माछापुच्छ्रे बैंकको इजी कार लोन योजना

काठमाडौं । माछापुच्छ्रे बैंकले अटो शोलाई लक्षित गरी एमबीएल इजी कार लोन योजना ल्याएको छ । बैंकले आकर्षक ब्याज दर र प्रासेसिङ फि, ८ वर्ष भन्दा बढी र निः शुल्क क्रेडिट कार्ड सहितको योजना ल्याएको जानकारी दिएको छ । नेपाल राष्ट्र बैंकले अटोलोनको सीमा बढाएर ६५ प्रतिशत पु¥याएपछि बैंक तथा व्यवसायीमा उत्साह थप भएको छ ।

नाडा अटो शो र दशै तिहारका लागि हिरोको बम्बर योजना

काठमाडौं  । नेपालमा हिरो मोटरसाइकलको अधिकृत बिक्रेता एनजीएमले नाडा अटो शो र दशै तिहारलाई लक्षित गरी भाग्य मनी भए योजना ल्याएको छ । न्युनतम ६ हजार रुपैयाँदेखि हरेक स्क्रयाचमा न्युनतम १ हजारदेखि १ लाख र साप्तिाहिक बम्बर योजनामा १ लाख रुपैयाासम्मको योजना सार्वजनिक गरेको छ ।  नयाँ हिरो बाइक घरमा ल्याउने भाग्यमानी डिस्काउन्टदेखि बम्बरसम्मको मनी नै मनी भन्ने नारा ल्याएको छ ।

सिभिल बैंकले ल्यायो सिभिल अटोलोन

काठमाडौं । सिभिल बैंकले नाडा अटो शोलाई लक्षित गर्दे सभिल अटोलोन योजना ल्याएको छ । बैंकले प्रिअप्रुभड अटोलोन अफर फर एभरिवन योजना ल्याएको हो ।  आधार दरमा शुन्य प्रतिशत ब्याज दर थपेर यो योजना ल्याएको सिभिलले जनाएको छ ।