काठमाडौंको हिलाम्मे सडकमा यसरी जोगाउन सकिन्छ कार

काठमाडौं । मनसूनमा फोर-ह्विलर चलाउनु आफैंमा चुनौतीको विषय हो । काठमाडौंका अव्यवस्थित सडकमा पानी परेपछि हिलो जम्ने समस्याका कारण थुप्रै गाडीहरु बिग्रने खतरा हुन्छ । सड़कमा कुनैपनि समस्या आउन नदिन बर्षातमा कारको ध्यान राख्नु निकै आवश्यक हुन्छ। मनसूनमा वाइपरको प्रयोग गर्नु अत्यन्त आवश्यक छ । बर्षातका दौरान ड्राइभ गर्नमा कुनै समस्या नहोस् भन्नका लागि कारको वाइपरपनि सही स्थितीमा राख्नु अत्यन्त जरुरी छ । समय-समयमा वाइपरलाई फेर्नुपर्छ । बर्षातमा अन्य मोटरसँग उचित दुरी कायम गर्नु आवश्यक छ । कुनैपनि गाड़ीमा अचानक ब्रेक लगाएमा दुर्घटना हुने सम्भावना हुन्छ। सकेसम्म कुनैपनि समयमा मोटरलाई अचानक ब्रेक नलगाउनु उचित हुन्छ। यसरी दुर्घटनाको सम्भावना कम हुन्छ। अगाडी चलिरहेको गाडीभन्दा निश्चित दुरी बनाएर कार चलानउनु हुन्छ। अगाडी गाडीभन्दा बीचमा राख्नु पनि उचिले गाडी अगाडीको पत्थर आदीबाट बच्न सकिन्छ । सामान्यतया बर्षातपछि सड़कमा पानी जमीरहेको हुन्छ । शहर सानो होस् या ठुलो यो समस्या सबै ठाँउमा देख्न पाइन्छ । यदी पानी धेरैभरिएको जस्तो लाग्यो भने पानी ज्यादा भएमा कार राख्न हुँदैन। यसमा कारको जरुरी पार्ट्समा पानी पस्ने सम्भावना हुन्छ जसले समस्या निम्त्याउछ। कारमा भ्याक्युम क्लीनर वा अर्को एउटा ड्रायर राख्नु जरुरी हुन्छ । जसले सीट र म्याटलाई ड्राइ राख्नु सकिन्छ । साथै कारमा परफ्यूम पनि राख्न उचित हुन्छ ।   बर्षातमा कारलाई सफा राख्नुपर्छ। रस्टिंग (खिया)बाट बच्नकालागि जरूरी उपाय अपनाउनुपर्छ। कारमा लागेको मड फ्ल्यापलाई पनि सफा गर्नुपर्छ। कारको अण्डर बडीमा एण्टी-रस्ट पेन्ट लगाउनु पर्छ । कारको भित्र फ्लोर म्याट र सीट कभरपनि सफा गरिरहनुपर्छ । कारको हेडलाइट, इन्डिकेटर, रिभर्स इन्डिकेटर र टेल ल्याम्पलाई चेक गरेरमात्र सड़कमा निकाल्नु ठिक हुन्छ। टायरपछि ब्रेकको ख्याल राख्नुपर्छ । पानीले कारको ब्रेकलाई केही कमजोर बनाउछ । उच्च गतीदेखि सावधान रहनुहोस् र ब्रेक प्याडलाई आवश्यकता अनुसार बदल्नुपर्छ । ( नवभारतटाइम्सको अनलाइन संस्करणबाट साभार गरिएको । )

बाहिरका गाडीलाई चक्रपथभित्र प्रवेशगर्न नदिईने, हुनुपर्ने बजेटमा भइदियो ट्राफिक जामको बहस 

फाइल तस्बिर संसदीय अभ्यास र नियामावलीअनुसार संसद्को छलफद सभामुखद्धारा तोकिएको कार्यसुची खास विषय मा मात्रै हुन्छ । तर बजेट छलफलको सन्दर्भ हेर्दा लाग्छ सदनमा जतिबेला जे विषयमा पनि बहस हुन्छ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनलगत्तै असार १९ देखि शुरु भएको विनियोजन विधयेकमाथीको मन्त्रालयगत छलफल सांसदहरुले उठाएको प्रश्नको आईतवारदेखि सम्बन्धित मन्त्रीहरुले जबाफ दिने क्रम शुरु भएको छ । निर्वाचन आचार संहितका कारण पूर्ववर्ती सरकराले ल्याएको कामचलाउ बजेटको प्रतिपक्षिबाट विरोध र सत्तापक्षबाट बचाउनको परम्परागत रस्साकस्सी नभएका कारण मन्त्रीहरुको जवाफपछिको स्पष्टिकरण पनि फिक्का भएको छ । कान्तिपुर दैनिकबाट ।  

