हुण्डाईको एक्सेन्ट गाडी अब नेपाली बजारमा, मूल्य ३३ लाख ५६ हजार रुपैयाँ मात्र
काठमाडौं । नेपालका लागी हुण्डाई गाडिको एकमात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा.लि.ले भृकुटिमण्डम स्थित नाडा अटो शोबाट एक कार्यक्रमका बिच नयाँ हुण्डाई एक्सेन्ट सेडन कार सार्वजानिक गरेको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका मन्त्री विरबहादु्र बलायरद्वारानयाँ हुण्डाई एक्सेन्ट सेडन कार सार्वजनिक गरिएको हो । अहिलेको बजारको परिर्वतित चाहाना र ग्राहकको बढ्दो आकांक्षालाई प्राथामिकतामा राख्ने क्रमलाई हुण्डाइ मोटरस्ले निरन्तरता दिदै नयाँ हुण्डाई एक्सेन्टसेडन कार वजारमा ल्याएको छ । नयाँ हुण्डाई एक्सेन्ट स्टाइलिस पारिवारिक सेडन कार हो र यो आधुनिक नेपाली बजारको लागी उपयुक्त रहेको कम्पनीले जनाएको छ । सो समारोहमा बोल्दै लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा.लि. का सहायक महाप्रवन्धक (सेल्स एण्ड मार्केटिङ) रुपेशशर्मा भट्टले भने -‘अहिलेको नेपाली बजारमा सेडन कार लोकप्रिय बन्दै गइरहेको छ । नेपाली अटोमोवाइल बजारमा हुण्डाई एक्सेन्ट जस्तो स्टाइलिस आरामदाई सेडन कार सार्वजनिक गर्नु हुण्डाईको लागी लाभदायक हुनेछ । ‘ नयाँ एक्सेन्ट गुण्स्तरीय, आरामदायी, शैली र प्रीमियम लुकले भरिपुर्ण छ । यसको बाहिरी बनाबटमा प्रोगेसिभ डिजाइन छ भने भित्र इको जेनिरस फ्ेएरको स्पेस र कम्फर्ट साथै प्रिमियन एण्ड हाईटिच एपिएल रहेको छ । एक्सेन्ट गाडिको अघिल्लो भागमा होरिजेन्टल क्रोम स्ल्याटको साथमा सिगनेचर क्यासकेड डिजाइन ग्रिलिले गाडिलाई अझ आकर्षक बनाएको छ । बम्परमा रहेका एलइडी डिआरएल यसको विशेषता हो । नयाँ हुण्डाई एक्सेन्ट दुई भेरिएन्टहरु एक्सेन्ट(एस) र एक्सेन्ट(एसएक्स)मा उप्लब्ध छन् । जसमध्ये एक्सेन्ट(एस)को मुल्य ३० लाख ९६ हजार रुपैयाँ र एक्सेन्ट(एसएक्स)को मुल्य ३३ लाख ५६ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
‘रेनो डबल उत्सव’ सार्वजनिक, कार खरिदमा ३ लाखसम्मको नगद छुट
काठमाडौं । नेपालमा रेनोको आधिकारिक बितरक एडभान्स अटोमोबिल प्रालि (विशाल समूहको सहायक)ले विशेष उत्सव अफर ‘रेनो डबल उत्सव’ सार्वजनिक गरेको छ । कम्पनीले अनेकौ आकर्षक तथा रुचीकर अफरहरु दशैं तिहारलाई विशेष रुपमा मनाउन सार्वजनिक गरेको हो । रेनो डबल उत्सव ‘क्यास पनि पक्का, फ्यूल पनि पक्का’ भन्ने मुख्य नारा सहित आएको छ, जसले रेनो ग्राहकहरुलाई डबल फाईदा दिन्छ । यो अवधिमा रेनो गाडी खरिद गर्ने ग्राहकले