बुटबलमा ३०० सिसिकोे मोजो बाइकको बिक्री शुरु

बुटबल । महिन्द्रा ग्रुप अन्तर्गतको महिन्द्रा टु ह्विलर्सका आधिकारीक वितरक अग्नि ग्रुप अन्तर्गत अग्निमोटो इन्कले बुटबलमा मोजो बाइकको बिक्री शुरु गरेको छ । कम्पनीले आफ्नो आधिकारीक विक्रेता श्री पाल्पा भैरब अटोसेन्टरमाफर्त ३०० सिसिको मोजो बाइकको बिक्री शुरु गरेको हो । महिन्द्राको मोजोले अब बुटबलमा पनि आफ्नो उच्च क्षमता, स्टाइल तथा गुणस्तरीयता प्रदर्शन गर्ने विश्वास लिइएको छ । साहसिक, मजेदार प्रीडेटर स्टाइलिङ्ग सहितका मस्कुलाइन डिएनए भएको महिन्द्रा मोजोमा लिक्यिडकुल ३०० सिसि इन्जिन रहेको छ । इएफआई सिलिन्डर इन्जिनजसले २७ बीएचपीको उच्चतम क्षमता तथा ३० एनएमको टर्ग क्षमता प्रस्तुतगर्दछ । मोजोमा उच्च टरसिनल रिजिडिटि भएको ट्वीन ट्यूब फ्रेम, इन्भर्टेड फ्रन्ट फोर्क, रिजिड ट्रिपल क्ल्याम्प् माउन्टिङ, हाई प्रेसर ग्यास-चार्ज भएको अफसेट रियर मोनो शक्स र सेपरेटर फ्लोटिङ्ग पिस्टन रहेको छ । अन्तर्राष्ट्रिय साझेदारीका साथ निर्माण गरिएको यो बाइले बाइक पारखीहरुलाई उच्चतम अनुभव प्रदान गर्ने छ ।

जगदम्बा मोटर्सको एक्टिभेसन अभियान भोलिसम्म, सहभागी आकर्षक गिफ्ट ह्याम्पर जित्न सक्ने

काठमाडौं । जगदम्बा मोटर्स, टिभिएस स्कूटर र मोटरसाइकलका नेपालका लागि एक मात्र आधिकारिक बितरकले टिभिएस जुपिटर क्लासिकको लागि एक्टिभेसन कार्यक्रम शुरु गरेको छ । यो एक्टिभेसन कार्यक्रम यहि माघ २६ देखि फागुन १ गतेसम्म विभिन्न सपिङ्गमलहरुमा आयोजना भइरहेको छ । एक्टिभेसन कार्यक्रम यस अघि नै बिजी मलमा माघ २६ गते र सिटी सेन्टरमा माघ २७ र २८ गते आयोजना गरियो । यसैगरि, सहभागीहरुले लाबीम मलमा यहि माघ २९ र फागुन १ गते सहभागी हुन र क्लासिक स्टाईलको बारेमा आफ्ना अनुभव सुनाउन सक्ने कम्पनीले जनाएको छ । सहभागीहरुले सो मल भ्रमण गरेर क्लासिकसँगको आफ्नो सम्बन्ध क्लासिक फोटोसुटका साथमा दर्शाउन सक्नेछन् र आकर्षक गिफ्ट ह्याम्पर जित्न सक्नेछन् । खिचिएको फोटो पश्चात जगदम्बा मोटस– टिभिएसको फेसबुक पेजमा अपलोड गरिने छ र सर्वाधिक लाइक पाउने फोटोले सिंङ्ग ब्याग तथा वालेट फागुन ८ गते सम्ममा प्राप्त गर्नेछन् ।

रेनोको वाउ अफर अाजबाट शुरु, ८.९९ प्रतिशत व्याजमा नै कार पाइने

काठमाडौं । रेनोको लागि नेपालको आधिकारीक बितरक एड्भान्स अटो मोवाइल प्रालिले ‘रेनो वाउ अफर’ ल्याएको छ । यस अफरमा रेनोले आफ्नो उत्कृष्ट कार बिक्रीमा ‘रेनोमा दम छ, इन्ट्रेस्ट कम छ’ भन्ने ट्यागलाइन तय गरेको छ । यो योजना आज (माघ २४) गतेबाट सुरु भएको छ । अब उपभोक्ताले रेनोको उत्कृष्ट र आर्कषक कारहरु सर्वसुलभ व्याजदरमा खरिद गर्न पाउने छन् । त्यसको लागि कम्पनीले ८.९९ प्रतिशत व्याजदरमा फाइनान्स गर्ने व्यवस्था मिलाएको छ । यस अफर योजनामा व्याजदरको अलावा २ बर्षसम्म फ्रि सर्भिसिङ, एक बर्षको सडक कर, सहज फाइनान्सीङ र आर्कषक नगद छुटको व्यवस्था रहेको छ । साथै कम्पनीले गाडीमा ५ बर्षको वारेन्टि समेत दिएको छ । यो अफर नेपालभर रहेका रेनो शोरुमहरुबाट ग्राहकले लिन सक्ने छन् । यस अफरले निकै सस्तो ब्याजदरमा ग्राहकले रेनोका उत्कृष्ट र आर्कषक कारहरु खरिदगर्न सक्ने छन् । रेनोका बिभिन्न मोडलमा आएका आर्कषक र लग्जरी कारहरुले उत्कृष्ट परफरमेन्स दिने छन् । हाल नेपालमा रोनेका ५ मोडलका कारहरु बिक्री वित्तरण दुँदै आइरहेका छन् । जस्मा डस्टर, लोड्जी, क्विड १.० लिटर एटिएम, क्विड ०.८ लिटर र क्विड १.० लिटर रहेका छन् । ग्राहकले आफ्नो इच्छा लागेको मोडल मनपर्ने कलरमा छनोट गर्न सक्ने छन् ।