काठमाडौं महानगरले सवारी करको दर चार गुणासम्म बढायो, कुन सवारीले कति तिर्नुपर्छ ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले यो वर्ष सवारी करको दररेट चार गुणासम्मले बढाएको छ । महानगरपालिका भित्र ठेगाना रहने गरि दर्ता भएका तथा सो क्षेत्रभित्र चल्ने सवारी साधनको करको दररेट बढाइएको छ । काठमाडौं नगरसभाबाट स्विकृत भएको आर्थिक ऐन २०७४ अनुसार साउन १ गते देखि लागू हुनेगरी सवारीको दररेट बढाइएको हो । महानगरपालिकाले मोटरसाइकल तथा स्कुटरको करको दररेट दोब्बरले वृद्धि गरेको छ । यसअघि दुई सय रुपैयाँ दररेट रहेको मोटरसाइकलमा अब वार्षिक ४ सय रुपैयाँ दर रेटमा कर तिर्नुपर्नेछ । गत आर्थिक वर्षसम्मको तथ्यांक अनुसार प्राइभेट र भाडाका कार, जीप, भ्यानलाई छुट्टाछुट्टै दररेट तोकिएको थियो । अहिले सबैको दररेट एउटै कायम गरिएको छ । गाडीतर्फ कार, जीप, भ्यान वा यस्तै चार पाङ्ग्रे सवारीका लागि वार्षिक १ हजार रुपैयाँ पुगेको छ । ट्रयाक्टरको करको दररेट चार गुणाले बढाइएको छ । टेम्पु तथा ट्याक्टर चालकका लागि वार्षिक दररेट एक हजार रुपयाँ तोकिएको छ । मिनी बस र मिनी ट्रकलाई दुई हजार रुपैयाँ कररेट लाग्ने भएको छ । त्यस्तै ठुला सवारी तर्फ बस तथा ट्रकलाई तीन हजार रुपैयाँ कररेट लागेको छ भने हेभी गाडी, डोजर र क्रेनमा चार हजार रुपैयाँ लाग्ने भएको छ । गत आर्थिक वर्षमा १४ करोड ७ लाख ८५ हजार रुपैयाँ बराबरको रकम आम्दानी भएको थियो भने चालु आर्थिक वर्षको दुई महिनामा करको आम्दानी १४ करोड ९ करोड १४ लाख रुपैयाँ बराबरको भएको छ । विद्युतीय उर्जाबाट चल्ने तथा कृषि कार्यमा प्रयोग गरिने सवारी साधनका हकमा तोकिएको दरमा ५० प्रतिशतले छुट  दिइएको महानगरपालिकाले जानकारी दिएको छ । सवारी साधन नयाँ वार्षिक दररेट (रुपैयाँमा) मोटरसाइकल, स्कुटर ४०० कार, जीप र भ्यान १००० टेम्पु र ट्याक्टर १००० मिनीबस, मिनी ट्रक २००० ठुला बस, ट्रक ३००० हेभी गाडी, डोजर र क्रेन ४००० अन्य सवारी १०००

फुटबल स्टार रोनाल्डो चढ्छन् ३० करोड रुपैयाँ पर्ने ‘बुगाटी काइरन’, यस्तो छ फिचर्स

लण्डन । खेल जगतका सूपरस्टार क्रिस्टियानो रोनाल्डोले आफूलाई सुहाँउदो सूपरकार किनेका छ्न् ।महंगा कारका शौखिन ‘फुटबलस्टार’ क्रिस्टियानो रोनाल्डोले शानदार कार ‘बुगाटी काइरन’ किनेका हुन् । यो कारको मूल्य करिब ३० करोड रुपैयाँ (२१ लाख ५० हजार पाउण्ड स्टर्लिङ) रहेको छ । रोनाल्डोले आफ्नो इन्स्टाग्राम पेजमा आफ्नो नयाँ कारको भिडियो सेयर गरेका छन् । भिडियोमा रोनाल्डोलाई बुगाटो काइरन ड्राइभ गरिरहेको देख्न सकिन्छ । रोनाल्डो आफ्नो छोराका साथमा कार चलाइरहेका छन् । स्पिड र पावरमा बुगाटी निकै अगाडी छ । ✈️ A post shared by Cristiano Ronaldo (@cristiano) on Sep 28, 2017 at 12:24pm PDT रियल म्याड्रिड क्लब बाट नै वार्षिक २ करोड पाउण्ड कमाउने रोनाल्डोका लागि २१.५ लाख पाउण्ड खर्च गर्नु समूद्रमा एक थोपा पानी सरह हो । यो कारलाई बुगाटी वेरनको ठाँउमा ल्याइएको हो । बुगाटी काइरन अहिलेसम्मकै सबैभन्दा तेज उत्पादन भएको कम्पनीको दाबी छ । यो गाडी वेरनभन्दा धेरै लामो, चौडा र अग्लो रहेको छ । वेरनभन्दा १५५ किलो बढी यसको तौल रहेको छ । https://www.instagram.com/p/BZl9v6YFStc/ काइरनमा ८ लिटरको डब्लू १६ इञ्जिन लगाइएको छ । यो इञ्जिनमा चारवटा टर्बोचार्जर्स राखिएको छ । यसमा फोर ह्विल ड्राइभ सिस्टम राखिएको छ । यो गाडीको इञ्जिनमा ७ स्पिड ड्युल क्लच गीयरबक्स जोडिएको छ । https://www.instagram.com/p/BZx78l3FrZT/ यो कारलाई ०-१०० किलोमिटर प्रति घण्टा स्पिड लिन मात्र २.५ सेकेन्ड लाग्छ । यो कारको १५० वटा अर्डर भएको कम्पनीले दाबी गरेको छ । कम्पनीले यो पावरफुल सुपर कार ५ सय युनिटसम्म उत्पादन गर्नेछ ।

