गाडी बिग्रेर टेन्सनमा हुनुहुन्छ? टेन्सन नलिनुस् अब एक कल मै आइपुग्छ मर्मत टोली

काठमाडौं । के तपाई गाडी बिग्रेर टेन्सनमा हुनुहुन्छ? टेन्सन नलिनुस् अब एक कलमै गाडी मर्मत टोली गाडी बिग्रेकै स्थानमा आइपुग्ने छन् । अग्नि ग्रुप प्रालिको आधिकारिक सर्भिस सेन्टर बालाजु अटोवक्स् प्रालिले हालै महिन्द्रा गाडीहरुको लागि मोबाइल सर्भिसको व्यवस्था प्रारम्भ गरेको छ । यो सेवा सँगै उपत्यका भित्र कुनै पनि स्थानमा महिन्द्राका गाडी बिग्रेको खण्डमा दक्ष प्राविधिक सहितको टोली गाडी बिग्रेको स्थानमा पुगी मर्मत गर्नेछन् । कम्पनीले आयोजना गरेको एक कार्यक्रममा अग्नि ग्रुपका अध्यक्ष क्याविनेट श्रेष्ठ, काणलकर चैतन्य (कन्ट्रि हेड महिन्द्रा एण्ड महिन्द्रा) तपश पट्टनाएक (कन्ट्री म्यानेजर महिन्द्रा एण्ड महिन्द्रा) ले मोबाइल भ्यान र मोबाइल सर्भिस बाइकको साँचो हस्तान्तरण गरी सेवाको शुरु गरेका थिए । बालाजू अटोवर्कले सञ्चालनमा ल्याएको मोबाइल सर्भिस सुविधा गाडी मर्मतगर्न चाहिने आवश्यक मेसिन तथा औजार जडान गरिएको छ । हालको लागि यो सेवा काठमाडौं उपत्यका भित्र लागु गरिएको छ भने भविष्यमा क्रमशः नेपाल अधिराज्य भरका प्रमुख सहरहरुबाट सेवा प्रदान गर्ने लक्ष्य कम्पनीले लिएको छ । बालाजु अटोवर्कका सर्भिस हेड शिब सुदन श्रेष्ठले बिक्री पछिको गुणस्तरीय एवं ग्राहकमुखी सेवा प्रदान गर्ने उद्देश्य सहित बालाजु अटोवर्कका दक्षप्राविधिकहरुले मोबाइल सर्भिस भ्यान/मोबाइल वाईक मार्फत् छिटो छरितो माध्यमबाट गुणस्तरीय सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको बताएका छन् ।

सुजुकी मोटरसाइकलको नयाँ शोरुम पोखरामा

काठमाडौं । नेपालका लागि आधिकारीक आयातकर्ता भिजी अटोमोवाइल्सको पोखरा क्षेत्रको लागि आधिकारीक विक्रेता हिमालय अटो वर्ल्डले पोखरामा नयाँ शोरुमको शुभारम्भ गरेको छ । उक्त शोरुमको उद्घाटन व्यवसायी तथा उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष विश्वशंकर पालिखेले गरेका हुन् । कार्यक्रममा पालिखेले सुजुकी मोटरसाइकल तथा स्कुटरको नयाँ तथा पुराना उपभोक्तालाई बिक्री तथा बिक्री पछिको सेवा छिटो छरितो हुनेमा आफु विश्वस्त रहेको बताएका छन् । उक्त उद्घाटन समारोहमा हिमालय अर्गनाइजेशनका अध्यक्ष ध्रुव थापाले सुजुकी ब्राण्ड विश्व विख्यात कम्पनी तथा जापानिज ब्राण्डको विश्वसनियता हेरेर यस व्यवसायलाई पोखरामा भित्र्याएको जानकारी गराए । हाल सुजुकी जिक्सर १५५, हयाते ११५, लेट्स ११५ तथा मोटो जिपि १५५ र एक्सिस १२५ सिसिका मोटरसाइकल तथा स्कुटरहरु उपलब्ध रहेका छन् । हाल बजारमा आएको १२५ सी सी सेग्मेन्टमा नेपालकै एक मात्र स्कुटर एक्सिस भएको कम्पनीले जनाएको छ । उक्त स्कुटरमा डिक्स ब्रेक, मेटल बडि, २२ लिटर बराबरको पेट्रोल क्षमता, क्रोम हेडलाइट, प्रोसस्पेन्सन सक साथै पाँच बर्ष सम्मको इन्जिन वारेन्टि सुविधा समेत रहेको जानकारी दिए । साथै, सम्पूर्ण नयाँ तथा पुराना उपभोक्तालाई बिक्री तथा बिक्री पछिको सेवा सरल सुलभ दरमा स्पेयर्स उपलब्ध गराउने कम्पनीको प्रतिवद्धता रहेको छ । कार्यक्रममा हिमालय अटो वर्ल्डकी प्रोप्राइटर मिलन थापाले प्रत्येक मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकहरुलाई ठाउँको ठाउँ फाइनाइन्स, एक्चेन्ज तथा विशेष छुटको सुविधा उपलब्ध गराउने बताएका छन् ।

