लक्ष्मी ग्रुपले लियो एसएमएल इसुजुको आधिकारीक बिक्रेता, व्यवसायिक सवारी बिक्रीमा आक्रामक बन्दै
काठमाडौं । जापानको मोटर उत्पादक कम्पनी एसएमएल इसुजुले नेपालको लागि आधिकारीक बिक्रेतामा गोल्डफिश इन्टरनेशनल कम्पनीलाई नियुक्त गरेको छ । गोल्डफिश इन्टरनेशनल लक्ष्मी समूह अन्तर्गत अटाेमाेवाइल ट्रेडिङ कम्पनी हो । एसएमएल इसुजुले गोल्डफिश इन्टरनेशनल नेपालको आधिकारीक बिक्रेता नियुक्तीसँगै उत्कृष्ट उत्पादन र उत्कृष्ट सेवा दिने बाँचा गरेको छ । त्यस्तै लक्ष्मी समूहले उपभोक्ताहरुलाई खोजेको जस्तै विश्वसतरीय उत्पादन तथा गुणस्तरीय सेवा दिने प्रतिबद्धता जनाएको छ । नेपालको बाटोको अवस्थालाई ध्यानमा राखी एसएमएल इसुजुले विभिन्न थरीका आधुनिक बस, ट्रक, स्कुल बस, निजी बस, टिपरहरु लिएर आएको गोल्डफिश इन्टरनेशनलले जनाएकाे छ । लक्ष्मी समूह अन्तरगतको लक्ष्मी प्रिमियम मोटर र गोल्डफिश इन्टरनेशनलले व्यापारिक प्रायोजनका सवारी बिक्री वितरण गर्दै आएको छ । एसएमएल इसुजुले व्यवसायिक प्रायोजनको लागि गाडी उत्पादन गर्दै आएको ३३ वर्ष भन्दा बढी भएको छ । एसएमएल इसुजु उत्पादन र प्रविधिमा सीमित मात्र नभई, आफ्नो संगठनमा नौलो किसिमको संस्कृति र मुल्यमान्यता बनाउँदै आएको छ, जसले नेपाली बजारमा विश्वासको साथ अगाडि बढ्न सक्षम हुने विश्वास लक्ष्मी समूहले लिएको छ । पछिल्लो दशकमा लक्ष्मी समूहले उद्योग, व्यापार र सेवाको क्षेत्रमा लगानी विस्तार गर्दै आएको छ । यस समूह अन्तर्गत दर्जन भन्दा बढी कम्पनीहरु पर्दछन् । यस समूहले अटोमोबाईल क्षेत्रमा एक भिन्न परिचय बनाउनका लागी कम्पनीले धेरै पहिलेदेखि अटोमोटिभस् डिभिजन सुरु गर्दै आइरहेको छ । लक्ष्मी समूह अन्तरगतको लक्ष्मी इन्टरकन्टिनेन्टल नेपालको अटोमोवाईल क्षेत्रको अग्रणी कम्पनी हो । यस कम्पनी हुण्डाई मोटरको नेपालका लागि आधिकारी बिक्रेता हो । यस कम्पनीले आईएसओ ९००१ः२०१५ समेत पाएको छ ।
स्याङयोङ गाडीको नयाँ शाेरूम पोखरामा
काठमाडौ। स्याङयोङ गाडीको नेपालका लागि एकमात्र आधिकारिक वितरक तथा आइएमएस ग्रुप अन्तर्गतका व्यवसायमा अग्रणी स्थानमा रहेको आइएम एस मोटर्सले पोखराको बुद्धचोकमा आफ्नो नयाँ सोरुमको स्थापना गरेको छ । यहि अवसर पारेर स्याङयोङले “स्याङयोङ अनबिटेबल अफर ल्याएको छ । स्याङयोङ अन्बिटेबल अफर अन्तर्गत पोखरा स्थित स्याङयोङका मुल्यवान ग्राहकहरुलाई पूर्व बजेट मूल्य तोकिएको छ, पुर्ब बजेट मुल्यमा ५ लाख रुपैयाँसम्मको छुट, प्रत्येक स्याङयोङ गाडीको खरिदमा सामसुङ ग्याल्याक्सी नोट ९ क्राउन, एक्सचेन्जको सुबिधा लगायत ३ वर्षको वारेन्टी ९६ हजार किलोमिटरसम्म सुलभ इएमआइ, १ बर्षको निःशुल्क सडक कर ,१ बर्षको निःशुल्क बीमा, ५ बर्ष निःशुल्क सर्भिसिंग , निःशुल्क एक्स्यासरिज २५ हजार रुपैयाँसम्म सुविधा प्रदान गर्दैछ । “हाम्रा ग्राहकहरुले स्याङयोङ प्रति गरेको विश्वासका लागि हामी आभारी छौ । पोखरामा पनि कोरियन लक्जरी एस यु भी सुविधा प्रदान गर्न पाउँदा हामी निकै खुशी छौं । आइएमएस गु्रपका प्रमुख कार्यकारी निर्देशक दिकेश मल्होत्राले भने।
एचएच बजाजको नयाँ शोरुम भरतपुरको चितवनमा
काठमाडाैं । एचएच बजाजले सम्पूर्ण सुविधा सहितको नयाँ शोरुम एन के मोटर्स चितवनको हाकिमचोकमा संचालनमा ल्याएको छ। हंशराजहुलासचन्द एण्ड कम्पनी बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हो । यो नेपालमा सबैभन्दा अधिक बिक्री हुने र अधिक विश्वास गरिएको अटोमोबाइल ब्राण्ड मध्येको एक हो । एचएच बजाज आफ्ना ग्राहकहरुका लागि उनीहरुले खरिद गरेको सामाग्रीको अधिकतम मूल्य भूक्ता नगर्नका लागि सँधै प्रतिबद्ध रहेको छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । एचएच बजाजले कँहि कतैबाट पनि छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको छ । ्नयाँ शोरुम संचालनमा भएको घोषणा गर्न पहुदा निकै खुशी लागेको छ । ग्राहकहरुको बढ्दो मागका कारण एचएच बजाजलाई चितवनमा नयाँ शोरुम स्थापना गर्न उत्साहित बनाएको हो, जसले ग्राहकहरुलाई विभिन्न फाइदा दिने छ । एचएच बजाजले देशभरी रहेका ग्राहकहरुका लागि उच्च गुणस्तरको सेवा प्रदानगर्न प्रतिबद्ध रहेको हंशराजहुलासचन्द एण्ड कम्पनीका जेनेरल म्यनाजेरले योगेन गुरुङले बताए । नयाँ शोरुमको शुभारम्भसँगै, शोरुमले ग्राहकहरु लागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको छ ।