स्योर शट नगद पुरस्कार र १ वर्षको निशुल्क इन्धन उपलब्ध गराउँछ । साथै, रेनो कार खरिद गर्दा ग्राहकहरुले सिधै ३ लाख रुपैयाँसम्मको स्योर शट नगद छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले यसका साथै स्क्र्याच कुपन मार्फत ३ लाख रुपैयाँसम्म जित्न सक्नेछन् । यस अभियानले रेनो कार खरिद गर्दा १ वर्षसम्मको निशुल्क इन्धन उपलब्ध गराउने छ । साथै, १ वर्षको सडक कर निशुल्क, स्पट फाइनान्सिंगको सुविधा, तत्काल मूल्यांकन, ५ वर्षको वारेण्टी र एक्सचेन्ज सुविधा पनि रहेको कम्पनीले जनाएकाे छ । यो अफर रेनोको लजी, डस्टर र क्विडको ३ वटै मोडलका कारहरुको खरिदमा उपलब्ध रहेको छ ।
हिरो मोटकर्पले ल्यायो दुई माेडलका नयाँ स्कुटी, मुल्य १ लाख ८१ हजार रूपैयाँसम्म पर्ने
काठमाडौं । हिरो मोटोकर्प लिमिटेडले दुइपांग्रे सवारीमा माइस्ट्रो एज र नयाँ प्लेजर गरी दुई माेडलका नयाँ स्कुटी बजारमा ल्याएको छ । राजधानीमा मंगलबार आयोजित नाडा अटो सो कार्यक्रममा नयाँ इन्जिन र च्यासिसमा बनेको माइस्ट्रो एजल हिरोको नयाँ प्रविधि तथा आविष्कार प्रतिको कुशलतालाई जोड दिएको छ । बिएसफोर ११०.९ सिसीको एयर कुल्ड ४-स्ट्रोक सिंगल सिलिण्डर ओएचसी इन्जिनले हिरो माइस्ट्रो एजलाई ७५०० आरपीएममा ८ बिएचपीको अधिकतम पावर र ५५०० आरपीएममा ८.७ एनएमको अधिकतम दिने कम्पनीले जनाएको छ । उक्त बजारमा आएका स्कुटरहरुमा इ- कोड सहितको चाबी हुनुको साथै मोबाइल चार्जिङ पोटको पनि व्यवस्था रहेको छ । सिट र फ्युल –लिड खोल्न रिमोट कन्ट्रोलको व्यवस्था भएको स्कुटी हो । उक्त स्कुटीमा सर्भिस ड्यु र साइड स्ट्याण्ड इन्डिकेटर, फ्रन्ट र अन्डर सिट लगेज हुक्, स्कुटीको अगाडीका पांग्रा १२ इन्च भएकाले सन्तुलनमा वृद्धि हुने तथा आरामदायी यात्रा हुने कम्पनीले जानकारी दिएको छ । हिरो माइस्ट्रो एज तिन रङ्मा खरिद गर्न सकिने हुन्छ जसअन्तर्गत फायरी रेड, म्याट ग्रे, र सेतो रङमा उपलब्ध छ । साथै, उक्त स्कुटीको मुल्य १ लाख ८१ हजार रूपैयाँ कायम गरेको कम्पनीले जनाएको छ । बिएसफो १०२ सिसीको एयर कुल्ड ४–स्ट्रोक सिंगल सिलिण्डर ओएचसी इन्जिनले हिरो प्लेजर ७००० आरपीएममा ६.९ बिएचपीको अधिकतम पावर दिन्छ र ५००० आरपीएममा ८.१ एनएमको अधिकतम टर्क दिने उक्त जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । उक्त स्कुटरमा पनि मोबाइल चार्जर लगायत हिरो पेन्टेड इन्टिग्रेटेड ब्रेकिङ सिस्टम रहेको छ । साथै, उक्त स्कुटीको मुल्य १ लाख ६५ हजार ५०० रूपैयाँ रहेको हिरो मोटोकर्पले जानकारी दिएको छ ।