी काम गर्नुपर्छ । मेरो अनुवभमा उच्च व्यवस्थापनमा बस्नेहरुले गडबढ नगर्ने हो भने बैंक चलाउन धेरै गाह्रो छैन । निश्चित प्रतिशत व्याजदरमा निक्षेप लिन्छौं । निश्चित नाफा राखेर कर्जा लगानी गछौं । धितो सुरक्षण राखेर कर्जा लगानी गछौं । प्रतिकूल समय र परिस्थितिमा ऋणीहरु समस्यामा पर्छन् । उनीहरुलाई बैंकको तर्फबाट पनि सहयोग चाहिन्छ । इमान्दारिता नछोड्ने हो भने ऋणीले ढिलै भएपनि बैंकको ऋण भुक्तानी गर्छ । बैंकको ऋण डूब्ने अवस्था विरलै मात्र आउने हो । (कुराकानीमा आधारित)

नेपालको पुँजी बजारमा ठूलो ब्रेक थ्रु

आर्थिक विकासका लागि पूँजी परिचालन गर्ने महत्वपूर्ण माध्यमका रूपमा रहेको पुँजीबजारको महत्व र विकास मुलुकको विकाससँगै अगाडि बढेको देखिन्छ । नेपालमा पुँजीबजारको प्राथमिक बजार १९९४ सालमा विराटनगर जुट मिल र नेपाल बैंकले सेयर सार्वजनिक निष्कासनसँगै आरम्भ भए पनि निष्कासित सेयरको कारोबार गर्ने दोस्रो बजारको खास संस्थागत विकास आर्थिक उदारीकरणको नीति अवलम्बन गरेपश्चात् सन १९९३ मा पुँजीबजारको नियामक निकाय— नेपाल धितोपत्र बोर्ड ९सेबोन० का साथसाथै नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को स्थापनासँगै भएको हो । यसबाट हेर्दा दोस्रो बजारको संस्थागत विकासको इतिहास पनि दुई दशक नाघी यस बजारमा निकै उतारचढाव आएको छ । विगत दशकमा पुँजीबजारमा सुधार मुख्यतः २०६३–२०६५ सालमा दोस्रो जनआन्दोलनपश्चात् माओवादीसँग शान्ति सम्झौताका साथै यस दलकोे समेत सहभागितामा उदार आर्थिक नीतिको पक्षधर दलको नेतृत्वमा सरकार भएपछि नेप्सेको संस्थागत सुधार, नीतिगत तथा बजार सुधार गरिएको थियो भने त्यसपश्चात् सरकार परिवर्तनसँगै नीतिगत अस्थिरता भए तापनि २०६६/६८ सालमा दलाल संख्यामा वृद्धिका साथै मर्चेन्ट बैंकिङको विकास, म्युचुअल फन्ड तथा क्रेडिट रेटिङको सुरुवात तथा सीडीएससी कम्पनीको स्थापनाजस्ता सुधारका केही कार्य भएका थिए । यस अवधिमा पुँजीबजार विकासको मापन गर्ने मुख्य परिसूचक नेप्से परिसूचक ०६३ असारको ३८७ अंकबाट ०६४ र ०६५ असारमा कमशः ६८४ र ९६३ अंकका साथै त्यही भदौमा ११७५ अंक पुगी त्यस बेलासम्मको उच्च रेकर्ड कायम गरेको थियो । तर, त्यसपछि तत्कालीन माओवादी सरकारका अर्थमन्त्रीले पुँजीबजारलाई ‘जुवाको घर’ को संज्ञा दिई नीतिगत अस्थिरता हुँदा बजार निरुत्साहित भई २०६८ असार १ मा नेप्से सबैभन्दा कम बिन्दु २९२ अंकमा झरेको थियो । यही अस्थिरताबीच पनि उतारचढावका साथै केही सुधार हुँदै २०७० असारमा ५१८ अंकसम्म पुगेको थियो । दोस्रो सविधानसभाको निर्वाचनपछि पुनः उदार नीतिको पक्षधर दलको नेतृत्वमा सरकार भएपश्चात् उक्त ५१८ अंकको नेप्से ०७१ असारमा १०३६ अंक पुग्यो र २०७२ वैशाखको विनाशकारी भूकम्पको असरबाट केही प्रभावित भई असारमा ९६१ अंक रहेको थियो । यस अवधिमा