टाटाको नयाँ कार ‘स्टायलब्याक’ टिगोर नेपाली बजारमा, मूल्य पौने २४ लाख रुपैयाँ
काठमाडौं । सिप्रदी ट्रेडिङले टाटा मोटर्सको नयाँ कार स्टायलब्याक टाटा टिगोर नेपाली बजारमा ल्याएको छ । प्यासेन्जर सेग्मेन्टमा नयाँ पोर्टफोलियोको रुपमा बिक्री सुरु गरिएको हो । कमर्सियल कारमा अगाडि रहेको टाटा मोटर्सले नयाँ पुस्तालाई लक्षित गरेर आक्रमकरुपमा बजार विस्तारका लागि नयाँ कार बजारमा ल्याएको छ । टाटा मोटर्स विश्वको चर्चित अटोमोबाइल कम्पनी हो । रिभोर्टन १.२ लिटरको पेट्रोल क्षमताको उक्त कारको मूल्य २३ लाख ४५ हजार रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले कारमा चार वर्षसम्मको वारेन्टीको व्यवस्था गरेको छ । टिगोरका कारहरु एक्स इ, एक्स टी, एक्स जेड र एक्स जेड (0) गरी चारवटा भेरियन्टमा उपलब्ध छन् । कारहरु ६ वटा आकर्षक रङ्गमा उपलब्ध छन्; कपर ड्याजल, एक्प्रेसो ब्राउन, पर्लसेन्ट ह्वाइट, प्लाटिनम सिल्भर, स्ट्राइकर ब्लू, बेरी रेड । कारमा रहेको गोल्डेन इयर्स सहितको हर्मन प्रविधिको अत्यानिक अडियो तथा कनेक्टनेक्स्ट इन्फोटेनमेन्ट सिस्टम मनोरञ्जनको दुनियाँमा कनेक्ट हुन चाहने नयाँ पुस्ताका लागि उपयोगी हुने कम्पनीले जनाएको छ । नेपाली बजारमा बिक्री सुरु भएको टाटा टिगोर कम्पनीका पुराना उत्पादनभन्दा केहि फरक र अत्याधुनिक विशेषताहरु रहेको टाटा मोटर्सका इन्टरनेशनल बिजनेश हेड जोनी ओम्मेनले बताए । उनले भने, ‘भावी पूस्ताको मागलाई ध्यानमा राखेर अत्याधुनिक विशेषताहरुसहित नयाँ वर्गको आकर्षक गाडी निर्माणमा विशेष जोड दिएका छौं ।’ टिगोरको भित्री सजावटमा इन्टेलिजेन्ट स्पेसको प्रयोग गरिएको र कनेक्टीभीटी विशेषताहरु रहेको कम्पनीका सि. इ. ओ. राजन बाबु श्रेष्ठले बताए । उनले भने, ‘यसले चालकलाई इनटच अनुभवका साथै भित्री र बाहिरी संसारको उत्कृष्ट अनुभूति प्रदान गर्छ ।’
सिप्रदिद्धारा मोबाइल सर्भिस भ्यान सन्चालनमा, स्पेयर पार्ट्सहरु तुरुन्त उपलब्ध गराउने
काठमाडौं । नेपालका लागि टाटा हिटाचीको अधिक्रित बिक्रेता सिप्रदि अर्थमुभर्स प्रालीले मोबाइल सर्भिस भ्यान सन्चालानमा ल्याएको छ । सोमबार आयोजित एककार्यक्रममा सिप्रदि कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा हिटाचीका सिनियर जनरल म्यानेजर हेमन्त मथुरले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उक्त सर्भिस भ्यानले टाटा हिटाचीका ग्राहकहरुलाई छिटो र छरितो सेवा प्रदान गर्नुका साथै स्पेयर पार्ट्सहरु पनि तुरुन्त उपलब्ध गराउनेछ । उपभोक्ताले टाटा हिटाचीका इस्काभेटर