भिजि अटोमाबाइल्सको नयाँ स्कुटर ‘सुजुकी बर्गम्यान १२५’ को बिक्री शुरु, मूल्य २ लाख २९ हजार रुपैयाँ

काठमाडौं । नेपालको लागि सुजुकी टु ह्वीलर्सको आधिकारिक आयतकर्ता तथा वितरक भिजि अटोमोबाइल्स प्रा.लि.ले नयाँ स्कुटर ‘सुजुकी बर्गम्यान १२५’ लाई नेपाली बजारमा भित्र्याएको छ । सुजुकीको प्रिमियम स्कूटर समूहमा यो नयाँ संस्करण हो । सुजुकी बर्गम्यान १२५ नेपालमा रहेका सबै सुजुकीशोरुमहरुमा आजबाटसजिलै उपलब्ध छ । यो स्कुटरमा १४ इन्चको आकारको ठूला पाँग्राहरु र ट्युबरहित टायर छन् । सुजुकी बर्गम्यान १२५ मा७५०० आरपिएममा ८.७ बिएचपि उत्पादन गर्ने क्षमता बोकेको १२४.३ सिसिको शक्तिशाली इन्जिन जडित छ । स्कूटरको अग्रभागमा डिस्क ब्रेक र पछाडिपट्टी ड्रम युनिट रहेका छन् । सुजुकी बर्गम्यान १२४.३ मा रहेको इन्धन ट्याँकमा ५.६ लिटर इन्धन अट्ने क्षमता रहेकाे छ । यसैगरी, यो म्याक्सी स्कूटरमा एलइडि हेड लाइट, एलइडि टेल ल्याम्प जडान गरिएका छन् भनें हावाको बहाव फेर्ने, क्रोम फिनिसिङ, मध्यवर्ती लक प्रणाली, युएस बिचार्ज गर्ने स्थानएवं पञ्जा राख्ने खण्ड जस्ता विविध सुविधाजनक विशेषताहरु पनि अवस्थित छन् । यो स्कूटर सबै १२५ सिसिका स्कुटरहरुको समूहमा एक बेन्चमार्कको रुपमा स्थापित हुन सक्दछ । नेपालमा आज(शुक्रबार)बाट बिक्री शुरु भएको यस स्कुटरको मूल्य २ लाख २९ हजार ९०० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

यामाहा आर१५ भी३ बाइक नेपाली बजारमा, मूल्य ४ लाख १९ हजार रूपैयाँ

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतिक्षित सुपर स्पोर्टसबाइक आर१५ (भर्सन ३.०) सार्वजनिक गरेको छ । नयाँ सुपर स्पोर्टस् मोडेलमा १५५ सीसी, लिक्विड–कुल्ड, ४– स्ट्रोक, ४–भल्भ र फ्युल इन्जेक्टेड इन्जिन रहेको छ । जसमा ‘भेरिएबल भल्भ एक्च्युएसन’ (भीभीए) र ‘असिस्ट एन्ड स्लिपर’ (ए एन्ड एस) क्लच जस्ता अत्याधुनिक प्रविधि जडान गरिएको कम्पनीले जनाएको छ । यामाहाले नयाँ आर१५ भी३मा रेसिङ विरासतलाई निरन्तरता दिँदै प्रविधि र पर्फमेन्स दिने फिचरहरु राखेको छ । यसमा अधिकतम कम्प्रेसन रेसियो भएको १५५ सीसीको इन्जिन जडान गरिएको छ जसले १०,००० आरपीएममा १९.३ पीएसको पावर र ८५०० आरपीएममा १५ एनएम टर्क उत्पन्न गर्छ । नयाँ आर१५ भी३को प्रारम्भिक मूल्य चार लाख १९ हजार नौ सय कायम गरिएको कम्पनीले जनाएको छ । आर१५ को नयाँ संस्करणमा यामाहाले क्रान्तिकारी ‘भीभीए सिस्टम’ समावेश गरेको छ जसले तल्लो र मध्यम आरपीएममा पनि टर्कमा कुनै सम्झौता नगरी अधिकतम शक्ति उत्पन्न गर्न मद्दत गर्छ । १३९ केजी वजन र १७० एमएम उच्च वजन भएको आर१५ भी३लाई फुल डिजिटल ड्यासबोर्ड, एलइडी हेडलाइट र टेललाइटले थप विशेष बनाएको कम्पनीले जनाएको छ । ‘आर१५ भी३ले पर्फमेन्स, डिजाइन र इनोभेसन जस्ता यामाहाका मुल सिद्धान्तलाई अवलम्बन गर्दै विश्वस्तरीय नयाँ उत्पादन ल्याउने हाम्रो प्रतिबद्धतालाई प्रतिनिधित्व गर्छ,’ एमएडब्लु इन्टरप्राइजेजका सीर्इअाे चिरञ्जीवी शाहले भने, ‘आर सिरिज अन्तर्गतको आर१५ भी३ को टेक्नोलोजी र पर्फमेन्सले नेपाली ग्राहकलाई रेसिङ ट्रयाकमा चलाएको अनुभव दिलाउनेछ ।’

एउटा मोबाइल किन्दा अर्को सित्तैमा अफर, चाहिने भए जानुस्, मोबाइल हब

काठमाडौं । सिटीसी मलमा रहेको सिटीसी मोबाईल हबले मंसिर २० गतेदेखि मोबाइल एक्सचेञ्जन अफर सुरु हुने भएको छ । साथै एउटा मोबाइल किन्दा अर्को एउटा सित्तैंमा अफर मेलाको आकर्षण बन्ने मोबाइल हबले जनाएको छ । मोबाईल एक्सचेञ्जज अफरका साथै एउटा ९ हजार ९ सय ९९ रुपैंयादेखि २ लाख ३४ हजार रुपैंयासम्मका मोबाइल किन्न सकिने जनाएका छन् । हबमा ११ हजार रुपैंयादेखि ३ लाख १५ हजार रुपैंयासम्मका ल्यापटप, आइप्याड, म्याक बुक लगायतका सामान किन्न सकिने छ । १५ दिन सम्म चल्ने उक्त मेलामा जस्तो सुकै पुरानो मोबाईलको पनि उचित मुल्य पाउनुका साथै सट्टा पट्टा पनि गर्न सकिन्छ । सिटीसी मोबाईल हबका प्रबन्धक जीबन श्रेष्ठले जानकारी दिएका छन् । उक्त मेलामा विश्व बजारमा पाईने सबै ब्राण्डका मोबाईल, ल्यापटप ,क्यामेरा ,र म्याक किस्ताबन्दीमा किन्न सकिने छ । ६० मिनटमा फेस टू फेस मोबाइल मर्मतको सेवा पनि मेलामा पाइने छ । निशुल्क पार्किङंको व्यवस्था गरेको हबले अवलोकनकर्तालाई लक्की ड्रबाट आकर्षक उपहार बितरण गर्ने जनाएको छ । मेलामा राखिएको गल्फमा ३ स्कोर गर्नेले मोबाइल किन्दा ५० प्रतिशत छुट पाउने छन् भने ४ स्कोर गर्नेले आफुले खरिद गरेको अर्को एउटा सामान सित्तैंमा पाउने छन् ।