मल्टिक्सको थ्री-इन-वन भेहिकल नेपाली बजारमा, मूल्य १२ लाख ५० हजार रुपैयाँ मात्र

काठमाडौं । नेपालमा मल्टिक्स ब्राण्डका गाडिहरुको एक मात्र बिक्रेता बाबा समूह अन्तर्गतको बाबा अटोमाटा ट्रेडिङ प्रालिले मल्टिक्स ब्राण्डका गाडिहरु नेपालमा औपचारिक रुपमा बिक्री शुरु गरेको छ । यस गाडिको उत्पादक भारतको आइसर पोलारिस प्रालिका प्रमुख कार्यकारी अधिकृत पञ्कजदुवे र बाबा समूहका निर्देशक विशाल शाहले बिहीबार संयुक्त रुपमा यसको उद्घाटन गरेका हुन् । व्यक्तिगत देखि व्यवसायीक प्रयोजनका लागि निकै उपयोगी मल्टिक्समा रहेको इन्डेपेन्डेन्ट सस्पेन्सनले नेपालका तराईदेखि पहाडी जुनसुकै उबड खावड बाटोमा सजिलै गुड्न सक्ने क्षमता राख्ने कम्पनीले बताएको छ । १८ लाख किलोमिटरसम्म कच्ची सडकमा निरन्तर परिक्षणबाट यसको सुरक्षा र दिगोपना प्रमाणित गरिएको छ । गाडि पल्टि हाल्दा पनि यसको ट्यूबलर फ्रेम बडीका कारण ठूलो क्षति हुनबाट रोक्छ । फोर स्ट्रोक डाइरेक्ट इन्जेक्शनडिजल इन्जिन रहेको यो साधनले सजिलै २५ देखि ३० किलोमिटरको माइलेज दिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार १७२ एमएम तथा २२४ एमएमसम्मको हाइ ग्राउण्ड क्लियरेन्स रहेको मल्टिक्सको बढी अत्यधिक टिकाउ सामग्री फ्लेक्सि टपले बनेको छ । पाँच सिट क्षमताको मल्टिक्समा परिवारका सदस्यहरु आरामसँग बस्न र घुम्न सक्दछन् । साथै एक हजार ९१८ लिटरसम्म बोक्न सक्ने क्षमता भएकाले यो साधन व्यवसायिक यात्राको लागि समेत उत्तिकै उपयोगी छ । तुरुन्तै सिट फोल्ड गरेर सामानहरु राख्न पर्याप्त स्पेस निर्माण गर्न सकिने मल्टिक्स ब्राण्डका गाडिहरु व्यवसायमा संलग्न परिवारको आवश्यकता पूर्ति गर्ने उद्देश्यले नै सन् २०१२ मा निर्माण गरिएको हो । मल्टिक्सका दुई मोडल र विभिन्न चार रंगमा बजारमा उपलब्ध छन् । साथै, यसले तीन किलोवाटसम्म विद्युत उत्पादन गर्नसक्ने भएकाले यसलाई फ्यामिली, विजनेश र पावर जेनरेटर (थ्रीइनवान) भनिएको हो । यसको बिजुलीले घरलाई सजिलै उज्यालो बनाउन, सार्वजनिक कार्यक्रममा म्युजिक सिस्टम देखि कृषियन्त्रहरु सञ्चालन गर्ने आदि काममा वैकल्पिक उर्जाको स्रोतको रुपमा सजिलै प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नेपाली बजारमा यस गाडीको मूल्य १२ लाख ५० हजार रुपैयाँ रहेको छ । साथै, कम मूल्यमा यसको मर्मत र स्पेयर पार्टसहरु खरिद गर्न सकिन्छ । नेपालमा यसको स्पेयर पार्टसहरु सजिलै उपलब्ध हुन्छ । बाबा ग्रुपका डाइरेक्टर विशाल शाहाका अनुसार परिवारदेखि व्यवसायमा प्रयोग गर्न सकिने मल्टिक्सले नेपालमा जुनसुकै पिच तथा अफ रोडमा शानदार क्वालिटी र भरोशा दिलाउँछ । मूल्यका हिसावले पनि नेपालका हरेक बर्गको पहुँचमा यो साधन पर्ने शाहले बताए ।