टाटा मोटर्सको सोरुममा पुस २१ गतेदेखि ‘जनावरी फेष्ट’ संचालन हुँदै

काठमाडौं । टाटा मोटर्स र नेपालका लागी अधिकारिक बिक्रेता, सिप्रदी ट्रेडीङ्ग प्रा.लि. ले नयाँ बर्षको उपलक्ष्यमा ‘जनावरी फेष्ट’ कार्यक्रम संचालन गर्ने भएको छ । उक्त कार्यक्रममा टाटा मोटर्सको थापाथली स्थीत अत्याधुनीक सोरुममा पुस २१ गते देखि २३ गते सम्म संचालन हुने छ । उक्त अवसरमा ग्राहक महानुभावहरुले टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु जेष्ट, टियागो, हेक्सा, स्ट्रोम लगाएतको गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न र जुनसुकै ब्राण्डका गाडीहरु एक्स्चेञ्ज गर्न सकिने कम्पनीले जनाएको छ । कार्यक्रमको विशेष आर्कषण गाडीको अवलोकनको साथ साथै इन्सुरेन्सको सुविधा, अन द स्पट फाइनान्सको सुविधा, म्याजिक सो, मनोरञ्जनात्मक नृत्यहरु तथा फुडहरुको मज्जा लिन सकिने कम्पनीले जनाएको छ । उक्त अवधिभर बुकिङ्ग गर्ने ग्राहकहरुलाई आर्कषक उपहारको पनि व्यवस्था गरिएको कम्पनीको भनाइ छ । बिहान १० बजे देखि बेलुकी ६ बजे सम्म चल्ने कार्यक्रममा ग्राहकहरुको उल्लेख्य सहभागिता रहनेमा पनि कम्पनी विस्वस्त रहेको विज्ञप्तीमा उल्लेख छ ।

टाटा नेक्सनले पायो ‘सवकम्प्याक्ट एसयूवी’ अवार्ड

काठमाडौं । टाटा नेक्सनले एनडीटीभी कार तथा बाइक अवार्डस् २०१८को उत्कृष्ट ‘सवकम्प्याक्ट एसयूवी’ अवार्ड पाएको छ । यस वर्ष टाटा मोटर्सबाट सबैभन्दा महत्वपूर्ण प्रक्षेपण रहेको नेक्सन भारतमा निमार्ण गरिएको सव-४ मिटर एसयूवी स्पेस क्षेत्रमा लन्च हुने पहिलो मोडेल रहेको छ । टाटा मोटर्सको प्रभावशाली डिजाइन दर्शनमा आधारित चौथो उत्पादन टाटा नेक्सनलाई टाटा मोटर्सले २१ सेप्टेम्बर, २०१७मा भारतमा लन्च गरेको थियो । टाटा नेक्सनमा रहेका केहि भागका डिजाइनहरु ल्याण्ड रोभर मोडेलहरु, विशेष गरी रेञ्ज रोभर इभोकबाट प्रेरित रहेको छ । कर्भ डिजाइन, पृथक स्टाईल र स्मार्ट फिचरहरुका साथ नेक्सनले कम्प्याक्ट एसयूवी स्पेशको वर्गमा नयाँ आयाम ल्याएको छ । स्टाईलिङ्ग डुअल कलर विकल्पमा उपलब्ध यस कारमा भएका केहि नवीन र चाख लाग्दो स्टाईल तत्वहरुले यस कारको लक्स्र शोभा अझ बढाएको छ । प्रोजेक्टर हेडल्याम्पस्, एलइडी डे टाइम हेडल्याम्प र एलइडी टेलल्याम्प तथा १६ ईन्च एलोय व्हील जस्ता यस कारका महत्वपूर्ण विशेषताहरु हुन् । कारको क्याबिनमा रहेको उच्चस्तरीय इन्टेरिएर, उत्कृष्ट फिट र फिनिसका साथै सर्वोत्कृष्ट ड्यासबोर्डले यस कारलाई थप आकर्षित बनाएको छ । यस कारको दुई मुख्य विशेषता भनेकै यसमा रहेको ड्यास टप एच्डी इन्फोटेन्मेन्ट डिस्प्ले र मल्टी-ड्राईभिङ्ग मोड सिस्टम रहेको छ । टाटा मोटर्सले टाटा नेक्सनलाई नेपाली बजारमा चाँडै लन्च गर्ने लक्ष्य लिएको छ ।

बंगलादेशी रनर बाइक नेपालगञ्जमा पनि

काठमाडौं । बंगलादेशमा उत्पादित रनर ब्राण्डका मोटरसाइकल र स्कुटर अब नेपालगञ्जमा आइपुगेको छ । नेपालका लागि आधिकारीका बिक्रेता रमण मोटर्स प्रा.लिले राजधानीमा मोटरसाईकलको बिक्री खुला गरेलगत्तै नेपालगञ्जका लागि डिलर लक्ष्मी ट्रेड लिंकले आफ्नो शोरुम को उद्घाटन गरेको हो । नेपालगजं उप महानगरपालिकाका मेयर डा. धवलसमशेर राण ले शोरुम उद्घाटन गर्दै सफलता को शुभकामना दिएका छन । कार्यक्रमा नेपालगजं उद्योग वाणिज्य संघका अध्यक्ष्य नन्दलाल बयस्य, मिडियाकर्मी, बैंक तथा वित्तिय संस्था, अटोमोबाइल क्षेत्रका प्रतिनिधिको उपस्थिती थियो । नेपालमा पहिलो पटक छ बर्ष वारेन्टी का साथ प्रस्तुत रनर ब्रण्डका ८०, १००, ११०, १२५, १५० सीसीका बाइक र ११० सीसीको गियर जडित क्लज रहित स्कुट रहेका छन् ।