सुजुकी फोर व्हीलरको तेश्रो पुस्ताको नयाँ वागेन आर सार्वजनिक
काठमाडौँ । नारायणी अटो बिजिनेस बालकुमारीमा सुजुकी फोर व्हीलरको तेश्रो पुस्ताको नयाँ वागेन आर सार्वजनिक गरिएको छ । नयाँ ठूलो वागन आरको बोल्ड डिजाइनले ग्राहकलाई सहजै प्रभावित पार्नेछ । नयाँ वागन आरमा बलियो, आकर्षक वस्नको लागि धेरै ठाउँ, स्मार्ट प्ले स्टुडियो र प्लाट फर्म जस्ता विशेषताहरु भएको नारायणी अटो बिजिनेस बालकुमारीका प्रबन्ध निर्देशक अनुप बरालले बताए । १.० एल तथा नयाँ ठूलो वागन आरमा शक्तिशाली १.२ एलको इञ्जिन रहेको छ । यसले २१.५ किमि प्रतिलिटर तथा २२.५ किमि प्रतिलिटर यात्रा गर्न सकिन्छ । नेपाली बजारमा १.२ भीएक्सआई को २४ लाख ९९ हजार, १.२ भीएक्सआईको २६ लाख ९९ हजार र १.२ जेडएक्सआई २७ लाख ९९ हजार रहेको छ । नारायणी अटो बिजिनेश सीजी मोटोकर्प ललितपुरको आधिकारिक बिक्रेता हो ।
बल्की डिजाइनमा विल्कुलै नयाँ स्कुटर ‘बर्गम्यान स्ट्रीट’, यस्ता छन् विशेेषता (भिडियाे सहित)
काठमाडौं । १२५ सीसी सेग्मेन्टका स्कुटरहरुको राजा मानिएको सुजुकी एक्सेसले बजारमा आधिपत्य जमाइरहेका वेला यसलाई टक्कर दिनेगरी अन्य स्कुटरहरु पनि बजारमा आउन थाले । यस्तो अवस्थामा सुजुकीले पनि प्रतिक्रिया दिन आवश्यक थियो । फलस्वरुप यसले बल्की डिजाइनमा विल्कुलै नयाँ स्कुटर-बर्गम्यान स्ट्रीट नेपाली बजारमा ल्याएको हो । जिक्सर र इन्ट्रुडरलाई जसरी नै बर्गम्यान स्ट्रीटलाई पनि सुजुकीले अन्तर्राष्ट्रिय बजारमा पाइने मोडल भन्दा कमसीसीको इन्जिन लगाएर नेपाल र भारत लगायतका देशहरुमा लिएर आएको हो । सुजुकीले यस स्कुटरलाई म्याक्सी स्कुटरका रुपमा पहिलो पटक नेपाली बजारमा भित्र्याएको हो । म्याक्सी स्कुटर भन्नाले टुरिङ स्कुटरलाई जनाइन्छ । जसको आकार ठूलो हुनुका साथै पावरफुल इन्जिन समेत रहेको हुन्छ । म्याक्सी स्कुटरको मुख्य उद्देश्य भनेकै चालकलाई सजिलो अर्थात आरामदायी प्रदान गर्नु हो । नेपाली बजारमा पहिलो पल्ट आएको यस किसिमको स्कुटरले बजारमा फड्को मार्ने कम्पनीले दावी गरेको छ । यस स्कुटरको डिजाइन सामान्य स्कुटरको तुलनामा ठूलो देखिने र सडक उपस्थिति राम्रो रहेको छ । त्यस्तै, चौडा एप्रोन, ठूलो वाइन्डस्क्रिन, लामो र चौडा सीट जस्ता विशेषता रहेको छ । त्यसैगरी यसको आरामदायक राईडिङ स्थितीले यसलाई म्याक्सी स्कुटर बनाउनमा मद्दत पुर्याएको छ । यसमा जडान गरिएको फुल एलईडी हेडलाइटको चमक मोटरसाइकलको जस्तै रहेको छ । एलईडी टेल लाईट र दुबै साइडमा जडान गरिएको स्टाइलिस पोजिसन लाइटहरूले यस स्कुटरलाई अन्यको तुलनामा यूनिक बनाएको छ । त्यस्तै, एप्रोनको बीच भाग लगायत अन्य विभिन्न ठाउँहरुमा जडित क्रोमले यस स्कुटरलाई स्ट्याण्डर्ड लुक्स् दिएको छ । यसमा फुल्ली डिजिटल कन्सोल, स्पीडोमिटर, ओडोमिटर, ट्रीपमिटर, क्लक र त्यसैगरी फ्युलगेज लगायतका कुराहरु समावेस गरिएको छ । बल्की एक्जस्टका कारण स्पोर्टी लुक्स प्राप्त गरेको यो स्कुटरलाई