महिन्द्राको नमुना वर्कसप हेटौडामा, अत्याधुनिक सेवा सुविधा दिने 

काठमाडौं । महिन्द्रा एण्ड महिन्द्रा कम्पनीले हेटौडामा एउटा नमुना वर्कसपको निर्माण गरि सञ्चालनमा ल्याएको छ । उक्त वर्कसप साना र ठुला गाडीहरुका लागी उपयुक्त हुने छ ।   दुगड़ ब्रदर्श एण्ड सन्स सँगको २५ बर्ष भन्दा बढीको विश्वासीलो साथ र सहकार्यमा अगाडी बढेको महिन्द्राको सोही वर्कसपको उद्घाटन सञ्जय जादव (हेड अफ इन्टरनेशनल अपरेसन साउथ एसीया महिन्द्रा एण्ड महिन्द्रा लि.) , विवेक दुगड़ (प्रवन्ध निर्देशक दुगड़ ब्रदर्श एण्ड सन्स) र चैतन्यका गलकार (कन्ट्री हेड नेपाल, भुटान महिन्द्रा एण्ड महिन्द्रालि.) ले संयुक्त रुपमा गरेका छन् । ग्राहकहरुलाइ थप गुणस्तरीय सेवा सुबिधा दिने कम्पनीको योजनाअन्तर्गत नै सो वर्कसपको निर्माण गरीएको हो । सोही वर्कसप ६८०० वर्ग फिट क्षेत्रफलमा फैलिएको छ । जँहा सात वटा सर्वीस वे सहीत ६०० बर्ग फीट क्षेत्रफल पार्कीङ्गका लागी, ३०५० बर्ग फीट गाडीहरु वासीङ्गका लागी, अत्याधुनीक उपकरणका साथ छीटो र गुणस्तरीय सेवा प्रदान गर्ने भएको छ । आधुनिक मर्मत कार्यलाइ प्राथमिकता दिँदै यस वर्कसपमा ग्राहाकहरुका लागी ठुलो लाउन्ज, ड्राइभर रीटाइरीङ्ग लाउन्ज र लकरको पनि व्यवस्था रहेको कम्पनीले जनाएको छ ।हाल महिन्द्रको २० वटा शाखा कार्यालय, २८ सर्वीस सेन्टर रहेका छन् । यसका साथै, कम्पनी थप अझ अरु महिन्द्रका सेवा सुविधाका संरचना निर्माणका लागी लागी परेको बताएको छ ।

आइएमइ मोटर्सद्धारा अशोक लेलैण्डका थप २० थान सिटी बस खरिद

काठमाडौं । आइएमइ ग्रुप अन्तर्गतको आइएमइ मोटर्स प्रालिले नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको लोकप्रिय अशोक लेलैण्डका थप २० थान सिटी बस खरिद गरेको छ । कम्पनीले सो मात्राको बस खरिद गर्ने सम्बन्धमा साझा यातायातसँग सम्झौता गरेको छ । बिहीबार सम्पन्न उक्त सम्झौतामा साझा यातायातका तर्फबाट निमित्त कार्यकारी प्रमुख महेन्द्रराज पाण्डे र आइएमइ मोटर्सकातर्फबाट प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटीबीच सम्झौता पत्र आदान–प्रदान भएको थियो । सो अवसरमा अशोक लेलैण्ड, इन्डियाका प्रतिनिधिकन्ट्री मेनेजर टोनीगुइन पनि उपस्थित थिए । भारतको चेन्नई स्थित अशोक लेलैण्डले साझा यातायातले खोलेको टेन्डर प्राप्त गरी नेपालमा सिटी बस सप्लाइ गर्ने भएको छ । अशोक लेलैण्ड भारतको नं. १ बस बनाउने कम्पनीमध्ये एक हो । भारतका साथसाथै अशोक लेलैण्डको बाहुल्यता श्रीलंका र बंगलादेशमा पनि राम्रो उपस्थितिका साथ रहेको छ । अशोक लेलैण्डका बसहरु वातावरण मैत्री तथा अपाङ्ग मैत्री रहनेछन् । कार्यक्रममा आइएमइ मोटर्सका प्रमुख कार्यकारी अधिकृत शिवाकोटीले भने “अशोक लेलैण्डका सिटी बसहरु नेपाली बाटोमा अरब्यान ट्रन्सपोर्टको कोशेढुङ्गा साबित हुनेछन् । साझा यातायातद्वारा आयात गरिने बसहरु काठमाडौँ महानगरपालिका भित्र सञ्चालन गरिनेछन् जसका कारण निजि सवारी साधन प्रयोग घट्ने र ट्राफिक समस्या कम हुने छ” । साथै उनले उक्त गाडीहरु काठमाडौं भित्रिएपश्चात् अफिस टाइममा हुने जामको समस्या पनि कम हुनेछ र सिट नपाएर दुःख भोग्दै, उभिएर अफिस जानुपर्ने समस्या हट्ने बताएका छन् । अशोक लेलैण्डको नेपालका लागि अधिकारिक बिके्रता आइएमइ मोटर्सले उक्त गाडीहरुका लागि चाहिने सर्भिस र स्पेयर पार्टस् सप्लाइ पनि पर्याप्त मात्रामा गर्ने प्रतिबद्वता जनाएको छ ।

वीरगञ्जमा महिन्द्रा गाडीको लागि प्रि डेलिभरी इन्स्पेक्शन सेन्टर खुल्यो

काठमाडौं । अग्नि ग्रुपले वीरगञ्जमा पिडिआई (प्रि डेलिभरी इन्स्पेक्शन) सेन्टर तथा स्पेयर पार्ट बिक्री केन्द्रको स्थापना गरेको छ । महिन्द्रा एण्ड महिन्द्रा साउथ एशियाका उपाध्यक्ष इन्टरनेशनल अपरेशन प्रमुख सञ्जय ज्यादभ र अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्माले केन्द्रको चैत १ गते सामुहिक रुपमा समुद्घाटन गरेका छन् । पिडि आईसेन्टरको उद्घाटनका क्रममा सञ्जय ज्यादभले “महिन्द्रा गाडी प्रतिको आमविश्वास अनि भरोसालाई आत्मसाथ गर्दै कम्पनीले यो केन्द्रको स्थापना गरेको बताए । त्यस्तै अर्जुनप्रसाद शर्माले ग्राहक समक्ष गाडी पुर्याउनु पूर्व नै गाडी पूर्ण रुपमा गुणस्तर युक्त छ भनी सुनिश्चितता प्रदान गर्न सेन्टर स्थापना गरेके बताए । यस सेन्टरबाट गुणस्तरीयताको १०० प्रतिशत सुनिश्चितता प्राप्तहुनुका साथ साथै गाडीका सम्पूर्ण अवस्थाहरु जस्तैः गाडीको फिनिसिङ्ग, ग्यास, वासर फ्ल्युड, इन्जिनआयल राख्ने जस्ता कार्यहरु गरिनुका साथै बोल्टहरुलाई कस्ने, आदि कार्यहरु हुने कम्पनीले जनाएको छ ।