चालक अनुमतिपत्रः प्रदेश सरकारसँगको समन्वयमा नेपालीकरण गर्न पत्राचार

काठमाडौँ । यातायात व्यवस्था विभागले प्रदेश सरकारसँग समन्वय गरी चालक अनुमतिपत्र नेपालीकरण गर्न यातायात व्यवस्था कार्यालयलाई पत्राचार गरेको छ । विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले केही दिन पहिले मात्रै चालक अनुमतिपत्र नेपालीकरणका लागि विभाग नपठाउन पत्राचार गरिएको बताए । यसअघि नेपालीकरणको सेवा दिँदै आएका कार्यालयले समस्या आउँदा आवश्यक सूचनाका लागि विभाग पठाउने गरेका थिए । उनले भने, “कस्ता कागजात समेट्दा नेपालीकरण गर्नेरनगर्ने भन्ने निर्णय अब प्रदेशले नै गर्नेछ ।” यातायात व्यवस्था कार्यालय गत मङ्सिर २८ मा प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयमा हस्तान्तरण भएको थियो । नेपालीकरणमा कुनै पनि किसिमका समस्या आउँदा प्रदेशकै मन्त्रालयबाट समाधान खोज्नुपर्ने प्रवक्ता उपाध्यायले बताए । उनका अनुसार कार्यालय प्रदेश सरकारलाई हस्तान्तरण गरे पनि जिम्मेवारी लिइसकेको छैन । उनले भने, “विभागले नै यातायात व्यवस्था कार्यालयबाट आएका समस्या समाधान गर्दै आएको थियो ।” यातायात व्यवस्था ऐन, २०४९ को दफा ५२ मा विदेशबाट जारी भएको चालक अनुमतिपत्रका आधारमा अधिकारप्राप्त अधिकारीले परीक्षा नलिई चालक अनुमतिपत्र दिनसक्ने व्यवस्था छ । सोही व्यवस्थाका आधारमा विभागले विसं २०७४ देखि यो सेवा शुरु गरेको थियो । एकान्तकुना, सुकेधारा, ठूलो भर्याङ, जगाति, सुनसरी, पर्सा, रुपन्देही र कास्की कार्यालयले चालक अनुमतिपत्र नेपालीकरण गर्दै आएका छन् । रासस

टोयोटा रश रोड शो सफलतापूर्वक सम्पन्न, अनस्पट १० वटा टोयोटा बुकिङ

काठमाडौँ । मोटर उत्पादक टोयोटाको नेपालभरिकै एकमात्र अधिकृत बिक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालि(युटिएस)ले “टोयोटा रश रोड शो” को आयोजना गरेको छ । काठमाडौ–चितवन–बुटवल हुँदै काठमाडौँ आएर शो सम्पन्न भएको हो । फागुन ८ गतेदेखि सुरुवात गरिएको सो कार्यक्रम, करिब १७० किमिको यात्रा गरी सयौं ग्राहकहरुलाई सक्रियतापुर्वक सहभागि गराई फागुन १४ गते काठमाडौमा फर्की टुंगिएको कम्पनीले जनाएको छ । चितवन र बुटवलका उपभोक्तालाई लक्षित गरी आयोजना गरिएको कार्यक्रम दुवै शहरहरुमा २ दिन संंचालन भएको छ । चितवनमा ३ वटा रोड शो र बुटवलमा १ वटा रोड शो साथै दुवै शहरहरुमा अवस्थित अटो वेज प्रालिमा शोरुम इण्टर्याक्सन पनि गरिएको कम्पनीले जनाएको छ । यस रोड शो ले दुवै शहरहरुमा ८० जनाग्राहकहरुलाई शो रुम इण्टर्याक्सन गराई अनस्पट १० वटा टोयोटा बुकिङ लिन सफल भएको जनाएको छ । सो कार्यक्रममा न्युनतम डाउन पेमेन्ट, नगद छुट, एक्सचेन्ज बोनस, १ वर्षको इन्सुरेन्स, १ वर्षको सडक कर र टेस्ट ड्राइभमा उपहारहरुले यस रोड शोलाई तुलनात्मक रुपमा प्रतिष्पर्धी भन्दानिकै अगाडी रहेको र सोहि गतिमा बढ्ने कुरा साबित गरेको कम्पनीले जनाएको छ ।

रेनो सर्भिस क्याम्प शुरु, गाडी सर्भिसिङ गराउँदा विशेष छुट

काठमाडौँ । रेनो नेपालको लागि आधिकारिक वितरक एड्भान्स अटो मोवाइल्स प्रालिले उपभोक्ताको सुविधाका लागि रेनो सर्भिस क्याम्प फागुन १२ गते देखि संचालनमा ल्याएको छ । यो सर्भिस क्याम्प चैत्र ५ गतेसम्म नेपालका विभिन्न शहरहरुमा आयोजना हुनेछ । जसमा उपभोक्ताले आफ्नो गाडीको उत्कृष्ट सर्भिस सेवा पाउने छन् । रेनोले यो सर्भिस क्याम्पको थिम ‘ड्राइभ बेटर, लिभ बेटर’ रहेको छ । जसले ग्राहकलाई सर्वोत्तम र अनुकरणीय सेवा दिनुका साथै मर्मतको पनि सुविधा प्रदान गर्नेछ । यो सर्भिस क्याम्पमा सहभागी हुने ग्राहकले विभिन्न छुटका सुविधाहरु पाउने कम्पनीले जनाएको छ । जसमा निःशुल्क लेबर चार्ज, १५ प्रतिशत लुब्रिकेन्टमा छुट, एसीमा २०० जिएम रिफिलिङ निशुल्क, स्पेयर पार्टस्मा १० प्रतिशत छुट, नि:शुल्क भेइकल चेकअप, धुलाई र कोलेन निःशुल्क दिइने छ । त्यसैले नजिकैको डिलरमा गएर गाडीको सर्भिसिङ र मर्मत गर्न कम्पनीले विज्ञप्ति मार्फत आग्रह अनुरोध गरेको छ ।