बजार पुँजीकरण जीडीपीको १५ देखि ६० प्रतिशत ९निष्कासित साधारण सेयरको आधारमा यो अनुपात एकतिहाइ अर्थात् २० प्रतिशत मात्र० हाराहारीमा उतारचढावमा रहेको थियो । यही क्रममा नेपाल राष्ट्र बैंकले ०७२र७३ का मौद्रिक नीतिमार्फत बैंक वित्तीय संस्थाको पुँजी तीन गुणा वृद्धि गरी चौबर (वाणिज्य बैंकका ८ अर्ब) गरे लगत्तै धितोपत्र बजार तीव्र बढ्दै केही समायोजन हुँदै ०७२ पुसमा १२०० अंकको हाराहारीमा थियो । यसरी पुँजी वृद्धिसँगै बोनस र हकपत्रमार्फत सेयर संख्या बढ्ने हुँदा प्रतिसेयर आम्दानी अर्थात् प्रतिफल अरू घट्छ, बढ्ने होइन । यसरी प्रतिफल घट्नेमा वास्ता नगरी यहाँका लगानीकर्ता हकप्रद सेयरप्रिय ९राइट सेयर फोबिया० भएकाले सेयरको माग बढाई बजार बढाउने परिपाटी नै भइसक्यो । तर, विकसित देशमा यसरी बैंक तथा वित्तीय संस्थाको पुँजीवृद्धि हुँदा सेयरको प्रतिफल घट्ने हुँदा यसको असर सेयर बजारमा नकारात्मक पर्ने गरेको छ । पुँजीबजारमा हालसालको सुधाररआधुनिकीकरण स् पुँजीबजारको मुख्य नियमनकर्ता नेपाल धितोपत्र बोर्डले लगानीकर्ताको समस्या हल गर्दै लगी उनीहरूको हित संरक्षण गर्ने, नियमन र सुपरीवेक्षणलाई सदृृढ गरी बजार विकास गर्ने जस्ता सुधारका योजनाहरू आक्रामक रूपमा अघि बढाई कार्यान्वयन गर्दै लगेको छ । स्टक मार्केटको संरचनात्मक सुधाररआधुनिकीकरण गर्ने क्रममा बोर्डले दिएको निर्देशनअनुरूप २०७२ माघदेखि पूर्ण रूपमा अभौतिक धितोपत्र (पेपरलेस) को मात्र कारोबार प्रारम्भ भई धितोपत्रको दोस्रो बजार पूर्ण स्वचालित (अटोमेटेड) भएको छ । यसबाट स्टक मार्केट आधुनिकीकरणका तीन पक्षहरू– कारोबार, राफसाफ (क्लियरिङ) र फछ्र्योटरनामसारी (सेटलमेन्टरओनरसिप ट्रान्सफर) का प्रक्रियाहरू स्वचालित भई नेपाल पनि दक्षिण एसियाका अन्य देशसरह पुगी पुँजीबजारले एक उपलब्धि हासिल गरेको छ । सम्पूर्ण सूचीकृत कम्पनीहरूको धितोपत्रहरू २०७२ पुस मसान्तसम्ममा अभौतिकीकरण गराई पहिले (०६४ सालदेखि) नै सुरु गरिएको आंशिक स्वचालित प्रणालीलाई गत माघबाट पूर्ण स्वचालित सेवा (धितोपत्रको कारोबार, नामसारी र राफसाफ) आरम्भ गरिएको छ, जसबाट नेपाल पनि आधुनिकीकरणको चरणमा प्रवेश गरेको छ । धितोपत्रको दोस्रो बजार कारोबारलाई प्रतिस्पर्धी एवं पारदर्शी बनाउनका लागि लगानीकर्ताले बजारको गहिराई (मार्केट डेप्थ) अर्थात् सेयर किन्ने–बेच्नेको माग–आपूर्ति स्थिति हेर्न पाउने व्यवस्था गरिएको छ भने दक्षिण एसियामै उच्च रहेको ब्रोकर कमिशन हालै ४० प्रतिशतसम्म घटाई सेयर लगानीलाई प्रोत्साहन गरिएको छ । यस्तै, ओटीसी बजारलाई हालै सञ्चालनमा ल्याई, यसको कारोबार शुल्क ९० प्रतिशतसम्म घटाई यसलाई पनि प्रोत्साहन गरिएको छ । त्यस्तै बजारका अन्य सुधारहरू जस्तै हकप्रद र बोनस सेयर र नगद तथा आइपियोमा नपरेको पैसा लगानीकर्ताका डिम्याट खाता र