मन्त्रीबाटै सरकारी गाडी दुरूपयोग, सरकारी गाडीलाई निजी बनाएर प्रयाेग

काठमाडौं । मन्त्रीलाई सुविधास्वरुप एउटा गाडी उपलब्ध गराउने सरकारी प्रावधान भए पनि परराष्ट्रमन्त्री प्रकाशशरण महतले तीन वटा सरकारी गाडी प्रयोग गर्दै आएका छन् । परराष्ट्रमन्त्री भएपछि उनले दुई वटा बुलेट प्रुफ ‘मर्सिडिज बेन्ज’ र एउटा ‘स्कार्पियो’ गरी तीन वटा सरकारी गाडी प्रयोग गरिरहेका हुन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सरकारी प्लेट (सेतो) रहेको स्कार्पियो गाडीको नम्बर प्लेट नै परिवर्तन गरी उनले निवासको प्रयोजनमा प्रयोग गरेका छन्। अहिले स्कार्पियो गाडीको नम्बर रातो बनाइएको छ। निजी सवारी साधनमा रातो नम्बर प्रयोग हुन्छ। सरकारी नम्बर प्लेटको स्कार्पियोलाई निजीमा परिवर्तन गरी उनले निवासको प्रायोजनका लागि राखेको स्रोतले बतायो। ‘परराष्ट्र मन्त्रीज्यूले आफ्नो प्रयोजनका लागि तीन वटा गाडी राख्नु भएको छ। दुई वटा मर्सडिज बेन्च र एउटा स्कारपियो। मस्डिज गाडी कार्यालयको प्रायोजनका लागि राख्नुभएको छ भने स्कार्पियो गाडी निवासमा राख्नुभएको छ,’ स्रोतले भन्यो। नागरिक दैनिकबाट ।

रेनोको ‘रेनो क्विड ईजी-आर एएमटी’ गाडी अनावरण, मूल्य २० लाख ९६ हजार मात्र

काठमाडौं । रेनोको नेपालका लागि आधिकारिक बितरक, एडभान्स अटो मोबाइल्स प्रा.लि.(विशाल ग्रुपको सहायक),ले अल न्यू रेनो क्विड एएमटी अनावरणको गरेको छ । नयाँ रेनो क्विड एएमटी अत्याधुनिक प्रविधि तथा लक्जरी सहित बजारमा उपलब्ध छ । कम्पनीका अनुसार नयाँ रेनो क्विड एएमटीमा ईजी-आर टेक्नोलोजी ५ स्पीड एएमटी प्रविधि रहेको छ । यसको डयस माउन्टेड एएमटी डायलमा तीन प्रकारका मोडहरु रहेका छन् । रिजर्भको लागि आर, न्यूट्रलका लागि एन तथा ड्राइभका लागि डी छन् भने सहज रुपमा गाडि चलाउने डिजाइन बनाईएको छ । यो गाडि चलाउँदा सजिलो र नियमित एक्सिलेरेसनको अवस्थामा अत्याधुनिक कन्ट्रोल यूनिटले स्वचालित रुपमा गीयर सिफ्ट गर्दछ । रेनो क्विड एएमटी रेन्जको शुरुवाती मूल्य २० लाख ९६ हजार ५०० रुपैयाँ रहेको छ । जसले यो मूल्यका श्रेणीमा यो गाडिलाई उत्कृष्ट गाडिको रुपमा सार्वजनिक गरेको छ । रेनो क्विड एएमटी डाइनामिक परफरमेन्स, उच्चतहको शक्ति, र साहसिक यात्राको अनुभव लिने गरि रणनीतिक रुपमा डिजाइन गरिएको छ । क्विड एएमटी २ संस्करणमा उपलब्ध छ । रेनो क्विड १.० ली एएमटी आरएक्सटी ओ तथा रेनो क्विड १.० एएमटी आरएक्सएल श्रेणीको पहिलो एएमटी मध्यम वर्गिय कार्यरत परिवार तथा व्यवसायीक व्यक्तिहरुका लागि सहज रुपमा यात्रा गर्न डिजाइन गरिएको छ । भारतमा रेनो क्विड एएमटीको मध्यम वर्गीय परिवार तथा व्यवसायीक व्यक्तिहरुले प्रयोग गरिरहेको प्रवृत्ति जस्तै रेनो नेपालले पनि यस तहका मध्यम वर्गीय परिवार तथा व्यवसायीक व्यक्तिहरुका लागि यो गाडि ल्याएको हो । यसको सजिलो आर गियर बक्स आविस्कारिक सीफ्ट कन्ट्रोल डायलका साथमा संचालन गर्न सकिन्छ, जून सेन्टर कन्सोलमा इन्फोटेनमेन्ट सिस्टमको तल्लो भागमा रहेको छ । यसले म्यानुअल गीयर तथा क्लच दबाउनु पर्ने परम्परागत प्रणालीलाई परिवर्तन गरेको छ । यसमा रहेको इनोभेटिभ सीफ्ट कन्ट्रोल डायल तीन मोडहरुमा आउँछ– रिभर्स, न्यूट्रल, ड्राइभ ले सहज रुपमा प्रयोग गर्ने गरि स्मार्ट डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

टाटाको शानदार एक्स्चेन्ज अफर सफलतापूर्वक सम्पन्न

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी टेडिङ्ग प्रा.लि.ले यही जेष्ठ ४ देखि जेष्ठ ११ गतेसम्म आयोजना गरेको शानदार एक्स्चेन्ज अफर सफल भएको जनाएको छ । आफ्ना ग्राहकहरुलाई सही एक्सचेन्ज मूल्य प्रदान गरि उत्कृष्ट सुविधा दिने उद्देश्यले उक्त एक्स्चेन्ज अफर नेपालका मुख्य शहरहरु जस्तै वीरगंजमा जेष्ठ ४, जावालाखेल र बुटवलमा जेष्ठ ५, थापाथलीमा जेष्ठ ६, नक्साल र नेपालगंजमा जेष्ठ ७ र नारायणघाटमा जेष्ठ ८ गते सम्पन्न गरिएको कम्पनीले जनाएको छ । उक्त एक्स्चेन्ज अफर अन्तर्गत जुनसुकै ब्राण्डका कारहरुको उचित मूल्य प्राप्त गरि ग्राहकहरुले आफ्नो पुरानो गाडी नयाँ टाटा जेस्ट, बोल्ट, टियागो, स्ट्रोम वा सुमो सँग एक्स्चेन्स गर्न मिल्ने व्यवस्था गरिएको थियो । सोही अवसरमा ग्राहकहरुलाई पुरानो गाडीको उचित मूल्याङ्कनसहित २५ प्रतिशत डाउन पेमेन्ट, १०.९९ देखि १४ प्रतिशतसम्मको ब्याजदर, अन द स्पट फाइनान्स सुविधा, शून्य प्रतिशत सर्भिस चार्ज र एक्स्चेन्सको लागि छिटो छरितो र झन्झटरहित प्रकृयाजस्ता विशेष सुविधाहरु प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ ।