गाडी धुने पूर्ण स्वचालित प्रविधि नेपाली बजारमा, ५ मिनेटमै एउटा गाडी धोइसक्ने
ललितपुर । उमी ग्रुपले पहिलो पटक जर्मन टेक्नोलोजिको गाडी धुने पूर्णस्वचालित प्रविधि नेपाली बजारमा भित्र्याएको छ । सोमबार ललितपुरमा आयोजित कार्यक्रमकाबीच गैर आवासिय नेपाली संघका उपाध्यक्ष सविला राजभण्डारी र उद्योगी समाजसेवी राजेन्दराज खेतानले उक्त नयाँ प्रविधिको शुरु गरेका हुन् । नयाँ प्रविधील केवल ५ मिनेटमा नै एउटा गाडी धुनुका साथै मसिनबाट त्यसलाई सुकाउने उमी ग्रुपका सञ्चालक तुलसीराम श्रेष्ठले जानकारी दिए । अन्य मुलुकमा यो प्रविधि सञ्चालनमा भएपनि नेपालमा भने यो पहिलो पटक हो । हाल उमी ग्रुपले प्रविधिको ललितपुरको बखुण्डोल र काठमाडौंको ज्ञानेश्वरबाट शुरु गरेको उनले जानकारी दिएका छन् । आगामी दिनमा मुलुकका अन्य शहरहरुमा पनि यो प्रविधि बिस्तार गर्ने लक्ष्य उमी ग्रुपले अर्का सञ्चालक चिज कुमार श्रेष्ठले बताए । यो प्रविधिबाट गाडी धुनका लागी लामो समय कुर्नुपर्ने झण्झटबाट मुक्त हुने विश्वास उमी ग्रुपले लिएको छ । यो प्राविधि नेपालमा ६ करोडको लगानीमा स्थापना गरिएको हो ।
हुन्डाईले नेपाली बजारमा ल्यायो नयाँ कार ‘द नेक्स्ट जेन भर्ना’, मूल्य ४७ लाख रुपैयाँसम्ममा
काठमाडौं । लक्ष्मी ईन्टरकन्टिनेन्टल प्रालीले हुन्डाईको ‘द नेक्स्ट जेन भर्ना’ कार नेपाली बजारमा ल्याएको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै कम्पनीले भर्नाको ५ औँ जेनेरेसनको सेडान कार सार्वजनिक गरेको हो । ६ वटा रंगमा उपलव्ध यो कारको मूल्य ४२ लाख ९६ हजार देखि ४६ लाख ९६ हजारसम्म रहेको छ । आकर्षक बनौट,अत्याधुनिक विशेषता तथा सुबिधा सम्पन्न भर्नाले नेपालमा एक नयाँ अध्याय लेख्ने विश्वास कम्पनीले लिएको छ । भर्ना एक आरामदायी गाडी मात्र नभई उत्कृष्ट बनौट,शानदार प्रदर्शन, अत्याधुनिक प्रविधि, सुरक्षित निर्माणको उत्कृष्ट संगालो रहेको छ । सर्वाधिक रुचाइएको यो गाडीको विश्वभरि करिब ९० लाख ग्राहक रहेको कम्पनीको दाबी छ । यो कार सुरक्षाको हिसाबले निकै सुरक्षित रहेको कम्पनीले जनाएको छ । नेपाली बजारमा निकै रुचाइएको भर्ना १.६ लिटर इन्जिनमा उपलब्ध रहेको छ । यो कार विश्वको ६६ देशमा बिक्री बितरण भइरहेको र हालसम्म ८८ लाख युनिट बिक्री भएको कम्पनीको दाबी छ । सेफ्टीको लागि यसमा २ वटा एयरब्याग जडान भएको यसकारमा कोर्निङ ल्याम्प, फ्रन्ट प्रोजेक्टर फग ल्याम्प, एबिएस र उत्कृष्ट अडियो कनेक्टीभिटी रहेको छ । १५९१ सिसी इन्जन क्षमताको यस कारले १२३ पिएस पावर र ६४०० आर एमपी जेनेरेट गर्छ । ६ स्पिड म्यानुअर र अटोम्याटिक दुबै भेरिएन्टमा उपलब्ध यो कार नेपाली बजारमा सुहाउँदो रहेको कम्पनीको दाबी छ ।
हिरोको चौंथो र पाँचौं विजेताको नाम घोषित, दुबैले जिते १/१ लाख रुपैयाँ नगद
काठमाडौं । नेपालको लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रा.ली.ले आफ्नो योजना अन्तर्गतको चौंथो र पाँचौं विजेताको नाम घोषित गरेको छ । कम्पनीकाे गत दशै र तिहारको उपलक्ष्यमा “यो दशै र तिहारमा भाग्य मनि भए”भन्ने नयाँ योजना अन्तर्गत बम्पर लक्की ड्रमा चौंथो विजेता राम सुनेश चौधरी र पाँचौं विजेता अविनय ढुङ्गाना भएका छन् । साथै, यस योजना अन्तर्गत दुबै विजेताले एक/एक लाख रुपैयाँ नगद जितेका छन् । साथै, यस योजना अन्तर्गत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले ६ हजार रुपैयाँ पक्का डिस्काउन्ट, स्क्रयाच कार्ड मार्फत १ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म पाउन सक्ने कम्पनीले बताएको छ । त्यस्तै, साप्ताहिक बम्पर लक्की ड्र उपहार स्वरुप एक जनाले १ लाख रुपैयाँ नगद पाउने कम्पनीले जनाएको छ ।