कम्पनीको क्षमता बढाउन फोर्डको नयाँ रणनीति, १४ अर्ब डलर खर्च कटौती गर्ने

बिबिसी, न्युयोर्क । अमेरिकाको बहुराष्ट्रिय गाडी निर्माण कम्पनी फोर्ड मोटर्सले खर्च कटौती गरेर कम्पनीको क्षमता विस्तार गर्ने भएको छ । फोर्डका सञ्चालक जीम ह्याकेटले कम्पनीलाई अझ बढी प्रतिस्पर्धी बनाउन १४ अर्ब डलर खर्च कटौतीको योजना सार्वजनिक गरेका छन् । उनले खर्च कटौती गरेर कम्पनीको क्षमतामा विस्तार गर्ने बताएका छन् । विभिन्न स्वचालीत उत्पादनको प्रकृयामा यो रकम बराबरको खर्च कटौती हुने उनले जानकारी दिएका छन् । ह्याकेटका अनुसार परम्परागत कारलाई एसयुभी’एस तथा ट्रक सेग्मेन्टका गाडीले विस्थापित गर्नेछ । विद्युुतीय उर्जा तथा प्राविधिक सेवाका क्षेत्रमा लगानी गर्न सकिने उनले जानकारी दिएका छन् । ह्याकेटले १०० दिनको समिक्षापछि यस्तो निश्कर्ष निकालेका हुन् । उनी गत मेमा मार्क फिल्डलाई विस्थापन गरी प्रमुख कार्यकारीको जिम्मेबारी लिएका हुन् । जसको तीन वर्षको कार्यकाल अत्यन्तै राम्रो थियो । त्यो समयमा कम्पनीहरु २ वर्षसम्म धेरै नै फाइदामा गएको इतिहास छ, तर सेयर मुल्य भने धरै घटेको थियो । अन्य कम्पनीका तुलनामा फोर्डले गति लिन नसकेकोमा लगानीकर्ताको भनाई छ । कम्पनीले प्रतिष्पर्धामा आउन स्वचालित कारमा लगानी गर्नुपर्ने देखिएको उनको ठहर छ ।‘हामीले प्रविधि सम्बन्धी कम्पनी नियालिरहेका छौं । हामी आफ्नो तर्फबाट कम्पनीका लागि आवश्यकता अनुसार अनुभवहरुको सदुपयोग गर्न तत्पर छौं’, ह्याकेटले भने । गत मंगलबार न्यू्योर्कमा लगानीकर्तासँगको बैठकमा बोल्दै उनले कम्पनीलाई विभिन्न बाधा अड्चनबाट सुरक्षित राख्न दुरुस्त राख्न आवश्यक रहेको बताएका छन् । कम्पनीको उत्पादन प्रकृयालाई सहज र स्वचालित ढंगले अघि बढाउने र एसयुभी तथा ट्रक जस्ता सफल उत्पादनमा ७ अर्ब डलर लगानी गर्ने उनले सुनाए । फोर्डले परम्परागत कारलाई छोडेर पिकअप र एसयुभिमा जोड दिने भएको हो । यसले आफ्ना गाडीलाई प्रविधीमैत्री बनाउने रणनीति तयार पारेको छ । ‘बिल्ट विथ कनेक्टीभीटी’ अवधारणा अनुसार फोर्डले यसका ९० प्रतिशत गाडीलाई सन् २०२० सम्ममा बिक्री गर्ने योजना बनाएको छ । कारमा भएको सहज सुविधाले उपभोक्ताको ब्राण्डसँगको आकर्षण बढाउने कम्पनीको दाबी छ । आगामी दिनमा कम्पनीले नयाँ किसिमका व्यवसायसँग सम्बन्धित गाडीहरुमा लगानी गर्नेछ । कम्पनीले वर्षको अन्ततिर उत्पादन विस्तार गर्ने उद्देश्यले प्यासेन्जर सेग्मेन्टका गाडीहरु सञ्चालनमा ल्याएको थियो । यसले भारत, चीन लगायतका मुलुकमा पनि साझेदारी गरिरहेको छ । यद्यपी ब्रेक्जीट र पाउण्डमा आएको गिरावटका कारण युरोपमा सञ्चालन गर्नका लागि भने कम्पनी अझै सशंकित देखिएको छ ।