बैंक खातामा जम्मा गरिदिने व्यवस्था, मेर्चेन्ट बैंकिङ तथा ब्रोकर सेवालाई स्तरीय र प्रतिस्पर्धी बनाउने प्रयास गरिएको तथा प्राथमिक बजारमा सुधार (आईपीओमा डिम्याट अनिवार्य गरिएको), पुँजीबजारमा समावेशी गर्ने, बोर्डले सुधारका लागि नेप्से र सीडीएससीलाई विभिन्न निर्देशन इत्यादि धेरै सुधारका कार्यहरू भइरहेका छन् । गत माघमा फुल डिम्याटश्चात २०७२ पुसमा १२०० को हाराहारीमा रहेको नेप्से परिसूचक लगातार बढी २०७३ असारमा १७१८ अंक हुँदै साउन १२ मा १८८१ अंक पुगी बजार पुँजीकरण जीडीपीको अनुपात करिब ८५ प्रतिशत पुगेको छ तर निष्कासित साधारण सेयर (फ्लोटेड)को आधारमा यो अनुपात एकतिहाइ अर्थात् करिब ३० प्रतिशत मात्र रहन्छ । विगत एक वर्षमा यो परिसूचक झन्डै शतप्रतिशत बढेको छ । योभन्दा अघि सेयर नामसारी औसतमा तीन महिना लाग्नेमा अब कारोबार गरेको चार दिनमा पैसा पाउनेसहित नामसारी हुने हुँदा कारोबारको चक्र (रोटेसन) व्यापक बढी कारोबार संख्या तेब्बर, दैनिक कारोेबार औसत रु.५० करोडबाट रु. २ करोड नाघी धेरै नयाँ लगानीकर्ताहरू पनि बजारमा भित्रिएका छन् । यसरी पुँजीबजारमा ठुलो ठूलो बक थु्र (परिवर्तन)त निश्चय नै भएको छ । के यो वृद्धि यसैको मात्र असर हो त रु यसमा अरू कारकहरू पनि छन्, जसको विश्लेषण गर्नु आवश्यक छ । भूकम्प र नाकाबन्दीका कारणले अन्य लगानीका न्यून अवसर तथा उच्च तरलता, बैंक–वित्तीय संस्थाको पुँजी वृद्धिसँगै ‘राइट सेयर फोबिया’ को वर्चस्व, बैंक–वित्तीय संस्थबाट सजिलो र सरल ब्याजदरमा कर्जा उपलब्ध हुनु, न्यून वित्तीय साक्षरताको कारणले हल्लारभीड र भेडे प्रवृत्तिको बढी प्रभाव पर्नु इत्यादि कारकहरू मुख्य रूपमा देखा पर्छन् । प्राविधिक विश्लेषणका आधारमा उक्त वृद्धि केही मात्रामा सपोर्ट होला, तर आधारभूत विश्लेषण गर्दा खासगरी देशको आर्थिक अवस्था जो करिब विगत वर्षको स्थितिमा छ, भूकम्प र नाकाबन्दीका कारणले केही छुट दिई सामान्य अवस्थामा रहेका सूचीकृत कम्पनीको वित्तीय अवस्था, अन्य राजनीतिक एवं बाह्य तत्वहरू बलिया नभई कमजोर नै देखिन्छन्, साथै नीतिगत अस्थिरता पनि त्यत्तिकै छ । प्रमोटर सेयर १० वर्षपछि साधारण सेयरमा परिणत हुने बैंक–वित्तीय संस्था ऐनको संशोधित व्यवस्था निकट भविष्यमा संसद्बाट पारित भएमा हाल कुल सेयर संख्याको एकतिहाइ मात्र रहेका साधारण सेयर संख्या दुईतिहाइ बढ्दा अर्थात् तेब्बर भई सेयरको व्यापक बढ्ने आपूर्तिले बजारलाई निकै असर गर्ने देखिन्छस तसर्थ यी सबै कारकले माथिको शतप्रतिशतको वृद्धि थेग्न सक्ने देखिँदैन अर्थात् उच्च जोखिम देखिन्छ । त्यसैले यो वृद्धि टिक्न सक्नेमा धेरै आंशका छ । अर्को महत्वपूर्ण कुरा के हो भने पुँजीबजारको वृद्धि आफैं स्वतन्त्र चर ९इन्डिपेन्डेन्ट भेरिएबल० नभई केहीमा आधारित हुने चर (डिपेन्डेन्ट भेरिएबल) हो । त्यसैले हल्ला वा भीडको पछि लागी बजारमा लगानी गरी फस्नुको सट्टा आफैंले राम्रोसँग हेरी लगानी गर्नु उपयुक्त हुन्छ । यसै सन्दर्भमा अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिंकनले आफ्नो छोरालाई दिएको अर्ती ख्याल गरौं— ‘सबैले गरेका छन् भन्दैमा भीडको पछि लाग्नु हुन्न भन्ने तागत हुनुपर्छ ।’ सामान्यतया पुँजीबजारमा बजारको अवस्था उच्च हुँदा सेयर बेची राम्रो अवस्थामा रहने र मन्दी बजार हुँदा सेयर किन्ने भन्ने सिद्धान्त हो । तर, हाम्रो बजारमा विवेकशील लगानीकर्ताले चाहिँ यही सिद्धान्तलाई पछ्याई अहिले अधिकांश सेयर बेची सुरक्षित भएको बझिन्छ भने अन्य केही लगानीकर्ता ‘प्राइस फोबिया’ मा लागेर नबुझी बजारमा पसिरहेका छन् र यिनीहरूसँग जोखिम बेहोर्ने क्षमता पनि कमजोर हुन्छ । यसको मतलब सेयर किन्नै हुँदैन भनेको होइन, अहिले पनि कम्पनीको अवस्थाको राम्रो विश्लेषण गरेर किन्नु नराम्रो होइन । हल्लाको पछि लागेर पुँजीबजारमा प्रवेश गर्ने लगानीकर्ता नराम्रोसँग फस्छ । त्यसैले बजारमा राम्रो बुझेर लगानी गर्नु उपयुक्त हुन्छ । सेवोनले यसबारे लगानकर्तालाई बारम्बार सतर्क गराउँदै पनि आएको देखिन्छ । नेप्से परिसूचकको ह्वात्तै वृद्धिले अस्थिर बजारको इंगित गरे पनि बजारमा केही संरचनात्मक सुधार भई आधुनिकीकरणको चरणमा प्रवेश गर्नु ठूलो उपलब्धि भएको देखिन्छ । भएको विकासलाई दिगो बनाउँदै उदार अर्थनीतिका साथै राजनीतिक स्थिरताजस्ता आधारभूत तत्वहरूमा एकातर्फ जोड दिनुपर्नेछ भने अर्कातर्फ बजारलाई आधुनिक, स्वस्थ, पारदर्शी, भरपर्दो, प्रतिस्पर्धी एवं बजारमैत्री बनाई देशको शीघ्र आर्थिक विकास गर्नु अर्को आवश्यकता छ । यस क्रममा प्रविधिको संरचनात्मक सुधार, बजारको व्यापकता (काठमाडौं बाहिर समेत), नेपाल स्टक एक्सचेन्ज (नेप्से), सीडीएससीको संरचनात्मक तथा संस्थागत सुधारसहित करिब ४ सय संस्थाको नियमन र सुपरिवेक्षणमा चुस्तता ल्याउनुपर्छ । अर्कातिर धिपोपत्र बोर्डलाई स्वतन्त्र एवं विश्वसनीय नियमन निकायका रूपमा विकास गर्ने, धितोपत्र व्यवसायी (बोकर र मर्चेन्ट बैंकर) को सेवालाई स्तरीय र प्रतिस्पर्धात्मक बनाई कार्यक्षेत्र वृद्धि गर्ने, वास्तविक क्षेत्रका कम्पनीहरूको पँुजीबजारमा सहभागिता बनाउने, विदेशी प्रविधि तथा लगानी भित्र्याइ गुणात्मक सुधार गर्ने, सूचीकृत कम्पनीहरूको सुशासन कायम गर्ने, बजारको स्थायित्वका लागि नागरिक लगानी कोषलाई संस्थागत लगानीकर्ताका रूपमा सहभागी गराउने, भेन्चर क्यापिटल र प्राइभेट इक्युटी फन्डलार्ई प्रोत्साहन गर्ने जस्ता अनेकौं चुनौती छन । यी चुनौतीहरूको सामना गर्न धितोपत्र बोर्ड र सर्वोच्च नियमनकर्ता सरकार सक्रिय भई नेप्सेसहित सबै सरोकारवालाको सहयोग भए यसबाट देशको शीघ्र आर्थिक विकासमा निश्चय नै सहयोग पुर्याउन सकिन्छ । स्रोतःकारोबार