जाडोमा मोटरसाइकल यात्रा गर्दै हुनुहुन्छ ? यसरी गर्नुस् सुरक्षित बाइक राइडिङ

काठमाडाैं । जाडो मौसममा चिसो हावा चल्ने भएकाले मोटरसाइकल चलाउदा विशेष ख्याल गर्नुपर्ने हुन्छ । सवारी गर्ने चालकले शरीरको साथै मोटरसाइकलको पनि निकै हेरचाह गर्नुपर्छ । जाडोमा हावाले पानी चाँडै सोस्ने भएकोले मोटरसाइकलमा धुलो जमेर बस्ने सम्भावना हुन्छ । कतिपय मानिस जाडोमा बाइकलाई सुरक्षित राख्न छोपेर राख्छन् । वा गर्मी मौसम कहिले आउला भन्दै पुरै सिजन पर्खाईमा बस्छन् । मोटरसाइकका साथै शरीरलाई पनि स्वस्थ राख्न निम्नानुसार बानी अपनाउनुपर्छ । बन्दोवस्तीका साथ निस्कनुस् गियर अप भएर निस्कनु भन्नाले आफूलाई बन्दोवस्तसहित हिड्नु भन्ने बुझिन्छ । जाडोमा बाइक चलाउदा पूर्णरुपमा गियर-अप हुनै निकै आवश्यक छ । फुल लेग, फुल स्लिभका साथ आफूलाई अन्डरआर्मरले ढाक्न सकिन्छ । यसको साथमा ही नेक वार्मर, फग फ्री फेसशील्ड हेल्मेट जस्ता सामान पनि प्याक गर्नुपर्छ । यसले जाडोबाट बचाउने मात्र नभई सुरक्षाको दृष्टिकोणले पनि यो निकै महत्वपूर्ण छ । रोक्दै-रोक्दै जाँउ लामो दुरीको यात्रामा लगातार बाइक कुदाउनु जोखिमपूर्ण हुन्छ । बीच-बीचमा बाइक रोक्ने गरौं । सार्वजनिक शौचालयमा रोकिन नबिर्सौं । जहाँ हात सुकाउनका लागि ह्याण्ड ड्रायर्स राखिएका हुन्छन् । यदी शरीर काप्न थाल्यो भने रोकिएर एकछिन टहलिनु उपयुक्त हुन्छ । सरसफाई जाडोमा बाइक कुदाएपछि सरसफाई गर्नु जरुरी हुन्छ । जाडोमा धुलोले गियरमा समस्या आउन सक्छ । चियाँ, कफि र नास्ता  लामो दुरीको यात्रामा भोक महसुस नगराउन चियाँ कफि र खाजा लिइरहनुपर्छ । चियाँ र कफीले शरीरलाई न्यानो राख्न मद्दत गर्छ । बाइक मोड बाइकका लागि अतिरिक्त खर्च निकालेर यसमा ग्रिप राख्न सकिन्छ । ग्लव्स, फुट वार्मर्स जस्ता वस्तुको प्रयोगले बाइक चलाउदा चिसोबाट जोगाउनका साथै सुरक्षित राख्न मद्दत पुर्‍याउछ । सडकमा सावधानी बाइक चलाउँदा सडकमा पनि ध्यानराख्नु उत्तिकै आवश्यक छ । जाडोमा ब्रेकिंङका लागि विशेष ध्यान राख्नुपर्छ । छिटो ब्रेक लगाउनु सुरक्षित बाइक राइडिङमा सहयोगी हुन्छ । टायर ठन्डीमा टायर निकै चिसो रहन्छन् । केहि समयसम्म एक्सिलेरेटर डाउन-अप गरेर मात्र यात्रा सुरु गर्नु उपयुक्त हुन्छ । टायर प्रेशर पनि चेकजाँच गरिरहनुपर्छ । अन्डरवेयर थर्मल अन्डरवेयरको प्रयोगले जाडोमा पनि यात्रा सहज बनाउन सकिन्छ । लामो अन्डरवेयर निकै आरामदायी हुन्छ ।