अग्निद्वारा महिन्द्रा एक्स्यूभी५००को अटोमेटिक भेरियेन्टको बुकिङ्ग खुल्ला
काठमाडौं । महिन्द्रा गाडीहरुको आधिकारिक विक्रेता तथा नेपालकै एक अग्रणी कम्पनी अग्नि ग्रुप अन्तर्गतको अग्नि इन्कर्पाेरेटेडले महिन्द्रा एक्स्यूभी५००को नयाँ अटोमेटिक रेन्ज नेपाली बजारमा ल्याएको छ । नयाँ नियू एज एक्स्यूभी५०० अटोमेटिक सँग अब ग्राहकहरुको ड्राइभिङ्ग अनुभव झनै प्रभावकारी हुने छ । ग्राहकहरुले सिटि रोडमा आनन्द लिनुका साथै जस्तो सुकै कठिन अफ-रोडहरुमा पनि आरामका साथ यात्रा गर्न सक्नेमा कम्पनी विश्वस्त छ । उक्त गाडिहरुका लागि बुकिङ्ग www.onlineagni.com खुल्ला गरिएको छ । साथै, ग्राहकहरुले नजिकको शोरुम गएर पनि बुकिङ्ग गर्न सक्ने कम्पनीले जनाएको छ ।
यामाहा फेस अफ फेसिनो भोटिङ कन्टेस्टका विजेता घोषित, नीतिले जितिन् यामाहा फेस अफ फेसिनो टाइटल
काठमाडौं । यामाहा मोटरसाइकल तथा स्कुटरका लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहा फेस अफ फेसिनो भोटिङ कन्टेस्टका विजेताको नाम घोषणा गरेको छ । पोखराकी अलिना लामिछाने गुरुङ यो कन्टेस्टकी विजेता हुन सफल भएकी हुन् । उनले यामाहाको तर्फबाट सामसुङ ग्यालेक्सी एस८ पुरस्कारस्वरुप प्राप्त गरेकी छिन् । मिस नेपाल २०१७ मा यामाहा फेसिनोले टु ह्विलर पार्टनरको भूमिका निर्वाह गरेको थियो । यो ब्युटी पेजेन्टका अन्तिम १९ प्रतियोगीमध्ये नीति शाहले यामाहा फेस अफ फेसिनो टाइटल जितेकी थिइन् । यामाहाको आधिकारिक फेसबुक पेज र नेपालभरिका यामाहा सोरुमबाट भएको भोटिङ र डा रविना देशराज श्रेष्ठ, निलम चन्द र ओशिमा बानुको निर्णायक मण्डलले दिएको अंकमार्फत शाह फेस अफ फेसिनो बनेकी हुन् । मिस नेपाल इन्टरनेशलन २०१७ समेत जितेकी यामाहा फेस अफ फेसिनो नीति शाहले लकी ड्रमार्फत एक लाख ४० हजार आठ सय ७१ भोटरमध्येबाट भोटिङ कन्टेस्टको विजेताको नाम निकालेकी हुन् । यो लकी ड्रको प्रत्यक्ष प्रसारण यामाहाको आधिकारिक फेसबुक पेजमा गरिएको थियो । लकी ड्र कार्यक्रममा नेपालका चर्चित राष्ट्रिय क्रिकेट खेलाडी तथा यामाहा मोटरसाइकलका लागि नेपालको ब्रान्ड एम्बेसेडर शरद भेषावकर पनि उपस्थित थिए । भोटिङ कन्टेस्ट १९ मेबाट २ जुनसम्म संचालन भएको थियो । एमएडब्लु इन्टरप्राइजेजले मिस नेपाल वल्र्ड २०१७ निकिता चन्दक र फेस अफ फेसिनो नीति शाहलाई फेसिनो स्कुटर उपहार स्वरुप प्रदान गर्नेछ । फेसिनो रेट्रो स्टाइल लुक्स भएको प्रिमियम स्कुटर हो जसले आफूलाई ‘सुपर मोडेल स्कुटर’का रुपमा स्थापित गर्न सफल भएको छ । यसमा प्याटेन्टेड ब्लु कोर टेक्नोलोजी भएको एक सय १३ सीसीको एअर कुल्ड इन्जिन जडान गरिएको छ । यो प्रविधिले फेसिनोलाई लुक्समा मात्र होइन पर्फमेन्समा समेत उत्कृष्ट बनाएको छ ।
सिप्रदी ट्रेडिङ्ग विश्वकै सर्वोकृष्ट डिष्ट्रिव्युटर अर्वाडबाट सम्मानित
काठमाडौं । सिप्रदी ट्रेडिङ्ग प्रा.लि. टाटा मोटर्सको विश्वकै सर्वोकृष्ट डिष्ट्रिव्युटर अवार्ड २०१६ बाट सम्मानित भएको छ । नेपालको लागी टाटा मोटर्सको एक मात्र आधिकारिक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. हालै भारतको मुम्बईमा सम्पन्न भएको टाटा मोटर्स ग्लोबल एचिभमेन्ट अवार्ड २०१६ कार्यक्रममा सर्वोकृष्ट डिष्ट्रिव्युटर घोषित भएको हो । युरोप, अफ्रिका र एसियाका गरि विश्वका ४५ देश बाट प्रतिनिधित्व गर्ने टाटा मोटर्सको बितरकहरु मध्ये बाट उत्कृष्ट सम्मान पाएको सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले थप अन्य आठ वटा विधाहरुमा पनि उत्कृष्ट अवार्ड हात पार्न सफल भएको छ । बस र एम एण्ड एच सि भि ट्रक विधा बाट ‘सर्वाधिक विक्री २०१६’ को साथै ‘सर्वाधिक मार्केट शेयर २०१६’, त्यस्तै अल्ट्रा बसको लागी ‘सर्वाधिक विक्री २०१६’ को उत्कृष्ट अवार्डहरु हात पार्नुको साथै ‘उत्कृष्ट कस्टुमर इन्गेजमेन्ट २०१६’, ‘सर्वाधिक मार्केट शेयर २०१६’ र ‘उत्कृष्ट ग्लोबल सर्भिस क्याम्प २०१६’ अवार्डहरु बाट पनि सम्मानित भएको छ । उक्त कार्यक्रममा विश्व भरिका टाटा मोटर्सका आधिकारिक वितरकको तर्फ बाट बरिष्ठ ब्यक्तिहरुको सहभागीता रहेको थियो । उक्त अवार्डहरु बाट सम्मानित भए पछि सिप्रदी ट्रेडिङ्ग प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत राजबाबु श्रेष्ठले आगामी दिनहरुमा पनि राम्रो काम र उत्कृष्ठ सेवाहरु प्रदान गर्दै यस्तो अवार्डहरु बाट निरन्तर सम्मानित हुने र देशकै नाम उच्च राख्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सन् १९८२ मा स्थापीत सिप्रदी ट्रेडीङ्ग प्रा.ली. ले टाटा मोटर्सका विभीन्न गाडीहरु नेपालमा विक्री वितरण गर्दै आईरहेको छ । नेपाल भरी २४ वटा विक्री पश्चात सेवा दिने केन्द्रहरु रहेको यस कम्पनीले ग्राहकहरुको सन्तुष्टीको लागी पूर्णरुपमा सेवाहरु प्रदान गर्दै आईरहेको छ । नेपाल सरकारले पनि धेरै पटक सवै भन्दा बढी कर तिर्ने सस्थांको रुपमा सिप्रदी ट्रेडिङ्गलाई सम्मान गरिसकेको छ ।