रेनोको नयाँ लजी स्टेपवे रेन्ज नेपाली बजारमा, मूल्य ३९ लाख ९५ हजार रुपैयाँ
काठमाडौं । नेपालमा रेनो अटोमोटिभको आधिकारिक बितरक एडभान्स अटोमोबाइल प्रा.लि.ले रेनोको नयाँ गाडि लजी स्टेपवे संस्करण अनावरण गरेको छ । यसको आन्तरिक तथा बाह्य सजावटमा नयाँपन सहित नयाँ लजी स्टेपवेले डिजाइन, स्पेस, कार्यदक्षता, सुरक्षा र उत्कृष्ट इन्धनको बचतको समिश्रणको अनुभव प्रदान गर्दछ । नेपाली बजारमा नयाँ लजी स्टेपवे उत्कृष्ट एमपीभी प्रविधियुक्त गाडिको प्रारम्भिक मूल्य ३९ लाख ९५ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । न्यू रेनो लजी स्टेपवे संस्करण ८५ पीएस र ११० पीएसमा उपलब्ध हुनेछ, जसमा लजी स्टड, लजी आरएक्सई, लजी आरएक्सएल र लजी आरएक्सजेड संस्करण (७ र ८ सीट अप्सनमा उपलब्ध) मा उपलब्ध छ । लजी स्टेपवे ६ वटा रंगहरु प्लानेट ग्रे, रोयल अर्किड, स्लेट ग्रे, फियरी रेड, मूनलाइट सिल्भर र पर्ल ह्वाइटमा उपलब्ध रहेका कम्पनीले जनाएको छ । एमपीभी सेगमेन्ट नेपाल ग्राहकहरुलाई जो आकर्षक मूल्य प्रस्तावको बारेमा ध्यान दिन्छन, उनीहरुलाई सम्बोधन गर्दछ । यो लाइनमा, रेनोले आकर्षक स्थान बनाएको घोषणा गरेको छ । जसले एसयूभीको जस्तो यात्रा तथा संचालन, शक्ति, सस्पेन्सन तथा ग्राउण्ड क्लियरेन्सको अनुभव दिँदै लागत न्यूनिकरण गर्न अधिक माइलेज, न्यून मर्मत खर्च, सुपरियर ड्राइभ परफरमेन्स प्रदान गर्दछ । भारतमा, कयौं टूर अपरेटरहरु, ट्राभल एजेन्टहरुले यसको आरामदायीपना र पर्यटकहरुको प्राथमिकताको कारणले यो गाडिलाई प्राथमिकता दिन्छन् । कम्पनीले नेपालमा पनि टूर अपरेटरहरु, ट्राभल एजेन्टहरुबाट सोहि किसिमको प्रतिकृया प्राप्त गर्ने अपेक्षा राखेको छ । सुरक्षामा बिना कुनै सम्झौता रेनोका लागि सुरक्षा सबैभन्दा उच्चतम महत्व हो । कयौं सक्रिय तथा निष्क्रिय सुरक्षा उपकरणहरुका साथमा रेनोल्टका गाडिहरु उपलब्ध छन् । कयौं सुरक्षा संयन्त्रहरुका साथसाथै, रेनो लजी स्टेपवे सुरक्षा एयर ब्यागहरु, इन्जिन इमोबिलाइजर, सेन्ट्रल लकिङ्, अटो डोर लक, सीटबेल्ट रिमाइण्डर, रियर वाइपर तथा वासर, डोर अ जार वार्निङ तथा रियर डिफगर, लगायतका महत्वपूर्ण सुरक्षा विशेषताहरु यस कारमा राखिएका छन् । यस्तो किसिमको सुरक्षा विशेषता सामान्यतया माथिल्लो उच्च श्रेणीका कारहरुमा मात्र राखिएको हुन्छ ।
महिन्द्राको केयूभी१०० को वार्षिकोत्सवको अवसरमा फ्रि सर्भिस क्याम्पको आयोजना
काठमाडौं । महिन्द्रा गाडीको आधिकारीक विक्रेता अग्नि ग्रुपले केयूभी१००को पहिलो वार्षिक उत्सवको उपलक्ष्यमा जेठ ११ र १२ गते फ्रि सर्भिस क्याम्पको आयोजना गरेको छ । यस क्याम्पमा केयूभी१००गाडीलाई निशुल्क रुपमा जाँच तथा सर्भिस गरीनुका साथै लुब्रिकेन्टमा र स्पेयर पार्टसमा १५ प्रतिशत छुट दिन लागिएको जानकारी कम्पनीले गराएको छ । साथै, यो सुविधा युनिक आईडल अटोमोविल बालकुमारी र गुड अटोमोविल धुमबाराहीमा उपलब्ध छ । नेपालका युवाहरुलाई लक्षित गरी महिन्द्रा केयूभी१०० लाई लिभ योङ्ग, लिभफ्रि भन्ने नारा सहित गत वर्ष नेपालमा भित्राएको थियो । छोटो अवधिमा युवाहरुमाझ अत्याधिक लोकप्रिय हुनु र बजारमा राम्रो व्यपार गर्नुलाई कम्पनीले सकारात्मक संकेतको रुपमा लिएका छन् ।
भूकम्प प्रभावितलाई दिने ट्याक्सीको मिति फेरि सर्यो, अब असार ९ देखि ११ गतेसम्म
काठमाडौं । भूकम्प पीडितलाई राहत स्वरुप उपलव्ध गराउन लागिएको ट्याक्सीको नम्बर प्लेट वितरण गर्ने मित चैत, बैशाख, जेठ हुनै असार पुगेको छ । २०७३ चैतमै दिने भनिएको ट्याक्सी नम्बर प्लेट यातायात व्यवस्था विभागले तयारी नपुगेको भन्दै वैशाखमा दिने भन्यो । फेरि बैशाखमा चुनाव भएकोले जेठमा सार्यो । जेठमा पनि चुनाव भएकोले असार पुगेको छ । असारमा पनि तेस्रो चरणमा थपिएको निकायमा चुनाव भएफेरि सर्ने हो कि भन्न पनि थालिएको छ । चुनाव भएकोले असहजता हुने भन्दै मिति सारिएको विभागको भनाइ छ । विभागले आवश्यक सबै प्रक्रिया पूरा गरेको भएपनि पनि पटक पटक रोकिनुले भने शंका पैदा भएको छ । कारोबार दैनिकबाट ।