मिस नेपाल २०१९ का प्रतियोगी यामाहा फ्यासिनो स्कुटरमा सवार, विशेष कार्यक्रममा सहभागी
काठमाडौँ । यामाहा मोटरसाइकल र स्कुटको आधिकारिक वितरण मोरङ अटो वक्र्स इन्टरप्राइजेजले मिस नेपाल २०१९ का प्रतियोगीहरुका साथ बुधबार एक विशेष कार्यक्रम आयोजना गरेको छ । यामाहा फ्यासिनो मिस नेपाल २०१९ को टाइटल स्पोन्सरको रुपमा रहेको छ । मिस नेपालको ग्राण्ड फिनालेको अवसरमा एक जना प्रतियोगीलाई यामाहा फेस अफ फ्यासिनो उपाधिबाट विभुषित गरिने बताइएको छ । बुधबारको विशेष कार्यक्रममा यामाहाको शोरुमबाट शुरु भई ट्राफिक कार्यालय बग्गीखानामा पुगेर समापन भएको थियो । सो कार्यक्रममा प्रतियोगिताका २५ प्रतियोगी फ्यासिनो स्कुटरमा सवार रहेका थिए । यसैक्रममा ट्राफिक मुख्यालयमा भएको ट्राफिक सुरक्षा र यसका नियमहरु सम्बन्धी गोष्ठीमा २५ प्रतियोगी सहभागी भई जानकारी हासिल गरेका थिए ।
अर्घाखाँचीमा एचएच बजाजको नयाँ शोरुम
काठमाडौँ । एचएच बजाजले अर्घाखाँचीको ‘बस्याल ब्रदर्स अटोलिङ्क प्रालि’ मा नयाँ शोरुम संचालनमा ल्याएको छ । नयाँ शोरुम शुभारम्भ गर्दै नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रालिका एक्जुकेटिभ डाइरेक्टर अभिमन्यू गोल्छाले ग्राहकहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु आफूहरुको जिम्मेवारी भएको बताए । अर्घाखाँचीमा नयाँ सोरुम विस्तारसँगै ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्ने उनले बताए ।
बारामा एचएच बजाजको नयाँ शोरुम
काठमाडौँ । एचएच बजाजले बाराको कलैयामा गुप्ता मोटर्समा पूर्ण सुविधा सहितको नयाँ शोरुम संचालनमा ल्याएको छ । नयाँ शोरुमले बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका ग्राहकहरुलाई सहज बनाउने कम्पनीले जनाएको छ । एचएच बजाजले देशभरका ग्राहकहरुलाई गुणस्तरीय र छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको पनि जनाएको छ । नयाँ शोरुम शुभारम्भ गर्दै एचएच बजाजका जेनेरल म्यानेजर योगेन गुरुङले भने-‘हामी बाराको कलैयामा नयाँ शोरुम संचालन भएको घोषणा गर्दा निकै खुशी छौं । ग्राहकहरुको बढ्दो मागका कारण नयाँ शोरुम संचालन गर्न उत्साहित बनाएको हो । यो विस्तारसँगै बाराका ग्राहकहरु विभिन्न माध्यमबाट लाभान्वित हुनेछन् ।”