भोया अटोमोबाइलमा डोङफेङ मोटर ग्रुपले बढायो लगानी
काठमाडौं । चीनको अग्रणी अटोमोबाइल निर्माता कम्पनी डोङफेङ मोटर ग्रुपले आफ्नो इलेक्ट्रिक भेहिकल ब्रान्ड भोया अटोमोबाइलमा ठूला लगानी गर्ने घोषणा गरेको छ । डोङफेङ र भोयाबीच सम्पन्न पुँजी वृद्धि सम्झौता अनुसार हुने यस लगानीमा डोङफेङको सहायक कम्पनी डोङफेङ एसेट म्यानेजमेन्ट (डीएफएएम) ले भोयामा करिब १३७ मिलियन अमेरिकी डलर लगानी गर्नेछ । यसले भोयालाई ईभी स्पेसमा आफ्नो गाडी, प्रविधि र प्रदर्शनलाई अझै सुधार गर्न मद्दत गर्नेछ । पुँजी वृद्धि सम्झौतापछि भोया अटोमोबाइलको स्वामित्व संरचनामा केही फेरबदल हुनेछ। लगानीपछि डोङफेङ मोटर ग्रुपले भोयाको ७९.६९ प्रतिशत स्वामित्व पाउनेछ। डीएफएएमको ३.३० प्रतिशत हिस्सा हुनेछ र बाँकी १७.०१ प्रतिशत अरू सेयरधनीले राख्नेछन् । यसरी डोङफेङले भोयामा नियन्त्रण कायम राख्दै विश्वसनीय साझेदारहरूसँग मिलेर विकास कार्यलाई अघि बढाउनेछ । भोया डोङफेङ मोटर ग्रुपको प्रिमियम इलेक्ट्रिक गाडी ब्रान्ड हो । स्मार्ट र वातावरणमैत्री गाडीहरूका साथ बजारमा प्रवेश गरेको यसले आजका ग्राहकका लागि आधुनिक गाडी उपलब्ध गराउने लक्ष्य राखेको छ । यो नयाँ लगानीले भोयालाई बजारमा अझ बलियो बनाउन सहयोग गर्नेछ । नयाँ पूँजीलाई अनुसन्धान र विकास, उत्पादन वृद्धि, गाडीको गुणस्तर सुधारका साथै अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्नका लागि प्रयोग गर्न सकिनेछ । डोङफेङका लागि यो लगानी केवल आम्दानी वा सेयरको कुरा मात्र होइन, भविष्यमा ग्रीन र स्मार्ट यातायात प्रणालीमा प्रभावशाली सेयरधनीका रूपमा नेतृत्व गर्ने लक्ष्यतर्फको कदम पनि हो ।
दीपल एस ०५ यसै साता सार्वजनिक हुने
काठमाडौं । दीपल एस ०५ यसै साता सार्वजनिक हुने भएको छ । नेपालका लागि दीपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले दीपलको एसयूभी एस ०५ सार्वजनिक गर्न लागेको हो । दीपल एस ०७ को सफलतापछि एस ०५ ले कम्प्याक्ट सेग्मेन्टमा अझ बढी परिष्कृत एसयुभी नेपालमा आउन लागेको हो । विश्वप्रसिद्ध आईएफ डिजाइन अवार्डबाट सम्मानित दिपल एस ०५ लाई बोल्ड एरोडाइनामिक सिलहट, फ्रेमलेस डोर र स्टार फिडरबाट प्रभावित एइडी टेललाइटले वास्तविक डिजाइन स्टेटमेन्ट बनाउने कम्पनीले जनाएको छ । एस ०५ भित्र पस्नेबित्तिकै प्रिमियम र लक्जरीको आभाष दिलाउनेछ । यसमा नेपालमै पहिलो पटक जिरो ग्राभिटी कम्फर्ट, भेन्टिलेसन, लेग सपोर्ट, मेमोरी फङ्सन र वान टच न्याप मोड सहितको सहितको क्विन को–पाइलट रहेको छ । यसका दुवै सिट वेलकमिंग छन् भने ठूलो १६० लिटरको फ्रंक, आउटडोरसहित १४ वटा स्पिकर भएको सराउन्ड साउन्ड सिस्टम र रिफाइन्ड इन्टेरियर क्राफ्टम्यानसिप रहेको छ जसले हरेक यात्रालाई लक्जरियस बनाउनेछ । नयाँ एस ०५ मा सेग्मेन्टमै नभएको रिमोट इन एन्ड आउट पार्किङ छ जसले साँगुरो पार्किङ स्पेसमा पनि सहजै पार्क गर्न मद्दत गर्नेछ । साथै यसमा एड्भान्स ड्राइभर असिस्ट्यान्स (एसाड २.०) छ जसको १९ वटा सेफ्टी फिचरले ड्राइभिंग कन्फिडेन्सलाई बढाउनेछ । साथै यसमा सेग्मेन्टमै पहिलो पटक अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले रहेको छ जसले लाइभ नेभिगेसन, ट्राफिक सिग्नल, स्पिड लगायत ड्राइभरलाई चाहिने सबै सूचना विन्डशिल्डमा प्रोजेक्ट गरेर सुरक्षा र स्मार्ट ड्राइभिङको अनुभव दिलाउँछ । त्यसैगरी, नयाँ एस ०५ मा पहिलो पटक संसारको सबैभन्दा ठूलो ब्याट्री निर्माता कम्पनी सीएटीएलको गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.० प्रयोग गरिएको छ जसको लाइफस्पान ६ लाख किलोमिटर हुन्छ र यो मात्र १५ मिनेटमा ३० देखि ८० प्रतिशत चार्ज हुने कम्पनीको दावी छ ।
सकियो नाइमा मोबिलिटी एक्स्पो (फोटोफिचर)
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) द्वारा आयोजित ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ साउन २६ गते सोमबार सफलतापूर्वक सम्पन्न भएको छ । साउन २१ गते सुरु भएको एक्स्पो प्रारम्भिक तालिकाअनुसार साउन २५ गतेसम्म सञ्चालन हुने भनिएको थियो । तर, अवलोकनकर्ताको अत्यधिक उत्साहका कारण एक दिन थप गरिएको नाइमाले जनाएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले साउन २१ गते एक्स्पोको उद्घाटन गरेका थिए । ५० अटोमोबाइल ब्राण्डको सहभागिता रहेको एक्स्पोलाई १ लाख १० हजारभन्दा बढीले अवलोकन गरेका छन् । गाडी अवलोकन, नयाँ मोडलबारे जानकारी, सोधपुछ, बुकिङ र खरिदमा सहभागीहरूको उल्लेख्य उपस्थिति देखिएको नाइमाले जनाएको छ । एक्स्पोसम्बन्धी विस्तृत विवरण आगामी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने नाइमाले जानकारी दिएको छ । तस्बिरहरू : नरेश बोहोरा/विकासन्युज