रह्विल इकुप्मेन्टहरु बिग्रेको स्थानबाट सम्पर्क गरिसकेपछि उक्त मोबाइल सर्भिस भ्यानले सोहि स्थानमा गएर मर्मत गर्नेछ । यो भ्यानले अहिलेलाई काठ्मान्डू भ्याली भित्र,धादिङ्ग, नुवाकोट, बनेपा र अन्य बाग्मती क्षेत्रमा भरपर्दो सेवा प्रदान गर्नेछ भने भबिष्यमा सो सेवालाई बिस्तार गर्दै देशका सम्पुर्ण भागहरुमा पुर्यार्इने कम्पनिको योजना रहेको छ । “उपभोक्ताको आवश्यकतालाई सक्दो छिटो र सुलभ ढंगले उपलब्ध गराउन सकियोस भन्ने उद्देश्यका साथ उक्त भ्यान सन्चालनमा ल्याइएको हो,”राजनबाबु श्रेष्ठले भने । यस अघि सिप्रदिले टाटाका गाडीहरुको मर्मतको लागि मोबाइल सर्भिस भ्यान सन्चालनमा ल्याइसकेको छ। बिगत ३५ बर्षदेखि अटोमोबाइल सेवा प्रदान गर्दै आएको सबैभन्दा ठुलो कम्पनी र सबैभन्दा बढि कर तिर्न सफल कम्पनी सिप्रदिले नेपालमा टाटाका कमर्सियल र प्यासेन्जर भेइकल, टाटाका स्पेयर पार्ट्स, एक्साइड ब्याट्ट्रि, म्याक लुब्रिकेन्ट्स, मिस्लिन टायर र टाटाहिटाचिका कन्सट्रक्सन इक्विप्मेन्टहरु बिक्रि गर्दै आएको छ ।
दलालको चलखेल बुझ्न मन्त्री आफैं लाइसेन्सको लाइनमा, दलालको भागाभाग
ललितपुर । सधैं भीडभाड र कोलाहल हुने यातायात व्यवस्था कार्यालय एकान्तकुनामा एक व्यक्ति लाइनमा उभिए। दायाँबायाँ लाइसेन्स लिन लामबद्धहरुले उनलाई आफूजस्तै सेवाग्राही ठाने। ती व्यक्तिले सेवाग्राहीसँग ‘लाइसेन्स लिन कति गाह्रो है, तपाईंको मिलाएको हो ?’ भनी एक दुई जनासँग संवाद पनि गरे। त्यसरी लाइनमा बसेर सेवाग्राहीसँग संवाद गर्ने ती व्यक्ति यातायात मन्त्री वीरबहादुर बलायर थिए। मन्त्री बलायरले दलालको चलखेल बुझ्न परिचय लुकाएर अनुगमनमा गएको बताए। ‘म अनुगमनमा निस्केको कुरा यातायातका जानकारी थिएन, सेवाग्राहीले पाएको दुःख देखेर चिन्तित भएँ’ उनले भने। सुरुमा सादा पोसाकमा गएको प्रहरी टोलीले कार्यालयअगाडि भेटिएका दलालसँग सवारी अनुमति पत्र बनाइदिन अनुरोध गरे। दलालले पनि आग्रह ठानेर,‘ अहिले गाह्रो छ तर, मिलाउन पनि सकिने’ भन्दै सम्पर्कमै रहन अह्राए। तर, प्रहरीसहित मन्त्रीले अनुगमन गरेको थाहा पाएपछि दलालको भागाभाग भएको थियो। बारम्बार सर्भर डाउन हुने र दलालको बिगबिगी बढ्न थालेपछि आफू निरीक्षणमा आएको मन्त्री बलायरले बताए। ‘यातायात कार्यालय वरिपरि बस्ने दलाललाई हटाउन प्रहरी प्रशासनलाई निर्देशन दिएको छु’ उनले भने ‘कार्यालयमा जनशक्ति अभावले पनि समस्या भएको देखिन्छ।’ उनले सरकारी निकायबीच समन्वय नहुँदा भद्रगोल अवस्था बनेको बताए। ‘दक्ष कर्मचारीको व्यवस्थापन गर्छु उनले भने।’