नयाँवर्षमा टिभिएस मोटर कम्पनीको अफर ‘सात छ हाम्रो’

काठमाडौँ । टिभिएस मोटर कम्पनीको नेपालभरिकै एकमात्र अधिकृत विक्रेता जगदम्बा मोटर्सले नयाँ वर्ष २०७६ को अवसरमा टिभिएस ‘सात छ हाम्रो’ ल्याउने भएको छ । नयाँ वर्षको सुनौलो सुरुवात र शुभकामना स्वरूप सो अफर ग्राहकहरुको माझ ल्याइएको कम्पनीले जनाएको छ । ‘साथ छ हाम्रो’अभियान टिभिएसले दुइ वर्ष अघि परिचित गराएको थियो, जसले टिभिएस आफ्नो ग्राहकहरुको लागि सेवा र सुविधाको लागि हरदम तत्पर रहने प्रतिबद्धता गरेको थियो । २०७५ चैत्र ११ गते देखि सुरु भएको उक्त अफरमा टिभिएसले आफ्नो हरेक मोटरसाइकल तथा स्कुटरको खरिदमा रु. ७,००० को श्योरशट नगद छुटको व्यवस्था गरेको छ । यस अफरले स्क्राच कुपनको झन्झट हटाई ग्राहकहरुको सहजताका लागि हरेक खरिदमा तोकिएको छुट पाइने व्यवस्था गरिएको हो । यही २०७६ वैशाख मसान्तसम्म लागु हुने उक्त अफरबाट लाभान्वित हुन कम्पनीले आग्रह गरेको छ । टिभिएसले आफ्नो सात भिन्नाभिन्नै सीसीका उत्पादनहरुमा ५ वर्षको वारेन्टी, अनस्पट फाइनान्स, अनस्पट एक्सचेन्ज, १ घन्टे एक्सप्रेस सेवा लगायतका अन्य सेवा दिंदै आएको छ ।

विभिन्न सात कलरमा फोर्डले भित्र्यायो नयाँ गाडी, मूल्य २५ लाख रुपैयाँ मात्र

काठमाडौं । फोर्डले २०१९ संस्करणको फोर्ड फिगो नामक नयाँ गाडी नेपाल बजारमा भित्र्याएको छ । कम्पनीले गाडीको मौलिक स्टायल, शक्तिशाली इन्जिन, मितव्ययी र आरामदायी यात्रालाई परिमार्जित गरी उक्त गाडी नेपाली बजारमा भित्र्याएको हो । बजारमा कम्पनीले उक्त नयाँ गाडीको मूल्य २४ लाख ९९ हजार रुपैयाँ तोकेको छ । न्यु इन्टिरियेर ब्राण्डको उक्त गाडीमा नयाँ शक्तिशाली इन्जिन र १२०० भन्दा बढी ठूलो सानो परिवर्तन, आकर्षक डिजाइन, अगाडी र पछाडीको भागमा परिमार्जन गरिएको कम्पनीले जनाएको छ । नयाँ फिगोमा १.२ लिटर पेट्रोल र १.५ लिटर डिजेल इन्जिनका साथ उत्कृष्ट ग्राउन्ड क्लियरेन्स र कनेक्टीभिटी र मनोरञ्जनका लागि ७ इन्च टचस्क्रीन रहेको छ । कम्पनीका अनुसार नयाँ फोर्ड फिगो गाडी दुई इन्जिन प्रकार र चार मोडल तथा सात रङ्गहरुमा उपलब्ध रहेका छन् । उक्त गाडीले ग्राहकहरुलाई अझ बढी सन्तुष्टि प्रदान गर्ने कम्पनीको विश्वास रहेको छ ।

रनर मोटर्सको २०० सिसीको हक मोटरसाइकल नेपाली बजारमा

काठमाडौँ । बंगलादेशको प्रतिष्ठित मोटरसाइकल उत्पादक कम्पनी रनर अटोमोबिल्स् लिमिटेडको नेपालका लागि आधिकारिक विक्रेता रमन मोटर्स प्रालिले रनर हक २०० सिसिको डर्ट मोटरसाइकल नेपाली बजारमा भित्राएको छ । १ सय ९८ दशमलव ३ सिसी इञ्जिन रहेको मोटरसाइकलले ७५०० आरपिएममा १२ दशमलव ७ हर्स पावर र ५५०० आरपिएममा १४ दशमलव ५ एनएमको टर्क निकाल्ने कम्पनीको जनाएको छ । यो मोटरसाइकल अफरोडमा चलाउन अत्यन्तै भरपर्दो र सजिलो रहेको कम्पनीको भनाई छ । नेपालको भूभाग सुहाउँदो डर्ट मोटरसाइकल रमन मोटर्सले विगत तीन महिनादेखि नेपालका विभिन्न क्षेत्रका अफ्ठ्यारोे र समथल भूभागमा परीक्षण गर्दा उत्कृष्ट नतिजा पाइएको कम्पनीको भनाई छ । रमन मोटर्सका देशैभर रहेका २२ वटा डिलरमार्फत एकैसाथ बिक्री गर्ने योजनाका साथ सर्विस र स्पेयर्स पार्टस्को सम्पूर्ण तयारी पूरा भएको रमन मोटर्सका जनरल म्यानेजर विनोद थापाले बताए । रमन मोटर्सका विजनेस डेभलपमेन्ट हेड सन्तोष न्यौपानेले हाइ ग्राउण्ड क्लियरेन्स् हुनुका साथै आरामदायी सिट भएको हक मोटरसाइकल सजिलै पहाडी तथा कठिन बाटोमा पनि सहजै कन्ट्रोल गर्न सकिने खालको भएको बताए । हाल २०० सिसीको रनर हक रातो रङ्गमा उपलब्ध भएपनि निकट भविष्यमा अन्य रङ्गमा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ । रमन मोटर्सले यो मोटरसाइकल ३ लाख ९९ हजार रुपैयाँमा विक्री वितरण सुरू गरेको छ । बंलादेशको प्रतिष्ठित मोटरसाइकल कम्पनी रमन मोटर्सले नेपालमा रनर कम्पनीका विभिन्न २०० सिसी सम्मका बाइकहरु विक्रि वितरण गर्दै आएको छ ।