यसको एल्युमिनियम फुटपेग्स्, रियर बडी ग्रयाब रेल र एलईडी डीआरएलले थप आकर्षक बनाएको छ । यस स्कुटरको अगाडिको भागमा २ ओटा स्टोरेज पकेटहरु रहेका छन् । दाहिने तर्फको पकेटमा १ लिटर सम्मको वाटर बोतल र त्यसैगरी देव्रेतर्फको पकेटमा पर्स, मोवाइल, पन्जा लगायतका सामाग्रीहरु राख्न सकिन्छ । यसै पकेट भित्र चार्जिङ सकेटको पनि व्यवस्था गरिएको हुनाले स्कुटर कुदाउँदै मोवाइल चार्ज समेत गर्न सकिन्छ । यस स्कुटरको अण्डर सीट क्यापासीटी २१.५ लिटर रहेको छ जसमा फुल साइज हेलमेट पनि सजिलै अट्न सक्छ । ठूलो स्पेस बनाइए तापनि यहाँ बुट लाइटको व्यवस्था भने गरिएको छैन । यस स्कुटरका टायरहरू ट्युवलेस रहेका छन् । जसले यात्रा गर्दा टायरको कारण पाइने झन्झटबाट भने मुक्त बनाउँछ । त्यसैगरी स्कुटरमा कम्बाइन्ड ब्रेकिङ सिस्टम रहेको छ जसले स्कुटरको ब्रेकिङलाई थप सुरक्षित बनाएकाे कम्पनीले जनाएको छ । स्कुटरमा १२४ सीसीको इन्जिन रहेको छ जसले ८.५ बीएचपीको पावर र त्यसैगरी १०.२ एनएमको टर्क प्रदान गर्दछ । तर बर्गम्यानको इन्जिन एक्सेसकोे तुलनामा अलि बढि रिफाइन्ड गरिएको हुन्छ । ५.६ लिटर पेट्रोल अटाउने क्षमता भएको यस स्कुटरले प्रतिलिटर ५५ किलोमिटरको माइलेज दिने कम्पनीको दावी रहेको छ । अगाडिको भागमा १२ इन्चको र त्यसैगरी पछाडिको भागमा १० इन्चको एलाेए व्हील लगाइएको यस स्कुटरको सीट हाइट ७८० मिलिमिटर रहेको छ । त्यसैगरी, ग्राउन्ड क्लियरेन्स भने १६० मिलिमिटर रहेको छ । नेपाली बजारमा हाल यो स्कुटर दुई लाख २९ हजार ९०० रुपैयाँमा विभिन्न तीन रङ (ब्ल्याक, ह्वाइट र ग्रे) मा उपलब्ध छ । आकर्षक विशेषता रहेको यस स्कुटरमा पार्किङ ब्रेक, पास बाइ स्वीच र इन्जिन किल स्वीच चाहिँ समावेस गरिएको छैन । यदि यी कुराहरु पनि समावेस गरिएको थियो भने अझ सुनमा सुगन्ध थपिने थियो । भिडियो हेर्न तलको फोटोमो क्लिक गर्नुहोस्ः
हिरोको फेमिली स्कुटर ‘डेस्टिनी १२५’ सार्वजनिक, बैशाख ४ गतेदेखि बिक्री शुरु
काठमाडौँ । हिरो मोटरकर्प लिमिटेडले आईथ्रीएस प्रविधि सहितको फेमिली स्कुटर डेस्टिनी १२५ मंगलबार सार्वजनिक गरेको छ । भारतमा बिक्री शुरु गरेको केही महिना मै नेपालमा यो स्कुटरको बिक्री शुरु भएको हो । बिक्री शुभारम्भ समारोहमा हिरो मोटरकर्प ग्लोबल बिजनेश स्ट्राटजी पर्फमेन्स प्रमुख रजत भार्गभले नेपालमा बिक्री गर्न शुभारम्भ गर्न पाउँदा खुशी लागेको बताउँदै डेस्टिनशी १२५ को भविश्य उज्वल रहने बताए । बाहिरबाटै इन्धन भर्ने प्रणाली, रिमोटबाट साँचो खोलिने, मोबाइल चार्ज गर्न मिल्ने र बुट लाइट यसका विशेषता हुन् । स्कुटरमा भएको टेलिस्कोपिक सस्पेन्सन र एकीकृत ब्रेकिङ प्रणालीले आरामदायी यात्राको अनुभूति दिलाउने कम्पनीले जनाएको छ । डेस्टिनी १२५ को भ्याट सहितको मूल्य २ लाख ६ हजार कायम गरिएको कम्पनीले जनाएको छ । यो स्टाइलिस नयाँ स्कुटर बैशाख ४ गतेदेखि देशभर रहेका हिरो मोटरसाइकलका शो रुमहरुमा उपलब्ध हुनेछन् ।