रेनोले वैशाख २१ गतेसम्म एक्सचेन्ज क्याम्प गर्दै, पुराना गाडी साट्न पाइने

काठमाडौं । नेपालमा रेनोको आधिकारिक वितरक, एडभान्स अटोमोबाईल प्रा.लि ले ‘‘पुरानो छोडाैँ नयाँ गुडाऔँ’’ भन्ने ट्याग लाईनका साथ रेनो एक्सचेन्ज क्याम्प आयोजना गरेको छ । कम्पनीले सोमबारदेखि यही बिहीबारसम्म पोखरामा र बुधबारदेखि यही शनिबारसम्म भैरहवामा आयोजना गर्न लागेकाे हाे । यस मेगा अफरमा अटोमोबाइल ग्राहकहरुले पुरानो गाडी रेनो ब्राण्डको नयाँ गाडीसँग एक्सचेन्ज गर्न सक्नेछन् । एडभान्स अटोमोबाईलले ग्राहकलाई तुरुन्त मुल्यांकन र एक्सचेन्ज, २ वर्ष सम्मको लागी फ्रि सर्भिसिङ्ग, निशुल्क एसोसोरिज, एक आर्थिक वर्ष भरीका लागि सडक कर फ्रि, इजी फाइनान्स सुबिधा लगायत सेवा उपलब्ध गराएको छ । ग्राहकहरुले प्रत्येक टेस्ट ड्राइभमा आकर्षक उपहारहरु जित्न सक्नेछन् । रेनो एक्सचेन्ज क्याम्पले ग्राहकहरुलाई एक्सचेन्जको माध्यमबाट नयाँ पुस्ताका कारहरुको बारेमा जानकारी दिनुका साथै उत्कृष्ट ड्राइभिङको आनन्द प्रदान गर्ने आयोजकले बताएका छन् ।

बैशाख २२ देखि २८ गतेसम्म ‘फ्रि ससाङ योङ सर्भिस क्याम्प’, लुब्रिकेन्टसमा १५ प्रतिशत छुट

काठमाडौँ । ससाङ योङ मोटर्सका लागि नेपालको एकमात्र आधिकारिक बिक्रेता आईएमएस मोटर्सले ‘फ्रि ससाङ योङ सर्भिस क्याम्प’ विशेष अफर सञ्चालन गरेको छ । क्याम्पमा फ्रि सर्भिसिङ, फ्रि हेल्थ चेकअप र इन्स्पेक्सन, लुब्रिकेन्टसमा १५ प्रतिशत छुट, गाडीको जेनुयन पार्टसमा १५ प्रतिशत छुट र आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने छ । बैशाख २२ गतेदेखि बैशाख २८ गते सम्म मोटो इन्जिनियरिङ प्रालि नयाँ बजारमा काठमाडौँमा यो क्याम्पस सञ्चालन हुने कम्पनीले जनाएको छ ।

इनरुवामा यामाहाको नयाँ शोरुम, ‘थ्री एस’ सहित एक्सचेन्ज र फाइनान्सको सुविधा पाइने

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले मंगलबारबाट सुनसरीको इनरुवामा नयाँ डिलर शुरु गरेको छ । एमएडब्लुले पाथीभरा इन्टरप्राइजेजमार्फत यस क्षेत्रका ग्राहकलाई ‘थ्रि एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्)को सुविधा शुरु गरेको हो । इनरुवा र आसपासको क्षेत्रमा बढ्दै गएको यामाहा मोटरसाइकल र स्कुटरको मागलाई ध्यानमा राखेर नयाँ डिलरसिप शुरु गरेको इन्टरप्राइजेजले जनाएको छ । नयाँ शोरुमको उद्घाटन प्रमुख अतिथि इनरुवा नगरपालिकाका मेयर राजन मेहताले गरेका थिए । पाथीभरा इन्टरप्राइजेजबाट ग्राहकले यामाहाका मोटरसाइकल र स्कुटरहरुको ‘थ्री एस’ सहित एक्सचेन्ज र फाइनान्सको पनि सुविधा पाउनेछन् । पाथीभरा इन्टरप्राइजेजका अमरेन्द्रकुमार मेहताले भने ‘यहाँ रहेका हाई-टेक वर्कसप, तालिम प्राप्त र दक्ष टेक्निसियनबाट ग्राहकले आफ्नो मोटरसाइकलको गुणस्तरीय सर्भिसिङ गर्न पाउनेछन् ।’ यामाहाले नेपाली बजारमा विभिन्न भेरियेन्टका मोटरसाइकल र स्कुटर विक्री गर्दै आएको छ । स्कुटरमा यामाहाको फेसिनो, रे जेडआर, रेजी र अल्फा गरी चार मोडेल छन् भने मोटरसाइकलमा आर३, एफजी२५, फेजर२५, आर१५, एफजेड-एस एफआई, एसजीआरआर र सलुटो उपलब्ध छन् । यामाहाले भर्खरै मात्र एफजीएस एफआई भी३.० सार्वजनिक गरेको थियो ।